Skip to main content

Posts

Showing posts from October, 2011

ए एन एम एन दशै तिहार नेपाल नाईट २०११ !

बिजयादशमी तथा दिपावली २०६८ को शुभँ अवसर पारेर मिनिसोटबासी नेपालीहरुले "ए एन एम एन(एसोसिएसन अफ नेप्लीज ईन मिनिसोटा ) दशै तिहार नेपाल नाईट २०११" सम्पन्न गरेका छन्। कार्यक्रममा नेपाली गीत संगीत , नाचगान तथा नाटक कंपनी को प्रस्तुती यस् पाली को दशैँ अम्रीकामा" प्रस्तुत गरिएको थियो। कार्यक्रममा नेपाली, तिब्बेती, भुटानी तथा अमेरिकी समुदायको उपस्थिती थियो। भुटानी तिब्बेतीयन समदायका नेपालीहरुले केहि पनि , नेपाली नृत्य तथा नेपाली गीत संगीत प्रस्तुत गरेका थिए । कार्यक्रमको मुख्य आकर्षण सदाझै नाटक कंपनी को प्रसतुती रहेको थियो। "यस् पाली को दशैँ अम्रीकामा" नाटक प्रस्तुत गरिदा थुप्रै तालीका गड्गाढाहट् सुनिन्थ्यो ! सपनासंसारमा आज त्यहि नाटक प्रस्तुत गरेको छु, आशा छ, तपाईहरुलाई अवश्य पनि मन पर्नेछ ! [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

दसैं नजिकिंदै गर्दा,

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका दसैं नजिकिंदै गर्दा, म यसपाली कस कस्कोमा टीका थाप्न जाने भनेर श्रीमतिसंग सल्लाह गर्दे छु। खेस्रा कागजमा लिष्ट बनाउदै छु। कसैको नाम काट्दै छु। कसैको नाम थप्दै छु। सचिव शक्ति बल्लभको मा हरेक साल टिका थाप्थें। यो साल देखि उ सेवा निबृत भयो, उसको सरकारी शक्ति पनि सबै गयो। मेरो लिष्टमा उसलाई किन अब राख्नू? सरकार परिवर्तन संगै महाप्रवन्धक प्रबन्धराज जोशीको जागीर पनि चैट भयो। भतिजोलाई जागीर लगाई देलाकि भन्ने आश थियो, त्यो पनि गयो। मेरो लिष्टमा उसलाई किन अब राख्नू? मेरो छोरीलाई सिंत्तैमा "बेबी सिट" गरिदिने बेबिना भाउजुकोमा पनि जान्न यसपालि। मेरो छोरी ठूली भइसकी, अब आफै बस्न सक्छे। काम सकिएको मान्छेलाई किन मान्नू? हिजोको मिल्ने मित्र त हो मित्रमणि, तर के गर्ने, न त्यसको राम्रो जागीर छ, न ठूलो घर छ। त्यसकोमा गएर किन आफ्नै हैसियत झार्नू? यसपालि एक जना मेरो श्रीमतिको मामाको ससुराको सम्धी पर्ने मन्त्रीका पिए भएका छन् रे। ऊनकोमा त जानै पर्छ। "आफ्ना मान्छे" सधैं पावरमा कहां हुन्छन् र। मौकाको सदुपयोग त गर्नै पर्छ। यसपालि