ShareThis

Jun 30, 2009

देश बेच्ने पार्टि रित रैछ।।

सुमन बगाले
आबुँ खैरेनी, तनहुँ


गाउन जाने जिन्दावाद पार्टिको गित रैछ
पुग्न सके वालुवाटार नोठको जित रैछ।

लुछाचुडी नेताहरुको मारमा परे जनता
देश बेची भुडी भरेपनि पार्टि हित रैछ।

भ्रस्ट र अपराधि दिनहुँ जसो बढेका छन्
पुलीस, प्रशासन र नेता यिनकै मित रैछ।

आन्तरिक द्धन्दले विलायो नेपाली अस्तित्व
देशै हुर्सुदापनि नमेटिने कस्तो धित रैछ।

सिमनाका रेखाहरु पार्टि अनुसार बदलिन्छ
सत्ता पिच्छे देश बेच्ने पार्टिे रित रैछ।।

[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

2 comments:

Guest said...

The bitter reality of our nation. Nice suman bro. keep it up.

Anonymous said...

I like ! Keep up with your writing.

Post a Comment

कृपया माथि को प्रस्तुती लाई आफ्नो बिचार हरु पोख्नुहोस । प्रतिकृया सभ्य भाषामा लेखिदिनु होला !यदि तपाई रजिस्टर नगरिएको प्रयोग कर्ताहुनुहुन्छ भने कहिले काहिँ गुगलको एन्टि स्प्याम सेक्युरिटि सिस्टमले गर्दा कमेन्ट पब्लिसमा ईरर आउन सक्छ । यस्को समधान को लागि कि त फेरि पोस्ट कमेन्ट बटन थिच्नुहोस त रजिस्टर युजर बाट मात्रै कमेन्ट प्रकासित गर्नुहोस ! धन्यबाद !