Skip to main content

Posts

Showing posts from September, 2013

राम्री यूवती !

व्यंग्य: राजु प्रसाद लामिछाने (जुदने) माझठाना ६, कास्की   हाल: हप्किन्स, मिन्नेसोटा एकादेशमा अचम्मै राम्री एउटी यूवती थिईन । गाउँ शहरमा उनको रुप र जीउडालको राम्रै प्रशंसा हुन्थ्यो । जवानहरु उनलाई पाउन भुतुक्कै हुन्थ्ये । तर यूवती भने तिनीहरुलाई मान्छे नैं गन्दैनथिन । उनलाई आफ्नो रुप र जीउडालमा साह्रै घमण्ड थियो । उनको रुप र घमण्डीपनको दरबारमा पनि चर्चा भएछ । राजाले यूवतीलाई दरबारमा नर्तकीको रुपमा जागिर दिए । राजा साह्रै ज्ञानी र पराक्रमी थिए तर रुपमा भने ठगिएका थिए अर्थात राम्रा थिएनन । एक दिन राजालाई यूवतीको परिक्षा लिन मन लाग्यो र कसैले नचिन्ने गरि साधारण कामदारको भेषमा यूवतीलाई भेटेर उसको रुपको प्रशंसा गर्दै बिवाहको प्रस्ताव राखे । यूवतीले राजालाई चिन्नै सकिनन, उनको घमण्डको पारो चडिहाल्यो र रिसाउदै भनिन; "ओइ गधा! तैले मसँग बिहे गर्ने आँट कसरी गरिस् हँ?, कुनै दिन आफ्नो अनुहार ऐनामा हेरेको त छस् तैंले, बरु भगवानले तेरो अनुहार बनाउने बेलामा तँ कता गएको थिइस हँ?, तँ त मेरो लोग्ने हैन नोकर बस्नको लागि पनि योग्य छैनस बुझिस् ।" यूवतीको घमण्डबारे पहिल्यै सुनि सकेका हुन