Skip to main content

Posts

Showing posts with the label जीवन दर्शन

बात्सल्य प्रेम- शुभ गोकर्ण औँशी ( ह्यापी फादर्स डे) !

आज सन्दिप बाजे तीन र आदी बिस नाघिसकेका छन् । आँखा अलि अलि धमिला भइसकेका छन् , सुन्ने शक्ति अलि अलि कम हुदै गइरहेकोछ । तीन तिर प्वाल परेको मैलो नेपाली भादगाउँले टोपी लगाएका सन्दिप बाजे, आज बिहान सबेरै, ४ वटी छोरी पछि जन्मेको एक्लो छोरा श्रवण संगै बैठक कोठामा बसेका छन् । बिहान को पाठ पूजा भर्खरै मात्र सकेका सन्दिप बाजे प्रसन्न मुद्रा मा देखिन्छन् ।भर्खेरै मात्र सवा बीस(२५) उमेर काटेको उसको छोरा, टेलिभिजनको मा फेसन दुनियाँ कार्यक्रम मा मस्त छ । एकैछिनमा बाजेले बाहिर कौसीमा काग देख्छन् र यो काग नै हो भनेर पक्का गर्न लाई छोरा सँग गुनासो राख्छन् : "ए बाबु श्रवण, त्यो कौसीमा बसेको कुन चरो रहेछ ?" श्रवण मन नलागी नलागी जवाफ फर्काउँछ, "काग हो !" , सन्दिप बाजेले राम्रो संग सुन्दैनन् र फेरी पुन प्रश्न राख्छन् , " के भन्यौ , बाबु ? के रहेछ रे ? " छोरा जङ्गी पाराले जवाफ फर्काउँछ " काग हो क्या ! काग !! मैले भर्खर भनेको होइन्! " , सन्दिप बाजेले एकछिनमा फेरी प्रश्न गर्छन् " के रहेछ रे बाबु ?" यो पटक छोराको अनुहारमा रिसको पोको बसिसकेको थियो, उ रिसल...

जन्मदिन लाई शोक वा उत्सब उपहार!!

नमस्ते,       सर्वप्रथम म तपाईहरुलाई तलका हरफ हरु एकचोटि अध्यन गरिदिनुहुन बिनम्रतापुर्वक निबेदन गर्दछु । तपाईलाई जानकारी गराउ कि निम्न हरफहरु, मेरो ब्लग को एउटा प्रस्तुती "जन्म दिनको शुभकामना !" मा प्राप्त टिप्पणी बाट साभार गरेको हुं, र यसलाई लेख्ने कष्ट गर्नु भयको छ, नियमित पाठक मित्र पोखरली ठिटो ज्यु ।।।।     " जन्म दिनको शुभकामना ब्यक्त गर्नु भएछ भाइलाई। जीवन दर्शनशास्त्र को गहिराइमा गोतामार्न मन लाग्यो मलाइ। अनि हरेक बर्ष जन्म दिन मनाउनुको सान्दर्भिकता कोट्याउन मन लाग्यो मलाइ। जन्म र मरण जस्तो नित्य जिवनचक्रमाथि मानव जातिले न त हावि पाएको छ र न त पाउने नै छ। मानव जाति के कठपुतली होईन जसको डोरि हाम्रो बिबसमा छैन? पूर्वनिश्चित दिनमा जन्म अनि पूर्वनिश्चित समयमा मृत्यु लेखिएर आयको प्राणिमा जन्मदिन अनुष्ठान के गौण जस्तो लाग्दैन र? गत बर्ष को तुलनामा मृत्यु निकटताको शोख मनाउनुमा बढि बौधिक जस्तो लाग्दैन तपाईलाई? राम नवमी, कृष्ण जन्माष्टमिजस्ता दिनहरु मनाउछौं हामि भगवानको जन्म दिनका नाताले। मानिसको जन्मदिन मनाएर कतै हामिले दैविकताको दर्जादिने प्रयत्न...

धेरै आमा हरुकी एउटै छोरी -दिलशोभा

-दिलशोभा श्रेष्ठ काठमाण्डौं आखिर खुसीको महासागरमा डुब्नका लागि अरूबाट 'माग्नु र लिनु'भन्दा पनि अरूको लागि 'गर्नु र दिनु' पर्दो रहेछ। र 'गर्नु र दिनु' भनेको पडाड उचाल्नुसरह या सुनै सुन दिनु पनि होइन रहेछ! मानिसको प्राकृतिक हक 'माया, न्यानो र तातो'को लागि अलिकता जोहो गरिदिए पुग्नेरहेछ। त्यसैले म 'माया, न्यानो र तातो' मा विश्वास गर्छु। यो मानिसको प्राकृतिक हक हो भन्ने कुरामा विश्वास गर्छु। यस्तो समय पनि थियो, जतिबेला मसँग प्रशस्त बैंक ब्यालेन्स थियो। पैसा ब्याजमा पनि लगाउँथें। चाँदीका थालीमा फूल पर्सादी राखेर मन्दिरहरू घुम्थें। ब्रत बस्थें। तर मलाई तृप्ति र पूर्णताको अनुभव कहिल्यै हुँदैनथ्यो। मन सधैँ अशान्त र वेचैन रहने गर्दथ्यो। त्रिपुरेश्वरको बाटो हिँड्दा सडक छेउछाउमा बसेका अशक्त बूढीआमाहरू देखिन्थे। तिनलाई देख्दा मनमा कस्तो-कस्तो लाग्थ्यो। कहिले कहिले निहुरेर 'आमा तपाईंलाई कस्तो छ?' भनेर सोध्थें पनि। तर कतिले कानै सुन्दैनथे, कतिले भाषै बुझ्दैनथे, कतिले उत्तरै फर्काउन सक्दैनथे। अनि मनमा प्रश्नहरू जाग्थे- यस्तो अवस्थामा समेत बाँच्नका...

उपहार - कथा !

तपाई जहाँ जानुहोस् , जे गर्नुहोस् तपाई संग हरेको पटक एउटा अवसर हुनेछ कसैको जीवन छुन र परिवर्तन गर्न ! सहि मार्ग दर्शन ले एउटा सफल जीवन निम्त्याउँछ ! प्रस्तुत लोक कथा एउटा प्राथमिक शिक्षिका र उनको एक विद्यार्थीको हो । उनको नाम मिस थोम्पसन हो । त्यो दिन पाचौँ कक्षा को पहिलो दिन थियो, सम्पूर्ण विद्यार्थीको सामु उनले एउटा झुट बोलिन्। जसरी सबै शिक्षकले भन्ने गर्छन् , उनले पनि सबै विद्यार्थीलाई समान माया गर्ने बाचा दोहर्याइन् । पहिलो बेन्चमा एउटा कुरूप , हेर्दै खाते बालक जस्तो विद्यार्थी बस्थ्यो प्रस्तुत लोक कथा एउटा प्राथमिक शिक्षिका र उनको एक बिध्यार्थिको हो । उनको नाम मिस थोम्पसन हो । त्यो दिन पाचौँ कक्षा को पहिलो दिन थियो, सम्पूर्ण बिध्यार्थिको सामु उनले एउटा झूट बोलिन्। जसरी सबै शिक्षकले भन्ने गर्छन् , उनले पनि सबै विद्यार्थीलाई समान माया गर्ने बाचा दोहर्याइन् । पहिलो बेन्चमा एउटा कुरूप , हेर्दै खाते बालक जस्तो विद्यार्थी बस्थ्यो । उसको नाम टेड्डी स्टार्ड थियो । उ अरू बच्चा जस्तो हँसिलो थिएन । हेर्दै फोहरी , लामा लामा नङ अनि गन्हाउने कपडा , महिनौ सम्म ननुहाएको मानौं कि उ पढ्...

Motivation , Positive or Negative, A short story of two brother !

By Unknown Author (Thank you Raj for submitting the story) Once open a time, there lived two brothers.One was a drug addict and a drunk who frequently beat up his family. The other one was a very successful businessman who was respected in society and had a wonderful family. Some people wanted to find out why two brothers from the same parents, brought up in the same environment, could be so different. The first one was asked, "How come you do what you do? You are a drug addict, a drunk, and you beat your family. What motivates you?" He said, "My father." They asked, "What about your father?" The reply was, "My father was a drug addict, a drunk and he beat his family. What do you expect me to be? That is what I am." They went to the brother who was doing everything right and asked him the same question. "How come you are doing everything right? What is your source of motivation?" And guess what he said? "My father. When I was a ...

Uttam Sanjel, Inspiring the whole world !

Try once, if you share something to a person who has less than what you have, I am sure you will get the pleasure of sharing... . A must watch Show, Mero Bishwas Mero Jindagi, by Bijaya Kumar with Uttam Sanjel. A youth, who went to Bombay to make his career on Movie Industry, got a chance to see something terrible on the streets of Bombay and the street children on the train station platform which led him come back to Nepal and work for the community. Uttam Sanjel, powerhouse of altruistic energy with unselfish regard and devotion to the welfare of the society, had come up with an idea with Bamboo school that has the lowest infrastructural costs. He calls his schools Samata Shiksha Niketan, 'places of study and peace’. Samata School charges a fee of Rs 100 per month for all the grades from nursery to Class 10. This fee has been in constant since its establishment on 2001. Samata School has now been expanded into 11 different locations within 8 district, Kathmandu, Bhaktapur, Lal...

कमजोरी

नोट : प्रस्तुत कथा केवल एउटा लोक कथा हो। मैले उक्त कथा कुनै समयमा कुनै ईन्टर्नेट पत्रपत्रिकामा पढेको थिए । कक्षा १० जब म मेरो अंग्रेजी को कक्षामा थिए, मैले उनलाई निकै निहालेर हेरेको थिए । उनी मेरो बेस्ट फ्रेण्ड" थिईन् । मैले उनलाई निकै बेर हेरे, उनको सललल बगेको कपाल ..... ,साहेद उनि मेरी भैदिएको भए ! मलाई थाह थियो, मैले उनलाई यसरी हेरेको साहेद उनलाई भानै भएन् ।कक्षा सकिएपछी उनी मेरो नजिग आईन र हिजो उनले कक्षा छुटाएको क्लासको नोट मागीन् र मैले उनलाई उक्त नोट दिए। ऊनले मलाई धन्यबाद भनिन् अनि मलाई अंगालो हालरे बिदा मागेर गाईन् । मैले त्यति खेर नै भन्न चाहेको थिए ,अथवा उनलाई बुझाउन चाहन्थे कि म केवल तिम्रो बेस्ट फ्राईन्ड मात्र हुन चाहन्न , म त तिमीलाई माया गर्छु । तर म लज्जालु थिए या कमजोर थिए, मैले भन्नै सकिन् । कक्षा ११ फोन मा घण्टि बज्यो। फोनमा उनै थिईन् । उनी रोईरहेकि थिईन् । भन्दै थिईन् , उनी अरु कसैको प्रेममा मा पागल छिन, आफ्नो दिनानु दिन मुटु टुक्राईरहेकि छिन् । उनीले मलाई आफ्नो ठाउँ मा आउन आग्रह गरिन् । उनी त्यो समयमा एक्लै बस्न नसक्ने अवस्था मा थिईन् । म उनलाई भेट्न गए ...

दुई कथा !

१. कुनै पनि संवन्ध मा आफ्नो सत प्रतिसत दिनुहोस् : कुनै समयमा रश्मी र बिशाल नाम गरेको दुई सार्है मिल्दा जुल्दा बच्चा बच्ची थिए । एक दिन को कुरा हो बिशाल संग उस्को बाबाले किनिदिनुभएको सार्है राम्रा गुच्चा हरु थियो र रश्मी संग उस्को बाबाले दिएका केहि मिठाई हरु थियो । उनिहरु एक आपसमा आफुँ संग भएको सबै मिठाई र गुच्चा हरु साट्ने बिचार गरे र त्यहि अनुसार दुबैजनाले सहमती पनि जनाए । बिशाल अलिकति चलाख थियो, उस्ले आफुँसंग भएका केहि राम्रा गुच्चा हरु रश्मीले थाह नपाउने गरि लुकायो र बाकीँ गुच्चा हरु रश्मी संग भएका मिठाई हरु संग साट्यो तर रश्मीले भने आफुँ संग भएको सबै मिठाई बिशाललाई दिई र दुबै जना आ_आफ्ना घर गए । बेलुकी साझपरिसकेको थियो । खाना खाई वरी दुबैको आफ्नो आफ्नो घरमा सुत्ने बेला भैसकेको थियो । बिशाललाई मिठाई सार्है मिठोलाग्यो। उस्ले अव सोच्न थाल्यो जसरी मैले राम्रा राम्रा गुच्चा लुकाए त्यसैगरी रश्मीले पनि राम्रा मिठा मिठाई लुकाई होली । ती मिठाई कस्ता थिए होलान , उ यस्तै सोच्दा सोच्दै अनिदै रात कटायो, उता रश्मी रात भरी केहि पनि नसोचि मस्त निदाई ! शिक्षा : यति तपाई कुनै पनि संवन्ध मा १०० ...

मौंका, सकारात्मक सोच र आत्म-सन्तुष्टि - You Can Win (भाग २)

कुनै समय मा एउटा अफ्रिकी किसान , उसका परिबार संग निकै खुशीँ संग बस्दथ्यो । उ आँफुलाई पुर्ण संझिन्थ्यो र त्यसैले उ खुशीँ थियो अर्थात उ खुशीँ थियो र त्यसैले उ आँफुलाई पुर्ण संझिन्थ्यो । एक दिन , एक भद्र पुरुष उसको घरमा आए र उसलाई हिरा को महिमा र सक्ति बारेमा छोटो प्रबचन दिए।उनले भन्दै थिए , " यदि तिमी संग तिम्रो बुढि औँला जत्रो हिराको टुक्रा छ भने तिमी आफ्नै सहर किन्न सक्छौ। यदि तिमी संग तिम्रो मुट्ठी जत्रो हिराको ढल्लो छ भने तिमी एउटा सिंगै देश नै किन्न सक्छौं।"। यति भनेर ति भद्र पुरुष गए । त्यो रात , त्यो किसान निकै छट्पटायो । उ सुत्नै सकेन । उ अब अपुर्ण भयो , त्यसैले उ आज खुशी छैन , अर्थात उ आज खुशीँ छैन ,त्यसै ले उ अपुर्ण छ। भोली बिहानै उस्ले आफ्नो गर जग्गा बेच्ने र आफ्नो परिबार को रेख देख गर्ने चाझो पाझो मिलायो र हिरा खोज्न को लागी उ आफ्नो गाँउ ठाँउ बाट निस्क्यो । उ सार अफ्रिका भरि हिरा खोज्दै हिढ्न थाल्यो तर कहि पाएन , फेरी उ युरोप तिर लाग्यो र त्यहा पनि उस्ले हिरा कहि पाएन । जव उ स्पेनमा पुग्यो , उ सारिरीक, मानसिक तथा आर्थिक समस्या ले ग्रस्थ भैसकेको थियो । ऊ सार्है दु:खी...

किताब समीक्षा - "You Can Win !"

नमस्ते आज दिउसो शिव केहरा को " यु क्यान विन" भन्ने पुस्तक पढेको थिए , सायद तपाई हरुले पनि पढिसक्नु भयो होला । पुस्तक राम्रो लाग्यो । केहि अंश हरुले त सार्है मन नै छोयो अनि तपाई हरु संग बाढ्न मन लागेर आयो ।पहिलो बाक्यांस "बिजेता हरु ले कहिले पनि अलग काम गर्दैन बरु उनि हरुले अलग तरिकाले गर्छन" ! म त समर्थन गर्छु । धावक ले तक्मा ढौडेर नै ल्याउछ , कुनै पनि विद्यार्थी कक्षा मा पहिलो पढेर नै हुन्छ । प्रस्तुत पुस्तक बाट एउटा सानो प्रसंग जोडौं यहा निर , एक ठाउमा एउटा मानिस बस्ने गर्थ्यो जस्ले बेलुन बेचेर गुजारा चलाउथ्यो । उसले हावा भरेर बेचेका बेलुन हरु कहिले काहि केटा केटिको हात बाट फुस्केर माथि आकास मा बिलिन हुन्थे । उ संग सबै रंग का बेलुन हरु थिय, जस्तै राता , काल पहेला अनि हरिया । जब जब उसको ब्यापार मा कमि आउथ्यो , उसले एउटा बेलुन मा हिलियम भरेर आकाशमा छोडिदिन्थ्यो । जब केटा केटि हरु त्यो बेलुन देख्थे नि , सबैले एउटा एउटा बेलुन किन्ने चाहना गर्थे र धेरै जसो उ संग बेलुन किन्न आउथे ,जस्ले गर्दा उसको ब्यपार फेरी माथि जान्थ्यो । एस्तै तवरले उसले आफ्नो र आफ्नो परिवार को ज...