Skip to main content

अमेरिका मा सफ्थवेर इन्जिनियरिङ इन्ट्रन

आज मेरो काम को दोस्रो दिन ! अलिकति उत्साहि अनि आलिकति डर साथ बित्यो । मेरो पद सफ्थवेर इन्जिनियरिङ इन्ट्रन भनेर दिइयको रहेछ।आज औपचारिक रुपमा बिभागिय मिटिङ्ग मा मेरो परिचय गराइयो । करिब ५० जना गोरा अनहार हरु को बिचमा मेरो अनुहारले कता कता सबैलाइ कौतुहलताले घेरिदियको थियो। मेरो सुपरभाइजरको पनि बोस अथवा भनौ मेरो बिभगिय प्रमुखले मेरो सुपरभाइजरलाइ मेरो परिचय गर्ने अनुमति दिय पछि मात्र मेरो सुपरभाइजरले मेरो सबै सामु आधिकरिक परिचय गरायो। म उठेर सबै लाइ हाइ भने र खालि मेरो सुपरभाइजरले राखेका मेरा परिचयका बाक्य हरुमा टाउको हल्लायर समर्थन जनाइरहे ।

मेरो काम अलिकति डरलाग्दो नै छ । जावा भन्ने प्रोग्रामिंग भाषा प्रयोग गरेर यउटा नया प्रोग्राम बनाउनु पर्नेछ र यसलाइ “ MNGP AOV Data Base Management System” नामाकराण गरियको छ र यो प्रोजेक्ट म एक्लैले सकनु पर्ने हुन्छ । अलिकति डर लागेको छ कतै बिचमा गएर सकिन्न कि भनेर, तर पनि यत्रो सिङ्लो मान्छे अनि मेरो प्रिय इन्टरनेट साथमा हुदा कसो नसकियला जस्तो लाग्छ ।अनि पुरा आत्म बिश्वाश जागेर आउछ , “म सक्छु “।


bishow

म यो कम्पनि अर्थात Monticello Nuclear Power Plant मा मिति जुन ४ तारिख देखि काम सुरु गरेको हुं ।यो मिनिसोटा स्टेट को मोन्तेसेलो भन्ने सहरमा छ। यो कम्पनि को काम भनेको युरोनियम प्रसोधन गरेर बिजुलि निकाल्ने हो । नेपाल को जस्तो पानि बाट यहा कमैमात्र बिजुलि निकलिन्छ। यहा  बिजुलि को लागि पानि नभय पनि हुन्छ । मैले काम गर्ने ब्रान्च मा ८०० जना कर्मचारि छन अरे  र मेरो बिभाग भने को इन्जिनियरिङ बिभाग को आइ टि सह बिभाग हो । मेरि हप्ता मा ४० घन्टा काम गर्नु पर्छ ।बिहान ७ देखि ९ बजे सम्म जतिखेर पुगेपनि हुन्छ र तेस पछि ८ र १।२ घन्टा अफिस मा नै बस्नु पर्छ (८ घन्टा कामको र १।२ घन्टा लन्चको लागि ) ।त्यो १।२ घन्टा लन्च (खाना खाने समयको) पैसा पाइदैन  र हप्ता मा ४० घन्टा को मात्रै पैसा पाइन्छ  । यो मेरो पहिलो काम भयकोले मैले धेरै दर मा काम गरेको छैन । मेरो प्रति घन्टा २१ यु यस डलर(रु. १४७० @ १ डलर - ७० ने रु।) हुन्छ ।काम भयको दिन भरि कुर्सि मा बसेर प्रोग्राम लेख्ने हो ।
यहा अमेरिका मा काममा इमानदार र दक्ष हुनु पर्छ ,नत्र थाहनै नपाइ निकालिदिन्छन । WIFE ,WORK and WEATHER (स्वास्नि, काम र मौसम) को ठेगान हुदैन यहा तेसै ले यिनि हरुको भर परिहाल्न हुदैन, हेरौं मेरो काम ले सायद साथ नछोड्ला।

बिश्व पौडेल, हाल अमेरिका

Comments

Popular posts from this blog

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाके

शुभ-कामना नव दाम्पत्य जीवनको

यहि मिती २१ फेब्रवरी २००९ का दिन, अमेरीकाको नेब्रास्का राज्य को ओमाहा सहरमा , साथी रचना भट्टराई तथा साथी प्रवेश घिमीरे बिच भएको शुभ बिबाहको उपलक्षमा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुँभभकामना टक्र्याउदछु । तपाई हरुको नया जीवन अनि नौंलो यात्रा सफल रहोस् । खुशीँ नै खुशीको पाईला हरु लम्किउन् । तपाईहरुको यो एैतिहासिक क्षणमा, आँफु पनि पात्र बन्न पाउदा निकै नै खुशीँ लागेको छ । तपाईहरुको दाम्पत्य जीवनले सफलता को शीखर चुम्न सफल होस् । तपाईहरुको अनुमति बिनानै केहि घत लाग्दा भिडियो दृष्य हरु तल पस्केको छु । परदेश को वसाँई होस या स्वदेशको , एउटी नेपाली नारीलाई सिन्दुरको महत्व त्यती नै हुन्छ । एउटी हिन्दु नारीले आफ्नो पतीको दिर्घायु जीवन को लागी लगाउछन्। सिन्दुरले माया प्रेम र सक्ति लाई जनाउछ् । हिन्दु शास्त्र अनुसार , लोग्नेले निधारमा सिन्दुर हालेर आफ्नो पत्नीलाई सुरक्षा को बन्धनमा राखेपछि यदि कोही पराईले पत्नी को हानि गर्न खोजेमा उक्त पराईको रगत उम्लेर उ आफै मर्छ रे । Rachan wedding..... from sapana sansar on Vimeo . आमा को लागी छोरा छोरी भनेको त मुटु को टुक्रा नै त हो नि । आमा भन

म आफ्नो घर छोडेर टाढा कसरी जान सक्छु र ?

Reposted after readers request ! "म गरिब परिवार अनि बिमारी पृ्ष्ठभुमी बाट आएको मान्छे हुँ। म यहि जन्मे , म यहि हुर्के अनि धेरै जसो यहि पढेँ अनि फर्केर यहि आएर 'टिम' मै काम गर्दैछु , आफ्नो घर मेरो लागी 'टिम' हो ।घरमा आएर घर संहाल्दा बढो आनन्द आउदो रहेछ । म आफ्नो घर छोडेर कसरी टाढा जान सक्छु र ? " - डा अरुण बुढा करिब ४० बर्ष अधि रघुबिर बुढा कुष्ठ रोगको उपचार गर्न कालीकोट बाट डढेलढुरा आउछन् । बिदेशीद्वारा चलाईएको सामुदायीक टिम, अस्पतालमा उपचारको क्रम मा उनले पार्वती रोकाया लाई भेट्छन् । उपचारको क्रममा एकअर्काबिच चिनाजानी पछि उनिहरु बिहे गर्छन । रघुबिर बुढाले, पछि त्यहि अस्पतलामा भात पकाउने भान्छे, फुलबारी गोढ्ने तथा हुलाकीको काम पनि गर्ने थाल्छन् । पार्वती भने त्यहि अस्पतालमै निम्न स्तरीय काम गर्न थाल्छिन् । बिस्तारै त्यहि काम गर्दै जादा,रघुबिर अलि अलि लेखपढ पनि गर्न थाल्छन् । २ बच्चाहरु अरुण बुढा र कालेब बुढाको बाबु बन्छन् अनि आफ्ना यी दुई बच्चा लाई डाक्टर बनाउने सपना सझाउछन् । रघुबिर बुढाका दुई छोरा हरु , डा अरुण बुढा तथा डा कालेब बुढा सन १९९९ डिसेम