Skip to main content

Posts

Showing posts from June, 2009

देश बेच्ने पार्टि रित रैछ।।

सुमन बगाले आबुँ खैरेनी, तनहुँ गाउन जाने जिन्दावाद पार्टिको गित रैछ पुग्न सके वालुवाटार नोठको जित रैछ। लुछाचुडी नेताहरुको मारमा परे जनता देश बेची भुडी भरेपनि पार्टि हित रैछ। भ्रस्ट र अपराधि दिनहुँ जसो बढेका छन् पुलीस, प्रशासन र नेता यिनकै मित रैछ। आन्तरिक द्धन्दले विलायो नेपाली अस्तित्व देशै हुर्सुदापनि नमेटिने कस्तो धित रैछ। सिमनाका रेखाहरु पार्टि अनुसार बदलिन्छ सत्ता पिच्छे देश बेच्ने पार्टिे रित रैछ।। [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

आखिर भूल त मबाट पो भएछ

“जुदने” हप्किन्स, मिन्नेसोटा त्यति धेरै माया दिएँ मायाको मूल्य शुन्य भएछ। लुट्नु लुट्यौ म लुटिएँ धोका भनेको यस्तै रहेछ। सँगै जीउन कसम खानेले अर्कै गाउँमा डेरा सरेछ। सरि जानेलाई पत्तै नहोला सहनु पर्नेलाई कठिन भएछ। मैले रोजेथें जुनी भरीलाई तिम्रो रोजाई क्षेणिक रहेछ। तिम्रो त बानी नै त्यस्तै रहेछ आखिर भूल त मबाट पो भएछ। [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

नेताज्युलाई मेरो आग्रह !

चकेन्द्र राई "कैदी" दोहा कतार [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

नया नेपाल र हुँडारहरु

मिलन बगाले क्यामिन―६, बर्लाची तनहुँ हातमा खन्ती बोकेको बादर तम्तयार छ, मेरो घरको जग खन्न मुखमा नक्सा च्यापेर हुँडार काम अर्‍हाउदैछ र डिलमा उभिएको स्याल ठेकेदार बनेको छ मेरो नेपाल नयाँ बनाउन! हुँडारको डिजाईनमा बादरले खनेको ओडारलाई नयाँ नेपाल होईन, नयाँ चिहान भन्छु म। कालो ओडार, कालै मन भएकाले खन्छन मेरो नेपाल उज्यालो छ निख्खर उज्यालो! चाहे पुरानै होस चाहे नयाँ मेरो नेपालको चिहान प्रवेश मलाई स्वीकार्य छैन। बादरले उचालेको खन्ती उसैको दिनगन्तीको सुचक हो। नयाँ ओडारको डिजाईमा हुँडार आफै फस्दैछ छट्टु स्याल जस्तै जो आफ्नै मृत्युको ठेक्कापट्टा गर्दैछ बाघसग मिलेर। E-mail:milanbagale@yahoo.com Phone: 9741-175555, 01-4469750 [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

'भिन्नता जिउँनुको र बाँच्नुको अर्थमा

आचार्य प्रभा , (अमेरिका ) म, केवल जिउँदैछु साथी बाँच्नुको अर्थलाई भुलेर , जिउँन त सबैले जिएकै छन नि ? त र...... बाँच्न पो कठिन छ त ? भौतिक रमझममा जिउनुको अर्थ नै के हुन्छ र ? सार्थक जीवन बाँच्न त मानवीय नाता हुनु पर्छ , भावनाको कदर हुनु पर्छ , ओँठमा हाँसो फुल्नु पर्छ त र..... मेरो बँचाइमा लाग्छ यि सबै अल्पपरिचित भएका छन त्यसैले....... जिउनुको आभासमा म बँचाइको मीठास खोजी रहेछु । जीवनको साक्षातकारसँग समिपता बढाउन प्रयासरत छु , हो...... अचेल साथी म जिइ रहेछु , बाँच्नुको अभीप्शामा आफुलाई सक्षम बनाउने कोशीश गरिरहेछु । मन भरी कुण्ठा र तिर्खाका ज्वारभाटाहरुसँग लड्दै,उठ्दै म ...... जीवन खोजी रहेछु , हो म जीवन बांचेर हैन जिएर हिंडिरहेछु । [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

तिमी पनि डल्लो म पनि डल्लो !

A 14-year-old Nepali boy, Khagendra Thapa Magar, who is only 50 centimetres (20 inches) tall has been put forward for a Guinness world record as the world’s smallest person. Similarly, Jyoti Amge,teenager from India who stands at 58 cm(23 inches) tall has been put forward for the Guinness world record as the smallest girl in the world.

गजल

आचार्य, प्रभा तिम्रो मनको मझेरिमा बास दिन्छौ कि ? बाँच्ने रहर पुरा गर्न सास दिन्छौ कि ? तिम्रो निम्ती भएँ म त,भिखारी सरि नै थोरै खुशी बटुल्नलाई आश दिन्छौ कि ? ओलाएकी थिएँ म त ,बसन्त नै नआइ फेरी फूल भइ फुल्नलाई मधुमास दिन्छौ कि ? एक्ली थिएँ भिँडमा पनि उदास थियो नयन खुशीको आसुँ झार्न बाहुपास दिन्छौ कि ? [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

पहिरोको सर्बोच्चता

मिलन वगाले क्यामिन – ६, वर्लाची तनहुँ सगरमाथा होचिएर अनायसै अग्लिएको सर्बोच्चता यतिबेला चुक घोप्टिएको बिबेक बोकेर यात्रारत छ सडकमा लाठीसगै। उता भित्तो नराम्ररी तासिएर कान्लो दिनदिनै भासिदैछ र धार्नी पुर्याउन भनेर कान्लोमुनि भेला भएका भ्यागुताहरु बेखबर छन पहिरोबाट। ए कोही छ? कान्लो भास्सिएर माटो मास्सिदैछ घोचाले रोकेर थाम्न सकिन्न पहिरो लाठी नाच नाच्दै गरौला आउ सबैका हातले ठेलेर पहिरोको सर्बोच्चता भत्काउ बाकी भागशान्ति गर्दै गरौला। ईमेल:milanbagale@yahoo.com फोन: ९७७-९७४११७५५५५ [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

आमाको रहर !

राजु लामिछाने माझ्ठाना–६ काश्की हालः हप्किन्स, मिन्नेसोटा खण्डः एक “अचम्मैको घर बन्यो, बिदेशीलाई बनेको कुनै तारे होटेल हो क्या हो?” “होटेल सोटेल हैन, क्याप्टेन रणबहादुर गुरुङ्गको घर हो।" “को रैच रणबहादुर भन्ने?" “गाउँ चैं माथी ज्यामिरे हो अरे ब्रिटिस लाउरे रैच, दुइ/दुईवटा पेन्सन पकाएको छ अरे। अनि तीनभाई छोरा अमेरिकामा डाक्टर, इन्जिनियर, बुढा बुढी पनि ६/६ महिनामा अमेरिका जाँदा रैचन।" “टोलमा यस्ता लाउरे आए भने त जाति भो नी, हाम्रो जग्गाको पनि भाउ बढ्नेभो।” पोखराको यो सुन्दर टोलका छिमेकीहरुले गरेका यस्ता कुराहरु प्राय सत्य हुन। क्याप्टेन रणबहादुर र उनकी श्रीमती रूपा अमेरिकामा बस्ने आफ्ना छोराहरुलाई भेटेर अघिल्लो महिनामात्र घर फर्केका थिए। साउनको महिना साह्रै गर्मी छ। क्याप्टेन र रूपा बाहिर दुबोको चौरमा ठूलो छाता मुनि बसेर कुरा गर्दै थिए। क्याप्टेन घर तिर हेर्दै भन्छन "यत्रो घर बनायौं छोराहरु त आउलान नि आउन त? हेरन त्यो माईला त बाबा आमा नै सधैका लागि अमेरिका आईदिए हुन्थ्यो भन्छ .. मैले त झ्याम्म चड्काई दिन लाथेँ पाजीलाई ... जेठाले समातेर मात्र हो, सारा पल्टन थर

Problems with Hotmail login

Hotmail has been going under the planned maintenance on its servers, So you might face some problem accessing your hotmail. Some of the problems that I am facing are like Asking to enter password for multiple times When i type in the address http:// hotmail.com in the address bar and enter than i get a message “The requested URL could not be retrieved”. Sometimes it loads the page but once I enter the password and username it throws the message “The requested URL could not be retrieved”, i.e. the connection timed out. Some time I am able to log in but I get the same problem while sending or opening a message. Solution: Following are, some of the solutions recommended by Microsoft, http://windowslivehelp.com/solutions/servicemgt/archive/2008/12/26/what-to-do-if-you-can-t-sign-into-windows-live-hotmail.aspx http://windowslivehelp.com/solutions/accounts/archive/2009/03/03/How-to-optimize-Internet-Explorer-browser.aspx http://windowslivehelp.com/solutions/servicemgt/archive/2008/0

गजल

राज बाबु श्रेष्ठ धरान एउटा गल्ति छिपाउँन हज्जार गल्ति गर्नु पर्छ। अजम्वरी कोही छैन् एक दिन सबै मर्नु पर्छ। धर्म पापको हिसाव किताव आत्मा संग हुन्छ पाप गर्दा पछुताउँने समय नपाई सर्नु पर्छ। सके जति सिकाएथेँ, अब मेरो ईच्छा छैन आफ्नो कर्म आफै गरि संसार तर्नु पर्छ। जति सक्छौ आँशु भर तर मिलन हुन्न सपना देख्न छाडी दिनु सत्यता छर्नु पर्छ। कति दिन्छौ दुःख अरु अझै दिदै जानु अबसंगै भने जिउँने छैन् ,चाहे मनु

जनताको प्रश्न !

बसन्त मोहन अधिकारी चितवन/ हाल यूएई भौतिकवादका अनुयाईहरु भौतीक सुखको खोजीमा प्राकृतिक स्वरुपको लथालिङ्ग हेर्न चाहनु कुनै नौलो कुरा होइन । यो भौतिक उपलब्धिको घमण्ड किन ? स्वयम यो मानव स्वरुप अमर छैन भने तिमीद्वारा निर्मीत बस्तु के सधैं रहिरहला ? पुर्खाका उपलब्धी बाईसे र चौबिसे राज्यबाट एकीकरण भएको यो स्वाभिमान र स्वाधिनताको नेपाल आज जातित्वको आधारमा संघीयता भित्र्याएर फेरि हामीहरु उही युगमा फर्काउन खोज्दैछौं । हिजो पनि त संघीयता थियो । जिल्ला, अञ्चलको नाममा । त्यतिले नपुगे भौगोलिक धरातलको हिसावमा संघीयता प्रदान गर्न सकिन्छ तर एकअर्काको जातभातको नाममा संघीयता दिएर उही जातिवादलाई प्रश्रय दिने हो भने युद्धको अन्त्य कहिल्यै हुनेछैन । बिनास र बिध्वंस, हत्या र हिंसा सधैं रहिरहने छ । आजको यस सोच र बिचारलाई जनताले खै कुन हातले सलाम गरुन । आजको यो यथास्थितीपनको जड नै जातभात र छुवाछुतको प्रकोप हो भन्ने ठहर गरेर संघर्ष र अनेक क्रान्ति गर्दै हज्जारौंलाई बली चढाएर यस अमानवीय र अराजक तत्वको अन्त्य गर्न जन्मिएका हामीहरु खै कुन बाटो रोजीरहेका छौं । जनताले बुझ्न सकिराखेका छैनन् । समय भन्दा बलवान सायद त

गजल

बसन्त मोहन अधिकारी चितवन/ हाल यूएई खबर पढे आँशुसंगै कपिलवस्तु याद आयो खारा बारा त्यै घटना आज राजपुरमा छायो बैनी रुन्छिन् मझेरीमा भाउँजु चौकी भित्र यस्ता पापि शत्रुसंग कसले मित लायो? छाती भित्र मुटु भए थोरै कतै सोची देउँन विर नेपाली तिमीलाई आज कसले दायो? कुर्ची प्यारो रैछ तिम्लाई मर्दा पनि साथ लग्नु यो आमाको देह लुट्न पापि राक्षस धायो। भोका रैछन् दाजुहरु खाना खान लडीराछन् नाम्रद यि छोरा हुँदा हेर देह लुट्न पायो

तिमीले चाहेका चार शब्दहरु !

राज लामिछाने हप्किन्स, मिन्नेसोटा स्मृती, धेरै धेरै धन्यवाद। हाम्रो हरेक जन्म दिन र बिवाह दिवसमा अपरिचित तरीकाले तिमीले पठाउने गरेको शुभकामना अनि हामी दुबैका लागि उपहार यस पाली पनि पायौं। हे भगवान, फेरी पनि मैले पूनमसँग झुट बोलेँ। के गर्ने यस्तो गर्दा तिमी खुशी हुन्छ्यौ। तिम्रो धेरै खर्च गर्ने बानी अझ पनि उस्तै छ। धन्न उमेशजीले पूर्‍याउनु भएको छ। फोटोहरु हेर्‍यौ? मेरो व्यक्तिगत ब्लग साइटमा? तिमीले पठाई दिएको उपहार लगाएर पूनम कस्ती राम्री देखिएकी हगी? मलाई पनि ठ्याक्कै मिलेको छ। ल सुन, मेरो कोलेस्टेरोललाई यतिखेर बसमा राखेको छु मैले। अनि मेरो प्रोफाईल फोटोमा कपाल फूलेको देखेर तिमीलाई किन पिर? अव बुढो भईयो रंग लगाएर सधैं कहाँ ढाक्न सकिन्छ र। फेरी पूनमले तिमीले सोचेको भन्दा धेरै सेवा गर्छिन मेरो। म त भाग्यमानी हुँ पूनम जस्ती श्रीमती पाउने। हाम्रो पो के छ र यो बिरानो परदेशमा। उनले मेरो र मैले उनको ख्याल त राख्नै पर्‍यो नी। हो, जेष्ठ ९ गते हामीले हाम्रो बिवाह दिवस आफ्नै तरिकाले रमाईलोसँग मनायौं। हेरन समय बितेको पत्तै भएन। यो हाम्रो १२ औं बिवाह दिवस थियो। अस्ती जस्तो लाग्छ हाम्रो रमाईलो कल

नफुल्दैमा शेष ठानेछौ

सुमन बगाले ( सुमनसधा ) आँबु खैरेनी तनहुँ शिर शिरबन्दी नअडिने रित्तो केश ठानेछौ युद्धकालीन क्षतिग्रस्त नाङगो देश ठानेछौ खाएका ति कसमहरु पलपलमा बदलियो तिम्रो स्वार्थ यात्रामा ढुङगे ठेश ठानेछौ कता कता हराउछु आफैलाइ रित्ताएर नसुहाउने देश विनाको भेष ठानेछौ सुकेछ कि हिमनदि भिज्न छाडयो परेली मबाट टाढिएर दुर रहनु बेश ठानेछौ मरेतुल्य हुन्छु तिम्रो प्रतिविम्म नआउदामा शिशिर ऋतुमा नफुल्दैमा शेष ठानेछौ

आजको देश

अबिरल अधिकारि, "ब्याकुलमाइला" हरियाली र शितल्ता ले छाएको देश आज उजाड र मरुभुमी बन्दै गएको छ स्वच्छ सफा र स्वर्गिय आनन्द पाउने देश आज दुषित बन्दै गएको छ सिता भ्रिकुटी र बुद्ध जस्ता बिभुतिले जन्मा लिएको देश आज घुस्यहाहरुको क्रिडास्थल भएको छ भाषण थोकेर जनप्रतिनिधी हुनेहारुबाट नै आज देश खाडलतिर धकेलिएको छ देशको लागि गोली खेली सहिद हुनेहरुको नाम ईतिहासको कुनमा थन्किएको छ गरीबको पसिना चुस्दै उड्ने र गूड्नेहारुको नाम आज मानब्ताको प्रतिकको रुपमा चम्किएको छ देश बिकासको लक्षजती सबै नेताहरुको खल्तिमा अड्किएको छ देशको योजनाको बजेटले पाँचतारे होटेलमा नास्ता गर्ने सोख बढेको छ। बेरोज्गारी हटाउने लक्ष्यहरु नाता कुटुम्बमा सिमित भएको छ शिक्षाको उज्यालो घामबाट बन्चित नबनाउनेको लक्ष्य आज मोटरकार चल्ने ठाउमा मात्र रहेको छ नेपाली धर्म सस्क्रिती र परम्पराहरु बिदेशी सस्कृतिको प्रभाबले मर्दै गएको छ नेपाली युवा युबतीको जोश र जागरहरु बिदेश जने धुनतिर बढ्दै गएको छ

सात जना भन्दा बढि बच्चाबच्ची जन्माउने दम्पती पितृ मातृ बिभुषण(Order of Parental Honor) बाट सम्मानित !

अन्तराष्ट्रिय बाल दिवसको अवसर पारेर आज मात्रै रुसी राष्टपति मिट्रि मेड्भीडेभले (Dmitry Medvedev) रुसमा रहेको केहि दम्पति हरुलाई पितृ मातृ बिभुषण(Order of Parental Honor) बाट सम्मानित गरेका छन् । सात जना भन्दा बढि बच्चाबच्ची जन्माउने दम्पती हरुलाई उक्त बिभुषण बाट सम्मानित गरिएको हो । हाल १४ करोड जनसंख्या रहेको रुसमा , हालकै अनुपातमा जनसंख्या घट्दै जाने हो भने सन २०५० संम्ममा १ तिहाईले जनसंख्या घट्ने छ । पितृ मातृ बिभुषण(Order of Parental Honor) पदक, सन २००८ मा राष्ट्रपति मिट्रि मेड्भीडेभले (Dmitry Medvedev)स्थापना गरेका हुन र पहिलो पटक यो पदक सन २००९ को जनवरी १३ तारीखका दिन केहि दम्पति हरुलाई प्रदान गरिएको थियो ! श्रोत : १. बिबिसी तथा ईन्टर्नेट पत्रपत्रीका हरु २. http://www.kremlin.ru/eng/text/news/2009/06/217072.shtml ३ चित्र श्रोत: http://www.wolframalpha.com/