Skip to main content

Posts

Showing posts from August, 2009

दागबत्ती : भाग २

उपमा अर्याल छाउनी, काठमाडौं हाल- मिनेसोटा, अमेरिका पहिलो भाग पढ्न यहाँ थिच्नु होला। कालो बादल पानी पर्नु भन्दा अगाडि पानी दर्किनलाई जसरी मडारिन्छ त्यसरी नै मडारी रहेको थियो मेरो मन। त्यो रात कसरी मैले उहाँसँग कुरा सुरु गरें म आँफैलाई थाहा भएन। "म सन्तानको म्रिगत्रिस्णामा साह्रै छट्पटिएकी छु। मेरो दु:ख, सुखमा साथ दिन्छु। मेरो हरेक चाहना पुरा गर्छु।" "मारे पाप पाले पुण्य" भनेर अग्नी साक्षी राखेर खाएको कसम हजुरले पुरा गर्नुपर्छ आज। जब सम्म यो घरमा सन्तानको जन्म हुँदैन म खुशीसाथ यहाँ बस्न सक्दिन। मलाई खुशी राख्ने हजुरको कर्तव्य हो। हजुरले म माथि गर्नु पर्ने कर्तव्य मैले मगेको होइन, केबल "छ" है भन्न मात्र खोजेको हो। त्यसैले मलाई खुशी राख्न या भनु हजुरले खाएको कसमको पालना गरी कर्तव्यनिस्ठ हुन बिन्ती छ दोश्रो विवाह गर्नुहोस् भनेकी थिए। सबै इस्टमित्र, नातागोता, छरछिमेकहरुले पनि दोश्रो विवाह गर्ने जोड दिएका थिए। आफु जन्मेको अनी हुर्केको समाजमा टिक्न नै मुस्किल पेरिसकेको थियो उहाँलाई। बत्ती मुनी अध्याँरो भने जस्तै भएको थियो उहाँलाई। सबै कुरा छ तर पनि केही छै

यस्तो नहोस

चकेद्र राई "कैदी" मायाँमा अडिएको छ दुनिया विश्वासले चलेको छ संसार प्रेमी प्रेमिकामा धोका नहोस। श्रीमान श्रीमतिमा घात प्रतिघात नहोस। सानो भएर पनि सिङ्गै विश्व अट्न सक्छ यो दिलमा सानो तिलिङ्गा रुपी आगोले संसार नजलाओस। हामी टाईटानिकको यात्रु जस्तै..... आफु मात्र बाच्न प्रतिस्पर्धा गरि रहेका छौ। महायुद्वका लडाकु जस्तै..... जय पराजयलाई नै जीवनको सार्थकता ठानि रहेका छौ। फेरी कसैलाई मन लाग्यो भन्दैमा डब्ल.टी.ओ. र पेन्टागन ढले जस्तै नागासाकी र हिरोसिमा जले जस्तै इराक र अफगानिस्तान बले जस्तै इतिहासले भुल्न नसक्ने एक तमासा नहोस। कुनै बहानामा बिचरी ख्याति श्रेष्ठको जस्तो मृत्यु पनि नहोस। आस्थाको बन्दि आङसाङ सुकि र प्रगतीशिल लेखिका तसलीमा को जीवन जस्तो जीवन पनि नहोस। हामी र हाम्रो युगौ देखीको मिठो आत्मीयता मधेशी र पाहडीको नाममा कहिल्यै नटुटोस। विश्व नै स्तब्ध हुने गरी अब फेरी फेरी कोशीको बाध कहिल्यै नफुटोस। जाजरकोट लगायतको ठाँउहरुमा जस्तै झाडापखालाको माहामारीले हाम्रो सुख र आनन्दको स्वर्ग अब फेरी फेरी कहिल्यै नलुटोस। जो नहुनु थियो तर त्य

नेपाली सपना र बिपना

अधिकारी, बसन्त मोहन यो कबिता नेपाल र यूएर्इमा रहेका भ्रष्टचारी, तस्कर र माफियाहरुले खेलेको भुमिकाको कारण सृजित हो । -बसन्त आमा ! आज फेरी सपना देखें तिमीलाई भैसिले लखेटेको मध्यरातमा जुरुक्क उठेर चैतन्यको बतिमा चारैतिर हेरे घरबाहिरका अर्नाहरुले खेद्दै रहेछन् । हो बाबु, भो त्यो कुरा नगर तिर्मो घरबास उठ्लार् इज्यत मात्र होइन प्राण चुडिएला मेरो चाहना तिर्मो गाँस, बास र कपास र जीवन हो । मैले पनि भयङ्कर सपना देखेँ गाँउघर, शहर मात्र होइन प्रदेशमा पनि अैठनहरु आएर तिर्मो गला थिचिरहेछन् । घरआँगनबाट बल्ल तल्ल बाँचेका मेरा सन्तानहरुलाई कुबेर बन्ने होडमा जिउँदो बलि दिदै त्यो प्रदेशमा कठ्ठै ! बाँच्नु न मर्नुको दोसाधमा कठ्ठै ! बाँच्नु न मर्नुको दोसाधमा सैतानहरुले भेडा बाख्रा झै बेचिरहेछन् । आमाको ममता न हो सहन नसकेर रुदैँ सगरमाथा उक्लिएर प्रदेश तिर चिहाए कयौ सपुतहरुले भाईबैनीहरुलाई ममताले बाँधेको देखेँ अँगालो हालेर राखेको देखेँ त्यतिखेर भावविहल भै आँखाबाट आँशु खस्यो खुसि र हर्षो धेरै भयो यस्तो दृष्य नदेखेको । समयको अन्तरालमा अनायासै, त्रि्रो जस्तै सपना देखेँ सपुतहरुलाई घरकै भैसिहरु

व्यंग्य - चित्र - गाईजात्र बिशेष

रा जु प्रसा द लामिछा ने - जुदने गाईजात्र बिशेष : जन्मदिन महोत्सव ! स्वतंत्रता अन्तिम धोको: विहे भएको २ वर्ष नबित्दै रामेकी श्रीमती एक्कासी विरामी हुन्छिन । नराम्रो रोग लागेछ, उपचारमा कुनै कसुर नरहँदा पनि निको भएन । हस्पिटलमा उपचार कै क्रममा उनलाई च्याप्दै जान्छ । अब नबँच्ने स्थिती देखि डाक्टरहरुले रामेलाई बोलाएर श्रीमतीको अन्तिम अवश्था भएकोले आफन्तहरुलाई खबर गर्न र अन्तिम धोको पूरा गराई दिन सल्लाह दिन्छन । अस्पतालको विरामी शैया वरिपरी निराश आफन्तहरु भावविह्वल रुपमा विरामीको अन्तिम अवश्था हेरिरहेका हुन्छन । हेरौँ अब के हुन्छ: यी नेता हरुलाई यसो गरे कसो होला ? यी नेता हरुलाई यसो गरे कसो होला ? [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

झरी परिरहन्छ। (तेस्रो भाग)

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका पहिलो भाग दोस्रो भाग “तर काका, म...मेघा....कसरी?” म असमञ्जसमा परेको थिँए। मेरो बोली फुटिरहेको थिएन। “मेघाले के भन्छे भन्ने लागेको हो भने, ढुक्क भए हुन्छ। हामीले मेघाको अनुमति लिईसकेकाछौं। तिमीसंग बिवाह गर्न राजीखुशी छे”। म असमञ्जसमा परेको देखेर काकीले भन्नु भएको थियो। “तर पनि काकी, मेघा.....” मैले केही भन्न खोजिरहेको थिँए तर भन्न सकिरहेको थिइन। “किन र बाबु, तिमीलाई मेघा मन...(पर्दैन र?)” । सायद काकीले मेरो उल्झनको अपेक्षा गर्नु भएको थिएन। मेघा मन नपर्ने भन्ने कुरै थिएन। मेघामा कुनै खोट थिएन। सर्बगुण सम्पन्न थिइन्। मेघा जस्ती युवतीलाई जीवनसाथीको रुपमा पाउने जो सुकै पुरुष भाग्यशाली हुनेछ। तर मैले मेघालाई कहिले पनि कुनै त्यस्तो नजरले हेरेको थिइन। मेरो मनमा त नैनकलालाई बर्षौंदेखि सजाएर राखेको थिँए। “ल तिमीलाई सोच्ने समय चाहिन्छ भने ठिकै छ, सोचेर जवाफ देऊ न त, बिवाह भन्ने कुरो हतारमा निर्णय गर्ने कुरो पनि होइन”, मेदिनीप्रसाद काकाले भन्नु भएपछि तत्काललाई मलाई राहत मिलेको थियो। त्यो रात म सुत्न सकेको थिइन। मनमा अनेक तर्क

नतड्पी दिनु

सुरेश नेपाली विराटनगर १७ हावाले जब कानमा मेरो गीत गुनगुनाउनेछ आगोको तातो रापले मेरो शरीरलाई जब स्पर्श गर्नेछ मुटु कमाउने ठण्डी कुहिरोले जब मलाई छोप्नेछ म चिर निन्द्रामा सुतेको पाउने छौं कहिल्यैं न विउझने गरी मुटुको ढुकढुकी बन्द भई रगतका नलीहरुमा रगत दौडिन बन्द हुदा अनायसै नतडपिदिनु नियतीको खेल सम्झी यसलाई विर्सिदिनु सम्हालेर तिमी आफूलाई जीवनका रंगहरुले फेरी रंग्याउनु बन्द भएका ढोकाहरु तिमी आफैं उघार्नु मानवीय लक्ष्मण रेखाहरुलाई आफैं अग्रसर भई मेटीदिनु मेरा शब्दवाणले तिमीलाई आघात पुर्‍याए अतित भूलेर, नयाँ जीवन अंगाल्नु पाप लाग्ला है यो कहिल्यै नसम्भि्कनु अंजुली भरीको माया अनि फूलहरुले हासि हासि मलाई विदा दिनु [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

दागबत्ती - कथा भाग १

उपमा अर्याल छाउनी, काठमाडौं हाल- मिनेसोटा, अमेरिका (कथा तथा कथाका पात्रहरु काल्पनिक हुन कसैको व्यक्तिगत जीवन र आचरणमा मेल खाएमा संयोग मात्र हुनेछ।) "बाबु राम्रो सँग जाउ! घर पुग्ने बितिकै मलाई फोन गरिहाल है ! " सुबाश पर क्षितिजमा पुगिसक्दा पनि आँखाले देखुन्जेल हेरिरहे। सुबाश मात्र मेरो घर तिरको एक सदस्य हो जो मेरो हेर बिचार गर्छ, सुख दु:ख पर्दा हातमा हात मिलाउन आइपुग्छ। उ मेरो सौताको छोरा हो। सौताको छोरा भएर के भयो। उ मेरो कोखबाट नजन्मे पनि मैले नै उस्लाई हुर्काएकी हुँ, मेरो ममताको भकारी नै उस्को पोल्टामा पोखिदिएकी छु। हरेक नाता या भनु व्यवहार दोहोरो हुन्छ। त्यसैले होला उस्ले पनि मलाई आफ्नो आमालाई गर्नु पर्ने मान, सम्मान अनी कर्तव्य पालना गर्न कुनै कन्जुस्यै गरेको मैले महसुस नै गरेकी छु, न त मैले उस्लाई अभिभाबक बिहिन टुहुर भनेर यस समाजमा पहिचान हुन नै दिएकी छु। सौताको छोरा भएपनी उसले र मैले प्रमाणित गर्दिसकेका छौ कि रगतको नाता भन्दा आत्मियताको नाता ठुलो हुँदो रहेछ भनेर। हाम्रो समाजमा भइरहने मानविय सम्वेदनाको एक स्मृ ति दिने एउटा सानो आँखीझ्याल हो यो मेरो जीवनको

ए एन एम एन बनभोज तथा भलिभल खेल कार्यक्रम २००९!

गत सालको ब्लगिङ्ग हेर्न को लागी यहा क्लिक गर्नुहोस ! हरेक बर्ष जस्तै यो बर्ष पनि ए एम एम एन(एसोसियसन अफ नेप्लीज इन मिनिसोटा)ले बनभोज कार्यक्रम तथा भलिबल खेल कार्यक्रन भब्यताका साथ, गत शनिबार संपन्न गरेको छ। करिब २०० जोड को हाराहारी मा उपस्थीति जनाएका प्रभासी नेपाली परिवारले आफ्नो संस्कृती झल्कने खानेकुरा साथै नाचगान प्रस्तुत गरेका थिए । गत बर्षको भलिबल च्याम्पियन लाई पराजित गर्दै यो बर्ष को ए एम एम एन भलिबल च्याम्पियन सिप ट्रफि म आफैँ संलग्न उहेको समुह "तातो आलु"ले हात पारेको छ । यो बर्ष को भलिबल ट्रफिको लागी सात टिमले भिडेका थिए । सन २००९ को ए एम एम एन भलिबल च्याम्पियनसिप ट्रफि बिजेता समुह , तातो आलु गत बर्षको बिजेता टोलि "नया नेपाल" , यो बर्ष उपबिजेता मा चित्त बुझाउनु परेको छ । यसै गरी यो बर्ष भाग लिने थप समुहमा : चौतारी,भोलेबाबा, बारुला,रातो भाले र फ्रि एजेन्ट पनि थिए । प्रस्तुत भनभोज कार्यक्रममा बिंगो खेल पनि खेलाईएको थियो । केटा केटि हरुको लागी बिशेष पुरस्कार पनि बितरण गरिएको थियो जस्ले गर्दा केटा केटि मा उत्साह जगाएको थियो । प्रस्तुत कार्य

पूजे

लेखक: बेईमानी बर्मू ठेगाना: नगदेश अति नै भयो। मनमा मात्र कुरा साँचेर राख्दा दिमागै पड्केला जस्तो भयो। मनको कुरा भन्ने साथी भए भन्थीँ। पूजे, म भन्दा दुई बर्ष कान्छी, बैनी छे यौटा - आफूलाई मनमा आको कुरा भन्न मन लाग्ने - तर त्यल्ले कत्ति कुरै बुझ्दिन। त्यस्को खास नाम त पूजा भन्नि थाहा भैहाल्यो, हैन। तर मैले त, कस्सम, कैलेपनि तेल्लाई पूजा भनेर बोलाको छैन। जैलेपनि पूजे। एक हप्तादेखि त्यो पनि अर्कै मान्छे जस्तो भकी छे। बोल्न पनि मन गर्दिन। क्यै सोध्यो भने मुन्टो मात्रै हल्लाउँछे - बोलिहाली भने पनि हो कि हैन मात्र भन्छे। हो र हैन भन्दा लामो जबाफ दिनपर्ने करो सोध्यो भने बोल्दै बोल्दिन। आँखामै हेर्दिन, मेरो पनि। खाली रसीलो आँखा लेर बसी रन्छे। घ्वाईँ खेल्न भनेपछि हाम्फाल्दै आईपुग्थी पहिले त, कस्सम, तर अचेल त्यो पनि खेल्न छाडी। अस्ति मैले हजारचोटी कर गरेपछि, एकछिन खेल्न आको थी। त्यो पनि एक्कै छिनमा खेल्न छाडेर क्यै नभनी गएर थचक्क पर्खालमा बसी। मलाई पनि के भको हो - तान्न गैँ। पूजेले एकैचोटी जीऊहात छोड्दी। मलाई त झनक्कै रीस उठ्यो - एक चड्कन हान्दीँ। चड्कनको आबाज सुन्नासाथ बेकार हानिछु जस्तो लाग्य

झरी परिरहन्छ (दोस्रो भाग)

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका पहिलो भाग पढ्न यहाँ थिच्नु होला। त्यस पछि मैले नैनकलालाई जताततै देख्न थालेको थिएं; भेट्न थालेको थिंए ।मेरा आंखाहरु उनीलाई खोज्दै हिंड्थ्यो वा उनी मलाई खोज्दै हिंडथिन्, त्यो चाँहि यकिन भएन। तर हाम्रो बाक्लो जम्काभेट संयोग मात्र पक्कै हुन सक्दैनथ्यो। मेरो कक्षाकोठाको झ्यालबाट कहिले उनी मलाई चियाईरहेकि हुन्थिन् त म आफैं कहिले उनको कक्षाकोठा बाहिर टहलिरहेको हुन्थें। कुनै दिन नैनकलालाई देख्न पाइन भने नरमाईलो लाग्थ्यो, खल्लो लाग्थ्यो। केही नपुगेको जस्तो, केही नभएको जस्तो। मेरो एसएलसी परिक्षा सकियो र अब स्कुल जानु पर्ने काम रहेन। तर नैनकलासंगको भेट कम भएको थिएन। पानी पंधेरो, घट्ट, गाई चराउन जांदा, हटिया बजारमा, मेलाहरुमा भेट भैरहन्थ्यो। केही दिन भेट भएन भने उनको घरको बाटो काम नपरेपनि हिंड्न थालेको थिंए। थाहा छैन, प्रस्ताव पहिला मैले राखेको थिँए वा उनले। हुन सक्छ, औपचारिक प्रस्ताव नै राखिएन। तर हामीले एक अर्कालाई मन दिईसकेकारहेछौं। मन भन्ने कुरो कुनै वस्तु पनि त होईन नि मुखले भनेर वा मागेर लिने वा दिने। यो आफैं साटिदो रहेछ। सा

"तीजको रहर"

उपमा अर्याल छाउनी, काठमाडौं हाल- मिनेसोटा, अमेरिका शुभकामना है दिदिबहिनीहरुलाई यस चाड तीजको लाउँ है रातै सौभाग्य जम्मै स्वमिज्युले दिएको । जताततै रौनक छायो रहर बाबै तीजको स्वमिज्युले दिएको लाएँ सिन्दुर कती सुहाको। यसै दिन आन्नदले बिसौं भारी बाबै मनको स्वमिज्युले दिएको लाएँ चुरा कती सुहाको। जान्छु माइती खान्छु दर आमाले बाबै पकाको स्वमिज्युले दिएको लाएँ टिका कती सुहाको। सल्लबल्ल नै मिठो जे जे छ माइतिमा बाबै भएको स्वमिज्युले दिएको लाएँ साडी कती सुहाको। दङ्ग छन् दिदिबहिनी साथीसङ्गी बाबै भेटेको स्वमिज्युले दिएको लाएँ तिलहरी कती सुहाको। छमछम्ती नाचु भाछ मन सुन्दा गित बाबै तीजको स्वमिज्युले दिएको लाएँ पाउजु कती सुहाको। बसौ ब्रत रमाइलोको हुन्न फाईदा बाबै कठिनको नाचौं, गाऔं सबैजना ख्याल राखी आफ्नो शरीरको। ~ * अस्तु * ~ [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

बेथितिको गुजुल्टो

मिलन बगाले क्यामिन―६, बर्लाची तनहुँ डाङडुङे ड र कुकुरपूछ्रे ढ झै घुमि्रएका बाटा। कुनै डेडहाते त कुनै तीनहाते। दायावाया ५ ― ६ तले घर। सबै लस्करै जोडिएका। चिडियाखानामा थुपारिएका थरिथरि जनावरको भेलाझै लाग्ने रङ्ग न ढङ्ग का विरुप घरहरु अर्थात आर्किटेक्चरल जू दृष्य । न हावा छिर्ने झ्याल न घाम छिर्ने प्वाल। सबै एकमुखे ओढार अर्थात दिउसै अन्धकार ओढेर बसेका १० या १२ फुटे कोठा। नमस्ते र दुईटा गोला बाख्रेखुट्टे पिलन्धरे पिलरलाई डिजाईन भन्दै दङ्ग पर्ने टेस्टविहिन जिब्रो जस्ता घरधनी। मुस्किलले भेटिने खाली जग्गा। कथम कदाचित भेटिईहाल्यो भने बर्बाद। त्यो टोलमा बस्न छोडदे भैगो। खुल्ला शौचालयदेखि डम्पींङ साईट सम्म। टु या थी्र ईन वान। फुटेका ढल र झका्रमा फलेका काक्रा र घिरौलाझै बेथितिसग झुण्डिएका तारैतार। धुलो मैलो र हिलोको बाह्मासे त्रिवेणी अर्थात सडक। कुरो बुझ्दै हुनुहुन्छ होईन? यो कुनै कुम्भीपार्क नर्कको बखान होईन। राजधानी भनिने काठमाडौ को यो आर्किटेक्चरल बेथितिले यो शहर ससारकै सबभन्दा भद्दा, कुरुप, फोहोर र अनेक भैतिक समस्याको सन्जालले बेरिएको छ भनेर जोसुकैले अनुमान लगाउन सक्छ। कुरो अब सेवा स

१७ गते अर्थात नविनाको विहेको दिन। (भाग २)

सुमन बगाले। आँबु खैरेनी तनहुँ। १७ गते अर्थात नविनाको विहेको दिन। (भाग १) पढ्न यहा क्लिक गर्नुहोस् ! आज असार १७ गते मतलब नविनाको विहेको दिन। काममा जानपनि मन मरेर आयो। कुनै वाहानामा विदा लिएर बसेँ। मनमा अनेकौ तरँङहरु आउन थाले। झुपडी घर भएपनि नाना धरीका रँगीचँगी कागजका टुक्रा र बेलुनहरुले सिगारिएका होलान्। दौलो अगाडी आगनीमा केराको थम्बाको जग्या बनेको होला भने तगारोमा विवाहका तुल टागिएका होलान । पण्डित नविनालाइ आफनो कर्मकाण्ड गराउदै होलान्। पाहुनाहरुको ओइरो होला भोज भतेरको सुरु भयो होला माथिल्लो साविसको भवनमा। सबै गाउमा मानीसहरु हातमा उपहार लिइ नया पोशाकमा सजिएर नविनाकै घरमा धाउदै होलान आर्शिवाद दिनको लागी। कस्ती भइ होली हात भरी राता चुरा, हल्केला भरि मेहन्दी, राता सारी रातै चोलो रातो घुम्टोले शिर ढाकेकी होली। परि जस्ती भएर सिँगारिएकी होली। छ नि एउटी नक्कली प्रेमा मेकअप गर्न त गाउभरिका दुलही सिँगार्न अगाडी सर्छे। कसैले नजानेको व्युटिसियन तालिम दिएकी रे। हुन पनि प्रेमाको हातमा जादु नै छ कि के हो सबै दुलहीहरुलाइ हेरी रौ जस्ती बनाइदिन्छे। आज विहानै वाडुल्की लागेको थियो कतै मलाइ त सम्भ

मेड इन नेपाल

सुरेश नेपाली विराटनगर १७ हातमा पाउरोटीको टुक्रा लिई हरेराम सधै कम्पनीको काममा जाने गर्थ्यो। साच्चै नै, कामको बोझले हरेराम थिचिएको थियो, उसले आनन्दको श्वास लिनसकेकै थिएन। जब ऊ कामको लागि खाडी मुलुक छिर्याे उसको निद, चैन सबै चैत बैशाखको खडेरीसरी उराठ भईसकेको थियो, वसन्तको कलिलो पालुवा झैं उसको जीवनमा खुशीको मुना पलाएन र कोइलीसरी खुशीको गीत हरेरामले कहिले पनि गाउन सकेन। हरेराम काममा इमान्दार र मेहनती मात्र थिएन ऊ मिलनसार र हसिलो प्रकृतिको पनि थियो तर कम्पनीको मेनेजरले मान्छेहरुलाई मान्छेको व्यवहार नगरी मेशीनसरी काम लगाउदा हरेरामको मन दुख्थ्यो। यसरी आफ्नो शरीरलाई पिल्साएर काम गर्दा हरेरामलाई आफ्नो प्यारो देश अनि स्वर्ग भन्दा सुन्दर गाउँलाई सम्भि्कन्दा उसका परेलीहरु भिज्ने गर्थे। ऊ विवसता र बाध्यताको दाम्लोले गरीबीको रेखामुनी बाधिएको थियो। त्यसै कारण गरीबीको जीवन सम्भि्कन्दा उसको मन कुडिन्थ्यो र गरीब हुनुको असहनिय पिडा हुन्थ्यो। खाडी मुलुकमा कयौ मानिसहरु जो अलपत्र परेका थिए, जो काम विहिन थिए, पैसा विहिन थिए, बास बस्ने स्थानको टुङ्गो पनि थिएन, यो अवस्था सम्म पुर्‍याउने काम आफ्नै देशका द

झरी परिरहन्छ।

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका अलि सञ्चो नभएर आझ घरमै बसेकोछु। एक्लैछु। श्रीमति काममा गएकीछिन् र बच्चाहरु छिमेकी नेपाली साथीको घरमा खेल्न गएकाछन्।आज मौसम त्यति सफा छैन। कालो बादल पश्चिमतिरबाट ढाक्दै ल्याएको झ्यालबाट देखिन्छ। कुनै पनि बेला पानी दर्कन सक्छ। मिन्नेसोटाको मौसम, कुनै भर छैन। बच्चाहरुले खुलै छोडेर गएको टिभी एकनासले कर्कश कराइरहेकोछ। दिक्क लाग्छ। टिभी बन्द गरिदिन्छु। नभन्दै पानी दर्किन्छ।झ्यालका खापाहरु बन्द गरिदिन्छु तर पर्दा भने खुलै राख्छु। मलाई किन किन पानी परेको हेर्न मन पर्छ। पानीका थोप्लाहरु जमीनमा एकनासले बज्रिरहेकाछन्। म नियाली रहेकोछु बाहिर वर्षातको नजारा। किन किन मन त्यसै रोमाञ्चित हुन्छ; तरङ्गित हुन्छ। मलाई लाग्छ, म पानीमा निथ्रुक्क भिज्दै हिंडिरहेकोछु। “पानीमा किन भिज्दै हिंड्नु हुन्छ, एकछिन ओत लाग्नूस्” कतै एउटा नारी स्वर कानमा गुञ्जिन्छ। कतै सुनेको जस्तो, चिनेको जस्तो आवाज। “हँ, म कहाँ पानीमा भिजेको छु र” म झस्किन्छु। “ म त आफ्नो घर भित्रै छु नि” यो के भएको होला मलाई? त्यो कस्को आवाज मेरो कानमा प्रतिध्वनी भएको होला? सम्झ

जाजरकोट : शब्दचित्र

मिलन बगाले क्यामिन―६, बर्लाची तनहुँ औषधीको भारी बोकेर घाडो बजाउदै खच्चरहरु उकालो उक्लिदै गर्दा डाडाको थाप्लोबाट हेलिकोप्टर हैजा खोजिरहेछ जाजरकोटमा! हरिया बासमाथि पोलिने आस बोकेर लस्करै सुतेका सेता मान्छेका हुलमा कतै झाडा नभेटेपछि उङ्खोजित भयो हेलिकोप्टर र राजधानीले खबर पायो सोङ्खार भयो झाडा बासका हरिया झाङसगै! औषधी? नो थ्याक्स मन्त्रीज्यू! नाथे झाडाले हरिया पोथा्रको पातसमेत हल्लाउन सक्दैन! बरु शहरतिर स्वाईन फ्लुलाई कस्तो छ? बेस्ट अफ लक फर यु! E-mail:milanbagale@yahoo.com Phone: 9741-175555, 9803-448960 [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

असार १७ गते नबिनाको विहे

सुमन बगाले। आँबु खैरेनी तनहुँ। परदेशमै भएपनि मैले आफनो गाउघर, आफनो मातृभुमी र परिवारलाइ चट्क्कै माया मार्न भने सकेको छैन। आफनै देशमा दश नङग्रा ख्याएर स्वभिमानी नेपाली बन्छु भन्दापनि अल्लाघरे पल्लाघरे साइला माइलाले डलर दिराम साउदी रियलको धनले टिनको छानो हालेर घरमा सोलार जोडदा मेरा परिवारलाइपनि डाहा लागेछ कि कसो हो धनविरे दलाललाइ भनेर खाडी मुलुक धपाइदिए। मन नमान्दा नमान्दैपनि साथीसँगी पानी पधेरो सदाबाहार हरियाली शितल हावा बहलाउने वन जँगल र गँगासरी बग्ने मर्स्याङदीलाइ चटक्क माया मारेर म लागे परदेशतिर। हिजोआज म खाडीको मरुभुमीमा लम्पसारिएको छु। पचास साठी डिग्री घामको रापले डढेर कालो फुस्रो भएको छु। अनुहारहरु सबै फुटेका छन्। पलास्टिक बोतलको पानीले तिर्खा मेटाएपनि आत भरिएको छैन। तातो बालुवामा रवरको बुटसँगै चाल चाल्दा पैतला छिया छिया भएको छ। सिमेन्टीका बोराले हात थिचेर अहिले राम्रोसँग चलाउनपनि भएको छैन सोझो हिसावले भन्नुपर्दा म अपाङग भएको छु। आजभोली औला अली राम्रोसग्ाँ चल्न थालेका छन्। हातका ठेलाहरु हल्लाभएपनि मरिसकेकाछन्। पहिले पहिले त हातमा मुठी मार्नपनि औलाहरु ब्ाउडिन्थेँ। दिन गन्नपनि

"मेरो दोश्रो विवाह"

उपमा अर्याल छाउनी, काठमाडौं हाल- मिनेसोटा, अमेरिका (कथा तथा कथाका पात्रहरु काल्पनिक हुन कसैको व्यक्तिगत जीवन र आचरणमा मेल खाएमा संयोग मात्र हुनेछ।) आज मेरो विवाहको दिन। सबै जान मलाई श्रिगांरी रहेका छन। जसरी हुन्छ, जे गरेर हुन्छ, मैलाई राम्रो देखाउन खोज्दै छन मेरा आफन्तहरु, साथीसङिहरु। बाहिरी रुप जती सुकै सजिसाजवोट गरेर सुन्दर देखाये पनी के गर्नु, मेरो भित्री मन आज छटपट्टी रहेको छ, आगोको राप झै रपिरहेको छ। उकुसमुकुस्सिएको छ मेरो शरीर। "पर कुनामा बसेर ५ बर्षाको मेरो छोरा टुलुटुलु मलाई हेर्दै छ। के थाहा त्यो बाल सुलव मनलाई आज उस्को आमाको विवाह हो भनेर।" म यौटी द्रोन्द्र पीडित एकल महिला। ४ बर्ष अगाडि मेरो श्रीमानलाई मवोबादिले सुराकी गरेको अभियोगमा, २ दिन सम्मा यातन दिएर हत्या गरेका थिए। मेरो सिउँदो पुछिएको थियो त्यो दिन, चुराहरु फुटेका थिए। लाउँलाउँ खाउँखाउँ भन्ने उमेरमा सिन्दुर, पोते र चुरा त्यागी, आफ्ना रहर अनी अनगिन्ती चाहनाहरुलाई सेतो फरियामा पोको बनाइ, जीवन कट्न वाध्य बनाइएको थियो मलाई यो समाजले। के अपराध गरेकी थिए मैले भगवान? दोष भगवानलाई थुपार्न त सजिलै हुन

हामी गर्छौ।

कृष्ण ज्ञवाली, विश्वास आर्चाय, राजन बगाले रन नेपाल, नयाँबजार, काठमाडौ। जाजरकोट रोइरहेको छ। मन्त्रीहरु हेलिकप्टरबाट आशुँ हेरेर फर्किरहेका छन्। पत्रिकामा ती अर्तनाद आवाजहरु पोतीएका छन्। ती शब्दले हामीमा जाजरकोटको पिडा मथ्थर गर्ने भावाना जागृत भएको छ। हामी त्रि–चन्द्रबाट समाजशास्त्रमा एमए सकेका विद्यार्थी हौं। हामीमा कुशल मानविय स्रोत छ। यो मानविय स्रोतलाई हामी जाजरकोटलगायत जिल्लाहरुको पिडामा मलमपट्टी लगाउनतर्फ लाग्न कटिवद्ध छौ, जसका लागि हामीले अर्थ संकलन गरिरहेका छौ। हामीलाई यहाVहरुको साथको चाहिएको छ। रकम जम्मा गर्न नेपाल इन्भेष्टमेण्ड बैकंको खाता नं.०१२०५०३०२६८५५४ मा जाजरकोट प्रकोष नियन्त्रण कोषको स्थापना गरिएको छ। यहाँले आफ्नो क्षमता अनुसारको सहयोग रकम कोषमा जम्मा गर्न सक्नुहुनेछ। जति सानो रकम पनि सहयोग गर्न सकिन्छ। सच्चा मनले गरेको सहयोग कहिल्यै सानो हुँदैन र सहयोगका लागि सहयोग ९८४१२४०५७१, ९८४१२०३०१८, ९८४१०५४५७० मा सर्म्पक पनि गर्न सक्नुहुन्छ। आशा छ यहाँहरुले हाम्रो यो उत्साह बढाउन सहयोग गर्नुहुनेछ। निबेदक, कृष्ण ज्ञवाली, विश्वास आर्चाय, राजन बगाले रन ने