Skip to main content

अमेरिका मा सफ्थवेर इन्जिनियरिङ इन्ट्रन

आज मेरो काम को दोस्रो दिन ! अलिकति उत्साहि अनि आलिकति डर साथ बित्यो । मेरो पद सफ्थवेर इन्जिनियरिङ इन्ट्रन भनेर दिइयको रहेछ।आज औपचारिक रुपमा बिभागिय मिटिङ्ग मा मेरो परिचय गराइयो । करिब ५० जना गोरा अनहार हरु को बिचमा मेरो अनुहारले कता कता सबैलाइ कौतुहलताले घेरिदियको थियो। मेरो सुपरभाइजरको पनि बोस अथवा भनौ मेरो बिभगिय प्रमुखले मेरो सुपरभाइजरलाइ मेरो परिचय गर्ने अनुमति दिय पछि मात्र मेरो सुपरभाइजरले मेरो सबै सामु आधिकरिक परिचय गरायो। म उठेर सबै लाइ हाइ भने र खालि मेरो सुपरभाइजरले राखेका मेरा परिचयका बाक्य हरुमा टाउको हल्लायर समर्थन जनाइरहे ।

मेरो काम अलिकति डरलाग्दो नै छ । जावा भन्ने प्रोग्रामिंग भाषा प्रयोग गरेर यउटा नया प्रोग्राम बनाउनु पर्नेछ र यसलाइ “ MNGP AOV Data Base Management System” नामाकराण गरियको छ र यो प्रोजेक्ट म एक्लैले सकनु पर्ने हुन्छ । अलिकति डर लागेको छ कतै बिचमा गएर सकिन्न कि भनेर, तर पनि यत्रो सिङ्लो मान्छे अनि मेरो प्रिय इन्टरनेट साथमा हुदा कसो नसकियला जस्तो लाग्छ ।अनि पुरा आत्म बिश्वाश जागेर आउछ , “म सक्छु “।


bishow

म यो कम्पनि अर्थात Monticello Nuclear Power Plant मा मिति जुन ४ तारिख देखि काम सुरु गरेको हुं ।यो मिनिसोटा स्टेट को मोन्तेसेलो भन्ने सहरमा छ। यो कम्पनि को काम भनेको युरोनियम प्रसोधन गरेर बिजुलि निकाल्ने हो । नेपाल को जस्तो पानि बाट यहा कमैमात्र बिजुलि निकलिन्छ। यहा  बिजुलि को लागि पानि नभय पनि हुन्छ । मैले काम गर्ने ब्रान्च मा ८०० जना कर्मचारि छन अरे  र मेरो बिभाग भने को इन्जिनियरिङ बिभाग को आइ टि सह बिभाग हो । मेरि हप्ता मा ४० घन्टा काम गर्नु पर्छ ।बिहान ७ देखि ९ बजे सम्म जतिखेर पुगेपनि हुन्छ र तेस पछि ८ र १।२ घन्टा अफिस मा नै बस्नु पर्छ (८ घन्टा कामको र १।२ घन्टा लन्चको लागि ) ।त्यो १।२ घन्टा लन्च (खाना खाने समयको) पैसा पाइदैन  र हप्ता मा ४० घन्टा को मात्रै पैसा पाइन्छ  । यो मेरो पहिलो काम भयकोले मैले धेरै दर मा काम गरेको छैन । मेरो प्रति घन्टा २१ यु यस डलर(रु. १४७० @ १ डलर - ७० ने रु।) हुन्छ ।काम भयको दिन भरि कुर्सि मा बसेर प्रोग्राम लेख्ने हो ।
यहा अमेरिका मा काममा इमानदार र दक्ष हुनु पर्छ ,नत्र थाहनै नपाइ निकालिदिन्छन । WIFE ,WORK and WEATHER (स्वास्नि, काम र मौसम) को ठेगान हुदैन यहा तेसै ले यिनि हरुको भर परिहाल्न हुदैन, हेरौं मेरो काम ले सायद साथ नछोड्ला।

बिश्व पौडेल, हाल अमेरिका

Comments

Popular posts from this blog

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा...

अविवेकी सन्तान

–सीता अर्याल, गोरखा बजार, हाल–विस्कन्सन, अमेरिका न्युयोर्क सहर, अत्यन्त व्यस्त जनजीवन । म बसेको ठाउँबाट देखिने टावरको सानो टुप्पोलाई नियालिरहेको हुन्छु तापनि मलाई अत्यन्त नरमाइलोपनले सताइरहेछ । आफूलाई भाग्यशाली ठान्ने म आज अति दुःखी र अभागी ठानिरहेको छु । मलाई समयले नराम्ररी दुःख दिन तम्सिरहेछ । आफ्नो एक्लो सन्तान बाईस बर्षे छोरोलाई उडाएर ढुङ्गो जस्तै गरुङ्गो मन लिई घर फर्केको थिएँ । उसकी आमालाई सम्झाउन त झन् मलाई हम्मे हम्मे नै परेको थियो । घरमा जम्मा दुई प्राणी मात्र, सन्नाटा छ । छोराको विवाह गरेर बुहारी भित्र्याउने इच्छा हुँदाहुँदै ईन्जिनियरीङमा स्नातकोत्तर गर्न छोरो अमेरिकातर्फ लाग्यो । तुहिएको हाँगो भएकोले चाँडै नै छोराको विवाह गरी जायजन्म हेर्न चाहन्थें। आमाचाहिंको चाहना पनि यही थियो, आफू बलियो हुँदैमा नाती नातिना हुर्काउने । केही समयसम्म दिन दिनै जस्तो फोन हुन्थ्यो । इमेल हुन्थ्यो । कुनै पनि खवर नआएको दिनमा अत्यन्त खल्लो लाग्दथ्यो । नेपालबाटै गर्दा कहिले काँही फोनमा भेटिंदैनथ्यो । काममा या पढाइमा व्यस्त होला जस्तो लाग्दथ्यो । दिन, महिना, वर्षहरू वित्दै गए, समाचार आ...

गीति कथा : एउटा कथा जिन्दगीकोमा यादव खरेल

~यादव खरेल २०७१ साल बैशाख १ गतेबाट बीबीसी नेपाली सेवाले नयाँ कार्यक्रम श्रृङखला “एउटा कथा जिन्दगीको” शुरु गरेको छ। सुमन खरेलको परिकल्पना र संयोजनमा यो कार्यक्रम बीबीसी नेपाली सेवा कार्यक्रममा प्रशारण हुने गरेको छ। यादव खरेल द्वारा बाचित गरियको पहिलो कार्यक्रम तल साभार गरिएको छ ! [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]