Skip to main content

Posts

Showing posts from September, 2010

किशुनजी को ठट्टा गर्ने बानी त्यों बेला पनि थियो , आज पनि छ ।

ध्रुब बंजाड़े बेनेवेंतो, इटली 26 September 2010 हामी भाग्यमानी छौ यस अर्थमा की रामबरण यादव जस्तो शालीन व्यक्तित्व आज देशको सर्वोच्च पदमा हुनु हुन्छ । जब किसुनजी ले माग्नु भो तातो तातो जेरी र डोसा , रामबरणजी ले तुरुन्तै मैडम लाई कम चिल्लो ,कम पिरो राखेर डोसा बनाउन भन्नु भो । अरु कोही भएको भय न्यूरोड, या कुनै पसलमा भन्न लगाएर डोसा मगाउँथे होलान् । २० रुपियाको डोसा मगाउँदा कति जना दौड धुप गर्थे होला। राष्ट्रको सम्पती कति दुरुपयोग गर्थे होला , तर हाम्रो राष्ट्रपतिजी ले त्यसो गर्नु भएन अथवा किशुनजीलाई यती सम्मान गर्नु भयो की आफ्नै घरको, आफ्नै मैडम को हातको डोसा खुवाउन प्रसन्न गर्नु भो । कुरा त्यस्तै त्यस्तै १९९५ तीरको हो , हामी किसुन्जी लाई भेट्न पुगेका थियौँ कुपन्डोल उहाँको निवासमा । सानो कोठा, हामी ७-८ जना थियौँ। जसो तसो बसियो। हामी हाम्रो समस्या लिएर गएका थियौँ, डी वाई पाटेल कलेजको ! शिक्षा मन्त्रालयमा धर्ना दिँदा पुलिस को अभद्र ब्यबहार देखि, शिक्षा मन्त्रीको गैर जिम्मेवारीपनको सिकायत हामी गर्दै थियौँ । कता बाट टुप्लुक्क आइपुग्नुभयो तत्कालीन गृहमन्त्री शेरबहादुरजी ! भित्र बस्ने ठा

महामन्त्री बनाउ गगनलाई !

मिलन बगाले तनहु युवा बर्गमा देखिएको राजनितिक निष्कृयता र राजनितिप्रतिको चरम घृणा र बितृष्णा लाई धेरै हदसम्म् तोडन सफल उनमा नेपालीले भोलिको आफनो नेताको सफा र चम्किलो छायाछवि देखेका पनि छन। गगनको जीतलाई बिभिन्न पार्टीसग आबद्ध युवाहरुले मात्र होईन कुनै पार्टीसग केही साईनो नगासेका मजस्ता हजारौले आफ्नै जीत ठानेर दङ्ग परेका छन। युवा नेता गगन थापाले कांग्रेसको केन्द्रिय सदस्यमा सर्बाधिक मत पाएर जितेको सुखद क्षणलाई मैले नेपाली राजनितिको 'एक जुगको एक दिन'सम्झेको छु । 'मिडियाका नेता', 'राजधानीका हुनेखानेका नेता' र 'उरन्ठेउला ठिटाका नेता' जस्ता उपमा दिएर अनेकथरीबाट उनको कदलाई होचो बनाउन गरिएका भगिरथ प्रयासहरु यतिबेला 'ईतिहास निमाण' सगै एकादेशका कथा बनेका छन। राजनितिलाई समाजसेवा र खेती किसानी लाई जिविकोपार्जनको सुन्दर र नेपालको सन्दर्भमा अपत्यारिलो लाग्ने लक्ष्य बनाएका यि असल र पठित युवाले रत्नपार्कमा लोकतान्त्रिक गणतन्त्रको झण्डा उचालेर कांग्रेसभित्र नया तरङ्ग ल्याईदिएका थिए । ढिलोचाडो पार्टी उनकै पथमा हिडेपछि यिनको छवी राष्टिय अन्तराष्टिय रुपमा

नारी स्वतन्त्रता र दमनको समिश्रणः तीज व्रत

-दीपा एवाई राई हङकङ नेपाली हिन्दू महिलाको निमित्त स्वतन्त्र र आनन्दसँग मनाइने पर्व हो तीज । हाल आएर अन्य धर्म र जातजातिका नेपाली महिलाहरुले पनि बडो हर्षोल्लासकासाथ मनाउन थालिएको यस चाडको रुप धर्म ग्रन्थमा यस्तो छः- “हिन्दू धार्मिक ग्रन्थअनुसार राजा हिमालयले आफ्नो छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जंगल गएर शिवजीको पूजा गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिवलिङ्ग स्थापना गरी पानी पनि नपिई निराहार व्रत बस्न थालिन् । यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी अन्तमा प्रकट भई “चिताएको कुरा पुगोस्” भनी आशीर्वाद दिएपछि शिव पार्वतीको विवाह हुन गयो । सो दिन भाद्र शुक्ल तृतीयको दिन थियो । सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवकारुपमा मनाउन थालेर यो तीजको रुपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।” भनिन्छ, तीजमा श्रीमतीले श्रीमानका लागि मात्र होइन यदि श्रीमती अशक्त रोगी वा गर्भवती छिन् भने श्रीमानले सहयोगमा तीजको व्रत बसिदिने चलन प्राचीन समयमा भएक

बात्सल्य प्रेम- शुभ गोकर्ण औँशी ( ह्यापी फादर्स डे) !

आज सन्दिप बाजे तीन र आदी बिस नाघिसकेका छन् । आँखा अलि अलि धमिला भइसकेका छन् , सुन्ने शक्ति अलि अलि कम हुदै गइरहेकोछ । तीन तिर प्वाल परेको मैलो नेपाली भादगाउँले टोपी लगाएका सन्दिप बाजे, आज बिहान सबेरै, ४ वटी छोरी पछि जन्मेको एक्लो छोरा श्रवण संगै बैठक कोठामा बसेका छन् । बिहान को पाठ पूजा भर्खरै मात्र सकेका सन्दिप बाजे प्रसन्न मुद्रा मा देखिन्छन् ।भर्खेरै मात्र सवा बीस(२५) उमेर काटेको उसको छोरा, टेलिभिजनको मा फेसन दुनियाँ कार्यक्रम मा मस्त छ । एकैछिनमा बाजेले बाहिर कौसीमा काग देख्छन् र यो काग नै हो भनेर पक्का गर्न लाई छोरा सँग गुनासो राख्छन् : "ए बाबु श्रवण, त्यो कौसीमा बसेको कुन चरो रहेछ ?" श्रवण मन नलागी नलागी जवाफ फर्काउँछ, "काग हो !" , सन्दिप बाजेले राम्रो संग सुन्दैनन् र फेरी पुन प्रश्न राख्छन् , " के भन्यौ , बाबु ? के रहेछ रे ? " छोरा जङ्गी पाराले जवाफ फर्काउँछ " काग हो क्या ! काग !! मैले भर्खर भनेको होइन्! " , सन्दिप बाजेले एकछिनमा फेरी प्रश्न गर्छन् " के रहेछ रे बाबु ?" यो पटक छोराको अनुहारमा रिसको पोको बसिसकेको थियो, उ रिसल

फन्टुस कुरा !

एक जना पण्डित बाजे बर्खरै रुद्री गरेर घर फर्कन्छन् । पण्डित पत्नी र पण्डित बीचको,यो सानो संवाद ! भाग - १ ------- पण्डित : आज एक ब्राम्हणको मा रुद्री गराएर बल्ल आइयो ! पण्डित पत्नी : य हो र ! ए हजुर एउटा केरा र एक गिलास दूध ल्याउ हजुरलाई ! पण्डित : ए मेरी अर्धाङ्गिनी , मेरो पेटमा अलिकति पनि खालि ठाउँ भएको त म उही ब्राम्हणकहाँ नै खाएर आइहाल्थे नि ! भाग - २ ------ पण्डित पत्नी : ए हजुर ! ए हजुर !! यहाँ पत्रिकामा हेर्नुहोस त , एक जना पण्डित खादा खाँदै मरेछन् नि ! पण्डित : कति भाग्यमानि रहेछन् ती जुजुमान ! मैले पनि त्यसरी खान पाए हुन्थ्यो नि ! [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

१४ बर्षमै पाईलट!!

बगाले, मिलन क्यामिन – ६, वर्लाची तनहुँ पत्रिकामा पेजै ढाकिने गरी छापिएको सामाग्रीलाई समेती एक झुल्को नहेरी जथाभावी लेखिराख्ने यो अन्तहीन प्रकि्रयाले नेपाली मुलधारको मिडिया " धागो काटिएको चङ्गा " को नियती भोगिरहेको दयालाग्दो दृश्य छ्याङ्गै देखिन्छ । गत भदौ ८ गते मकवानपुरमा दुर्घटनाग्रस्त अग्नी एयरको डोर्नियर जहाजका क्याप्टेन स्व लक्ष्मण प्रकाश विक्रम शाह (लक्की) लाई "३० बर्ष उडान अनुभव भएका पाईलट" भन्दै सवैजसो राष्ट्रिय दैनिकहरुले आजपर्यन्त उडन्ते खवर र लेख छाप्याछाप्यै छन । भदौ ११ गते कान्तिपुरको आठौ पेजमा अग्नी एयरलाइन्सको अपरेशन विभागद्धारा र दुर्घटनाको भोलिपल्टै प्रकाशित समवेदना बिज्ञापनमा क्याप्टेन शाहको जन्ममिति ३० मे १९६६ लेखिएको छ । यस अनुसार स्वर्गारहण भएको दिन स्व शाहको उमेर जम्मा ४४ बर्ष हुन आउछ । अब छापामा बारम्बार छापिएको "३० बर्ष उडान अनुभव भएका पाईलट" भन्ने उडन्ते खवरलाई पत्याईदिने हो भने स्व शाहले १४ बर्षको बालखा उमेरमै जहाज उडाउन थालिसकेका थिए । १४ बर्षको कलिलो बालक पाईलट हुनु र जहाज उडाउने लाईसन्स पाउनु कत्तिको पत्यारिलो खवर हुन्छ ? पत्रिक

२०१० ए एन एम एन पिकनिक तथा भलिभल कार्यक्रम संम्पन्न !

ए एन एम एनले वार्षिक रुपमा गर्दै आइरहेको भलिबल तथा पिकनिक को कार्यक्रम गत हप्ता हर्षोल्लास का साथ, प्रायर लेख बिच, मिनिसोटामा सम्पन्न भएको छ । कुल आठ टिम सहभागी भएको पुरुष भलिबल प्रतियोगिता मा , नेपाल बाट स्थानान्तरण गरेर हालचालै देखि अमेरिका मै बसोबास गर्दै आउनु भएका भुटानी नेपाली दाजु भाइहरूको समूह "भुकम्प"ले यस वर्षको ए एन एम एन ट्रफि लैजान सफल भएको छ । यो पटक कुल ८ समूहहरूले उक्त प्रतियोगितामा भाग लिएका थिए । २०१० ए एन एम एन पुरुष भलिबल प्रतियोगिता को बजेता समुह "भुकम्प" यो बर्ष महिलाहरूले पनि भलिबल प्रतियोगिता खेलेर रमाइलो गरेका थिए । कुल २ टिम, वसन्ती र लाली गुराँस सहभागी रहेको उक्त प्रतियोगिता मा लाली गुराँसले विजय हासिल गरेको थियो ! साथ साथै केटाकेटीहरुको लागि पनि विभिन्न खेलकुदका कार्यक्रमहरु, जस्तै टग अफ द वार तथा अन्य कार्यक्रमहरु पनि राखिएको थियो । २०१० ए एन एम एन महिला भलिबल प्रतियोगिता को विजेता समूह "लाली गुँरास" पिकनिकमा दही च्युरा तथा आलुको अचार अनि पोलेको कुखुराको परिकारहरूको व्यवस्था गरिएको थियो , प्रस्तुत कार्यक्रम का केही तस्विर