Skip to main content

जीवन यो आखिर संघर्ष नै हो

दिनेश गुरुङ
मेरिल्याण्ड, अमेरिका

नर्सिङमा व्याचलर डिग्री उत्तीर्ण गरेर, नागरिकको स्वास्थ्य सेवामा गत छ वर्षदेखि सेवारत पोखरा ८ बगालेटोल निवासी २९ वर्षीया नर्स भक्ति गुरुङ,२०५९ सालदेखि केही विरामी परेकी र गत फागुन महिनामा मात्रै दुवै मृगौलाले काम गर्न नसक्ने रिपोर्ट आएपछि उहाँको मृगौला प्रत्यारोपण गर्न पर्ने भएको छ। बाँचेर नागरिकको सेवा गर्ने चाहने उनै गुरुङप्रति समर्पित यो कविता!

जीवन यो आखिर संघर्ष नै हो
लड्नु छ हरेक पल पलमा तिमीले
जित्नु छ आखिर मृत्युलाई तिमीले

आँसुमा बगि कमजोर नहुनु तिमी
संघर्ष नै आखिर जिन्दगी हो यहाँ
लढ्ने प्रयास मात्र गर तिमी
साथ दिने हातहरू कति छन् कति यहाँ
जीवन यो आखिर संघर्ष नै हो
पिउनु छ आँसु लाइ यहाँ तिमीले
हाँस्नु छ आखिर जिन्दगी भर तिमीले


नमार्नु जिउने आशहरु तिमीले
मृत्युलाई छोडी अगाडि बढ्नु छ यहाँ
विजयी गर्नु छ दैव को खेलमा तिमीले
आशिष सबैले दिदै छन् यहाँ
जीवन यो आखिर संघर्ष नै हो
साथ दिनु छ यहाँ धेरै तिमीले
अझै संसार हेर्न बाकि छ तिमीले

[आर्थिक अभावको कारण नर्स भक्ति गुरुङले मृगौला प्रत्यारोपण गर्न सक्नु भएको छैन। तत्काल उहाँको मृगौला प्रत्यारोपण गर्नको लागि झण्डै १७ लाख खर्च लाग्ने भएकाले उहाँलाई सहयोग गरी जनताको स्वास्थ्य सेवामा समर्पित गुरुङको जीवन रक्षाको अभियानमा मृगौला पीडित गुरुङको जीवन रक्षाको लागि तत्काल मृगौला प्रत्यारोपण गर्नुपर्ने भएकोले हिमचुली बिकास बैंकमा रहेको ००१००००३९१२१ खाता नं. मा रकम जम्मा गरेर, पोखरामा थालिएको "भक्ति गुरुङ जीवन बचाऔं" अभियानलाई तपाई पनि सहयोग गर्न सक्नु हुने छ ! - सपनासंसार ]

[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Comments

Popular posts from this blog

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा...

अविवेकी सन्तान

–सीता अर्याल, गोरखा बजार, हाल–विस्कन्सन, अमेरिका न्युयोर्क सहर, अत्यन्त व्यस्त जनजीवन । म बसेको ठाउँबाट देखिने टावरको सानो टुप्पोलाई नियालिरहेको हुन्छु तापनि मलाई अत्यन्त नरमाइलोपनले सताइरहेछ । आफूलाई भाग्यशाली ठान्ने म आज अति दुःखी र अभागी ठानिरहेको छु । मलाई समयले नराम्ररी दुःख दिन तम्सिरहेछ । आफ्नो एक्लो सन्तान बाईस बर्षे छोरोलाई उडाएर ढुङ्गो जस्तै गरुङ्गो मन लिई घर फर्केको थिएँ । उसकी आमालाई सम्झाउन त झन् मलाई हम्मे हम्मे नै परेको थियो । घरमा जम्मा दुई प्राणी मात्र, सन्नाटा छ । छोराको विवाह गरेर बुहारी भित्र्याउने इच्छा हुँदाहुँदै ईन्जिनियरीङमा स्नातकोत्तर गर्न छोरो अमेरिकातर्फ लाग्यो । तुहिएको हाँगो भएकोले चाँडै नै छोराको विवाह गरी जायजन्म हेर्न चाहन्थें। आमाचाहिंको चाहना पनि यही थियो, आफू बलियो हुँदैमा नाती नातिना हुर्काउने । केही समयसम्म दिन दिनै जस्तो फोन हुन्थ्यो । इमेल हुन्थ्यो । कुनै पनि खवर नआएको दिनमा अत्यन्त खल्लो लाग्दथ्यो । नेपालबाटै गर्दा कहिले काँही फोनमा भेटिंदैनथ्यो । काममा या पढाइमा व्यस्त होला जस्तो लाग्दथ्यो । दिन, महिना, वर्षहरू वित्दै गए, समाचार आ...

म आफ्नो घर छोडेर टाढा कसरी जान सक्छु र ?

Reposted after readers request ! "म गरिब परिवार अनि बिमारी पृ्ष्ठभुमी बाट आएको मान्छे हुँ। म यहि जन्मे , म यहि हुर्के अनि धेरै जसो यहि पढेँ अनि फर्केर यहि आएर 'टिम' मै काम गर्दैछु , आफ्नो घर मेरो लागी 'टिम' हो ।घरमा आएर घर संहाल्दा बढो आनन्द आउदो रहेछ । म आफ्नो घर छोडेर कसरी टाढा जान सक्छु र ? " - डा अरुण बुढा करिब ४० बर्ष अधि रघुबिर बुढा कुष्ठ रोगको उपचार गर्न कालीकोट बाट डढेलढुरा आउछन् । बिदेशीद्वारा चलाईएको सामुदायीक टिम, अस्पतालमा उपचारको क्रम मा उनले पार्वती रोकाया लाई भेट्छन् । उपचारको क्रममा एकअर्काबिच चिनाजानी पछि उनिहरु बिहे गर्छन । रघुबिर बुढाले, पछि त्यहि अस्पतलामा भात पकाउने भान्छे, फुलबारी गोढ्ने तथा हुलाकीको काम पनि गर्ने थाल्छन् । पार्वती भने त्यहि अस्पतालमै निम्न स्तरीय काम गर्न थाल्छिन् । बिस्तारै त्यहि काम गर्दै जादा,रघुबिर अलि अलि लेखपढ पनि गर्न थाल्छन् । २ बच्चाहरु अरुण बुढा र कालेब बुढाको बाबु बन्छन् अनि आफ्ना यी दुई बच्चा लाई डाक्टर बनाउने सपना सझाउछन् । रघुबिर बुढाका दुई छोरा हरु , डा अरुण बुढा तथा डा कालेब बुढा सन १९९९ डिसेम्बर ५ क...