Skip to main content

महामन्त्री बनाउ गगनलाई !

मिलन बगाले
तनहु


युवा बर्गमा देखिएको राजनितिक निष्कृयता र राजनितिप्रतिको चरम घृणा र बितृष्णा लाई धेरै हदसम्म् तोडन सफल उनमा नेपालीले भोलिको आफनो नेताको सफा र चम्किलो छायाछवि देखेका पनि छन। गगनको जीतलाई बिभिन्न पार्टीसग आबद्ध युवाहरुले मात्र होईन कुनै पार्टीसग केही साईनो नगासेका मजस्ता हजारौले आफ्नै जीत ठानेर दङ्ग परेका छन।



युवा नेता गगन थापाले कांग्रेसको केन्द्रिय सदस्यमा सर्बाधिक मत पाएर जितेको सुखद क्षणलाई मैले नेपाली राजनितिको 'एक जुगको एक दिन'सम्झेको छु । 'मिडियाका नेता', 'राजधानीका हुनेखानेका नेता' र 'उरन्ठेउला ठिटाका नेता' जस्ता उपमा दिएर अनेकथरीबाट उनको कदलाई होचो बनाउन गरिएका भगिरथ प्रयासहरु यतिबेला 'ईतिहास निमाण' सगै एकादेशका कथा बनेका छन।

राजनितिलाई समाजसेवा र खेती किसानी लाई जिविकोपार्जनको सुन्दर र नेपालको सन्दर्भमा अपत्यारिलो लाग्ने लक्ष्य बनाएका यि असल र पठित युवाले रत्नपार्कमा लोकतान्त्रिक गणतन्त्रको झण्डा उचालेर कांग्रेसभित्र नया तरङ्ग ल्याईदिएका थिए । ढिलोचाडो पार्टी उनकै पथमा हिडेपछि यिनको छवी राष्टिय अन्तराष्टिय रुपमा स्थापित भएको थियो । नेतृत्व तहमा केश पाकेकाहरुकै एकछत्र राज देखिएपछि बुढापाकाको पार्टीको उपमा पाएको काग्रेसलाई युवा बर्गमा पनि उत्तिकै लोकपि्रय बनाउन र 'युवाको पनि यसभित्र भविष्य छ' भनेर प्रमाणित गर्न सफल छन गगन ।

युवा बर्गमा देखिएको राजनितिक निष्कृयता र राजनितिप्रतिको चरम घृणा र बितृष्णा लाई धेरै हदसम्म् तोडन सफल उनमा नेपालीले भोलिको आफनो नेताको सफा र चम्किलो छायाछवि देखेका पनि छन। गगनको जीतलाई बिभिन्न पार्टीसग आबद्ध युवाहरुले मात्र होईन कुनै पार्टीसग केही साईनो नगासेका मजस्ता हजारौले आफ्नै जीत ठानेर दङ्ग परेका छन।

अस्बस्थताका कारण हस्पिटलको बेडमा सुतेर सबै परिणाम लाई नियालिरहेका काग्रेसका नव निर्वाचित सभापति सुशिल कोईरालाले आम मतदाताको भावनाको कदर गर्दै धेरैले रुचाएका यि 'आईकन' लाई घटीमा महामन्त्रीमा मनेनित गर्नुपर्छ । कोईरालाले ठुलो छाती बनाएर यति क्रान्तीकारी कदम उठाए भने उनको छवी त उकासिने छ नै कता कता ओईलाए जस्तो नेपाली काग्रेसमा यसले नया उर्जा थप्नेछ र पार्टीले नया जीवन पाउनेछ।

ईतिहास निर्माता गगन थापालाई मेरो धेरै धेरै बधाई । जनताका 'आईकन' को कदर गरेर ईतिहास रच्ने पालो अब सुशील दा को।


[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Comments

Popular posts from this blog

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा...

अविवेकी सन्तान

–सीता अर्याल, गोरखा बजार, हाल–विस्कन्सन, अमेरिका न्युयोर्क सहर, अत्यन्त व्यस्त जनजीवन । म बसेको ठाउँबाट देखिने टावरको सानो टुप्पोलाई नियालिरहेको हुन्छु तापनि मलाई अत्यन्त नरमाइलोपनले सताइरहेछ । आफूलाई भाग्यशाली ठान्ने म आज अति दुःखी र अभागी ठानिरहेको छु । मलाई समयले नराम्ररी दुःख दिन तम्सिरहेछ । आफ्नो एक्लो सन्तान बाईस बर्षे छोरोलाई उडाएर ढुङ्गो जस्तै गरुङ्गो मन लिई घर फर्केको थिएँ । उसकी आमालाई सम्झाउन त झन् मलाई हम्मे हम्मे नै परेको थियो । घरमा जम्मा दुई प्राणी मात्र, सन्नाटा छ । छोराको विवाह गरेर बुहारी भित्र्याउने इच्छा हुँदाहुँदै ईन्जिनियरीङमा स्नातकोत्तर गर्न छोरो अमेरिकातर्फ लाग्यो । तुहिएको हाँगो भएकोले चाँडै नै छोराको विवाह गरी जायजन्म हेर्न चाहन्थें। आमाचाहिंको चाहना पनि यही थियो, आफू बलियो हुँदैमा नाती नातिना हुर्काउने । केही समयसम्म दिन दिनै जस्तो फोन हुन्थ्यो । इमेल हुन्थ्यो । कुनै पनि खवर नआएको दिनमा अत्यन्त खल्लो लाग्दथ्यो । नेपालबाटै गर्दा कहिले काँही फोनमा भेटिंदैनथ्यो । काममा या पढाइमा व्यस्त होला जस्तो लाग्दथ्यो । दिन, महिना, वर्षहरू वित्दै गए, समाचार आ...

गीति कथा : एउटा कथा जिन्दगीकोमा यादव खरेल

~यादव खरेल २०७१ साल बैशाख १ गतेबाट बीबीसी नेपाली सेवाले नयाँ कार्यक्रम श्रृङखला “एउटा कथा जिन्दगीको” शुरु गरेको छ। सुमन खरेलको परिकल्पना र संयोजनमा यो कार्यक्रम बीबीसी नेपाली सेवा कार्यक्रममा प्रशारण हुने गरेको छ। यादव खरेल द्वारा बाचित गरियको पहिलो कार्यक्रम तल साभार गरिएको छ ! [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]