Skip to main content

Posts

Showing posts from June, 2007

म ट्रेनिंङको जाच मा ९० % ल्याएर पास गरे

आज मेरो काम को दुइ दिने ट्रेनिंङ को अन्तिम दिन । ट्रेनिंङ पछि जाच दिनु पर्ने हुन्छ । मैले त्यो जाच ९० % ल्याएर पास गरे। पास हुनको लागि कम्ति मा ८० % ल्याउनु पर्छ । आज को परिक्षा मा ८ जना (७ गोरे सहित) सामेल मा ४ जना मात्रै पास भयका थिय।फेल हुनेले फेरि ट्रेनिङ लियर परिक्षा दिनुपर्छ । ३ चोटि सम्म परिक्षा पास नभयमा काम बाट निकिलिन्छ अरे !

अमेरिका मा सफ्थवेर इन्जिनियरिङ इन्ट्रन

आज मेरो काम को दोस्रो दिन ! अलिकति उत्साहि अनि आलिकति डर साथ बित्यो । मेरो पद सफ्थवेर इन्जिनियरिङ इन्ट्रन भनेर दिइयको रहेछ।आज औपचारिक रुपमा बिभागिय मिटिङ्ग मा मेरो परिचय गराइयो । करिब ५० जना गोरा अनहार हरु को बिचमा मेरो अनुहारले कता कता सबैलाइ कौतुहलताले घेरिदियको थियो। मेरो सुपरभाइजरको पनि बोस अथवा भनौ मेरो बिभगिय प्रमुखले मेरो सुपरभाइजरलाइ मेरो परिचय गर्ने अनुमति दिय पछि मात्र मेरो सुपरभाइजरले मेरो सबै सामु आधिकरिक परिचय गरायो। म उठेर सबै लाइ हाइ भने र खालि मेरो सुपरभाइजरले राखेका मेरा परिचयका बाक्य हरुमा टाउको हल्लायर समर्थन जनाइरहे । मेरो काम अलिकति डरलाग्दो नै छ । जावा भन्ने प्रोग्रामिंग भाषा प्रयोग गरेर यउटा नया प्रोग्राम बनाउनु पर्नेछ र यसलाइ “ MNGP AOV Data Base Management System” नामाकराण गरियको छ र यो प्रोजेक्ट म एक्लैले सकनु पर्ने हुन्छ । अलिकति डर लागेको छ कतै बिचमा गएर सकिन्न कि भनेर, तर पनि यत्रो सिङ्लो मान्छे अनि मेरो प्रिय इन्टरनेट साथमा हुदा कसो नसकियला जस्तो लाग्छ ।अनि पुरा आत्म बिश्वाश जागेर आउछ , “म सक्छु “। म यो कम्पनि अर्थात Monticello Nuclear Power Plant मा मिति