Skip to main content

देश बेच्ने पार्टि रित रैछ।।

सुमन बगाले
आबुँ खैरेनी, तनहुँ


गाउन जाने जिन्दावाद पार्टिको गित रैछ
पुग्न सके वालुवाटार नोठको जित रैछ।

लुछाचुडी नेताहरुको मारमा परे जनता
देश बेची भुडी भरेपनि पार्टि हित रैछ।

भ्रस्ट र अपराधि दिनहुँ जसो बढेका छन्
पुलीस, प्रशासन र नेता यिनकै मित रैछ।

आन्तरिक द्धन्दले विलायो नेपाली अस्तित्व
देशै हुर्सुदापनि नमेटिने कस्तो धित रैछ।

सिमनाका रेखाहरु पार्टि अनुसार बदलिन्छ
सत्ता पिच्छे देश बेच्ने पार्टिे रित रैछ।।

[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Comments

  1. The bitter reality of our nation. Nice suman bro. keep it up.

    ReplyDelete
  2. I like ! Keep up with your writing.

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।