Apr 9, 2010

यो कस्तो सम्झौता ! ( कथा: अन्तिम भाग)

Facebook

Share
उपमा अर्याल
छाउनी, काठमाडौं
हाल- मिनेसोटा, अमेरिका


पहिलो भाग पढ्न यहा क्लिक गर्नु होस् ।
भाग २ पढ्न यहा क्लिक गर्नु होस् ।

एकाएक मेरो आँखा गाडीको ऐनामा च्याप्पिरहेको पहेंलो पातमा पुग्यो। त्यही पहेंलो पात जस्तै भएको छ मेरो जिन्दगी। न त त्यो त्यस्कै रुखमा फेरी गई अरु धेरै पातैपातहरुसँग आफ्ना मनका कुरा सुसेल्न नै सक्छ न त स्वत्रन्त्र रुपले जमिनमा नै खस्न सक्छ। समय र परिस्थितीले हरक्षण त्यही पहेंलो पात जस्तै भएकी छु


मेरो मुटु नै ढक्क फुले जस्तो, कता-कता डर लागे जस्तो भयो। म सँग विवाह गर्न राजी छु, म मन पर्‍यो भनेर उचाल्यो पहिला अनी अहिले एकाएक भइमा थेचारिदियो।

"ल ठीक छ, तिमी सोच-बिचार गर अनी भोली बेलुका मलाई कल गर। म तिम्रो फोनको प्रतिक्षामा हुने छु।"- उस्ले कती सजिलै भन्यो। हुन त निर्णय मेरै हातमा थियो तर म कस्तो अन्योलमा परे कि न कसैलाई यि कुराहरु भन्न नै सक्छु न त कसैसँग राय सल्लाह माग्न नै।

दाई पनि आइ सक्नुभएछ। हामी घर फर्केउँ। बाटोमा नै दाईले सोध्नु भएको थियो - " के भयो भनेर" । "उस्को तर्फबाट चाँही "OK " भनेको छ, मेरो बिचार सोधेको छ । घर सल्लाह गरी भोली बेलुका फोन गर्छु भनेकी छु।" - मुखबाट निक्ली हाल्यो।

दाईले पुलुक्क मलाई हेर्नु भयो। उहाँका आँखाहरुमा खुशीका आशु छच्ल्कीरहेका थिए। त्यस पछी दाई र मेरो बिच केही कुरा नै भएन। म पनि आफ्नै धुनमा मस्त भए। एकाएक मेरो आँखा गाडीको ऐनामा च्याप्पिरहेको पहेंलो पातमा पुग्यो। त्यही पहेंलो पात जस्तै भएको छ मेरो जिन्दगी। न त त्यो त्यस्कै रुखमा फेरी गई अरु धेरै पातैपातहरुसँग आफ्ना मनका कुरा सुसेल्न नै सक्छ न त स्वत्रन्त्र रुपले जमिनमा नै खस्न सक्छ। समय र परिस्थितीले हरक्षण त्यही पहेंलो पात जस्तै भएकी छु सधैं बुवा आमा अनी दाईसँग नै च्यापिरहने। मेरो जीवनका हर संघर्षलाई टेक्न अलिकती साहास अनी साथ चहिएको छ, च्यापिएको ठाउँबाट झिकिदिने त्यो पहेंलो पातलाई जस्तै।

कती खेर घर पनि आइ सकेछ थाहा नै पाइन। घर पुगे पछी दाईले नै बुवा आमालाई बेलिबिस्तार लगाउनु भयो। एक प्रकार नौलो अनुभब भईरहेको थियो तर मेरो मनमा पैदा भईरहेको दोधारे कुराहरु मौरी भुनभुन गरे जस्तै गरी भुन्भुनाउन थालेका थियो।

"यस्तो केटा पाउन रहेछ र पो अरुहरुले रिजेक्ट गरेका रहेछन हाम्री नानुलाई।" - खुशीका लहरहरु पोख्दै आमाले भन्नु भयो। बुवा पनि निकै खुशी देखिनु हुन्थियो। म केही पनि बोलिन।

भोली बेलुका सबैजना बसेर फोन गरौला भन्दै सबै आ-आफ्नो काम तिर लग्यौ। म चाँही आफ्नै कोठा तिर लगे। मनमा अनेकौ कुराका तनाबहरु तछाड र मछाड गर्दै उर्लदै आइरहेका थिए। आखिर यो तनाब त मैले भोली सम्ममा मन्थन गर्नै नै पर्छ। एक मन त लाग्यो दाईलाई मात्र सबै कुरा भनु अनी उहाँले जे भन्नु हुन्छ त्यही गर्छु तर अर्को मनले भन्यो दाईले थाहा मात्र पाउनु भयो भने त "मेरो बहिनिलाई कुमारी नै राख्छु, त्यो सँग विवाह हुन दिन्न भनेर अड्डी कस्न थाल्नुहुन्छ ।" बरु दाईलाई भन्नु भन्दा नभनु नै निको ठाने। उम्केको मान्छे र मायाको सधैं याद आउछ रे। फरी दाईको कारणले यो मान्छे पनि उम्कियो भने…..। फेरी उस्ले नै "केबल तिमी र मेरो बिचको सम्झौता" भनेको छ। यो कस्तो सम्झौता हो? के त्यस सम्झौता मैले सिरोपर गर्नु सही हो त? सही र गलतको परिभाषा केलाई भन्ने मैले अहिले तर म नै बिबस छु यो सम्झौत स्विकार्न। उसो भए के मेरा परिवारले मेरा कारण भोग्नुपरेका अफ्ठ्यारहरु चाँही सही हुन त?

म अहिले यस्तो भुमरीमा घुमी रहेकी छु कि अब मैले के गर्न उचित छ म आँफैलाई थाहा छैन। एकातिर मेरो जिन्दगीको सवाल छ भने अर्कोतिर मेरो परिवारले बर्शौ पछी पाएको अमुल्य खुशी छ। यस्तो खुशीको बेलामा मैले त्यही सम्झौताको कुरा उहाँहरुको अगाडि राखिदिए भने उहाँहरुको मन कती टुक्रा टुक्रा भएर कुडिन्छ होला। उहाँहरुकै खोकिला भित्र नै रहेर उहाँहरुलाई हरेक पलपल मेरै मात्र कुराले डसीरहन मिल्दिन्न जस्तो लाग्यो मलाई। मेरो मात्र नभएर दाईको पनि त सोच्नु पर्छ। निकै ढिलो भईसकेको छ उहाँको झन। यदी मैले त्यही सम्झौता बिरुध गएर गरेको सानो निर्णयले पनि उहाँको लक्ष्यमा अवरोध पुग्न सक्छ र मेरो परिवारको हरेक व्यत्तिलाई प्रत्क्ष्य वा अप्रत्क्ष रुपमा हानी-नोक्सनी पुराउन सक्छ। मैले अहिले यस्तो कष्टकर तर अबिष्मरणिय परिक्षा दिनु परिरहेको छ जुन परिक्षा मेरो जीवनको पहिलो साथै अन्तिम पनि हुन सक्छ। किन किन उस्लाई भेटेर आएपछी आफ्नो लागि उनै ऐना भ्एको महसुस गरिरहेकी छु मैले। म प्रती उस्को निस्वार्थपन अनी अबोधपनले नै म उ प्रती आकर्सित भ्एकी छु। कत्तै यि चिजहरु पनि मेरै भाबिले नै डोराएर लेराएका हुन कि?

हो, मान्छेले चाहे जे पनि गर्न सक्छ तर "के सही -के गलत" जो मान्छे त्यो पहिचान गर्न सक्छ भने बल्ल त्यो मान्छे नै मान्छे हुन सक्छ। नत्र त पशु सरह नै भई हाल्यो नि। त्यस्तै उस्ले पनि आफ्नो गल्ती स्विकार गरी, आफ्नो हुने वाला पत्निलाई सबै कुरा भन्ने बिकल्प रोज्यो, त्यही नै उस्को इमन्दारिताको दर्पणछायाँ बनेको छ। त्यसैले उस्को इमन्दारिताको अगाडि यि सब चिजहरु मेरो भाबिले डोराएको भन्नु त भ्रम मात्र हुन सक्छ। कहिले काहिँ पुर्णिमाको जुन पनि त फिक्का हुन्छ नि जुनेली रातमा। यस्को अर्थ यो होइन कि पुर्णिमाको जुन नै न राम्रो छ। यत्रो ३०-३० बर्षको उमेर सम्म यही घरमा नै रहदै, बुवा आमाको बोझ बन्दै, दुनियाँको मुख्य समाचार हुनु भन्दा त उस्को सम्झौता स्विकार्नु नै ठीक हो कि जस्तो पनि लाग्यो। फेरी हिजो मात्र चिनेको एक प्रकारले भन्नु पर्दा अपरिचित मान्छेको मन र आत्मले मुल्यङ्कन गर्न खोजेको मेरो मन, कतै मेरो व्यतिगत समर्पणले गर्दा भबिष्यमा केही त हुने होइन भन्ने डर पनि लागेको छ। यो मोडमा आइपुग्दा हिम्मत गरेर मैले निस्कर्श निकलेकी छु कि भबिश्यमा जे आइपर्छ त्यही म आँफै बेहोर्छु। अहिले मेरो परिवारको खुशीमा आँच आउने काम म गर्दिन र उस्को सम्झौतासँग पनि म भाग्दिन। म उस्को यो सम्झौता आँखा चिम्लेर स्विकार गर्छु। त्यसैले म भन्छु - उस्को सम्झौताले जित्यो,मेरो परिवारको खुशीले जित्यो - मैले हरें अब म निर्धक्क भन्न सक्छु म विवाह गर्छु उसँग नै !मेरो निर्णयले मैले आफुलाई बचाउन खोजेकी हुँ कि मेरो परिवारलाई या उस्को सम्झौतालाई त्यो त भगवान नै जानुन तर मेरो अन्तरमनले यो निर्णयलाई निकै सपोर्ट गरेको छ।
**अस्तु**
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

4 comments :

Anonymous said...

Keti le america ko DV bhanera pachhi lagi chha...

Postak Shrestha, Minneapolis, USA said...

बिवाहको लागी केटापक्षको आंखामा धेरै पटक जांचिन पर्ने, नापिन पर्ने अनि जोखिन पर्ने युवतीको विवशतालाई चित्रण गरिएको रहेछ। राम्रो छ।

Anonymous said...

khatha ma ta just women talk in writing matra cha. kina yoo topic rojnu bhayo?? Intelligent story write garnus

सपनासंसार said...

प्रस्तुति राम्रो नै लाग्यो । विदेशमा कागज पत्र को लागी बिहे गर्ने प्रचलन हालचाल सामान्य जस्तो नै भइसक्यो ! सपनासंसार यसलाई एउटा बिकृती नै भन्न रुचाउँछ तर पनि कोही लाई वाध्यता पनि हुन आउँदो हो !

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP