Aug 10, 2009

मेड इन नेपाल

Facebook

सुरेश नेपाली
विराटनगर १७


हातमा पाउरोटीको टुक्रा लिई हरेराम सधै कम्पनीको काममा जाने गर्थ्यो। साच्चै नै, कामको बोझले हरेराम थिचिएको थियो, उसले आनन्दको श्वास लिनसकेकै थिएन। जब ऊ कामको लागि खाडी मुलुक छिर्याे उसको निद, चैन सबै चैत बैशाखको खडेरीसरी उराठ भईसकेको थियो, वसन्तको कलिलो पालुवा झैं उसको जीवनमा खुशीको मुना पलाएन र कोइलीसरी खुशीको गीत हरेरामले कहिले पनि गाउन सकेन।
हरेराम काममा इमान्दार र मेहनती मात्र थिएन ऊ मिलनसार र हसिलो प्रकृतिको पनि थियो तर कम्पनीको मेनेजरले मान्छेहरुलाई मान्छेको व्यवहार नगरी मेशीनसरी काम लगाउदा हरेरामको मन दुख्थ्यो। यसरी आफ्नो शरीरलाई पिल्साएर काम गर्दा हरेरामलाई आफ्नो प्यारो देश अनि स्वर्ग भन्दा सुन्दर गाउँलाई सम्भि्कन्दा उसका परेलीहरु भिज्ने गर्थे। ऊ विवसता र बाध्यताको दाम्लोले गरीबीको रेखामुनी बाधिएको थियो। त्यसै कारण गरीबीको जीवन सम्भि्कन्दा उसको मन कुडिन्थ्यो र गरीब हुनुको असहनिय पिडा हुन्थ्यो। खाडी मुलुकमा कयौ मानिसहरु जो अलपत्र परेका थिए, जो काम विहिन थिए, पैसा विहिन थिए, बास बस्ने स्थानको टुङ्गो पनि थिएन, यो अवस्था सम्म पुर्‍याउने काम आफ्नै देशका दलाली दाजुभाईहरुले गरेका थिए। ति दलाली दाजुभाईहरुको के विगार गरेका थिए वा के खाई दिएका थिए, जसले आज अर्काको भूमीमा पिडादायी जीवन यापन गर्न बाध्य भए्, आफ्नो घर फर्कौ त्यो सम्भव नै थिएन किनकी आफ्ना सारा श्रीसम्पत्ति बेचेर पैसा आर्जन गर्नको लागि विदेशीनु परेको थियो। पराई देशमा आफ्नै नेपाली दाजुभाई र दिदीबहिनीहरुको यो पिडादायीक अवस्था देखेर हरेरामको मन सधैं रुनेगर्थ्यौ।

आज आफ्नै कम्पनीमा काम गर्ने मानिस काम गर्दा गर्दै भूइमा डङ्ग ढलेको उसले देखेको थियो, पछि पो थाहा भयो त्यो मानिस बढी गर्मीले बेहोस भएको रहेछ। यसरी कति मानिसहरुले समयमै उपचार गराउन नपाउदा धेरैलेे अकालमै मृत्युलाई रोज्न बाध्य हुनुपरेको थियो भनेर मेरा धेरै साथीहरुले मलाई भने। जीवनमा हरेरामले धरै कहाली लाग्ने गोरेटोहरुमा ऊ हिडिसकेको स्मरण गर्छ तर ऊ आज जस्तो गरी कहिल्यै पनि अत्तिएको थिएन। किन हो कुन्नी उसलाई आफ्नै प्यारो गाउँको आगनमा मर्न पाए हुन्थ्यो झैं लाग्यो।
हरेराम आफ्नो कामको थिचाईबाट मुक्त भएपछि बेलुका क्वाटरमा बसेर आफ्ना सारा कुराहरु मित्र समक्ष सुनाउने गर्थ्याे, मित्रको नाम थियो हरि बहादुर। हरेराम र हरि बहादुर भिन्ना भिन्नै कम्पनीमा काम गरे पनि सगै बस्ने गर्थे। यिनीहरु बिचको सम्बन्ध साथीको नभई दाजुभाईकोे थियो। हरिबहादुर खाडी मुलुकमा पहिलो चोटी आउदाको कुराहरु हरेरामको मानसपटलमा चलबलाउन थाल्यो। हरि बहादुरले वैदेशीक रोजगार तिर लाग्नको लागि आफ्नो सम्पूर्ण घर, जग्गा साहू कहाँ धितो राखी ऋण लिएको र नेपालमै पनि विभिन्न दलालीहरुले विदेश पठाई दिन्छु भनेर तिनीहरुले आफ्नो पैसा खाएको कुरा बताउदा हरि बहादुर सँगै उसको पनि आँखा रसाएको थियो। हरि बहादुर इमान्दार र सोझो केटो थियो तर देशलाई असाध्यै माया गर्ने व्यक्तिहरु मध्ये ऊ पनि एक थियो।
एक दिन हरि बहादुरले हरेरामलाई भन्यो, दाई मेरो घरमा मेरी बुढी आमा मात्र छिन्, उनले मेरो बाटो कुरेर बसिरहेकी होलीन् भन्दै उसले आशु झारेको थियो। यस कुराले मलाई पनि भावुक बनाएको थियो। उसले अरु पनि भन्दै थियो र अन्तमा आफुले कमाएको पैसा मेरो बुढी आमा सम्म पुर्‍याई दिने काम मलाई सुम्पिदै थियो तर मैले भने, होइन हरि बहादुर भाई तिमी नेपाल जादा तिमीले आफु सँगै लादा भई हाल्छ नि, उसले भन्यो होइन दाई म भन्दा तपाई चाडै नेपाल जानु हुन्छ त्यसैले मैले त्यस्तो भनेको हुँ। मैले पनि ठिकै छ भनि, हुन्छ भने।
भोलीका सुनौला दिनहरुको मधुरो आशमा हामी दिनरात केही नभनि हाम्रो हाडहरुलाई खियाउदै काम गर्दै रह्यौं। यसरी दिनहरु विताउदा विताउदै म नेपाल फर्किन १० दिन मात्र बाकी थियो। एक दिन साँझ अबेर सम्म पनि हरि बहादुर क्वाटरमा नफर्केकोले म आत्तिएको थिए र मलाई कता कता नरमाइलो पनि लागेको थियो। मैले हरि बहादुरको सेल फोनमा फोन गर्न लाग्दा, मेरो सेल फोनमा घ48टी बज्यो र मैले हेलो भन्दा, उताबाट श्वास नै नफेरीकन एक वाक्यमा सबै कुरा भनेर फोन राख्यो। मैले त केही पनि सोध्ने मौका नै पाइन। मेरो मनमस्तिष्कले केही पनि सोच्न सकेन, म शुन्यमा हराए झैं भए, चारैतिर अध्यारो नै अध्यारो देख्न थालेे। हजारौ सपनाहरु बोकेर हिड्ने एउटा युवा, आज अनेकौ पिडाले थिचिएर मृत्युको मुख सामु आफुलाई पुर्‍याउन ऊ विवस थियो। रातका चम्किला ताराहरु रोएँ जस्तो देखे, अनि पूर्णिमाको रात पनि औंसीको रात झैं लाग्यो। मनमा यस्ताकुराहरुले आँधीहुरी नै ल्याइ दिएको थियो, मेरा आँखाहरु रसाएका थिए, मन मेरो रोइ रहेको थियो। त्यो ठूलो र मान्छे नै मान्छेले भरिएको शहरमा म एक्लो थिए, त्यो विरानो देशमा। त्यै पनि आफूलाई कठोर बनाएर हस्पीटल सम्म पुर्‍याए। हरि बहादुरलाई त बिहानै देखि पो उनका साथीहरुले हस्पीटलमा राखेका रहेछन्, मलाई त राती मात्र थाहा भयो। साच्चै नै हरिबहादुरको अवस्था चिन्ताजनक र रोगले धेरै नै च्यापेको थियो । म हस्पीटल पुगेको एक घ48टाको अन्तरालमा मेरो प्यारो साथी, मेरो प्यारो भाईलाई ईश्वरले म बाट धेरै टाढा लिएर गयो। म चिच्याए, म रोएँ, मेरा आँखाबाट अश्रुधाराहरु झरीरहे, म एउटा अबोध अबला बालकसरी उसको अनुहारमा हेरी रहे बस् हेरी रहे।
कसैले मलाई झस्काएर व्युझाई दियो र एउटा सानो कागतको टुक्रा मेरो हातमा राखी दियो। मैले विस्तारै त्यस कागजको टुक्रालाई खोले त्यसमा लेखिएको थियो बेलबारी–४, मोरङ्ग, नेपाल। मैले मृत्युलाई नजिकबाट पनि हेरिसकेको थिए तर पनि मलाई हरिबहादुरको मृत्युले असहनिय पिडा दियो त्यसपछि म त्यहा बस्न नसकेर क्वाटरको अध्यारो कोठामा एक्लै घोप्टिएर, राता राता आँखा बनाएर बसेको थिए। केही समय पछि उसको ओछ्यान नजिक गई बसे, उसको सिरानीमुनीबाट एउटा सेतो कभर भएको डायरीले मलाई चि्याईरहेे झैं लाग्यो। मैले बिस्तारै त्यस डाइरीलाई निकालेर हेरे, त्यस डायरीको कभरमा नेपालको नक्सा र चन्द्र, सूर्य अंकित झ48डाको चित्र कुदिएको थियो र त्यसको पछाडीको भागमा लेखिएको थियो, मेड इन नेपाल। मैले त्यस डायरीको पहिलो पाना पल्टाउदा न पल्टाउदै त्यहा मैले हरि बहादुरको हसिलो तस्वीर र तस्वीरको ठीक तल हरि बहादुरकै हातबाट केही शब्दहरु लेखेको पाए।
“स्वदेशकै एक घुट्को पानी भए पुग्छ
नेपालमै बुनेको एक टुक्रो कात्रो भए पुग्छ।
चाहिन्न बरु त्यो भन्दा धेरै
नेपाली माटोमा मर्न पाए पुग्छ”।।
यि शब्दहरुले हरेरामलाई अझ बढी भावुक र पिडा बोध गरायो। आफ्नो प्यारो देशलाई सम्झेर भावविवहल भयो, ऊ चिच्याउदै रुन थाल्यो, फेरी दौडेर हरि बहादुरको चिसो शरीरलाई अँगालोमा लिएर ऊ पागलसरी रुन, कराउन थाल्यो बस् ऊ पागलसरी चिच्याउदै रुदै थियो ―“स्वदेशकै माटोमा पुर्‍याउछु तिमीलाई ” भन्दै चिच्याइ रह्यो ऊ चिच्याइ नै रह्यो।


[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

4 comments :

Nepal Trekking said...

mathi ko lekh dherai ramro lageo dhanya bad

Anonymous said...

katha lamo bhaya pani dherai nai ramro lagyo. kathako ending ko pani char line kabita jhanai ramro lagyo ni.

Anonymous said...

suresh ji ramro manchune khalko katha lekhnu vayecha. keep it up hai

सपानसंसार said...

रातका चम्किला ताराहरु रोएँको त्यो क्षण, कती दुख्यो होला हरेराम को त्यो क्षण । यो कथा सपनी मा पनि साचो नभईदिय अनि ती टुल्कै तारा हरु नरोईदिए, कति सुन्दर हुने थियो जीवन ।

तपाईको लेखाई राम्रो छ , कृपया लेख्दै गर्नुहोला !

सपानसंसार

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP