Jul 30, 2009

दुई कथा !

Facebook

१. कुनै पनि संवन्ध मा आफ्नो सत प्रतिसत दिनुहोस् :
कुनै समयमा रश्मी र बिशाल नाम गरेको दुई सार्है मिल्दा जुल्दा बच्चा बच्ची थिए । एक दिन को कुरा हो बिशाल संग उस्को बाबाले किनिदिनुभएको सार्है राम्रा गुच्चा हरु थियो र रश्मी संग उस्को बाबाले दिएका केहि मिठाई हरु थियो । उनिहरु एक आपसमा आफुँ संग भएको सबै मिठाई र गुच्चा हरु साट्ने बिचार गरे र त्यहि अनुसार दुबैजनाले सहमती पनि जनाए ।
बिशाल अलिकति चलाख थियो, उस्ले आफुँसंग भएका केहि राम्रा गुच्चा हरु रश्मीले थाह नपाउने गरि लुकायो र बाकीँ गुच्चा हरु रश्मी संग भएका मिठाई हरु संग साट्यो तर रश्मीले भने आफुँ संग भएको सबै मिठाई बिशाललाई दिई र दुबै जना आ_आफ्ना घर गए ।
बेलुकी साझपरिसकेको थियो । खाना खाई वरी दुबैको आफ्नो आफ्नो घरमा सुत्ने बेला भैसकेको थियो । बिशाललाई मिठाई सार्है मिठोलाग्यो। उस्ले अव सोच्न थाल्यो जसरी मैले राम्रा राम्रा गुच्चा लुकाए त्यसैगरी रश्मीले पनि राम्रा मिठा मिठाई लुकाई होली । ती मिठाई कस्ता थिए होलान , उ यस्तै सोच्दा सोच्दै अनिदै रात कटायो, उता रश्मी रात भरी केहि पनि नसोचि मस्त निदाई !

शिक्षा : यति तपाई कुनै पनि संवन्ध मा १०० प्रतिसत दिनहुन्न भने तपाईलाई जहिले पनि अर्को ब्यक्तिले आफुँलाई १०० प्रतिसत नदियको भान हुन्छ । यो जस्तो सुकै संवन्धमा पनि लागु हुन्छ जस्तै माया_प्रेम वा नियोक्ता-कर्मचारी(employer-employee)। त्यसैले तपाई जहिले पनि आफुँले गर्ने कार्यमा सत प्रतिसत दिनुहोस र सान्त संग सुत्नुहोस्

२. सच्चा माया !

एक समयमा एक नेत्र बिहीन युवती थिईन, जो आफैलाई नेत्र बिहीन भयको मा घृणा गर्थिन । उनले सबैलाई घृणा गर्थिन, सिवाय उनको प्रेमी, आकाश , जो उनलाई सार्हे माया गर्दथ्यो । आकाश आफ्नो प्रेमीका को लागि जहा, जहिले पनि उपस्थित भईदिन्थ्यो । ती युवतीले को एउटै मात्र चाहाना , आफ्नो आखाँ को ज्वति फिर्ता ल्याएर आफ्नो प्रेमी आकास संग सुखी जीवन विताउने थियो ।

एक दिन कुनै एक महामानव ले उनलाई आफ्नो आखाँ दान गरेछ, त्यस पछि उनले आफ्नो प्रेमी लाई पनि पहिलो चोटी देख्न सकिछन , तर दुर्भाग्य ! उनको प्रेमी ,आकास , पनि त नेत्र बिहीन नै रहेछ । त्यस को केहि दिन पछि आकाशले आफ्नो प्रेमिका लाई बिहे को प्रस्ताव राख्दै भन्यो ” प्रिय ! अव त तिमीले तिम्रो आँखा बाट संसार चिहाउन सक्छौं , के तिमी अव म संग विहे गर्छौ ? ” । प्रस्न पुरा हुन नपाउदै ती युवती ले बिहे को प्रस्ताब अस्वीकार गरिन् र उल्टो आफ्नो नया प्रेमीको बारेमा जानकारी गराईन ।
बिचरा आकास, यउटा सपनासंसार सजाई सकेको थियो , नया भविष्य कल्पेको थियो ।उ आफैसंग हार्छ , आज । आखा वाट अविरल अस्त्रुधारा बगाउदै उ विदा हुन्छ त्यहा बाट। उ एउटा नया ठाउँमा नया पहिचान सहित बसाई सर्छ । १ महिना पछि तिनै महिला को हातमा आकास को चिठ्ठी पर्छ । चिठ्ठी मा लेखिएको थियो,
“प्रिय,

म तिमीलाई सधै माया गर्छु । तिमीले मलाई माया नगरे पनि कृपया मेरो आखाँ को ख्याल गर है ।
उहि आकास ! “

शिक्षा : तपाईले आफ्नो बिगत कहिल्यै पनि भुल्न हुदैन । आज तपाई एउटा निर्दयी सब्द बोल्नु भन्दा पहिला कसैलाई सम्झनुहोस् जो बोल्न सक्दैन । तपाई कुना पनि खाना को शिकायत गर्न भन्दा पहिले कसैलाई संझनुहोस जो खान नपाएर मृत्यु अंगालेको छ । तपाई आफ्नो श्रीमान वा श्रीमती को सिकयत गर्नु अगाडि कसैलाई संझनुहोस जो जीवन भर एक्लै आफ्नो जीवन गुजारिरहेको छ । तपाई आफ्नो जीवनको सिकायत छ भने कसैला संझनुहोस, जो अकालमा मृत्यु अंगालेको छ । तपाईलाई आफ्नो बच्चाबच्चीको सिकायत छ भने कसैलाई संझनुहोस जस्को कोख रित्तो छ र उनीहरु आजीवन आमा वा वावा बन्न सक्दैनन् । तपाई आफ्नो घर को सिकायत छ भने ती सडक पेटि लाई नै आफ्नो घर सम्झेर दिन रात , घाम पनि , हावा झरी बिताउने हरु लाई संझनुहोस । यदि तपाईलाई आफ्नो नोकरीको सिकायत छ भने कसैलाई संझनुहोस जो बेरोजगारी छ र रोजगारी को आसमा भौतारीरहन्छ ।

जीवन एउटा उपहार हो,जिउनुहोस ,सक्दो आनंद लिनुहोस , यो एउटा उत्सब हो र यस्लाई पुरा गर्नुहोस् ।

सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला । यो कथा बैकुण्ठ जाला । फेरि भन्ने बेलामा तात्तातै आइजाला ।

[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

4 comments :

postak said...

great pieces, घत लाग्दो छ। फेरि पनि यस्तै जाओस्।

Anonymous said...

Thanks for sharing those articles.
Really inspirational...

Universal Initiation said...

Very true moral. I like both the stories a lot. Especially the first one. It is true that we need to give our 100% in everything that we do otherwise we might get sleepless nights like Bishal. If you give your best you have no rooms for doubts.
I read a similar story like the second one before. So I knew what would happen even before I read it. The first time I came over it, I felt so sad about it all. It is human nature isn’t it? To want the very best that is there on the other side and not seeing the very best that is right there in front of us? As the saying goes “ The grass is always greener on the other side”!! That is why I believe we should appreciate everything that we have and try to make the most out of it. Like the writer suggests, if you think you are not better off, think of someone who is worst off than you, that is when you will learn to appreciate the value of everything that you have.
Life comes just once, it is much more valuable to worry, to get angry or cry over it, so live it and love it.
Good Job! Keep up the good works! :D

Anonymous said...

second katha ati nai man ma lagyo.....! wah ! real story.

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP