Skip to main content

Posts

Showing posts from September, 2009

शुभकामना सन्देश

~ उपमा अर्याल बिदेश मै भइयो यसपाली पनि, महान चाड दशैमा लाउँला टिका, लिउँला आशिर्बाद, अर्को बर्षको दशैमा। सुबाश छर्दै आयो है घट्टस्थापना, पालुवा नयाँ लिएर मिलेर फुलाऔं यही पालुवा हामी, नव रात्रीको लहर। घाँटी हेर्दै हाँड निल्लौ है सब, आफ्नो गक्ष अनुसार देउ शक्ती लड्न दुर्गे भवनी! अभाबसँग भएर निडर। भ्याइ नभ्याइ होला चटारो कामको, इस्टमित्र भेटघाट लिङ्गे पिङको मज्जा, धर्ती छोड्दा, ताजै छ मन्स्पटल। जान्थें रमाउँदै दरबार, गर्न दर्शन गोरखकालिको मग्थें शक्ती सधैं उन्मुल गर्न दानव अत्यचारीको। हत्या हिंसा रोकौ है सब, होइन राम्रो दिएको बली जिउने अधिकार सबको हुन्छ बुझौ है यसैपली। हर्ष उल्लासको रौनकसँगै गरौं प्रसाद दुर्गाको ग्रहण शुभकामना बोकी पठाकी छु परेवी, उमङ्गको बातावरण। ~ अस्तु ~ [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

मन लाग्छ

चकेन्द्र राई कैदी माइकल ज्याकशन को कर्ण पि्रय स्वार जस्तै गरी मुटुका कथा ब्याथा गाउन मन लाग्छ । दुनियाको कानलाई आफुतिर आकर्षण गर्न मन लाग्छ । एडमनलाई पछ्याउदै सगरमाथाको चुचुरामा सबभन्दा पहिले पुग्ने नेपालि तेन्जीङ हुन मन लाग्छ । साधरण परिवारको सदस्य भएर पनि अमेरिका सोहा्रै राष्ट्रपति अब्रहम हुन मन लाग्छ । तोरीको एक एक दाना जम्मा गरेर दुनियाकै सबभन्दा धनि कुबेर हुन मन लाग्छ । गरिब तन्नम कंगाल भएर पिन बिशाल हृदय भएकी धनि सुदामा हुन मन लाग्छ । रत्नकार भएर जन्मेर कालिदास जस्त भएर मर्न मन लाग्छ । मंजुश्री ले जस्तै अशभ्यताको चोभार कोटेर शभ्य र आदर्श एउटा मानव बस्ती बसाउनु मन लाग्छ । त्यहा एउटा छाना मुनि मन्दिर र मस्जीद चर्ज र गुम्बा बनाउई मानवता को बिजा रोपन गर्न मन लाग्छ । गंगा नदि जस्तै भएर धर्म धर्म बिचको दन्द लाई अबिरल अबिरल बगाउई रहन मन लाग्छ । नेपाल भित्र रहेको शान्तिको प्रतिक लुम्बिनी भित्र शान्तिको खातिर पुरै विश्व लुकाउन मन लाग्छ । सिमानामा कार्यरत एक सिपाही जस्तै २४ सै घण्टा यो देशको अंगुरक्षा भएर बांच्न मन लाग्छ । पुस्कर शाहले जस्तै नितान्त अनौठो शाहासी भाईचाराको नारा लिएर साइकलक

आमाको चिठ्ठी !

राजु लामिछाने माझठाना ६, कास्की हालः हप्किन्स, मिन्नेसोटा, अमेरिका प्यारो छोरा, तिम्रा खुट्टामा ठेस नलागोस, तिमीलाई टाउको नदुखोस, तिमीले आँटे ताकेको कुरा पुगोस, तिम्रो कृती बढ्दै जाओस, तिमीलाई लोकले मानोस र तिमी चिरञ्जीबी भए भनि हरेक साँझ बिहान उनै दयालु भगवान श्री पशुपतीनाथसँग प्रार्थना गरेकी छु। हरेक हप्ता फोनमा कुरा गर्दा पनि आमाले किन चिठ्ठी लेखिछ भनेर अचम्म लाग्यो होला। हुन पनि अचम्मै हुन्छ जव तिम्रो फोन आउँछ। म यती भावमग्न हुन्छु की भन्छु भनेको कुरा नै दिमागमा आउँदैन। “तिमीलाई कस्तो छ? शरीरको ख्याल गर्नु” भन्दा भन्दै फोन बन्द हुन्छ। मनको गन्थन बाँकी नै हुन्छ। हेरन, नचाहेर पनि चाडबाडहरु आई दिन्छन। तिमी अमेरिका गए पछिको यो नवौ दशै हो। गाउँ भरी दशैंको चहलपहल छ। मेलापाता, पानी पँधेरा अनि चिया पसलहरुमा आ–आफ्ना घरमा लाहुरे आएको र आउँदै गरेको कुरा सुनिन्छ। सबेरै पसल तिर निस्केकी थिएँ “तिम्रो छोरा यस पाली पनि आएन?” भनेर कसैले सोधिदिन्छ। म तिमीले नै भने झैं उत्तर दिन्छु “अर्को साल आउँछु भनेको छ।” प्रश्नकर्ताले जवाफ फर्काउँछ “पैसा पठाएकै होला क्यारे, अरु के चाहियो, मज्जाले दशैं मनाए भ

गजल

अधिकारी, बसन्त मोहन यूएइ (चितवन) फुल्दै होलान् फूलहरु गाँउघरमा अझै पनि बाँच्दै होलान् कयौं फूल मेरो भरमा अझै पनि दशैं आयो तिहार आयो शान्ति भने आई छैन प्रदेशमा बस्नु पर्यो करै करमा अझै पनि प्रेम र विश्वास मर्दा गाँउघरमा रुवाँवासी बाँच्नु पर्यो म नेपाली मर मरमा अझै पनी हत्याहिंसा बलत्कार यो भ्रष्टचार पेवा हुँदा शान्ति, प्रेम, विश्वास ढले बगरमा अझै पनि गाँउघरमा रहि रह्यो चिसो चुल्हो नाङ्गो आङ्ग यो दशैंमा म रुँदा हाँस्छन् शहरमा अझै पनि [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

My beautiful baby

Shreejana Lumbini Minnesota State University, Moorhead, USA No one can have seen a baby as beautiful as this one. When one looks at her eyes, it seems as though the whole image of the cryptic world is being seen. Her face is so nicely cut that anyone can notice the perfect angles in her face. One cannot imagine how perfectly her nose is placed and how slender it is. Her face is so widely mysterious that even the doons under her nose seems to be throwing out some secrets. One cannot help but praise the unearthly innocence of her rosy lips. They are so red that one wonders whether blood drops will appear even with the slightest prick. The chubby little cheeks cannot hold anyone’s hand from touching it. And then its softness, any softening cream agents could come running around just to show the world, the miracle of their products. But its not the mere work of these moisturizers or the softeners that makes her the most beautiful in this entire world. It is natural and once anyone see

दण्डहिनता कहिले सम्म? - भाग २:

उपमा अर्याल छाउनी, काठमाडौं हाल- मिनेसोटा, अमेरिका भाग १ पढ्न यहा क्लिक गर्नुहोला अर्को दिन पनि पुगेकी थिइ त्यहाँ उ तर त्यहाँका केही दानब रुपी मान्छेहरुले उल्टो उसलाई बन्दुक देखाएर "अब आइन्दा यस क्षेत्रमा तँ "पत्रकार" आइस भने तेरा दाईहरु त बाँकी हुँदैनन हुँदैनन, तँलाई पनि बाँकी छोड्दैनौ" भनेर तर्साए। तीन गनिन्जेलमा उसलाई त्यहाँबाट भाग्न भने र कहिल्यै त्यिनिहरुको सामु देखा नपर्ने आदेश पनि दिए। ठुलो दाईको अत्तोपत्तो थिएन। कान्छा दाई मात्र देखिनु भएको थियो त्यो दिन पनि। दाईको आँखामा पुलुक्क हेरेकी थिइ त्यतीखेर सुनिताले। हजार कुरा भन्न खोजेका थिए ति निर्दोश आँखाहरुले। त्यही आँखाको सन्कोले पनि उस्लाई भाग्न अह्रायो। यही नै गरेकी थिइ उस्ले त्यती बेला। अहिले ५ बर्ष पूरा भयो उस्का दाईहरु बेपत्ता भएका, दश बर्ष सम्मा द्रोन्द गरेका त्यही पक्षहरुले नै आहिले देश हाँकेका छन तर उ जस्ता लाखौं लाख नेपाली बेपत्ता जनताका परिवारहरुले न त उनिहरुका लाश नै पाएका छन न त सास नै। तै पनि आश मार्न सकेका छैनन त्यस्ता पीडित परिवारहरुले। दुई जना आफ्ना सन्तान आफ्नै सामु बेपत्ता बनाएपछी सुनितका ब

"दण्डहिनता कहिले सम्म?"

उपमा अर्याल छाउनी, काठमाडौं हाल- मिनेसोटा, अमेरिका (कथा तथा कथाका पात्रहरु काल्पनिक हुन कसैको व्यक्तिगत जीवन र आचरणमा मेल खाएमा संयोग मात्र हुनेछ।) ९ बजेको समाचारबाट सुनिताको नमस्कार! आजको प्रमुख समाचारहरुमा- राज्यमा भएको दण्डहिनता अन्त्यको लागि सरकारले अपराध अनुसार कानुन तर्जुमा गर्ने प्रतिबध्त्ता ब्यक्त र तिर्थ यात्री बोकेर जादै गरेको सवारी दुरघटनाबाट ५ को घटना स्थलमै मृत्युज ! अब सुन्नुहोस् पुरा समाचार………. off air भएपछी सुनिताको रिसको ज्वाला आज पनी बिस्फोर्ट हुने भनेर सबै जना मुखामुख गरी रहेका थिए। समाचार सिध्दिना साथ आज त उ कसैसँग केही नबोली आफ्नो बाटो लागि। अचम्म माने सबै कर्मचारीहरुले सुनिताको आजको चाला देखेर। नत्र भने उ सधैं समाचार वाचन गरिसकेपछी रिसको आगो हुन्थी, जहीले पनि उही हत्या, हिसाँ अनी मृत्‍यु कै मात्र समाचार हुन्छ हाम्रो देशमा। जहिले नि मूड नै off हुन्छ समाचार वाचन गरेपछी भन्थी। तर आज त अचम्म भयो। सुनिता, पेशाले उ RJ हो। समसमायीक कार्यक्रमहरु चलाऊनुका साथै समाचार वाचन पनि गर्छे उ। पत्रकारितामा पनि उस्को चाख छ। आफ्नो चाख पुरा गर्छे, बेलाबेला पत्र-पत्रीकाहरुमा आफ्ना

यो दुनिया

राजु लामिछाने (जुदने) माझठाना–६, कास्की हालः हप्किन्स, मिन्नेसोटा मन भरी शंका पाल्छ, पाईलै पिच्छे तगारो हाल्छ, न अगाडि सर्छ, न अरुलाई सर्न दिन्छ, यो दुनिया। बलेको आगो ताप्छ, हुने खानेलाई काखी च्याप्छ, निर्धोलाई न बाँच्न दिन्छ, न मर्न दिन्छ, यो दुनिया।। कसैको खुशीको क्षण, उसलाई शुभकामना दिएर, आफ्नो मन धमिलो बनाउन सक्छ, यो दुनिया। कसैको दुःखको क्षण, उसलाई समबेदना दिएर, मन मनै खुशियाली मनाउन सक्छ, यो दुनिया।। न दया माया छ, न त यसमा विबेक छ, जता फाईदा हुन्छ उतै लाग्छ, यो दुनिया। नपाए वास्तै गर्दैन, पाए जय जय भन्छ, हेर्नुस न कस्तो नकचरो छ, यो दुनिया।। त्यसैले अब त झुटलाई सत्य, सत्यलाई झुटमा बदलेर रातोलाई सेतो भन्नु परेको छ। नौटंकी बनेर कहिं खुट्टा खोच्चाउँदै त कहिँ आँखा बन्द गरेर दुनियासँग दोस्ती गर्नु परेको छ।। [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

सपना !!‏

चकेन्द्र राई”कैदी” हाल :- दोहा, कतार सपना, यथेष्ट पिल्सिएको आत्माको सुगन्दित र आकर्शक सपनाबाट मुरी मुरी सादुवाद ! ! आज मलाई यति असजिलो भइरहेको छ, सायद यत्तिको अफ्ठ्यारो त सर्वप्रथम सगरमाथा चढ्नलाई तेन्जिङ र एड्मण्डलाई पनि भएको थिएन होला । उनीहरुलाई त थाहा थियो सगरमाथाको चुचुरोमा पुग्नलाई सबैभन्दा पहिलो पाइला सगरमाथाको फेदिमा नै राख्नु पर्छ भनेर । तर मलाई आज यो पत्र कसरी शुरु र अन्त्य गर्ने भन्ने अस्पष्ट भएकोले होला यति अफ्ठ्यारो लागिरहेको छ । आज तिमी प्यारी सपना, प्राण प्यारी सपना, अर्धाङ्गिनी सपना जस्ता सबै आफनत्वको शव्दहरुबाट पर तिमी संवोधान विहिन भएकी छौ । जिन्दगी दुई दिनकै भए पनि अनेकौं समस्याहरुसँग लड्दै मुकाविला गर्दै जीउनु पर्दो रहेछ । थुप्रै थुप्रै दुख: सुखका अनुभवहरु संगाल्नु पर्दोरहेछ । सायद त्यसैले भन्ने गर्छन् – जीन्दगी अनुभव हो , भोगाइहरुको सम्पूर्णता हो ......। तर विछोडको पिडाहरु भने जीवनको अनौठो व्यथा भएर सधै वल्झिदिंदो रहेछ । हरपल चिमट्दो रहेछ, रातदिन आँशुको सागरमा डुव्दै वेदनाको ज्वालामा जल्नु पर्दो रहेछ । अनि मिठो मिठो कल्पनामा हराउदै सपना भित्रको विपनामा आफ्नो भवि

झरी परिरहन्छ (अन्तिम भाग)

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका पहिलो भाग दोश्रो भाग तेश्रो भाग वास्तवमा अव म क्रसरोडमा उभिएकोथिँए। अनिर्णयको बन्दी बनेको थिँए। एकातिर मसंग नैनकलासंगको अतित थियो भने अर्कोतिर मेदिनीप्रसाद काकाले मलाई लगाउनु भएको अतुलनीय गुण र मेघाको म प्रतिको श्रद्धामिश्रित, निश्चल माया। कहिले सोच्थें, सायद नैनकलाले मलाई बिर्सि सकिहोलिन्। समयले र भौतिक दूरीले उनलाई म बाट पर पुर्याईसक्यो होला। तर अर्को मनले मान्दैनथ्यो। लाग्थ्यो, नैनकला मलाई अझै पर्खिरहेकी होलिन्। म गएको बाटोतिर एकोहोरो हेरेर बसेकीहोलिन्। भित्तामा हामीले लेखेका नामहरु नमेटिऊन् भनेर अझै खरीढुङ्गाले अझै थप्दैहोलिन्।मैले अनायास नैनकलाले पठाएका पत्रहरु एकचोटी फेरि सबै पढेको थिंए। पत्रहरु पढिसकेपछि नैककला प्रतिको मेरो भावना प्रबल भएर आएको थियो। उनलाई एक पटक जसरी पनि भेट्ने निर्णय गरेको थिँए। मैले एकाएक नेपाल जाने निर्णय गर्दा काकाकाकीहरु छक्क पर्नु भएकोथियो। मेघा पनि छक्क परेकिथिइन्। तर उँहाहरुले थप केही सोध्नु भएन। गाँउबाट बिश्थापित मेरा बाबु-आमासंग काठमाण्डौमै भेट भएको थियो। आठ-नौ बर्ष भइसकेकोथियो म अमेरिका गए