Skip to main content

Posts

Showing posts from July, 2009

दुई कथा !

१. कुनै पनि संवन्ध मा आफ्नो सत प्रतिसत दिनुहोस् : कुनै समयमा रश्मी र बिशाल नाम गरेको दुई सार्है मिल्दा जुल्दा बच्चा बच्ची थिए । एक दिन को कुरा हो बिशाल संग उस्को बाबाले किनिदिनुभएको सार्है राम्रा गुच्चा हरु थियो र रश्मी संग उस्को बाबाले दिएका केहि मिठाई हरु थियो । उनिहरु एक आपसमा आफुँ संग भएको सबै मिठाई र गुच्चा हरु साट्ने बिचार गरे र त्यहि अनुसार दुबैजनाले सहमती पनि जनाए । बिशाल अलिकति चलाख थियो, उस्ले आफुँसंग भएका केहि राम्रा गुच्चा हरु रश्मीले थाह नपाउने गरि लुकायो र बाकीँ गुच्चा हरु रश्मी संग भएका मिठाई हरु संग साट्यो तर रश्मीले भने आफुँ संग भएको सबै मिठाई बिशाललाई दिई र दुबै जना आ_आफ्ना घर गए । बेलुकी साझपरिसकेको थियो । खाना खाई वरी दुबैको आफ्नो आफ्नो घरमा सुत्ने बेला भैसकेको थियो । बिशाललाई मिठाई सार्है मिठोलाग्यो। उस्ले अव सोच्न थाल्यो जसरी मैले राम्रा राम्रा गुच्चा लुकाए त्यसैगरी रश्मीले पनि राम्रा मिठा मिठाई लुकाई होली । ती मिठाई कस्ता थिए होलान , उ यस्तै सोच्दा सोच्दै अनिदै रात कटायो, उता रश्मी रात भरी केहि पनि नसोचि मस्त निदाई ! शिक्षा : यति तपाई कुनै पनि संवन्ध मा १००

गजल

बसन्त थापा “जीवन” चन्द्रवती, तनहुँ हलः–अबुधावी, युएइ तिम्रो मेरो आँखा जुद्धा डराएंकी सानु। यो मनले तिमीलाई मन पराएंकी सानु।। तिमीसंग अनायासै रमाउँदा एकैछिन। कल्पनाको संसारमा हराएंकी सानु।। कस्तो होला तिम्रो मन ठाउँ छकी बस्नलाई। कल्पित मन तिम्रो मनमा सराएंकी सानु।। सुन्दर निर्मल निश्चल झरना सरी तिमी। त्यही झरनामा आफुलाई झराएंकी सानु।। प्रकृतिको अनुपम ऋतुराज बसन्त मा। तिम्रो नाम चिच्चाएर कराएंकी सानु।। [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

लघुकथा (नेता)

संगम मरुमूमि क्यामिन–५, तनहूँ बाटोमा एउटा महिलाको वेवारीस लास थियो। सबै गाउँभरिका मान्छे मौनताका साथ खिन्न मुहारमा हेरीरहेका थिए। लास त्यस्तै १६–१७ वर्षकी महिलाको थियो। शरीरका सबै कपडा च्यातिएका थिए। लवाई खुवाई हेर्दा गरीब महिलाको जस्तो थियो। केही क्षणपछि गाउँलेले नजिकैको प्रहरी चौकीमा गई प्रहरीलाई लिएर आए। प्रहरीले लासको सबै स्थिति जाँचबुझ गरी मुचुल्का तयार गरे। लासका सबै स्थिति हेर्दा वलत्कारीबाट मृत्यु भएको प्रहरीले ठहर्‍याए। केही छिन पछि पारी गाउँका नरे काका पनि त्यही आइपुगे। लास देख्ने वित्तिकै उनी वेहोस भई लडे, उनलाई पानी छ्यापेर होशमा ल्याइयो। उनी रुदै भनिरहेका थिए “प्रहरी साव यो मेरो छोरी हो हिजो बजार गएकी थिइ आइन ................. आज यो स्थितिमा छे ............. '' भन्दै उनी रोइरहेका थिए। त्यसै बेला निरीक्षकको आँखा मृतकको हातमा रहेको बस्तु माथि पर्न गयो। त्यो वस्तु एउटा टोपिरहेछ। टोपि हेर्दा एउटा धनी मानिसको जस्तो थियो। त्यसै बेला नेता आइपुगे। लास हेरेर नरेकाकालाई अपराधी पत्ता लगाउने आश्वसन दिदै थिए। त्यतिकै बेला प्रहरी निरिक्षकले टोपी हातमा उठाउँदै ग

धर्म

अधिकारी, बसन्त मोहन संसारको यात्रा गर्दा हर ब्यक्तिको सोधाई परिचय दिदै गए उनिहरु सोध्दै गए कहाँबाट आयौ - मेरो उत्तर धर्तीबाट चन्द्र र सुर्यबाट त म आएको होइन । तिर्मो धर्म के हो - मानव कल्याण एउटै मानव जातिमा बिभिन्न धर्म हुन सक्दैन । कयौ स्थानमा कतिले पागल भनेँ कयौले ज्ञानि भनेँ तर म दुवै होइन । म त बिध्यार्थी हुँ । यो संसारसंग सिक्दैछु । मानवका विसङ्गती र बिक्रिती चिर्दै प्रकृती स्वरुपको सत्य खोज्दै छु । बिभिन्न स्थानमा बिभिन्न समयमा आवश्यकता अनुरुप तिमीले जे लेख्यौ तिर्मा धर्महरु मानव सविधान न हो । परिर्वतनशिल संसारमा तिर्मा धर्महरु यथास्थितीमा रहेँ आज समय र कालसंगै चल्न नसक्ने भए । यो एकले अर्कोलाई दोषारोपण धेरैले धर्मकै प्रश्न गर्ने भए धर्मयुद्ध लड्दै रहेँ तिमीले भने जस्तै धर्म इसाई मुस्लिम हिन्दु र बौद्धिष्ट इत्यादि भने होइनन् । यि त मानव लिखित मानवकै बौद्धिक सम्पतीहरु हुन् । एउटै मानव वंशमा एउटै सत्य धर्म मानव कल्याण कसैले लेख्न सकेनन् । सबै भौतिकवादी हुन् । क्षणिक सुख खोजी रहेकाछन् । यसका उपलब्धिहरु महल, पजेरो, जहाज र कामवासना हुदैँ बम, बारुद र मिसाएल सम्म आएकाछन् । आ आफ्नो स्व

ए एन एम एन स्पोर्ट्स ग्रुप बनभोज कार्यक्रम सम्पन्न !

मिनिसोटा, १८ जुलाई, २००९, एन एन एम एन स्पोर्ट्स ग्रुप द्रारा आयोजना गरिएको भनभोज तथा भलिबल खेल कार्यक्रम आज निकै उत्साह का साथ सम्पन्न भएको छ । जोन पौडेलको संयोजकत्वमा आयोजना गरिएको उक्त कार्यक्रम मा भर्खरै मात्र नेपाल बाट अमेरिका आउनु भएका नेपाली हरु को पनि उपस्थिती थियो । एन एन एम एन स्पोर्ट्स ग्रुप जन संम्पर्क समिती का अध्यक्ष पुजन पन्त ले जान कारि गराए अनुसार, उक्त कार्यक्रममा ७० जोड नेपाली हरु को उपस्थिती थियो । उक्त कार्यक्रममा,उपस्थित नेपाली दाजु भाई तथा दिदी बहिनि हरुले बार्बिक्यु को साथसाथै भलिबल खेल को आनन्द लिएका थिए! उक्त कार्यक्रमकै अवसर पारेर एन एन एम एन (एसोसियसन अफ नेप्लिज ईन मिनिसोटा) का कार्यकारी अध्यक्ष भाष्कर तिर्पाथीले सम्पुर्ण मिनिसोट बासि नेपाली हरु एउटै छाता मुनि आउन को लागी आग्रह गर्नु भएको थियो । उक्त कार्यक्रम मा धेरै जसो एन एन एम एन का पधादिकारी हरुको पनि उपस्थिती थियो । यहि मौकाको फाईदा छोप्दै ए एन एम एन ले सदस्यता अभियान पनि चलाएको थियो । उक्त कार्यक्रममा नेपाली भलिबल खेलाडि हरु बिदेशी खेलाडि हरु को टिम संग पनि मैंत्रीपुर्ण भलिवल खेल खेलेका थिए । ऊच

ए एन ए कन्भेन्सन, २००९ - भाग 2

ए एन ए कन्भेन्सन, २००९ - भाग १ हेर्न यहा क्लिक गर्नुहोला ! ए एन ए कन्भेन्सन का केहि थप भिडियो हरु यहा प्रस्तुत गरेको छु । समय रहेमा थप भिडियो क्लिप हरु पनि प्रस्तुत गर्ने छु । बितेका कुराले केही चोट लाग्दा, तिमी टाढा हुंदा धेरै चोट लाग्छ मलाई जस्ताइ तिमीलाई पनि यस्तै हुन सक्छ बिपनाले झस्काइदिंदा चोट अझै बल्झि दिन्छ बितेका कुरा भन्दै छन दिप श्रेष्ठ , यो अर्को प्रस्तुती १९७४ एडि को "छुदैन तिम्रो मायाले यदि तिमी नजिकै नभए सम्म" [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

A must watch documentary Film "In search of education"

In Search of Education is a must watch movie, centered on the current education system of a remote village in Karnali region, the remote far western part of Nepal. The present situation of Nepalese education has been introduced with a little background of different historical phase of education. The First generation of education that started in Nepal was in Bed Kaal, which is also termed as the beginning of human civilization and education. Lichhivi kaal has been termed as the golden age of education and religion. Malla kaal portrayed the education into arts. Shah Kal came up with a new national language “Khas” during that period. Similarly Sanskrit Education, English Education system during Rana Kaal with the establishment of Durbar High School has been presented very nicely on the film. And finally, it portrays the Aadhunik kaal(current) education system in Nepal, where students of remote area are dying in search of education. A very very heart touching story based on a tru

जीवनको दौड

राजु लामिछाने माझठाना–६ काश्की हालः हप्किन्स, मिन्नेसोटा केहि गर्छु र गरुँला भन्ने होडमा सामाजिक जीवनको अनुभव नै भएन। मोज मस्ती र रमाईलो गर्नु पर्ने दिनहरु पनि पत्तै नपाई सकिएछन। जसरी घडीको सुइले फन्को लगाउँछ त्यसरी नै उमेरले पनि फन्को लगाउँदो रहेछ। आँफूलाई बुढो भएको थाहै भएन। उमेरसँगै कोलेस्टेरोल, सुगर अनि बल्डप्रेसर पनि बढेछ। सानै देखि बिभिन्न बाहनामा दौडँदा दौडँदा अब त बाँच्नको लागि पनि दिनहुँ दौडिरहनु परेको छ। ग्रिष्मकालिन बिहान, मौसम पनि राम्रै थियोे सधैं झैं दौडन निस्केको थिएँ। आधा बाटो मै मेरा छिमेकी मित्र भेट भए। हामी दौडँदै जाँदा व्यस्त राजमार्ग नजिक पुग्यौं। मलाई थकाई लागेछ एकछिन रोकिएँ। गाडीहरु बन्दुकको नालबाट गोली छुटे जस्तै चुँईइ..... चुँईइ...गर्दै दौडिरहेका थिए। मित्रले सोधे “हेर्नुस न मित्र, यतीका मान्छेहरु यती हतारमा कहाँ जान लागेका होलान हगी?” मित्रलाई जवाफ नदिँदै मलाई जोगी र पदयात्रीको कथा याद आयो। बाटोमा दौडँदै मित्रलाई त्यही कथा सुनाएँ। काठमाडौंको गौशालामा बाटोको छेउमा बसिरहेको जोगीलाई एकजना भद्र पदयात्रीले तल घाट सम्म पुग्ने बाटो सोधेछन। जोगीले पनि झर्केर उत्

ए एन ए कन्भेन्सन, २००९ - भाग १

केहि लडाई अनि केहि झगडा बिच अमेरीकामा रहेका नेपाली हरु को छाता संघठन ले आयोजना गरेको ए एन ए कन्भेन्सन् २००९ , सान फ्रान्सिस्कोमा सफल भयको छ । नेपाली भाषा अनि सस्कृती को बचावट गर्न को लागी भनेर हरेक बर्ष ए एन ए ले यस्तो कार्यक्रम आयोजना गर्दछ। यो कार्यक्रम सफल पार्न नेपाल बाट सांगीतिक टोलि साथ साथै केहि राजनितिक दल का प्रतिनिधिले पनि उपस्थिती जनाएका थिए । म अरु कार्यक्रममा आफ्नो उपस्थिती जनाउन नसके 1974 AD र दिप श्रेष्ठ को लाईभ कन्सर्ट मा आफ्नो उपस्थिती जनाएको थिए। प्रस्तुत छ उक्त कार्यक्रमको केहि भिडियो झलक हरु ! आज लाई केवल २ वटा भिडियो राखेको छु, अरु भिडियो हरु क्रमस प्रस्तुत गर्ने छु । प्रस्तुत छ 1974 AD को परेलीमा लुकाई राख , यसरी नै दिप श्रेष्ठ को कति कमजोर रहेछ भाग्य तल प्रस्तुत गरेको छु । यसरी नै अरु केहि भिडियो हरु म क्रमश प्रस्तुत गर्दै जाने छु । [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

संझना उहि ताराको

तारा शर्मा अर्घखाँची (हाल दिल्ली , भारत ) ईमेल : mr.tara143@yahoo.com अधुरो यो यात्रामा मरे भने म सम्झनु है क्षितिजमा सरे भने म अतीत अनि बिगत नियालेर सबै क्षमा दिनु गल्तिहरू गरे भने म न धर्ती न आकाश प्यारो हूदा मलाई कठाई भन्नु बिचाल्लिमा परे भने म !!

प्रेम हार्दैन

गुरु केदार बराल अमेरिका प्रेममा असफल भए पछि जीवनदेखी निराश भएको थिएँ इच्छा आशा उद्देश्य चकनाचुर हँदा प्रेममा आफू हारेको ठानेथें । तर मेरो दिव्य दृष्टिले प्रेममा जीतेको संकेत गर् यो हारेर त उनी गइन् मेरो आत्माले भन्न थाल्यो । प्रेमकै कारण चेतना पाएँ भड्किएको मन सम्हाल्न सकेँ नयाँ संसारको महल्मा पुगेँ भाग्य कोर्ने बाटो बझेँ । यथार्थमा प्रेम हार्दो रहेनछ धोका दिनेहरु हार्दा रहेछन् वद्नामी देखि नडराउनेहरु धोका दिएर जाँदा रहेछन् । हरेश खान्न अब जीवनमा अमर प्रेम कदापी मर्दैन मैले त प्रेममा विजय पाएँ अमर प्रेम हार्दौ हार्दौन । [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

जीवन बग्दो खोला

आचार्य प्रभा कोलोराडो , अमेरिका जीवन बग्दो खोला झै छ बगी रहन्छ,अनन्त...अनन्त सम्म, कहिले उर्लिदो भेल बनेर कहिले शान्त अनी निर्मल बनेर। कहिले कठोर चट्टान बनेर आँधी,हुरिको बेग पनि यस्ले रोक्न सक्छ कहिले आफु धमिलो बाढी बनेर पात,पतिङर, मैलो पनि आफ्नो बगाइमा बोक्न सक्छ समग्रमा... जीवन, कोमल फूल पनि हो यो कोमलतामा आँशुको दहमा निथ्रुक्क भिज्न पनि सक्छ यो कठोरपनमा चट्टानसरी अडिग हुन पनि सक्छ । एक अर्थमा जीवन हर बस्तुको समिश्रण पनि हो जहाँ दु:ख,सुख,मिलन,बिछोडको संयोजन हुन्छ , अनी... जस्लाई मान्छेले जीवन भनेर आत्मासात गर्नै कर लाग्छ बिगत,बर्तमान,भविष्यलाई आफ्नो भन्न वाध्य हुनै पर्छ जस्को प्राप्तिमा मान्छे रमाउन लालायित हुनै पर्छ........./ [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

प्रार्थना

“जुदने” हप्किन्स, मिन्नेसोटा सानै देखि झुट बोलियो पढ्ने बेलामा गुच्छा खेलियो पढाई लेखाईमा जिरै भईयो तैपनि गाउँको हिरै भईयो रेलिङ्ग तोडियो सिसा फोरियो परीक्षाहरुमा चिट चोरियो हेडमास्टरको पुत्ला जलाईयो भारत यू पीमा फोन लगाईयो बी ए पासको सर्टिफिकेट मगाईयो खानु नखानु पनि सबै खाईयो मागेरै भए पनि राम्रै लगाइयो सोझा सिधालाई तेसै कुटियो धन अनि कतिको इज्जतै लुटियो लाठी, छुरा, बन्दुक चलाईयो कतिलाई त सिधै ढलाईयो दोष भने अर्कैलाई लगाईयो चुनाबहरुमा धाँधली मच्चाईयो पैसा दिनेलाई बहुमतले जिताईयो कान छेडेर मुन्द्रा लगाईयो जिन्स पाइन्टमा डिङगो लगाईयो दिनहुँ फेरी फेरी केटी घुमाईयो सेठकी छोरीलाई सुटुक्क भगाईयो यति गरे पछि अरु के चाहियो चाहिने जति सबै पाईयो फोर्स लगाईयो जागिर खाईयो घुस भन्ने त कति खाईयो खाईयो दुई नम्बरी धन्दामा टन्न कमाईयो तीन चारवटा घरै बनाइयो छोरा छोरीलाई बिदेश पठाईयो बाहिर बाहिरै रखैल राखियो देश बिदेशको स्वाद चाखियो साखा सन्तानलाई पुग्ने कमाईयो केही दिन त जेल मै कटाईयो ठूलै नेतालाई थोरै खुवाईयो निर्दोश भनि सफाई पाईयो एक दुई जनाको जय जय गाईयो असल कर्मचारीको तक्मा पाईयो जेलको अनुभव