Sep 7, 2010

बात्सल्य प्रेम- शुभ गोकर्ण औँशी ( ह्यापी फादर्स डे) !

Facebook

आज सन्दिप बाजे तीन र आदी बिस नाघिसकेका छन् । आँखा अलि अलि धमिला भइसकेका छन् , सुन्ने शक्ति अलि अलि कम हुदै गइरहेकोछ । तीन तिर प्वाल परेको मैलो नेपाली भादगाउँले टोपी लगाएका सन्दिप बाजे, आज बिहान सबेरै, ४ वटी छोरी पछि जन्मेको एक्लो छोरा श्रवण संगै बैठक कोठामा बसेका छन् । बिहान को पाठ पूजा भर्खरै मात्र सकेका सन्दिप बाजे प्रसन्न मुद्रा मा देखिन्छन् ।भर्खेरै मात्र सवा बीस(२५) उमेर काटेको उसको छोरा, टेलिभिजनको मा फेसन दुनियाँ कार्यक्रम मा मस्त छ ।

एकैछिनमा बाजेले बाहिर कौसीमा काग देख्छन् र यो काग नै हो भनेर पक्का गर्न लाई छोरा सँग गुनासो राख्छन् : "ए बाबु श्रवण, त्यो कौसीमा बसेको कुन चरो रहेछ ?" श्रवण मन नलागी नलागी जवाफ फर्काउँछ, "काग हो !" , सन्दिप बाजेले राम्रो संग सुन्दैनन् र फेरी पुन प्रश्न राख्छन् , " के भन्यौ , बाबु ? के रहेछ रे ? " छोरा जङ्गी पाराले जवाफ फर्काउँछ " काग हो क्या ! काग !! मैले भर्खर भनेको होइन्! " , सन्दिप बाजेले एकछिनमा फेरी प्रश्न गर्छन् " के रहेछ रे बाबु ?" यो पटक छोराको अनुहारमा रिसको पोको बसिसकेको थियो, उ रिसले चुर्मुरिदै भन्छ, "त्यो काग थियो, काग , काग ..... काग...." , करिब ७ चोटि त काग काग भनेर चिच्यायो होला उ । रिमोट ले हतार हतार टीभीको च्यानल परिवर्तन गर्न व्यस्त हुन्छ उ । फेरि केही छिन पछि सन्दिप बाजेले चौँथो पटक छोरा सँग प्रश्न गर्छन् :" त्यो कुन चरो रहेछ रे बाबु श्रवण ?" , छोरा श्रवण जवाफ फर्काउँछ , "तपाईँले मलाई किन एउटै प्रश्न चार चार पटक सोधेको, मैले हरेक चोटि काग काग - - काग भनेर जवाफ फर्काई सकेको छु , के तपाई काग भन्ने शब्द बुझ्न छाड्नु भयो?" उ फेरी थप्छ :"मर्ने बेलामा यस्तै हुन्छ ।"

एक छिन मा सन्दिप बाजे भित्र पस्छन् र एउटा पुरानो माकुराको जालो लागेको डायरी लिएर बाहिरिन्छन् , जुन उनले आफ्नो छोरा को जन्म पछि दिनानुदिन गर्दै लेखेर भरेका थिए । एक पानामा पल्टाएर छोरा लाई पढ्न दिन्छन् , सन्दिप बाजेले। पाना मा लेखिएको छ :

- मेरो मुटुको टुक्रा श्रवण आज ४ वर्षको भयो, आज उ म सँगै सोफामा बसेको बेलामा बाहिर कौसीमा काग आएर बसेको थियो, मेरो छोरा ले २३ पटक सम्म "बुवा यो के चरा हो" भन्दै सोधेको थियो । मैले उसलाई हरेक पटकको प्रश्न पछि मुई खाँदै काखमा लिँदै , यो काग हो भनेको थिए , उ फेरी खुशी हुन्थ्यो र "बुवा यो के चरा हो?" भनेर पुन प्रश्न गर्थ्यो , यसरी मैले २३ पटक सम्म मेरो सानो छोरालाई कत्ति पनि नरिसाईकन "बाबु यो काग हो" भनेर दोहर्याएको थिए । आज मेरो छोरा सार्है खुसी भएको छ ।

यो पढे पछि छोरा ले मन थाम्नै सकेन र बाबु सँग अँगालो हालेर रुन थाल्यो , अनि माफ माग्यो । सन्दिप बाजे भन्छन् :" धट् लाटो , तिमी त मेरो छोरा हौ , तिमी त बालकै छौ मेरा लागी त , थाह छ तिमी सानो हुँदा तिमीले मेरो मुखमा आएर सुसु गरेको होईन्, म कहिल्यै रिसाईन् , आज त तिमी केवल रूखो मात्र बोल्यौ , यो त मेरा लागी केही पनि होइन, तिमी मेरो मुटुको टुक्रा न हौ । मेरो श्वास नै तिमी त हौ नि ! तिमी हाँसे मेरो हाँसो, तिमी दुखे मेरो आँसु , त्यसैले तिमी कहिल्यै पनि नदुख्नु है ! " यति बाबुले के भनेका थिए, श्रवण भक्कानो छोडेर रुन थाल्छ अनि बाबु छोरा रुदै रुदै आफ्ना बिगत का दिनहरु सम्झेर खुशी हुन्छन् ।

सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला । यो कथा बैकुण्ठ जाला । फेरि भन्ने बेलामा तात्तातै आइजाला ।

प्रस्तुत कथा इन्टरनेट बाट साभार गरिएको हो । यसका लेखक अज्ञात हुनुहुन्छ । सपनासंसार ले केही सम्पादन सहित नेपाली भाषामा अनुवाद गरेको मात्र हो !

यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:



9 comments :

Guest said...

Very Heart touching story !

Guest said...

good one baby

Universe said...

There is a saying which says that, “You have to be a parent to understand the love of a parent”, I strongly believe in it but at the same time there are so many times when we take our parents for granted and do not realize along the way the sacrifices and love that they have given to us. It is our duty to think of it and act on it. No matter what kind of life we lived or what kind of environment we were brought up in, believe always that our parents did all that they could maybe even MORE for US. It is not just our duty or responsibility to take care of them and make them happy and proud of us but that is what we live our life for. Don’t you think, the first half of your life you spend doing all that you wanted because you were able to do it as your parents where there? Why can’t you live the second half of your life doing the same thing for THEM? After all they were the one who taught you how to walk by holding your hands, taught you how to write by giving you a pencil.
A beautiful moral has been depicted in the story. I should say it is very well written. I would be lying if I say it didn’t touch my heart. Keep up the good work!

Guest said...

nice !

Anonymous said...

I totally agree wid u but I dont know what happen to us today why are we ignoring our parents?

Anonymous said...

A nice one. Thanks alot.That means you are not angry wid me.But also I want to say sorry for my rude behaviour and misunderstanding.

Postak said...

Nice story. Looks like I have to also start writing a diary so that I can show them later!

Universe said...

I wish I could give you the answer to your question. But I will let you know what the major problem that we face these days is.
Living in US soil, we are moving towards “Individualistic society”, meaning a society where we promote the exercise of one's goals and desires, where self is given much more importance then the society as a whole. Always remember we came from a “Collectivist Society”, where it was considered that “the whole is greater than the sum of its parts.”
To put all this in simple words, we have become “selfish”, suddenly because of our independence; we think “We” are much more important than anyone else!

Pinky said...

yo katha padhera malai mero daddy ko yad ayo. Mero daddy le pani same yei kura bhanisin thiyo. Good one.

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP