दिनेश गुरुङ मेरिल्याण्ड, अमेरिका नर्सिङमा व्याचलर डिग्री उत्तीर्ण गरेर, नागरिकको स्वास्थ्य सेवामा गत छ वर्षदेखि सेवारत पोखरा ८ बगालेटोल निवासी २९ वर्षीया नर्स भक्ति गुरुङ,२०५९ सालदेखि केही विरामी परेकी र गत फागुन महिनामा मात्रै दुवै मृगौलाले काम गर्न नसक्ने रिपोर्ट आएपछि उहाँको मृगौला प्रत्यारोपण गर्न पर्ने भएको छ। बाँचेर नागरिकको सेवा गर्ने चाहने उनै गुरुङप्रति समर्पित यो कविता! जीवन यो आखिर संघर्ष नै हो लड्नु छ हरेक पल पलमा तिमीले जित्नु छ आखिर मृत्युलाई तिमीले आँसुमा बगि कमजोर नहुनु तिमी संघर्ष नै आखिर जिन्दगी हो यहाँ लढ्ने प्रयास मात्र गर तिमी साथ दिने हातहरू कति छन् कति यहाँ जीवन यो आखिर संघर्ष नै हो पिउनु छ आँसु लाइ यहाँ तिमीले हाँस्नु छ आखिर जिन्दगी भर तिमीले नमार्नु जिउने आशहरु तिमीले मृत्युलाई छोडी अगाडि बढ्नु छ यहाँ विजयी गर्नु छ दैव को खेलमा तिमीले आशिष सबैले दिदै छन् यहाँ जीवन यो आखिर संघर्ष नै हो साथ दिनु छ यहाँ धेरै तिमीले अझै संसार हेर्न बाकि छ तिमीले [आर्थिक अभावको कारण नर्स भक्ति गुरुङले मृगौला प्रत्यारोपण गर्न सक्नु भएको छैन। तत्काल उहाँको मृगौला प्रत्यारोपण गर्नको ल...
A blog dedicated to Nepali News, Fun, Literature and music and lot more.