Skip to main content

Posts

Showing posts with the label कथा

अविवेकी सन्तान

–सीता अर्याल, गोरखा बजार, हाल–विस्कन्सन, अमेरिका न्युयोर्क सहर, अत्यन्त व्यस्त जनजीवन । म बसेको ठाउँबाट देखिने टावरको सानो टुप्पोलाई नियालिरहेको हुन्छु तापनि मलाई अत्यन्त नरमाइलोपनले सताइरहेछ । आफूलाई भाग्यशाली ठान्ने म आज अति दुःखी र अभागी ठानिरहेको छु । मलाई समयले नराम्ररी दुःख दिन तम्सिरहेछ । आफ्नो एक्लो सन्तान बाईस बर्षे छोरोलाई उडाएर ढुङ्गो जस्तै गरुङ्गो मन लिई घर फर्केको थिएँ । उसकी आमालाई सम्झाउन त झन् मलाई हम्मे हम्मे नै परेको थियो । घरमा जम्मा दुई प्राणी मात्र, सन्नाटा छ । छोराको विवाह गरेर बुहारी भित्र्याउने इच्छा हुँदाहुँदै ईन्जिनियरीङमा स्नातकोत्तर गर्न छोरो अमेरिकातर्फ लाग्यो । तुहिएको हाँगो भएकोले चाँडै नै छोराको विवाह गरी जायजन्म हेर्न चाहन्थें। आमाचाहिंको चाहना पनि यही थियो, आफू बलियो हुँदैमा नाती नातिना हुर्काउने । केही समयसम्म दिन दिनै जस्तो फोन हुन्थ्यो । इमेल हुन्थ्यो । कुनै पनि खवर नआएको दिनमा अत्यन्त खल्लो लाग्दथ्यो । नेपालबाटै गर्दा कहिले काँही फोनमा भेटिंदैनथ्यो । काममा या पढाइमा व्यस्त होला जस्तो लाग्दथ्यो । दिन, महिना, वर्षहरू वित्दै गए, समाचार आ...

राम्री यूवती !

व्यंग्य: राजु प्रसाद लामिछाने (जुदने) माझठाना ६, कास्की   हाल: हप्किन्स, मिन्नेसोटा एकादेशमा अचम्मै राम्री एउटी यूवती थिईन । गाउँ शहरमा उनको रुप र जीउडालको राम्रै प्रशंसा हुन्थ्यो । जवानहरु उनलाई पाउन भुतुक्कै हुन्थ्ये । तर यूवती भने तिनीहरुलाई मान्छे नैं गन्दैनथिन । उनलाई आफ्नो रुप र जीउडालमा साह्रै घमण्ड थियो । उनको रुप र घमण्डीपनको दरबारमा पनि चर्चा भएछ । राजाले यूवतीलाई दरबारमा नर्तकीको रुपमा जागिर दिए । राजा साह्रै ज्ञानी र पराक्रमी थिए तर रुपमा भने ठगिएका थिए अर्थात राम्रा थिएनन । एक दिन राजालाई यूवतीको परिक्षा लिन मन लाग्यो र कसैले नचिन्ने गरि साधारण कामदारको भेषमा यूवतीलाई भेटेर उसको रुपको प्रशंसा गर्दै बिवाहको प्रस्ताव राखे । यूवतीले राजालाई चिन्नै सकिनन, उनको घमण्डको पारो चडिहाल्यो र रिसाउदै भनिन; "ओइ गधा! तैले मसँग बिहे गर्ने आँट कसरी गरिस् हँ?, कुनै दिन आफ्नो अनुहार ऐनामा हेरेको त छस् तैंले, बरु भगवानले तेरो अनुहार बनाउने बेलामा तँ कता गएको थिइस हँ?, तँ त मेरो लोग्ने हैन नोकर बस्नको लागि पनि योग्य छैनस बुझिस् ।" यूवतीको घमण्डबारे पहिल्यै सुनि सकेका हुन...

TELL ME A TALE ABOUT A TAIL

Mr. Hitendra Raj Joshi Kathmandu, Nepal Rossy returns from her school thrusts into the kitchen but she doesn't feel hungry so she kicks bathroom door, she unbutton her shirt, she throws her vest, she strip her skirt and she 2064AD September 28 in the evening Rossy returns from her school she looks happy. She is in her early teen. Black eyes, short black hairs, flat nose and flat chest, a tomboy look. Some people may get confused with her sex boy or a girl when they meet her for the first time she chatters a lot and loves watching TV. She gets very little times for her family. But she loves to kill her times listening to fairy tales told by her grand ma'. Her grand ma' also loves to tell a tale to her grand daughter. Rossy's grand ma' an eighty years old woman, with thin white hairs wrinkled skin, she always keeps her spectacle close to her. She was born in 1980. She was named Sunayana by her father, which means "beautiful eyes". Right to her name she use...

दृष्टि सम्यक सृष्टि सम्यक - कथा !

-धनराज गिरी निरीह बनाउँछन् नारीलाई। बृक्ष बन्न दिदैनन्, लहरा बनाउँछन्। स्वाधीन हुन दिंदैनन्, पराधीन बनाउँछन्। एउटी नारी यदि समाउने हाँगो र टेक्ने खुट्किलोबिहीन् भइन् भने या त उनले आत्महत्या गर्नुपर्छ या देहब्यापारमा संलग्न हुनुपर्छ। अरु बिकल्पका ढोकाहरु बन्द गरिन्छन्। राजनीतिमा लागे पनि, साहित्यमा लागे पनि, चलचित्रमा लागे पनि, जहाँ पनि, जता पनि चरित्र जोगाउन हम्मेहम्मे पर्दछ। साबित्री बनेर सफलताको सोपान चढ्न नसकेको देखाईन्छ। कुमारी नै रहेर स्नाकोत्तर, एमफिल, विद्यावारिधिसम्म अध्ययन गर्न सक्छन् भन्नेकुरोलाई असम्भव देखाईन्छ। घरबाट धेरै टाढा। एउटा साहित्यिक कार्यक्रम। यसपालीको रौनक अलि बेग्लै। तीन मुलुकका स्रष्टाहरु जम्मा भएकाछन्। नयाँ धेरै, पूराना कम। मौसम मध्यम। जाडो पनि छैन, गर्मी पनि छैन। शीतल पवन चलिरहेछ। नजिकै पुष्पबाटिका। त्यसैको सुगन्धले साहित्यिक मन त्यसै साहित्यिक भएकोछ। एउटा लजको ठूलै हलमा जम्मा भएका छन्, स्रष्टाहरु। युवकहरु छन्। युवतीहरु छन्।गजलमय वातावरण। शेरहरु सदुपयोग भएकाछन्। मायाप्रेमका चास्नीमा डुबेका रसदार मिसरा-ए-उला र मिसरा-ए-सानी। एउटी युवतीको बलरामको नजिक आउँछिन्। य...

यो कस्तो सम्झौता ! ( कथा: अन्तिम भाग)

Share उपमा अर्याल छाउनी, काठमाडौं हाल- मिनेसोटा, अमेरिका पहिलो भाग पढ्न यहा क्लिक गर्नु होस् । भाग २ पढ्न यहा क्लिक गर्नु होस् । एकाएक मेरो आँखा गाडीको ऐनामा च्याप्पिरहेको पहेंलो पातमा पुग्यो। त्यही पहेंलो पात जस्तै भएको छ मेरो जिन्दगी। न त त्यो त्यस्कै रुखमा फेरी गई अरु धेरै पातैपातहरुसँग आफ्ना मनका कुरा सुसेल्न नै सक्छ न त स्वत्रन्त्र रुपले जमिनमा नै खस्न सक्छ। समय र परिस्थितीले हरक्षण त्यही पहेंलो पात जस्तै भएकी छु मेरो मुटु नै ढक्क फुले जस्तो, कता-कता डर लागे जस्तो भयो। म सँग विवाह गर्न राजी छु, म मन पर्‍यो भनेर उचाल्यो पहिला अनी अहिले एकाएक भइमा थेचारिदियो। "ल ठीक छ, तिमी सोच-बिचार गर अनी भोली बेलुका मलाई कल गर। म तिम्रो फोनको प्रतिक्षामा हुने छु।"- उस्ले कती सजिलै भन्यो। हुन त निर्णय मेरै हातमा थियो तर म कस्तो अन्योलमा परे कि न कसैलाई यि कुराहरु भन्न नै सक्छु न त कसैसँग राय सल्लाह माग्न नै। दाई पनि आइ सक्नुभएछ। हामी घर फर्केउँ। बाटोमा नै दाईले सोध्नु भएको थियो - " के भयो भनेर" । "उस्को तर्फबाट चाँही "OK " भनेको छ, मेरो बिचार सोधेको छ । घर सल्ल...

यो कस्तो सम्झौता ! (कथा भाग २)

Share उपमा अर्याल छाउनी, काठमाडौं हाल- मिनेसोटा, अमेरिका पहिलो भाग पढ्न यहा क्लिक गर्नु होस् । मेरो मुटु नै ढक्क फुले जस्तो, कता-कता डर लागे जस्तो भयो। म सँग विवाह गर्न राजी छु, म मन पर्यो भनेर पहिला उचाल्यो अनी अहिले एकाएक भइमा थेचारिदियो। दोश्रो भाग: फोनमा कुरा गरे। उही केटाले भेट्न बोलाएको छ आजै। मनमा दश थरी कुरा खेलिरहे पनि हतार हतर दाईसँग उस्ले बोलएकै ठाउँमा गए। उ त एक्लै आएको रहेछ। दाईलाई पनि म सँग एकछिन कुरा गर्छु भनेर एक घण्टामा यही ठाउँमा आउन आग्रह गर्योल। "नानु, दिउँसो तिम्रो परिवारसँगको छोटो बसाइ रमाइलो भएको थियो।"- उस्ले यसरी कुरा सुरु गर्योल। घरमा मलाई सबैले नानु भन्ने भएकाले उस्ले पनि नानुबाट नै सम्बोधन गर्योल मलाई। म केही पनी बोलिन। उ नै बोल्दै गयो। "म त बिदेशबाट आएको। विवाह गरेपछी पनि परिवारलाई उतै नै लिएर जाने मेरो सोच छ। मलाई तिम्रो बारेमा सबै कुरा चित्त बुझेको छ। यदी तिमीलाई पनि म मन परेको छु भने कुरा अगाडि बढाउन सकिन्छ। के छ तिम्रो बिचार भनी उल्टो मलाई प्रश्न तेर्सायो।" कस्तो अफ्ठ्यारो परिस्थिती आइ पर्यो् मलाई। के भनु के नभनु होश नै भएन। जीवनमा प...

यो कस्तो सम्झौता ! (कथा भाग १ )

Share उपमा अर्याल छाउनी, काठमाडौं हाल- मिनेसोटा, अमेरिका फरी आज म अर्को पुरुषको अगाडि उभिएकी थिए ता कि उस्ले मलाई हेरोस, मन परावोस अनी म सँग विवाह गर्न राजी होस् भनेर। होचो हुनु र कालो बर्णको हुनु जो बाध्यता छ मेरो। किन बुज्दैन होला यि केटाहरु जो कोही केटी पनि हेर्दै " यो राम्री छ, यो यस्ती छ, यो उस्ती छ " भन्दै मुल्यङ्कन गर्दै छोड्दा त्यो केटीलाई के असर पर्छ भनेर। के त्यनिहरु मनमा अलिकती पनि अफ्ट्यारो पैदा हुँदैन होला मैले दस थरी केटी हेर्दै-छोड्दै गर्दा अनी राम्रो-नराम्रो भन्दै हिड्दा उनिहरुको स्वाभिमानमा कत्तिको ठेश पुग्छ भनेर। किन फोटो हेरेपछी नै "हुँदैन यो केटी त" भन्न सक्दैन्नन? (कथा तथा कथाका पात्रहरु काल्पनिक हुन। कसैको व्यक्तिगत जीवन र आचरणमा मेल खाएमा संयोग मात्र हुनेछ। फेरी म श्रिङ्गरिनु पर्ने भयो आज। कत्ती मन पर्दैन्न मलाई दश थरी चिज आफ्नो अनुहारमा पोतर्न्न। मन नपरे पनि गर्न त पारी हाल्यो नि। आफुले आफुलाई जतिसुकै सुन्दर देखाउने प्रयास गरे पनी अरुहरुको नजरमा म कहिल्यै राम्री देखिन। हुन त आफुलाई आफु नै नराम्रो त कस्लाई पो लग्ला र। जती सुकै कुरुप भएपनी मन...

कथाः सम्झौता

सुमन बगाले। आँबु खैरेनी तनहुँ। सबै सम्बन्ध विवाह मा नै समाप्त हुनुपर्छ भन्ने छैन। के एक नारी र एक पुरुष साथी हुदैमा विवाह नै हुनुपर्छ र? विगतमा तिम्रो मेरो सम्बन्ध जे जस्तो भयपनि त्यो सबै वितिसके। त्यसलाइ भुल्न नसकेतापनि जीवनको एक अविस्मरणिय क्षणको रुपमा लिन सक्छौ। यो कस्तो समय आयो आज, यो चन्द्रमानै झरेर थिचेजस्तो गरि यो शरीर दुखेको छ। यो सूर्य नै फुटेजस्तो गरि मन पोलेको छ तैपनि सामाजिक नैतिकतामा अल्झेर पूर्णिमाको जुन बन्नु परेको छ। समय नै यस्तै रहेछ। मनभरि सपना बुनेपनि यो पापी समयले लथालिङ्ग पारिदिन्छ जुन सपना वास्तविकता भन्दा एक सेकेन्डपनि अगाडि जान सक्दैन। मानेकी त थिइन रे गीतापनि तर के गर्ने परदेशीको के भर हुन्छ रेली मै गीत जस्तै बहकिने परेदेशीनेहरुको बेदना कसले बुझिदिने? कसैको मिलनले कसैको ह्दयको तार छिन्छ भन्ने ख्यालै नगरि गीता लाइ शम्भु दाइको हातमा दिएछन्। अहिले एकदम खुशी छिन रे। हुनपनि पर्यो नि त्यो निश्ठुरी परदेशीलाइ श्राप नै लाग्दो हो, घरपछाडी करेसामा बाबा आमाको आखा छलेर लुकी लुकी तस्विर हेर्न बाध्य बनाउने मोरा, जिन्दगी भरिलाइ चोट परिजाओस। कसले बुझनदिने प्रतिक्षाको घडी कति ...

दण्डहिनता कहिले सम्म? - भाग ३:

उपमा अर्याल छाउनी, काठमाडौं हाल- मिनेसोटा, अमेरिका भाग १ पढ्न यहा क्लिक गर्नुहोला भाग २ पढ्न यहा क्लिक गर्नुहोला समय आफ्नै बेगमा दौडी रहेको थियो। दाईहरुको केही अत्तोपत्तो थिएन। आश नै मारौ भने पनि लाश नै देखेको छैन,कसरी काजकृया गर्ने। यता फरी आमा बुवा सुनिताको भबिस्य प्रती चिन्तित हुनुहुन्थियो। विवाह गर्ने उमेर पुगिसकेकी छोरी, त्यही माथि पत्रकार, भनेजस्तो केटा पाउन गाह्रो हुन्छ कि भन्नुहुन्थियो आमा। उस्ले पनि "जब सम्म दाईहरु अत्तोपत्तो लाग्दैन तब सम्मा म विवाह गर्दिन" भन्दिएकी थिइ। झन दुखी हुनु भएको थियो उँहाहरु। अब त उस्को जीवनको लक्ष्य नै दाईहरुको खोजी गर्ने भई सकेको छ। प्रशासन र आयोगहरुका राजनैतीक ओठे प्रतिबद्धता अब उस्लाई विश्वाश लाग्न छाडी सकेका छन। आफ्ना मागहरु पुरा गर्न, प्रशासन र आयोगहरुलाई घच्चघचाउन, देशबाट दण्डहिनताको अन्त्य गर्न अब यस्ता पीडित परिवारहरुको एउटा समुह नै बनाएर आन्दोलनमा उत्रिने बिचार गरेकी छ उस्ले। सबै तिरबाट यस्ता साथीभाईहरुको समुह बनाउन खोज्दै थिइ तर हामी कहाँ खटेर काम गर्ने भन्दा पनि अरुलाई पनि काम गर्न नदिने प्रवृत्तिले नै उस्लाई कती चोटि पछारी ...

दण्डहिनता कहिले सम्म? - भाग २:

उपमा अर्याल छाउनी, काठमाडौं हाल- मिनेसोटा, अमेरिका भाग १ पढ्न यहा क्लिक गर्नुहोला अर्को दिन पनि पुगेकी थिइ त्यहाँ उ तर त्यहाँका केही दानब रुपी मान्छेहरुले उल्टो उसलाई बन्दुक देखाएर "अब आइन्दा यस क्षेत्रमा तँ "पत्रकार" आइस भने तेरा दाईहरु त बाँकी हुँदैनन हुँदैनन, तँलाई पनि बाँकी छोड्दैनौ" भनेर तर्साए। तीन गनिन्जेलमा उसलाई त्यहाँबाट भाग्न भने र कहिल्यै त्यिनिहरुको सामु देखा नपर्ने आदेश पनि दिए। ठुलो दाईको अत्तोपत्तो थिएन। कान्छा दाई मात्र देखिनु भएको थियो त्यो दिन पनि। दाईको आँखामा पुलुक्क हेरेकी थिइ त्यतीखेर सुनिताले। हजार कुरा भन्न खोजेका थिए ति निर्दोश आँखाहरुले। त्यही आँखाको सन्कोले पनि उस्लाई भाग्न अह्रायो। यही नै गरेकी थिइ उस्ले त्यती बेला। अहिले ५ बर्ष पूरा भयो उस्का दाईहरु बेपत्ता भएका, दश बर्ष सम्मा द्रोन्द गरेका त्यही पक्षहरुले नै आहिले देश हाँकेका छन तर उ जस्ता लाखौं लाख नेपाली बेपत्ता जनताका परिवारहरुले न त उनिहरुका लाश नै पाएका छन न त सास नै। तै पनि आश मार्न सकेका छैनन त्यस्ता पीडित परिवारहरुले। दुई जना आफ्ना सन्तान आफ्नै सामु बेपत्ता बनाएपछी सुनितका ब...

"दण्डहिनता कहिले सम्म?"

उपमा अर्याल छाउनी, काठमाडौं हाल- मिनेसोटा, अमेरिका (कथा तथा कथाका पात्रहरु काल्पनिक हुन कसैको व्यक्तिगत जीवन र आचरणमा मेल खाएमा संयोग मात्र हुनेछ।) ९ बजेको समाचारबाट सुनिताको नमस्कार! आजको प्रमुख समाचारहरुमा- राज्यमा भएको दण्डहिनता अन्त्यको लागि सरकारले अपराध अनुसार कानुन तर्जुमा गर्ने प्रतिबध्त्ता ब्यक्त र तिर्थ यात्री बोकेर जादै गरेको सवारी दुरघटनाबाट ५ को घटना स्थलमै मृत्युज ! अब सुन्नुहोस् पुरा समाचार………. off air भएपछी सुनिताको रिसको ज्वाला आज पनी बिस्फोर्ट हुने भनेर सबै जना मुखामुख गरी रहेका थिए। समाचार सिध्दिना साथ आज त उ कसैसँग केही नबोली आफ्नो बाटो लागि। अचम्म माने सबै कर्मचारीहरुले सुनिताको आजको चाला देखेर। नत्र भने उ सधैं समाचार वाचन गरिसकेपछी रिसको आगो हुन्थी, जहीले पनि उही हत्या, हिसाँ अनी मृत्‍यु कै मात्र समाचार हुन्छ हाम्रो देशमा। जहिले नि मूड नै off हुन्छ समाचार वाचन गरेपछी भन्थी। तर आज त अचम्म भयो। सुनिता, पेशाले उ RJ हो। समसमायीक कार्यक्रमहरु चलाऊनुका साथै समाचार वाचन पनि गर्छे उ। पत्रकारितामा पनि उस्को चाख छ। आफ्नो चाख पुरा गर्छे, बेलाबेला पत्र-पत्रीकाहरुमा आफ्ना...

सपना !!‏

चकेन्द्र राई”कैदी” हाल :- दोहा, कतार सपना, यथेष्ट पिल्सिएको आत्माको सुगन्दित र आकर्शक सपनाबाट मुरी मुरी सादुवाद ! ! आज मलाई यति असजिलो भइरहेको छ, सायद यत्तिको अफ्ठ्यारो त सर्वप्रथम सगरमाथा चढ्नलाई तेन्जिङ र एड्मण्डलाई पनि भएको थिएन होला । उनीहरुलाई त थाहा थियो सगरमाथाको चुचुरोमा पुग्नलाई सबैभन्दा पहिलो पाइला सगरमाथाको फेदिमा नै राख्नु पर्छ भनेर । तर मलाई आज यो पत्र कसरी शुरु र अन्त्य गर्ने भन्ने अस्पष्ट भएकोले होला यति अफ्ठ्यारो लागिरहेको छ । आज तिमी प्यारी सपना, प्राण प्यारी सपना, अर्धाङ्गिनी सपना जस्ता सबै आफनत्वको शव्दहरुबाट पर तिमी संवोधान विहिन भएकी छौ । जिन्दगी दुई दिनकै भए पनि अनेकौं समस्याहरुसँग लड्दै मुकाविला गर्दै जीउनु पर्दो रहेछ । थुप्रै थुप्रै दुख: सुखका अनुभवहरु संगाल्नु पर्दोरहेछ । सायद त्यसैले भन्ने गर्छन् – जीन्दगी अनुभव हो , भोगाइहरुको सम्पूर्णता हो ......। तर विछोडको पिडाहरु भने जीवनको अनौठो व्यथा भएर सधै वल्झिदिंदो रहेछ । हरपल चिमट्दो रहेछ, रातदिन आँशुको सागरमा डुव्दै वेदनाको ज्वालामा जल्नु पर्दो रहेछ । अनि मिठो मिठो कल्पनामा हराउदै सपना भित्रको विपनामा आफ्नो भवि...

झरी परिरहन्छ (अन्तिम भाग)

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका पहिलो भाग दोश्रो भाग तेश्रो भाग वास्तवमा अव म क्रसरोडमा उभिएकोथिँए। अनिर्णयको बन्दी बनेको थिँए। एकातिर मसंग नैनकलासंगको अतित थियो भने अर्कोतिर मेदिनीप्रसाद काकाले मलाई लगाउनु भएको अतुलनीय गुण र मेघाको म प्रतिको श्रद्धामिश्रित, निश्चल माया। कहिले सोच्थें, सायद नैनकलाले मलाई बिर्सि सकिहोलिन्। समयले र भौतिक दूरीले उनलाई म बाट पर पुर्याईसक्यो होला। तर अर्को मनले मान्दैनथ्यो। लाग्थ्यो, नैनकला मलाई अझै पर्खिरहेकी होलिन्। म गएको बाटोतिर एकोहोरो हेरेर बसेकीहोलिन्। भित्तामा हामीले लेखेका नामहरु नमेटिऊन् भनेर अझै खरीढुङ्गाले अझै थप्दैहोलिन्।मैले अनायास नैनकलाले पठाएका पत्रहरु एकचोटी फेरि सबै पढेको थिंए। पत्रहरु पढिसकेपछि नैककला प्रतिको मेरो भावना प्रबल भएर आएको थियो। उनलाई एक पटक जसरी पनि भेट्ने निर्णय गरेको थिँए। मैले एकाएक नेपाल जाने निर्णय गर्दा काकाकाकीहरु छक्क पर्नु भएकोथियो। मेघा पनि छक्क परेकिथिइन्। तर उँहाहरुले थप केही सोध्नु भएन। गाँउबाट बिश्थापित मेरा बाबु-आमासंग काठमाण्डौमै भेट भएको थियो। आठ-नौ बर्ष भइसकेकोथियो म अमेरिका गए...