
मिलन बगाले
तनहु
युवा बर्गमा देखिएको राजनितिक निष्कृयता र राजनितिप्रतिको चरम घृणा र बितृष्णा लाई धेरै हदसम्म् तोडन सफल उनमा नेपालीले भोलिको आफनो नेताको सफा र चम्किलो छायाछवि देखेका पनि छन। गगनको जीतलाई बिभिन्न पार्टीसग आबद्ध युवाहरुले मात्र होईन कुनै पार्टीसग केही साईनो नगासेका मजस्ता हजारौले आफ्नै जीत ठानेर दङ्ग परेका छन।

युवा नेता गगन थापाले कांग्रेसको केन्द्रिय सदस्यमा सर्बाधिक मत पाएर जितेको सुखद क्षणलाई मैले नेपाली राजनितिको 'एक जुगको एक दिन'सम्झेको छु । 'मिडियाका नेता', 'राजधानीका हुनेखानेका नेता' र 'उरन्ठेउला ठिटाका नेता' जस्ता उपमा दिएर अनेकथरीबाट उनको कदलाई होचो बनाउन गरिएका भगिरथ प्रयासहरु यतिबेला 'ईतिहास निमाण' सगै एकादेशका कथा बनेका छन।
राजनितिलाई समाजसेवा र खेती किसानी लाई जिविकोपार्जनको सुन्दर र नेपालको सन्दर्भमा अपत्यारिलो लाग्ने लक्ष्य बनाएका यि असल र पठित युवाले रत्नपार्कमा लोकतान्त्रिक गणतन्त्रको झण्डा उचालेर कांग्रेसभित्र नया तरङ्ग ल्याईदिएका थिए । ढिलोचाडो पार्टी उनकै पथमा हिडेपछि यिनको छवी राष्टिय अन्तराष्टिय रुपमा स्थापित भएको थियो । नेतृत्व तहमा केश पाकेकाहरुकै एकछत्र राज देखिएपछि बुढापाकाको पार्टीको उपमा पाएको काग्रेसलाई युवा बर्गमा पनि उत्तिकै लोकपि्रय बनाउन र 'युवाको पनि यसभित्र भविष्य छ' भनेर प्रमाणित गर्न सफल छन गगन ।
युवा बर्गमा देखिएको राजनितिक निष्कृयता र राजनितिप्रतिको चरम घृणा र बितृष्णा लाई धेरै हदसम्म् तोडन सफल उनमा नेपालीले भोलिको आफनो नेताको सफा र चम्किलो छायाछवि देखेका पनि छन। गगनको जीतलाई बिभिन्न पार्टीसग आबद्ध युवाहरुले मात्र होईन कुनै पार्टीसग केही साईनो नगासेका मजस्ता हजारौले आफ्नै जीत ठानेर दङ्ग परेका छन।
अस्बस्थताका कारण हस्पिटलको बेडमा सुतेर सबै परिणाम लाई नियालिरहेका काग्रेसका नव निर्वाचित सभापति सुशिल कोईरालाले आम मतदाताको भावनाको कदर गर्दै धेरैले रुचाएका यि 'आईकन' लाई घटीमा महामन्त्रीमा मनेनित गर्नुपर्छ । कोईरालाले ठुलो छाती बनाएर यति क्रान्तीकारी कदम उठाए भने उनको छवी त उकासिने छ नै कता कता ओईलाए जस्तो नेपाली काग्रेसमा यसले नया उर्जा थप्नेछ र पार्टीले नया जीवन पाउनेछ।
ईतिहास निर्माता गगन थापालाई मेरो धेरै धेरै बधाई । जनताका 'आईकन' को कदर गरेर ईतिहास रच्ने पालो अब सुशील दा को।
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]
0 comments :
Post a Comment
तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।