Skip to main content

Posts

Showing posts from April, 2010

मेरो अव्यक्त प्रेम

Share सरला गर्तौला काठमाण्डौं नेपाल तिमी र म अनि तिम्रो निकटता मेरो मौनता तिम्रो एकोहोरो हेराई अनि मेरो अव्यक्त प्रेम [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

सबरी (भाग-२)

Share पहिलो भाग पढ्न यहाँ क्लिक गर्नूहोस् पोस्तक श्रेष्ठ, मिनियापोलिस, मिन्नेसोटा सहदेव गएको पनि चार-पाँच महिना बितिसकेको थियो। तर कुनै खबर आएको थिएन। वर्षा सकिएर, शरद याम शुरू भईसकेको थियो। अकासबाट काला घटाहरु हट्दै गएका थिए तर सबरीको मनभित्रका घटाहरु अझै हटेका थिएनन्। जितीया पावनीको चहलपहलले पनि सबरीलाई छोएको थिएन। तर सहदेवको लागि भनेर पहिलो पटक सबरीले त्यो साल जितीयाको वर्त पनि लिएकी थिइन्। सहदेवलाई पाउने कामना गरेकी थिइन्। शरद ऋतु सकिएर रुखका पातहरु झर्न थालेका थिए। तर सबरीले सहदेव फर्किने आशालाई अझै जतनसंग संगालेकी थिइन्। झर्न दिएकी थिइनन्। सहदेवको कुनै अत्तोपत्तो थिएन। तर यता तिर जमिन्दारको छोरासंग बिहेको कुरा उठ्न थालेको थियो। सबरीका बाबुको जमिन्दारसंग केही ऋण पनि थियो। सबरीलाई दिने भए ऋंण फर्काउन पर्दैन भनेर सबरीका बाबु आमालाई जमिन्दारले प्रलोभन दिएका थिए। घरमा बोलाएर हाँसको मासु र रक्सी खुवाएर फकाईसकेका थिए। तर सबरीले अनेक बहाना गरेर बिहेको कुरा टार्दै आएकी थिइन्। एक बिहान सबरीकी साथी अत्तालिदै आएकी थिईन्। “सबरी, रेडियोमा समाचार सुनलई रि?, सुनई बडसु, माओबादी सब यूद्धबिराम भं

ANMN Nepalese New Year Program 2067 Celebrated : Part 2

Share Clik here for Part 1 In this post, i am posting some of the clips from the ANMN New Year Program 2057. 1. Dance Kalilo tamalai and Machhi maran ho dai was able to drag the 1st Prize on the dance competetion from adult category 2. Two little kids Shikhu and Khusi dancing on the evergreen songs Maitighar Maitiaghar. This dance was able to drag the first prize on the dance competetion from the kids category ! 3. Dance on ukali ma pani hazzur moto jado rayachha 4. Dance on Udi Udi chuncha maan chiya bari ma 5. Dance on Mero Geet Mero Geet Dada Kada Deurali ma 6. Dance on Kina man huncha chanchal 7. Nepali and Foreign kids dansing on Fan ma Fulyo ful 8. Dance on Yani Maya 10. A wonderful play from Bhutanese Kids who were recently resettled to US from the refuse camp in Nepal 9. Mayalo chahanchu timi lai derai by Sanjeev Rai 10. Ma timro nazzar ma by Dadin Pandey Thank you for watching ! Enjoy !! [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प

अब त म पराई भइसके - कविता !

Share सरला गर्तौला काठमाण्डौं नेपाल मेरो आस्थाको महल भत्काउँदा तिमीले तिम्रो अस्तित्व पनि त्यही पुरिएछ दुखेको मन अनि रोएको आत्माको आँसुले तिम्रो यादहरु पनि धोइदिएछ अब त म पराई भइसके तिमीले आफ्नो हुने नसोच मैले त आफ्नो बाटो रोजी सके आफ्नो यात्रामा कहिल्यै मलाई नखोज । [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

ANMN Nepalese New Year Program 2067 Celebrated !

Share Namaste All, Association of Nepalis in Minnesota(ANMN) would like to thank all the participants, volunteers and the audience for making the Nepalese New Year Program 2067 a grand success. With a large number of turnout, ANMN Nepalese New Year Program 2067 was Celebrated at Student Center, University of Minnesota. Around 350 audience participated on the program. Members from the Bhutanese Community and the Local Community also participated in the program. The Kids from the Bhutanese Community presented an inspirational Play. Dance competition, Song performance, and other interesting presentation made the program sweet. A group of students from the University of Minnesota, Anusha, Pujan, Deevesh, Jessica, Avigya and Apeckchya dragged the First prize on the Adult category. Similarly Sikhu and Khusi won the first prize on the kids category. Congratulation to all the Winners and Participants for their wonderful performance! Suvash Shilwal, one of the ANMN Member was awarded with leade

शुभकामना नयाँ बर्षमा

Share सुनिता गिरी, हङकङ स्वागत गर्दछु मुटु चहराएर दुखिरहे पनि गाउँघर अनि आफन्तको माँझ बाट चोइटिएर, बिरानो मुलुकमा समयको खुट्किलो उक्लिरहे पनि अथाह आँशुको भेलहरु रोक्दै पन्छाँउदै बाधा अड्चनका झाडीहरु आकाशको कालो बादल पन्छाएर हेर्न चाहन्छु शान्तिको परेवा उडिरहेको शुभकामना नयाँबर्षमा झोक्राएर मलिन चेहेरा, थाकेर बिसाएका सुस्केराहरु रोक्दै टोलाएर खोजिरहेका पाइलाहरुमा पलेटी कसेर मन्द मुस्कानमा शान्तिको लागि जप्दै गरेका उनै ज्ञानी मान्छे खोजीरहेछु गौतम बुद्धलाइ शान्तिमन्त्र जपिरहेको शुभकामना नयाँ बर्षमा तेरोमेरोमा समय खर्चिदै, नाराबाजीको बिगुल बिर्सेर हामी नेपाली हाम्रो नेपाल सगरमाथाको कसम खाँदै ढाका टोपीमा ढलक्कै ढल्किएर चैाबन्दी चोलीमा मसक्कै मस्किएर स्वागत गर्दछु नयाँ बर्षको [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

सबरी (भाग-१)

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका Share सबरी सेनाको चौकीको त्यो बाटो सकेसम्म हिंडन खोज्दिनन्। तर कहिलेकांहि त्यो बाटो हिंड्नै पर्छ। जब त्यो बाटो हिंडछिन्, उनको नजर नचाहदा नचाहदै पनि सेनाको त्यो सेन्ट्रीपोष्टतिर उचालिन्छ। उनलाई लाग्छ, कतै सहदेव त्यँहा उभिएर ड्यूटी गरिरहेको त छैन? कतै सबरीतिर हेरेर मुस्कुराई रहेको त छैन? तर त्यहा सहदेव हुंदैन। अरु नै कुनै सिपाही नीर्जिव शालीक जस्तो ऊभिएको हुन्छ। सहदेव नहुदा सबरीलाई त्यो बाटो नै उराठलाग्दो लाग्छ। त्यो चौकी पनि कुनै भग्नावशेष जस्तो कुरुप लाग्छ। सबरीको सहदेवसंग पहिलो भेट राप्ती पारि निकुञ्जको जंगलमा घांस घाट्न जांदा भएको थियो। राष्ट्रिय निकुञ्जको जंगलमा घांस दाउरा गर्न गैरकानूनी भएपनि स्थानीय बासिन्दाहरु सुरक्षा सेना, कर्मचारीको आंखा छलेर छिर्न छोड्दैनथे। घांस दाउरा बाहेक जंगली सागसब्जीहरु कुरिलो, निहुरो, जिब्रेसाग, चठेउल आदि टिप्न पनि मानिसहरु जंगल छिरिरहन्थे। त्यही दौरानमा एकदिन सबरी साथीहरु सहित पक्राउ परेकिथिइन्। पक्राउ गर्ने सिपाहीहरु मध्य सहदेव एक थिए। सहदेव अरु सिपाहीहरु भन्दा बिल्कुलै फरक थिए। अरु सिपाही

यो कस्तो सम्झौता ! ( कथा: अन्तिम भाग)

Share उपमा अर्याल छाउनी, काठमाडौं हाल- मिनेसोटा, अमेरिका पहिलो भाग पढ्न यहा क्लिक गर्नु होस् । भाग २ पढ्न यहा क्लिक गर्नु होस् । एकाएक मेरो आँखा गाडीको ऐनामा च्याप्पिरहेको पहेंलो पातमा पुग्यो। त्यही पहेंलो पात जस्तै भएको छ मेरो जिन्दगी। न त त्यो त्यस्कै रुखमा फेरी गई अरु धेरै पातैपातहरुसँग आफ्ना मनका कुरा सुसेल्न नै सक्छ न त स्वत्रन्त्र रुपले जमिनमा नै खस्न सक्छ। समय र परिस्थितीले हरक्षण त्यही पहेंलो पात जस्तै भएकी छु मेरो मुटु नै ढक्क फुले जस्तो, कता-कता डर लागे जस्तो भयो। म सँग विवाह गर्न राजी छु, म मन पर्‍यो भनेर उचाल्यो पहिला अनी अहिले एकाएक भइमा थेचारिदियो। "ल ठीक छ, तिमी सोच-बिचार गर अनी भोली बेलुका मलाई कल गर। म तिम्रो फोनको प्रतिक्षामा हुने छु।"- उस्ले कती सजिलै भन्यो। हुन त निर्णय मेरै हातमा थियो तर म कस्तो अन्योलमा परे कि न कसैलाई यि कुराहरु भन्न नै सक्छु न त कसैसँग राय सल्लाह माग्न नै। दाई पनि आइ सक्नुभएछ। हामी घर फर्केउँ। बाटोमा नै दाईले सोध्नु भएको थियो - " के भयो भनेर" । "उस्को तर्फबाट चाँही "OK " भनेको छ, मेरो बिचार सोधेको छ । घर सल्ल