Skip to main content

यो कस्तो सम्झौता ! (कथा भाग २)

Share
उपमा अर्याल
छाउनी, काठमाडौं
हाल- मिनेसोटा, अमेरिका

पहिलो भाग पढ्न यहा क्लिक गर्नु होस् ।

मेरो मुटु नै ढक्क फुले जस्तो, कता-कता डर लागे जस्तो भयो। म सँग विवाह गर्न राजी छु, म मन पर्यो भनेर पहिला उचाल्यो अनी अहिले एकाएक भइमा थेचारिदियो।


दोश्रो भाग:
फोनमा कुरा गरे। उही केटाले भेट्न बोलाएको छ आजै। मनमा दश थरी कुरा खेलिरहे पनि हतार हतर दाईसँग उस्ले बोलएकै ठाउँमा गए। उ त एक्लै आएको रहेछ। दाईलाई पनि म सँग एकछिन कुरा गर्छु भनेर एक घण्टामा यही ठाउँमा आउन आग्रह गर्योल।

"नानु, दिउँसो तिम्रो परिवारसँगको छोटो बसाइ रमाइलो भएको थियो।"- उस्ले यसरी कुरा सुरु गर्योल। घरमा मलाई सबैले नानु भन्ने भएकाले उस्ले पनि नानुबाट नै सम्बोधन गर्योल मलाई। म केही पनी बोलिन। उ नै बोल्दै गयो।

"म त बिदेशबाट आएको। विवाह गरेपछी पनि परिवारलाई उतै नै लिएर जाने मेरो सोच छ। मलाई तिम्रो बारेमा सबै कुरा चित्त बुझेको छ। यदी तिमीलाई पनि म मन परेको छु भने कुरा अगाडि बढाउन सकिन्छ। के छ तिम्रो बिचार भनी उल्टो मलाई प्रश्न तेर्सायो।"

कस्तो अफ्ठ्यारो परिस्थिती आइ पर्यो् मलाई। के भनु के नभनु होश नै भएन। जीवनमा पहिलो पल्ट कुनै केटाले मलाई मन पराएको छ। मैले "हुन्छ" भनेको खण्डमा उस्को र मेरो विवाह हुनेछ भन्ने कुराले कता कता मन हर्शित पारीरहेको थियो। यस्तो निर्णय गर्न घर-परिवारले आफुलाई जती सुकै स्वत्रन्त्र छोडिदिए पनि जन्म दिने बुवा आमा प्रतिको कर्तव्य पालना मैले गर्न नै पर्छ। खुशीका आशुहरु कती खस्लान, उहाँहरुले यो कुरा सुन्दा।

"मलाई ब्यक्तिको बहिरी रुप भन्दा पनि भित्री रुप हेर्न मन लाग्छ र म अरु केटाहरु जस्तो पनि होइन हजारौं केटीहरुको लिस्ट बनाएर बर्शौ लगाएर केटी खोज्दै हिंड्ने। आफ्नो कुल खानदानको एकजानलाई पक्डिने हो, मन मिलेको खण्डमा विवाह गर्ने हो। धेरै केटीहरु हेरी रिजेक्ट गर्दै उनिहरुको स्वाभिमानलाई ठेश पुर्याउन हुन्न भन्ने मन्यता छ मेरो।" - उ बोली नै रहयो।

मलाई त अचम्म लाग्यो। यो मान्छेले त मेरै मनको कुरा बोल्यो। हो रहेछ कि के हो दाईले भन्नु भए जस्तै- "हरेक व्यक्त्तिको जोडी माथिबाट नै बनाएको हुन्छ । उनिहरुको सोच बिचार पनि मिल्छ भनेर"

"के भयो नानु कत्ता हराएकी? तिमीलाई आहिले नै निर्णय गर्नु पर्दैन्न। केही समय लिउ। सोच-बिचार गरेर नै निस्कर्श निकाल। त्यती हतार पनि छैन मलाई।" उस्ले सजिलो बातावरण बनाइदिन खोज्यो मलाई।

"ठिकै छ नि त। म घर सल्लाह गरेर खबर गर्छु नि हजुरलाई।" -मैले सजिलो उत्तर दिए।
"त्यसो भए तिम्रो तिर्फबाट चाँही "OK" हो?" उस्ले अझ मेरो बिचार बुझ्न खोज्यो।
"त्यस्तै ठान्नु भए हुन्छ" - मैले भने।

"नानु, थाहा छैन मलाई जुन कुरा अब म तिमीलाई भन्न गहिरहेको छु त्यो तिमीलाई स्विकार्य हुन्छ या हुँदैन। मेरो जीवनमा मैले एउटा एस्तो भुल गरेको छु कि त्यो भुलको प्रयास्चित गर्न म सक्दिन्न। कुनै कुनै भुलहरु एस्ता हुँदा रहेछन कि त्यस्ता भुलहरु पहिलो पटक नै गर्नु नै हुँदैन रहेछ।"

म चुप चाप सुनिनै रहे उस्का कुराहरु।

“अल्लारे उमेर, साथी-भाईहरुको प्रतिश्पर्धा अनी आफ्नो बिबस्ताले गर्दा नै म उता गएपछी त्यताको कागजपत्र छिटो बनाउने उद्देश्यले मैले त्यहीको एउटा केटीसँग विवाह गरेको थिए। अहिले सबै कागजपत्र भइसक्यो, उस्लाई डिवोर्स गरेर म छुट्टै बसेको पनि २ बर्ष हुनै लगिसक्यो। म बुवा आमालाई यी सबै कुरा भन्न पनि सक्दिन्न अनी फेरी यता विवाह गरी एउटा अबोध नारीलाई बिश्वासघात गर्न पनि चाहन्न। बुवा आमाको कत्रो सपना छ मेरो विवाह धुमधामले गरिदिने। कागलाई जती सुकै मयुरको प्वाँख टाँसे पनि काग काग नै हुदो रहेछ। म पनि मेरो बुवा आमाको अगाडि काग नै साबित भए। जती सुकै आफ्नो भुल ढक छोप गर्न खोजे पनि उहाँहरुको अगाडि सकिन मैले। यती खेर सम्म त विवाह गर्दिन्न भनेर टारेको थिए। यसपली त अपहत्ते गर्नुभएको छ। के गरु के नगरु थाहा छैन। कतिन्जेल म उहाँहरुबाट भाग्न सक्छु र फेरी। एउटा न एउटा बिकल्प त मैले खोज्नै पर्छ भनेर यो सब गरी रहेको छु। त्यसैले सोचे, जो केटी म सँग विवाह गर्न राजी हुन्छे उस्लाई सबै थोक स्पष्ट भन्छु र उ र म बिच एउटा सम्झौताको लक्षमण रेखा कोर्छु ता कि यो कुरा सिवाय म र मेरो हुने वाला पत्निलाई मात्र थाहा होस्। यदी तिमीले मैले राखेको केबल तिमी र मेरो बिचको सम्झौता "हुन्छ" भनी भने खण्डमा हाम्रो विवाह हुन सक्छ। मैले मेरा बिगतका कुराहरु स्पष्ट तिमीलाई राखेको छु ता कि भबिष्यमा गएर मेरो चरित्र, मेरो इमान्दारिता अनी स्वाभिमानमा ठेश नपुगोस भनेर। एउटा केटाले एउटा केटीको या भनौ एउटा केटीले एउटा केटाको मुल्यङ्कन गर्दा खाली बहिरी रुप्-रङ, लवाइ-खवाइका कुराहरुमा बढी जोड दिएका हुन्छ। तर म यही सम्झौताबाट नै मैले हेरेको केटीको आत्मा र उस्को गुण मुल्यङकन गर्न चाहन्छु। के तिमी यो सम्झौतासँग जुध्न सक्छौ?

मेरो मुटु नै ढक्क फुले जस्तो, कता-कता डर लागे जस्तो भयो। म सँग विवाह गर्न राजी छु, म मन पर्यो भनेर पहिला उचाल्यो अनी अहिले एकाएक भइमा थेचारिदियो।

क्रमश:……….

अन्तिम भाग पढ्न यहा क्लिक गर्नु होस् ।

[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Comments

  1. उपमाजी, कथाको विषय वस्तु अनि प्रस्तुती सार्है राम्रो लाग्यो, दोस्रो भाग पढे पछि अब के होला भन्ने कौतोहलाता बढेको छ ... तेस्रो भाग छिट्टै पढ्न पाईयोस है ...

    ReplyDelete
  2. Upama..how do you write article with beautiful wording..very good. When do you get time to write this article..don't give up hai.

    Apsara

    ReplyDelete
  3. राम्रो लग्यो हजुर को यो लेख येस्मा हजुर ले समेट्नु भएका हरेक सब्दासब्दामा सत्यता लुकेको आभास हुन्छा नेपाली नेपाल को माया गर्न जहाँ बाट पनि तत्पर हुनुपर्छा तपाइले यो कुरा एउटा नेपाली साहित्य लै गर्नु भएको जगेर्ना जसतै हो आज तपैले आफ्ना सब्द हरु अमेरिका गएर भुल्ने भएन यसरि कुनै नेपाली ले नेपाल ,नेपाली सस्कृति अनि आफ्नो पहिचान लै कहिँ गएर नागुमवोस यो मेरो विचार हो . तपैका हरेक सब्द सब्दा मा नेपाली पन छ आशा छ हजुर ले कहिले पनि आफ्नो लेखन लै छाड्नु हुने छैन www.softsansar.blogspot.com

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

Popular posts from this blog

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाके

म आफ्नो घर छोडेर टाढा कसरी जान सक्छु र ?

Reposted after readers request ! "म गरिब परिवार अनि बिमारी पृ्ष्ठभुमी बाट आएको मान्छे हुँ। म यहि जन्मे , म यहि हुर्के अनि धेरै जसो यहि पढेँ अनि फर्केर यहि आएर 'टिम' मै काम गर्दैछु , आफ्नो घर मेरो लागी 'टिम' हो ।घरमा आएर घर संहाल्दा बढो आनन्द आउदो रहेछ । म आफ्नो घर छोडेर कसरी टाढा जान सक्छु र ? " - डा अरुण बुढा करिब ४० बर्ष अधि रघुबिर बुढा कुष्ठ रोगको उपचार गर्न कालीकोट बाट डढेलढुरा आउछन् । बिदेशीद्वारा चलाईएको सामुदायीक टिम, अस्पतालमा उपचारको क्रम मा उनले पार्वती रोकाया लाई भेट्छन् । उपचारको क्रममा एकअर्काबिच चिनाजानी पछि उनिहरु बिहे गर्छन । रघुबिर बुढाले, पछि त्यहि अस्पतलामा भात पकाउने भान्छे, फुलबारी गोढ्ने तथा हुलाकीको काम पनि गर्ने थाल्छन् । पार्वती भने त्यहि अस्पतालमै निम्न स्तरीय काम गर्न थाल्छिन् । बिस्तारै त्यहि काम गर्दै जादा,रघुबिर अलि अलि लेखपढ पनि गर्न थाल्छन् । २ बच्चाहरु अरुण बुढा र कालेब बुढाको बाबु बन्छन् अनि आफ्ना यी दुई बच्चा लाई डाक्टर बनाउने सपना सझाउछन् । रघुबिर बुढाका दुई छोरा हरु , डा अरुण बुढा तथा डा कालेब बुढा सन १९९९ डिसेम

शुभ-कामना नव दाम्पत्य जीवनको

यहि मिती २१ फेब्रवरी २००९ का दिन, अमेरीकाको नेब्रास्का राज्य को ओमाहा सहरमा , साथी रचना भट्टराई तथा साथी प्रवेश घिमीरे बिच भएको शुभ बिबाहको उपलक्षमा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुँभभकामना टक्र्याउदछु । तपाई हरुको नया जीवन अनि नौंलो यात्रा सफल रहोस् । खुशीँ नै खुशीको पाईला हरु लम्किउन् । तपाईहरुको यो एैतिहासिक क्षणमा, आँफु पनि पात्र बन्न पाउदा निकै नै खुशीँ लागेको छ । तपाईहरुको दाम्पत्य जीवनले सफलता को शीखर चुम्न सफल होस् । तपाईहरुको अनुमति बिनानै केहि घत लाग्दा भिडियो दृष्य हरु तल पस्केको छु । परदेश को वसाँई होस या स्वदेशको , एउटी नेपाली नारीलाई सिन्दुरको महत्व त्यती नै हुन्छ । एउटी हिन्दु नारीले आफ्नो पतीको दिर्घायु जीवन को लागी लगाउछन्। सिन्दुरले माया प्रेम र सक्ति लाई जनाउछ् । हिन्दु शास्त्र अनुसार , लोग्नेले निधारमा सिन्दुर हालेर आफ्नो पत्नीलाई सुरक्षा को बन्धनमा राखेपछि यदि कोही पराईले पत्नी को हानि गर्न खोजेमा उक्त पराईको रगत उम्लेर उ आफै मर्छ रे । Rachan wedding..... from sapana sansar on Vimeo . आमा को लागी छोरा छोरी भनेको त मुटु को टुक्रा नै त हो नि । आमा भन