ShareThis

Showing newest posts with label कथा. Show older posts
Showing newest posts with label कथा. Show older posts

Oct 20, 2009

दण्डहिनता कहिले सम्म? - भाग ३:

उपमा अर्याल
छाउनी, काठमाडौं
हाल- मिनेसोटा, अमेरिका


भाग १ पढ्न यहा क्लिक गर्नुहोला
भाग २ पढ्न यहा क्लिक गर्नुहोला
समय आफ्नै बेगमा दौडी रहेको थियो। दाईहरुको केही अत्तोपत्तो थिएन। आश नै मारौ भने पनि लाश नै देखेको छैन,कसरी काजकृया गर्ने। यता फरी आमा बुवा सुनिताको भबिस्य प्रती चिन्तित हुनुहुन्थियो। विवाह गर्ने उमेर पुगिसकेकी छोरी, त्यही माथि पत्रकार, भनेजस्तो केटा पाउन गाह्रो हुन्छ कि भन्नुहुन्थियो आमा। उस्ले पनि "जब सम्म दाईहरु अत्तोपत्तो लाग्दैन तब सम्मा म विवाह गर्दिन" भन्दिएकी थिइ। झन दुखी हुनु भएको थियो उँहाहरु।
अब त उस्को जीवनको लक्ष्य नै दाईहरुको खोजी गर्ने भई सकेको छ। प्रशासन र आयोगहरुका राजनैतीक ओठे प्रतिबद्धता अब उस्लाई विश्वाश लाग्न छाडी सकेका छन। आफ्ना मागहरु पुरा गर्न, प्रशासन र आयोगहरुलाई घच्चघचाउन, देशबाट दण्डहिनताको अन्त्य गर्न अब यस्ता पीडित परिवारहरुको एउटा समुह नै बनाएर आन्दोलनमा उत्रिने बिचार गरेकी छ उस्ले। सबै तिरबाट यस्ता साथीभाईहरुको समुह बनाउन खोज्दै थिइ तर हामी कहाँ खटेर काम गर्ने भन्दा पनि अरुलाई पनि काम गर्न नदिने प्रवृत्तिले नै उस्लाई कती चोटि पछारी रहेको थियो। तर हिम्मत हारिन उस्ले। "थोपा थोपा पानीले समुन्द्र बन्दछ" भने जस्तै अहिले बेपत्ता व्यक्तिको तर्फबाट पिडित परिवारका सदस्यहरु राष्ट्रिय स्तरबाट नै आएका छन। सबै जनाको एउटै बोली थियो- हाम्रो बेपत्ता व्यक्तिहरुको कि त लाश चहियो कि त सास। दण्डहिनताको अन्त्य हुनु पर्छ। देशका ठुलो ओहदामा बसेका
ब्यक्तिहरु हरेक छलफलमा सकारत्मक जवाफ दिन्छन तर कार्यवायन चाँही कहिलै गर्दैन। त्यसै हुनाले राज्य आँफैले पनि दण्डहिनतालाई प्रत्सोहन गरिरहेको आभस भइरहेको छ सबै जनताहरुलाई। आखिर किन त ? यस्तो अवस्थामा पीडित पक्षहरु आक्रोशित हुनु स्वाभाबिक नै हो। नियम भित्र रहेर आफ्नो सार्बभौमिकता अभ्यास गर्न पाउनु हरेक जनताको अधिकार हो । त्यो अधिकार राज्यले जनताहरुलाई दिन नै खोज्दैन, किन? के जनताको सुरक्षाको लागि हाम्रो सरकारले अपराध अनुसार कानुन तर्जुमा गर्न सक्दिन्न, आखिर किन ?
यो ५ बर्षमा कती चाडबाड आए गए, न त ति चाडबाडहरुले कुनै हर्स उल्लसको रौनकता नै भित्रायो उस्को घरमा न त कुनै उमङ्ग नै। यसै आउथें, जन्थें ति चाडहरु। तर हरेक सालको तिहार आउँदा त सुनिताको मन साह्रै नै रुन्थियो। यसपाली पनि त्यो आँशुको भेल खहरे खोला झै बर्सिने पक्क थियो। अफिस तिर जाने तर्खर गर्दै थिइ आज बिहान उ मोबाइल को घन्टी बज्यो। मोबाइल हेरी उस्ले तर नाम नै आएको थिएन। हत्तपत्त उठाइ। उताको कुरा सुनेर उसको बोली नै फुटेन। उस्ले यो कुरा त सोचेकी पनि थिइन की आफ्नो चाहना अनुसार, आफ्नो रहर पुरा गर्ने नाममा उस्ले उस्कै दाईहरुको ज्यान खतरामा मोलिदिएकी रहिछ। उ पत्रकार भएको कारण नै उस्का दाईहरु उस्को सामुबाट खोसिएका रहेछन, त्यतिबेला भूमिगत भएका दलबाट। अझ फोनमा आवाज आहिरहेको थियो कि अझ उ बेपत्ता व्यत्तिहरुको खोजीमा सकृया रुपमा लागि परेमा वा त कुनै त्यस्ता सम्बन्धी लेख रचना प्रकाशित गरेमा उस्लाई पनि यस संसार बाट बिदा गरिदिने धम्की दिएर फोन रखिदियो। आज भाईटिकाको दिन नै उस्ले यो के सुन्नु पर्योद। उ जो जहिले पनि आफ्नो दाजुभाईको सु-स्वास्थ अनी दिर्गायुको कामना गर्छे, उसैले नै गर्दा उस्का दाईहरु पीडित हुनु परेको हो त? यही कुराले मन गरुङ्गो पार्दै आजको समाचार वचन गरेकी थिइ उस्ले अनी कसैसँग पनि केही नबोली सरासर आफ्नो अफिस कोठा तिर लगेकी थिइ। सुनिताको मन छट्पटी रहेको छ। के गर्दा बेश होला, के नगर्दा ठीक होला छुटाउन सकेकी छैन उस्ले। आफ्नो बाँच्न पाउने अधिकार पनि उस्ले अरुको ईशारामा प्रयोग भएको महसुस गर्दै छे।
के यही नै हो त मानब अधिकारको सुनिश्चितता? दाईहरुको बिछोडबाट बुवा आमा मरेतुल्य हुनुहुन्छ नै, यदी उस्लाई पनि केही भयो भने उँहाहरुले के गर्नुहुन्छ। ५ बर्ष अगाडिको द्रोन्द्रले अनेक थरीका पिडाहरु दिएका छन उँहाहरुलाई, मानसिक स्थिती झन कम्जोर भइरहेको छ। यस्तो परिस्थितीमा अब फरी अर्को एउटा उमा सिंह पनि थपिएमा के हुन्छ होला यो देशको गती? केहि गर्छु भन्ने सुनिता जस्तालाई गर्ने बातबरण छैन, केहि गर्न नसक्नेलाई उचित बाटो देखाउनु भन्दा ति नै जनताहरुबाट समाजमा अलिकति टाठाबाठा भै टोपलेका व्यक्तिहरुले समाजमा उदण्ड मच्याउने मनसायले जातिय, धार्मिक अनी यस्तै यस्तै आपराधिक समुहमा हुलेर आफ्नो स्वार्थ पुरा गरि आफु भव्य जीवन जिइरहेक छन। सभ्यताले भन्दा किन बडी प्राथमिकता पाइरहेको छ भव्यताले आजभोलि? "खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ" भने जस्तै जे जस्तो परिस्थिती आए पनी आफ्नो ज्यानको बाजी लगाएर दण्डहिनता जस्तो जघन्य प्रकृतिका अपराधीलाई नयाँ बन्ने संविधानमा मृत्युदण्डको प्रावधान हुनुपर्छ भने नारा अगाडि सर्ने अठोट लिइ उस्ले। देशका ठुलाबडाहरुले कानुनको शासनलाई नमाने सम्म, देश र जनता भन्दा आफु ठुलो भएको घमण्ड राजनितिक पार्टिहरुले ब्याबहार मै नत्यागे सम्म र कुरामा मात्रै सहमतिको राजनिति गर्ने प्रबृतिको अन्त्य नभएसम्म राष्ट्र र जनता झन झन दलदल भित्र फस्दै जाने निश्चित छ। त्यस्तै गन्तब्यहिन बाटो हिडेको हाम्रो सरकारले मानवीय कल्याणका लागि उठेका सुनिता जस्ताका पाइलाहरु साँच्चिकै कहिले देखी प्रशंसा गरी, देशमा दण्डहिनता अन्त्य गर्न निश्पक्ष रुपमा त्यस्ता अपराधहरुको अनुसन्धान गर्ने? त्यसैले आउनुहोश सरकारबाट केही आशा नराखी फरी अर्को पत्रकारको हत्य हुन नदिन, दण्डहिनताको अन्त्य गर्न सबै जना जागौ, अबेर भैसक्यो !

~अस्तु~
[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Read more...

Sep 11, 2009

दण्डहिनता कहिले सम्म? - भाग २:


उपमा अर्याल
छाउनी, काठमाडौं
हाल- मिनेसोटा, अमेरिका

भाग १ पढ्न यहा क्लिक गर्नुहोला
अर्को दिन पनि पुगेकी थिइ त्यहाँ उ तर त्यहाँका केही दानब रुपी मान्छेहरुले उल्टो उसलाई बन्दुक देखाएर "अब आइन्दा यस क्षेत्रमा तँ "पत्रकार" आइस भने तेरा दाईहरु त बाँकी हुँदैनन हुँदैनन, तँलाई पनि बाँकी छोड्दैनौ" भनेर तर्साए। तीन गनिन्जेलमा उसलाई त्यहाँबाट भाग्न भने र कहिल्यै त्यिनिहरुको सामु देखा नपर्ने आदेश पनि दिए। ठुलो दाईको अत्तोपत्तो थिएन। कान्छा दाई मात्र देखिनु भएको थियो त्यो दिन पनि। दाईको आँखामा पुलुक्क हेरेकी थिइ त्यतीखेर सुनिताले। हजार कुरा भन्न खोजेका थिए ति निर्दोश आँखाहरुले। त्यही आँखाको सन्कोले पनि उस्लाई भाग्न अह्रायो। यही नै गरेकी थिइ उस्ले त्यती बेला। अहिले ५ बर्ष पूरा भयो उस्का दाईहरु बेपत्ता भएका, दश बर्ष सम्मा द्रोन्द गरेका त्यही पक्षहरुले नै आहिले देश हाँकेका छन तर उ जस्ता लाखौं लाख नेपाली बेपत्ता जनताका परिवारहरुले न त उनिहरुका लाश नै पाएका छन न त सास नै। तै पनि आश मार्न सकेका छैनन त्यस्ता पीडित परिवारहरुले।

दुई जना आफ्ना सन्तान आफ्नै सामु बेपत्ता बनाएपछी सुनितका बाबुआमा र उस्का सारा परिवारको अहिलेको चिनारी नै " बेपत्ता व्यक्तिको तर्फबाट पिडित परिवार" भनेर चिनिदै आएको छ। दाईहरु नभएपछी घरको सारा व्यवहार सुनिताको टाउकोमा परेको छ। बुवा आमा दाईहरुको नाम सुन्ना साथ आँशु बगाउन थाल्नु हुन्छ, ठुलो भाउजु पनि त्यस्तै। दाईहरुलाई लैजाँदा भाउजुको पेटमा दाईको निशानी हुर्किरहेको थियो। आहिले त उ साँढे चार बर्षको पनि भई सक्यो। मानिसले आफ्नो जिम्मेवारी गहनता र इमान्दारीका साथ निर्वाह गरेको खण्डमा उस्ले आँटेका काम कुराहरु पुरा हुन्छन - भनेर एकदिन दाईले उस्लाई आफ्नो लक्ष्य सम्म पुग्न यसरी हौसाउनु भएको थियो। यही जिम्मेवारी र इमान्दारी नै उस्ले उस्का दाईहरु खोज्न प्रयोग गरेकी थिइ तर जति सजिलो बोल्नलाई हुन्छ, त्यसको तीन गुणा ज्यादा मुस्किल गरेर देखाउन हुँदो रहेछ अहिलेको समयमा। कती ठाउँमा उजुरी हाली उस्ले कतैबाट केही भएन। उजुरी हालेको ६० दिन भित्र अपराधीहरुलाई सार्बनिक गर्नुपर्छ भन्छन हाम्रा प्रशासन अनी मानब अधिकारका आयोगहरु तर त्यो ६० दिन कती बर्ष पछी आउने हो त्यो कसैलाई पनि थाहा छैन। पीडित परिवारलाई सहयोग गर्न भनी लाखौंको संख्यामा खोलिएका यस्ता आयोगहरु पनि आफ्नो स्वार्थ पुर्तीका लागि मात्र खोलिएका रहेछन। के त्यस्ता आयोगहरुले आफ्नो लक्ष्य पुरा गर्न सकेका छन होला त? समाजमा अलिकति टाठाबाठा भै टोपलेका व्यक्तिहरुले नै कानुनलाई निक्कम्मा बनाएर हर प्रशासन, हर आयोगहरुलाई राजनैतीक बिषयबस्तुको चट्पट बनाउँछन।आफ्नो फाईदामा छ केही भने राता राता निर्णय लिन पनि पछी पर्दैन्न। थाकी सकेकी छ उ हर ठाउँ, हर समय हरेक चिज राजनीतिकरण हुँदा। "जुन जोगी आए पनी कानै चिरेका" भनेजस्तै जुन पक्षबाट जो सुकै सत्तामा पुगे पनी आफ्नै भुँडी भर्न मात्र खोज्छन, आखिर किन? किन बुज्दैनन हाम्रा देशका ठुलाबडाहरुले यो एउट व्यक्ती बिशेषको समस्या होइन यो त सारा नेपालीहरुको समस्या हो भनेर। किन प्रशासन र आयोगहरु स्वत्रन्त्र हुन सक्दैन। यस्तो परिस्थितीमा के उ सफल होली त उस्को दाईहरु पाउन।
परापूर्व काल देखी नै नेपाली इतिहास काण्ड नै काण्डले भरिएको छ। २००७ सालको काण्ड, २०१७ सालको काण्ड, २०४६ सालको काण्ड, गिरिजा शक्तिमा आउने काण्ड, मदन भण्डारी काण्ड, माओबादी काण्ड, नारायणहिटी काण्ड, गिरिजाले टनकपुर बेचेको काण्ड, ज्ञानेन्द्र हटाउने काण्ड, पारस-काण्ड, जातियता काण्ड, पशुपतिनाथ-काण्ड, सिमाना काण्ड, उमा सिहँ काण्ड, ख्याती काण्ड आदी आदी। कतै यस इतिहासको पानामा सुनिताको पनि नाम कोरिन्छ कि भनेर उस्को आमा आत्तिन थाल्नुभएको छ, आफुलाई धिकार्न थाल्नुभएको छ किन मैले छोरीलाई पत्रकार बनाएँ भनेर। बुवा आमाको अटेर गरी गरी सुनिताले दाईहरुको खोजी गर्न लगिपरेकी छ। राज्यले राज्य भएको आभाष जनतालाई दिन सकेको छैन। यो चरम अस्थिरता अनी दण्डहिनताको अन्योल नेपाली धर्तिबाट बिदा हुने कहिले? कहिले हुन्छ त यस्को अन्त्य। झन एक पछी अर्को गर्दै परिस्थिती नाजुक बन्दै गइरहेको छ। न त कसैसँग विश्वाश नै गर्न सकिन्छ न त मानबता दर्शाउन नै। मानबिय समबेदना छैन आजभोलिका मान्छेहरुमा, खाली मान्छेको खोल ओडेका मात्र छन। सुनिता जस्ता थुप्रै कर्मचारीहरु डर र त्रासमा आफ्नो जीवन बिताइ रहेका छन। के आन्नदले आफ्नो जीवन बच्ने अधिकार उनिहरुमा छैन? उस्ले विश्वाश लिएकी छ कि उस्ले दाईहरुको मात्र नभइ सारा बेपत्ताका तर्फबाट पीडित परिवारहरुको प्रतिनिधित्वो गरी यस्त बेपत्ता, हत्या, हिंसा, अपहरण र अरु कुनै अपराधहरु उन्मोलन गर्न टेवा पुराउने छे। दिन रात त्यसैमा लागि परेकी छ। तर आफ्नो दाईहरुको खोजी आफ्नो देशबाट केही नभएपछी अन्तरराष्ट्रिय अदालत पनि ढक्ढकाइ उस्ले। ९० दिनको समय दिएको थियो हाम्रो सर्वोच अदालतलाई, छानविन गरी दोशीलाई काठघरामा उभाउन तर टेर पुच्छर लगाएन। अब कता जाने के गर्ने, उ आँफै अन्योलमा परेकी छ।
क्रमश…


[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Read more...

Sep 7, 2009

"दण्डहिनता कहिले सम्म?"


उपमा अर्याल
छाउनी, काठमाडौं
हाल- मिनेसोटा, अमेरिका



(कथा तथा कथाका पात्रहरु काल्पनिक हुन कसैको व्यक्तिगत जीवन र आचरणमा मेल खाएमा संयोग मात्र हुनेछ।)


९ बजेको समाचारबाट सुनिताको नमस्कार! आजको प्रमुख समाचारहरुमा- राज्यमा भएको दण्डहिनता अन्त्यको लागि सरकारले अपराध अनुसार कानुन तर्जुमा गर्ने प्रतिबध्त्ता ब्यक्त र तिर्थ यात्री बोकेर जादै गरेको सवारी दुरघटनाबाट ५ को घटना स्थलमै मृत्युज !
अब सुन्नुहोस् पुरा समाचार……….

off air भएपछी सुनिताको रिसको ज्वाला आज पनी बिस्फोर्ट हुने भनेर सबै जना मुखामुख गरी रहेका थिए। समाचार सिध्दिना साथ आज त उ कसैसँग केही नबोली आफ्नो बाटो लागि। अचम्म माने सबै कर्मचारीहरुले सुनिताको आजको चाला देखेर। नत्र भने उ सधैं समाचार वाचन गरिसकेपछी रिसको आगो हुन्थी, जहीले पनि उही हत्या, हिसाँ अनी मृत्‍यु कै मात्र समाचार हुन्छ हाम्रो देशमा। जहिले नि मूड नै off हुन्छ समाचार वाचन गरेपछी भन्थी। तर आज त अचम्म भयो।


सुनिता, पेशाले उ RJ हो। समसमायीक कार्यक्रमहरु चलाऊनुका साथै समाचार वाचन पनि गर्छे उ। पत्रकारितामा पनि उस्को चाख छ। आफ्नो चाख पुरा गर्छे, बेलाबेला पत्र-पत्रीकाहरुमा आफ्ना रचनाहरु छापेर। उस्को मुल बिषयबस्तु नै हाम्रो देशमा भई रहेको दण्डहिनता सम्बन्धी हुन्छ प्राय। उस्ले चलाऊने प्राय कार्यक्रम पनि यसैसँग मिल्दो जुल्दो हुन्छ। जबसम्म हाम्रो देशमा दण्डहिनताले प्रसय पाइ नै रहन्छ, हाम्रो देशमा कानुनीले राज्यको उपहास हरेक स्तरबाट भैइ नै रहन्छ भन्ने उस्को मुल्याङ्कन छ। देशका ठुलाबडा भनाउदाहरु चाँही दश थरी नाटक रचेर मस्तले तमासा हेरिरहेका छन। चुनाव ताका नयाँ नेपाल बनाउने खुब प्रचार गरेपनी खै त्यो नयाँ नेपाल अहिले? क्षितिजमा अझैसम्म पनि देखिएको छैन नयाँ नेपालको झिल्को न त देखाएकै छ कुनै छाँटकाँट, ती ठुलाबडाहरुले देखएको त्यो सपनाले मुर्त रुप लिने। बेरोजगारिको समस्या अझ बडी नै रहेको छ। यस्तै यस्तै बिषयबस्तु हुन्थे उस्को कार्यक्रमहरुमा अनी लेखहरुमा। संचार माध्यम नै एउटा दरिलो माध्यम मानेकी छ उस्ले सारा जनतलाई जाकरुक गराउने अनी आफ्नो लक्ष्य सम्मा पुग्ने।

उस्को आमाको सपना थियो उस्लाई media line तिर लगाउने, जुन पुरा पनि भयो। तर नेपालको media line को के कुरा गर्ने ? न कुनै सुरक्षा छ न त कसैले पत्रकारितालाई इज्जतिलो दर्जाले हेर्छन नै। 'कुनै पनि क्षेत्रमा पुरुष सरह क्षमता प्रदर्शन गर्न एउटी नारीलाई चारगुणा बढी क्रियाशील हुनुपर्छ रे'। तै पनि उस्ले, एउटी नारिले हिम्मत नहारी सफलताको शिखर चुमि रहेकी छ। उस्को एउटा अटल शोभाव छ। कुनै पनि काम "ए मलाई त त्यो आउँदैन" भन्नु भन्दा, एक चोटि प्रयास गर्छु भन्न रुचाउँछे। आउँदैन- भनेर पन्छिनेहरुले त नयाँ कुरा सिक्ने अबसर नै गुमाउँछन नि होइन्न र भन्छे। हरेक कुरा सिक्न खोज्छे त्यसैले "आउँदैन" कहिले पनि भन्दिन उ। जुन कुरा सुरु गर्छे, सफल पनि हुन्छे।
पिताको आशिर्बाद, आमाको ममता, दाईहरुको हौसला थियो केही बर्ष पहिला सम्मा उस्को साथ ! त्यही आशिर्बाद, ममता, हौसला अनि साथीभाईहरुको शुभकामना पाएर नै सुनौलो सपना देख्न थालेकी थिइ उस्ले- एउटा सफल महिला पत्रकार अनी RJ हुने - आफ्नो जीवनको अन्तिम घडी सम्म पनि। ढकमक्क फुल्न खोजेका फुल जस्तै थिए उस्का सपनाहरु उस्का सारा परिवार एकै साथ् हुँदा। तर बिगत केही बर्ष पहिला देखी त्यो सपना फुलाउने धुनमा छैन उ। आफ्नो जिबिका धान्न्को लागि लगिपरेको छ आज उस्का सपनाहरु अहिले। २ जना दाईहरु बेपत्ता छन बिगत २ बर्ष देखी। कस्ले केका लागि लगेका हुन अहिले सम्म थाहा छैन। दाईहरुलाई लगेको २-३ दिनमा खोज्दै, भौतारिदै उ मेल्टरी क्याम्प सम्मा पुगेकी थिइ। कान्छा दाईलाई देखेकी थिइ त्यहाँ उस्ले। दाईको शरीर रगताम्य थियो। मरेतुल्य भएको थियो उस्को मन। "को होउ तिमीहरु ? किन यहाँ राखेका छै मेरा दाईहरुलाई ? "भनेर चिच्याउँदा कसैको पनि बोली फुटेको थिएन त्यतिबेला। दाईले पसलमा भएको पैसा सबै यिनिहरुले लिएका छन, करिब एकलाख जती थियो भन्नुभएको मात्र थियो समय सिध्दियो भनेर बाहिर निकालिदिए। अर्को दिन पनि पुगेकी थिइ त्यहाँ उ तर…
क्रमश...
भाग २ पढ्न यहा क्लिक गर्नुहोला

[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Read more...

Sep 4, 2009

सपना !!‏




चकेन्द्र राई”कैदी”
हाल :- दोहा, कतार



सपना,

यथेष्ट पिल्सिएको आत्माको सुगन्दित र आकर्शक सपनाबाट मुरी मुरी सादुवाद ! !

आज मलाई यति असजिलो भइरहेको छ, सायद यत्तिको अफ्ठ्यारो त सर्वप्रथम सगरमाथा चढ्नलाई तेन्जिङ र एड्मण्डलाई पनि भएको थिएन होला । उनीहरुलाई त थाहा थियो सगरमाथाको चुचुरोमा पुग्नलाई सबैभन्दा पहिलो पाइला सगरमाथाको फेदिमा नै राख्नु पर्छ भनेर । तर मलाई आज यो पत्र कसरी शुरु र अन्त्य गर्ने भन्ने अस्पष्ट भएकोले होला यति अफ्ठ्यारो लागिरहेको छ । आज तिमी प्यारी सपना, प्राण प्यारी सपना, अर्धाङ्गिनी सपना जस्ता सबै आफनत्वको शव्दहरुबाट पर तिमी संवोधान विहिन भएकी छौ

जिन्दगी दुई दिनकै भए पनि अनेकौं समस्याहरुसँग लड्दै मुकाविला गर्दै जीउनु पर्दो रहेछ । थुप्रै थुप्रै दुख: सुखका अनुभवहरु संगाल्नु पर्दोरहेछ । सायद त्यसैले भन्ने गर्छन् – जीन्दगी अनुभव हो , भोगाइहरुको सम्पूर्णता हो ......।

तर विछोडको पिडाहरु भने जीवनको अनौठो व्यथा भएर सधै वल्झिदिंदो रहेछ । हरपल चिमट्दो रहेछ, रातदिन आँशुको सागरमा डुव्दै वेदनाको ज्वालामा जल्नु पर्दो रहेछ । अनि मिठो मिठो कल्पनामा हराउदै सपना भित्रको विपनामा आफ्नो भविष्यलाई चियाउनु पर्दो रहेछ । म अलिकति साहस वटुलेर तिनै भोगाइहरुलाई गम्भिर भएर सोंच्छु……… ? जताततै अन्धकार नै अन्धकारले छाउन थाल्छ । आफू बाँचिरहन पनि घृणा लाग्छ । यस्तो लाग्छ यो मतलवी संसारबाट सधै सधैको लागि विदा लिऊ , तर मर्न झनै ठूलो साहस चाहिंदो रहेछ । सायद आफूमात्र भएको भए .... ! आजपनि मेरो मनमा ताजै छ, म सानै छदा ममीले भन्नुभएको कुरा, उहाँले भन्नु भएको थियो “ छोरा भनेको आशाको लौरी हो, जो अभावको दुवाली छेक्न सकिने दुख:को उकालोमा टेक्न सकिने ” निश्चय नै मेरो वुढा आमा, वावाहरुले आशाका पहाडहरु विश्वासका हिमालहरु चुलाएर प्रतिक्षा गरिरहनुभएको छ । अर्कोतिर निर्दोष कलकलाउदी प्यारी नावालिका छोरी “श्रृजना” यति बेला मैले मेरो भावनालाई भन्दा कर्तव्यलाई नै अगाल्नु परेको छ ।

सपना ! आज तिमीसँगैको स्वर्णिम बर्षहरुको अविस्मरणिय अतितको सारांश लेख्ने प्रयास गर्ने छु । तिमिले दिएको अनुपम उपहारहरु सकेसम्म सम्झेर सम्ट्ने प्रयास गर्ने छु । तिमी मेरो जीवनमा विपना भएर आयौ, सपना भएर विलायौ । साँच्चिनै भनौ भने विश्वको सबैभन्दा वियोगान्त मानिने “इडिपस” भन्दापनि वियोगान्त छ तिमीले दिएका उपहारहरु ….। इडपसले त आफ्नो वियोग खप्न नसकेर आत्महत्या गर्छ । म त कांतर छु, त्यसैले आत्महत्या गर्ने दुस्साहस पनि गरिन । तिमी त चाहन्छौ इडपस जस्तै आत्महत्या गरोस भनेर । म तिम्रोलागि यो दुनियाँमा बाँच्नु हुँदैन यहि चाहना तिम्रो होइन त ? जसरी विरेन श्रेष्ठले क्रुरताको सबै सिमा काटेर ख्याति श्रेष्ठको विभत्स हत्या ग-यो । त्यसरी नै तिमीलेपनि मेरो निर्मम हत्या गर्न चाहन्थ्यौ । भनिन्छ – दुश्मन लागेर केही हुँदैन भगवान नलागुन । यस्तै भयो मेरो साथमा पनि, तिम्रो लाख लाख प्रयास अन्तत: असफल नै रह्यो । म आज तिम्रो वहिनी र ज्वाइलाई हार्दिक कृतज्ञता प्रकट गर्दछु । जसले मलाई बचाएर रातारात काठमाण्डौ फर्काएका थिए ।

सपना ! एक दशक वितेछ हामी श्रीमान,श्रीमती भएकोपनि । आज त्यो हाम्रोबीचमा केवल याद मात्रै बाँकी छ । हामी नदिका दुई किनार भयौ जो समानान्तर छन् । तर आपसमा कहिल्यै भेटिने छैनन् ......... ! भनिन्छ – सुखका समयहरु छोटो हुन्छन् । थाहै नपाई १० बर्ष बितेछ, हाम्रो त्यो १० बर्ष यति रमाइलोसँग बित्यो कि – कहिल्यै हाम्रो नमिटो बचनसम्म भएन । प्रेम विवाह असफल हुन्छ भन्नेहरुकोलागि हामी गतिलो जवाफ जिउँदो उदाहरण थियौ । हाम्रो मेलमिलाप देखेर सबै छक्क पर्थे । हाम्रो “परेवा प्रिती” रे । हुन पनि यो लामो समयसम्म एक रात दुई खाटमा सुतेनौ हामी , हामी आफै आफै दंग थियौं । मायाको , विश्वासको कुनै सिमा थिएन । मलाई यस्तो लाग्थ्यो – कलियुगकी सत्यवती सावित्रा मेरी प्राणप्यारी सपना नै हुन । तपाँइहरुले कुनै न कुनै दिन देख्नुभएको होला कसैले कसैको लास जलाउदै गरेको ………… । तर म आफ्नै लास जलाउदै छु । आफू जल्दै गरेको मुकदर्शक भएर हेरिरहेको छु । नचाहेर पनि तिमीसँग टाढा भएर बस्न वाध्य भएको छु । मेरो दुनियाँ अन्टार्कटिका महादेश जस्तै अन्धकार भएको छ । त्यहाँ त ६ महिनापछि उज्यालोको आशा गर्न सकिन्छ तर म ....... !

मैले जीन्दगी दुखमा जिउन तिमीसँगै सिकें । कुनै दिन एकरोटी आधा आधा खाएर एकले अर्काको मुख हेर्दै आन्नद र सन्तोषले पनि निदाएका थियौं । जाडो याममा माकुरीको जाल जस्तै पछ्यौरा ओढेर पनि रात काटेका थियौ । आजपनि सपनीहरुमा तिमी मेरो अंगालोमा नै हुन्छौ………….!! तर यथार्थमा तिमी त मेरो सिंगो आकाशगंगा भन्दापनि पर छौ । यस्तै असजिलो जीन्दगीको गोरेटोहरुमा हिंड्दै गर्दा हाम्रो सन्तानको रुपमा छोरीले जन्म लिइन् । उनको नाम “श्रृजना” जो तिम्रो र मेरो मायाको अमूल्य श्रृजना थियो । फेरि हाम्रो खुशीको अर्को सगरमाथा थपियो । छोरी वढ्दै गइन र स्कुलमा पनि भर्ना गर्यौ । एक दुई हुदै श्रृजनापनि क्लास चारमा पुगिन । काठमाण्डौको महंगाई खर्च बढ्दै गएपछि घर चलाउन गाह्रो हुन थाल्यो र तिम्रै सल्लाह अनुसार म २०५८ मंसिर २ गते मलेशिया तर्फ प्रस्थान गर्दछु । तिमीलाई सुखसँग राख्ने मेरोपनि चाहना थियो । त्यसैले म तिमी र छोरी श्रृजनालाई छाडी प्रदेशिय । त्यो समयमा मेरो मनभित्रको वेदना यी शव्दहरुमा व्यक्त गर्न सक्दिन सफल कथाकारले एउटा गतिलो वियोगान्त कथा लेख्ने थियो तर म महशुस मात्र गर्न सक्छु व्यक्त गर्न सक्दिन ।

एकजना सज्जनलाई मैले सोधेको थिएँ । प्रेम असफलका कारणहरु के के हुन सक्छन ? उत्तरमा ती सज्जनले भनेका थिए जव दुईजना बीचमा प्रेम भन्दा वढी महत्वमा अरु कुराहरु पर्न थाल्छन् । त्यतिवेला दुनियाँको कुनैपनि प्रेम असफल हुन्छ । यो भनाईसँग मेरो पनि सहमति नै छ । भन्छन् – हरेक मान्छे एउटा सुनौलो अवसरको खोजीमा हुन्छ जव त्यो अवसर प्राप्त हुन्छ तव उसले जे त्याग्नु परेपनि जे अपनाउनु परेपनि अपनाउछ । त्यस्तै ग-यौ तिमीलेपनि एउटा सुनौलो जीन्दगीको कल्पना गर्दै एउटा धनी केटासँग विवाह गर्ने तिम्रो निर्णयले मेरो मायालाई वेवास्ता मात्र गरेन छोरी श्रृजना आमा वावा हुँदाहुँदै टुहुरी भइन । श्रृजनालाई सकेसम्म आमाको अभाव महसुस नहोस् भन्ने चाहेर उनलाई सवभन्दै धेरै ख्याल गरिरहन्छु । तर मान्छे आफ्नो जन्म दिने आमालाई कुनै मूल्यमा भूल्न चाहदैनन् र भुल्न सक्दैन पनि तर पनि म उनलाई हर सम्भव यही प्रयास गर्नेछु । छोरी मात्र होइन असल छोरी, राम्री छोरी र आदर्श छोरी वनाउने प्रयास गर्नेछु । मेरो छोरी देखेर दुनियाँ छोरीप्रति विश्वास गर्नेछन् आमा वावा हुँदाहँदै टुहुरी वनेकी छोरी यो दुनियाँको नमुना छोरी वनाउने छु । त्यतिबेला सबै आमावावाहरु गर्वका साथ भन्नेछन् वाह ! यस्तो पो हुनु पर्छ छोरी.......!

सपना ! तिम्रो बारेमा सुनेर मलाई दुख लाग्दैछ । हुन त म तिमीलाई यस्तो हुँदा ताली बजाउनु पर्ने हो । तर म तिम्रो उज्जल भविष्यको कामना गर्दछु । तिमीलाई यस्तो मान्छेले विहे गरेछ जसले तिमीलाई श्रीमती भनेर आफ्नो घरमा लैजाने आँट सम्म गर्न सकेन । कतिदिनसम्म तिमीलाई लुकाएर राख्छ……….? हुनत यो मेरो मन दुखाइको होइन तरपनि म तिम्रो कुभलो कहिल्यै चिताउदिन जतिबेला तिमी कुवेर अनि म सुदामा हुनेछौं त्यतिबेलापनि तिमीलाई म यही कामना गर्ने छुँ । सपना, म चाहन्छु अर्को जन्म लिने मौका मिल्यो भने म तिम्रो जीवनसाथी भएर बाँच्न चाहन्छु । त्यतिबेला म तिमीलाई यो जीवन र जगतको साँचो दर्शन गराउने थिएँ । पैसा जीवन र मायासँग तुलना हुदैन भनेर त्यस्ता धेरै दाहरण देखाउने थिएँ, सुख र आनन्दको अर्थ बताउने थिएँ, ठुलो मान्छे र राम्रो मान्छे हुनुको फरक बताउने थिएँ । तिमी सुखमा बाँच्न चाह्यौ ठिकै छ म त तिमीलाई सुख दिन सकिन यही मेरो गल्ती हो र ? अनि मलाई यो सजाय दियौ ?? यो तिम्रो प्रेरणाले म राम्रो मान्छे बन्न चाहन्छु !! सुखमा होइन आनन्दमा बाँच्न चाहन्छु । किनकी सुख वाहिय हो भने आनन्द आन्तरिक हो । साँचो जीवनको दर्शन आन्नदबाट मात्र पाउन सकिन्छ नकी सुखबाट, अनि सबै ठूलो मान्छे राम्रो हुँदैनन् तर सबै राम्रो मान्छे महान पक्कै हुन्छऩ् । म महान हुन चाहन्छु जहाँ तिमी जस्तो मान्छेपनि अट्नेछन् ।



अन्तमा, तिम्रो म र मेरो साथमा पुरा नभएका सम्पूर्ण सम्पूर्ण अधुरो सपनाहरु पुरा होउन् । यसरी भोलि अलपत्र परेको मैले सुन्न नपरोस् सपना ।

भन्छन - पाप धुरीबाट कराउछ, तिमीलाई समयले त्यही दिइरहेको त छैन ?? तर म अझपनि तिम्रो जीन्दगिको सफलताको कामना गर्दे हार्दिक हार्दिक सुभकामना दिन चाहन्छु । सकभर तिमीलाई देख्नु नपरोस् यदि देख्नु परेमा यो हालतमा सुन्नु र देख्नु नपरोस् ।उही तिम्रो भुपु प्रकास घले

नोट : प्रकाश घले { ऩुवाकोट } प्रति समर्पित छ ।





[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Read more...

Sep 1, 2009

झरी परिरहन्छ (अन्तिम भाग)

पोस्तक श्रेष्ठ
मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका


पहिलो भाग
दोश्रो भाग
तेश्रो भाग

वास्तवमा अव म क्रसरोडमा उभिएकोथिँए। अनिर्णयको बन्दी बनेको थिँए। एकातिर मसंग नैनकलासंगको अतित थियो भने अर्कोतिर मेदिनीप्रसाद काकाले मलाई लगाउनु भएको अतुलनीय गुण र मेघाको म प्रतिको श्रद्धामिश्रित, निश्चल माया। कहिले सोच्थें, सायद नैनकलाले मलाई बिर्सि सकिहोलिन्। समयले र भौतिक दूरीले उनलाई म बाट पर पुर्याईसक्यो होला। तर अर्को मनले मान्दैनथ्यो। लाग्थ्यो, नैनकला मलाई अझै पर्खिरहेकी होलिन्। म गएको बाटोतिर एकोहोरो हेरेर बसेकीहोलिन्। भित्तामा हामीले लेखेका नामहरु नमेटिऊन् भनेर अझै खरीढुङ्गाले अझै थप्दैहोलिन्।मैले अनायास नैनकलाले पठाएका पत्रहरु एकचोटी फेरि सबै पढेको थिंए। पत्रहरु पढिसकेपछि नैककला प्रतिको मेरो भावना प्रबल भएर आएको थियो। उनलाई एक पटक जसरी पनि भेट्ने निर्णय गरेको थिँए।


मैले एकाएक नेपाल जाने निर्णय गर्दा काकाकाकीहरु छक्क पर्नु भएकोथियो। मेघा पनि छक्क परेकिथिइन्। तर उँहाहरुले थप केही सोध्नु भएन। गाँउबाट बिश्थापित मेरा बाबु-आमासंग काठमाण्डौमै भेट भएको थियो। आठ-नौ बर्ष भइसकेकोथियो म अमेरिका गएको। बाबु-आमा दुबैको अनुहारमा उमेरका रेखाहरु प्रशस्त फैलिसकेकाथिए। कपाल पनि आधी भन्दा बढी फुलिसकेकाथिए। हालखबरका सामान्य गफ पछि मैले मेघासंगको बिवाहको कुरा चलेको र केही निर्णय गर्नु पूर्ब नैनकलासंग भेट्न चाहेको कुरो बाबु-आमासंग राखेको थिँए।

बुवा-आमा दुबैले लामो नि:श्चास लिनु भएकोथियो।
“नैनकला र तेरो सम्बन्धबारे सुनेका थियौं, बाबु तर अब तैले नैनकलालाई भुलिदिए हुन्छ”। बुवाले निराशाजनक स्वरमा भन्नु भएको थियो। आमाको अनुहारमा पनि त्यस्तै नैराश्यता देखेको थिँए।

“किन र बुवा, के नैनकलाको बिवाह भइसक्यो र?” मैले ब्याकुलताका साथ सोधेको थिँए।

“होइन, नैनकला माओबादीसेनामा गईन। जिँउदै छिन् या मरिसकिन् थाहा छैन।”। मलाई अचानक म मुनिको जमीन धस्सिएको आभास भएको थियो। अकास पनि फनफनी घुमेको जस्तो लाग्यो।

“किन, कसरी बुवा, यस्तो कसरी हुन सक्छ? नैनकला कसरी माओबादी सेनामा जान सक्छे”? मैले बुवालाई प्रश्नहरुको वर्षा गरेकोथिँए।

“अव यो किन र कसरीको खोजी गरेर केही फाइदा छैन बाबु। अव खुरुक्क अमेरिका फर्किएर मेदिनीप्रसाद काकाले जे जे भन्नुहुन्छ, त्यहि त्यहि गर। हामीले त तँलाई जन्म दिएर हुर्काइदिएकोसम्म हो, तेरो भाग्य बिधाता भनेका मेदिनीप्रसाद नै हो”।

मैले जिद्धि गर्दा पनि बुवाआमाले थप केहि बताउन चाहनु भएको थिएन। मैले एकचोटी गाँउजाने र नैनकलालाई खोज्ने कुरा गरेको थिँए। सुरक्षाको कारण देखाएर उँहाहरुले गाँउजाने कुरो सिधै अस्विकार गरिदिनु भएको थियो। बाबु-आमाको अस्विकृतिको बाबजुद म गाँउजान हिँडेको थिंए।

दुई दिनको बसयात्रा, त्यसपछिको पैदल यात्रा। ऊकाली, ओराली, कहिले खोलाको किनार किनार, कहिले जंघार तर्दै, कहिले सुनसान जंगलको बाटो। बाटोमा भेटिएका मानिसहरुले शंकालु, डर त्रास मिस्रित नजरले हेर्थे र म पनि मानिसहरु देख्दा भित्र भित्र त्रसित हुन्थें। मेरो हिँड्ने बानी छुटिसकेकोले एकैछिनमा थकित हुन्थें। तर बिश्राम नलिई अघि बढिरहेको थिंए; नैनकलालाई भेट्ने दृढतालले मलाई तानिरहेकोथियो। म गाँउको बेसीमा पुगिसकेको थिँए र डाँडाको थुम्कोमा रहेको मेरो गाँउ देखिइसकेको थियो। आफ्नो गाँउको झलकले मलाई आत्मबिभोर तुल्याएको थियो। ती बनपाखाहरु, खोलाहरु, बेसीका खेतका गराहरु सबैले मलाई स्वागत गरिरहेकोजस्तो लागेको थियो।

“हाल्ट”

पछाडिबाट कसैको कडा आवाज आएकोथियो र म रोकिएको थिए। मलाई सेनाका पोशाक लगाएका केही युवाहरुले घेरेका थिए। सबै हातहतियारबाट सु-सज्जित थिए। उनीहरुको टोपीमा भएको रातो तारा चिन्हले उनीहरु माओबादी सेना भएको अडकल काट्न गारो भएको थिएन।

“तंपाई को, कहाँ जान आएको, नाम के हो, घर कहां हो? किन आएको, कसको ईजाजतले आएको?....” उनीहरुले एकै पटक थुप्रै प्रश्नहरु बर्साएका थिए। आफू उपल्लो गाँउको भएको, १०-१२ बर्षदेखि गाँउ छोडेर काठमाण्डौ र त्यसपछि थप अध्ययनको लागि अमेरिका गएको र अहिले आफ्नो गाँउ घुम्न मन लागेर आएको बताएको थिँए।

“तँपाईका उत्तरहरु सत्य हुन भनेर कसरी मान्ने? तँपाई हाम्रो दुश्मनको मानिस पनि हुन सक्नुहुन्छ। त्यसैले थप अनुसंधानको लागि हामी तंपाईलाई कब्जामा लिंदैछौ र हाम्रो कमाण्डर समक्ष प्रस्तुत गर्नेछौं”। त्यसपछि उनीहरुले मेरो आँखामा पट्टी र हात पछाडि लगेर बाँधिदिएका थिए र मलाई उनीहरुसंगै हिंड्न बाध्य पारिएको थियो। भित्र भित्र डर लागिरहेको थियो तर आफूले कुनै जन बिरोधी काम नगरेको, र आफू शत्रु वा मित्र कुनै कित्ताको मानिस नपरेकोले केहि गरिहाल्लान् भन्ने चाँहि लागेको थिएन। करिब दुई-तीन घण्टा हिंडेपछि हामी रोकिएका थियौं।

“कसलाई लिएर आउनु भयो कमरेडहरुले”? एउटा कडा नारी स्वर गुञ्जिएकोथियो। कता कता चिरपरिचित जस्तो आवाज।

“यो मान्छे, पल्लो गाँउको हुँ भन्छ, ९-१० बर्ष अघि अमेरिका गएको रे, अहिले गाँउ घुम्न आएको भन्छ। यसको कुरा बिश्वास नलागेर लिएर आएको, कमाण्डर कमरेड”। मलाई लिएर आउने मध्य एउटाले जवाफ दिएकोथियो।

“हँ, अमेरिकाबाट आएको रे , पल्लो गाँउको रे? ” नारी स्वर झस्किएकि थिइन्। “पट्टी खोल्नूस त।

मेरो आँखाको पट्टी खोलिएको थियो।

“नैनकला !!!!”” मेरा ओँठहरुबाट मेरो सामुन्नेको नारीको नाम निस्किएकोथियो। हो, मेरो अगाडी नैनकला थिइन्। सैनिक पोशाकमा। बन्दुक बोकेकी। दुब्ली। आँखा अलि भित्र धस्सिएर गालाको हड्डी माथि उठेको जस्तो देखिएको। सुक्खा अनुहार। कलेटी परेको ओंठ। तर तिनी मेरी नैनकला थिइन् जो संग मैले संगै बांच्ने संगै मर्ने कसम खाएकोथिँए। यसरी अचानक नैनकलासंग भेट होला भनेर चिताएको पनि थिइन।

“तिमी”......”? उनी पनि चकित् भएकि थिइन्। भावनाका हजारौं रेखाहरु उनको अनुहारमा आएर गएका थिए। आंखामा आँशु छचल्किएको थियो र उनले हठात् मलाई अँगालोमा बाँधेकीथिइन्। “तिमी कसरी यहाँ अकस्मात??

अन्य जनसेनाको उपश्थितिले होला सायद, उनी छिट्टै सम्हालिएकी पनि थिइन। मलाई अंगालोबाट मुक्त गरेकीथिइन्।
“कमरेडहरु, तँपाईहरुले मेरो साथीलाई पो लिएर आउनु भएछ। उ थाकेको होला, भोक पनि लागेको होला, ल छिट्टो खानपानको ब्यबश्था गर्नूस्”।

“ए हो र , गल्ती भयो कि कमरेड, पुर्याउन जाऊँ”। जनसेनाका सिपाहीहरु पनि आश्चर्यमिश्रिग भावमा मुखामुख गरिरहेका थिए।

“हैन, केहिछैन, आज थाकेको होला, आराम गर्छ, भोली झिस्मिसेमा नै सुरक्षाकासाथ इलाका पार गराईदिनुहोला।“

“तिमीले बिहे गर्यौ”? खाना खाँदै गर्दा उनले सोधेकीथिइन्।

“छैन, म अहिले सम्म तिम्रै प्रतिक्षामा छु। म तिमीलाई लिन आएको नैनकला”। मैल जबाफ दिएको थिँए।

“तिम्रो प्रेम मेरो लागि सौभाग्य हो। म खुशी छु, तिमी अमेरीका देखि मलाई खोज्न आयौ। प्रेम निभायौ। तर मेरो बाटो अब अलग भइसकेकोछ। म तिमीलाई मेरो प्रेम बन्धनबाट मुक्त गर्छु। जाऊ, फर्क र घरजम गर”। उनले भनेकी थिइन्।

"तर तिमीले जीबनको यो कस्तो बाटो रोज्यौ नैनकला?” मैले सोधेको थिँए।

“भयो, यो कुरातिर नजाऔं, तिमी थाकेकाछौ। आराम गर। भोलीबिहान कमरेडहरुले तिमीलाई सुरक्षित साथ पुर्याईदिन्छ” उनले कुरा मोड्न कोशिष गरेकिथिइन्।

“म त तिमीलाइ भेट्न आएको नैनकला। तिमीले मलाई किन बिर्सियौ? मेरा पत्रहरुको जवाफ किन आएन? तिमीले किन यस्तो बाटो रोज्यौ, जुनबाटोमा हिँसा नै हिँसा छ? “ मैले प्रश्नहरु छोडिन।

“तिमी मसंग राजनैतिक कुरा गर्न आएको”? उनी अलि चिडचिडाएको थिइन। सायद मेरा पछिल्लो प्रश्न उनलाई मन परेको थिएन।

“म मेरो प्रेम फिर्ता लिना आएको, नैनकला”। त्यसपछि उनी गम्भिर बनेकीथिइन्।

“तिमीले २०५६ सालतिरको ‘किलो सियरा टु’ अपरेशन बारे सुनेका थियौ?

“सुनेको जस्तो लाग्छ, तर त्यति जानकारी भएन”। मैले जवाफ दिएको थिँए।

“२०५६ साल फागुण १० गतेको कुरा हो। गाँउमा अझै चिसो घटेको थिएन। हिउँदको वेला त्यति काम नभएकाले गाउँलेहरु सबै घरमै थिए । आईमाईहरु घर कंसेर गर्दै थिए। कोही पानी लिन गएका थिए। कोही गाईबस्तुहरुलाइ घाँस पराल दिंदै थिए। दिन अघिल्लो दिन जस्तै सामान्य थियो। केही फरक थिएन तर एकाएक श्थिति बदलिएको थियो। यहाँ बिध्वंश मच्चिएको थियो। हेर्दाहेर्दै त्यो हाम्रो सुन्दर गाँउ खरानी भएको थियो । १५ जनाको जीवन एउटै चिहान भयो । ७० भन्दा बढी घर जलेर खरानी भए। साना नानीहरुले अघिल्लो रात सँगै सुतेका बाबाहरुलाई भोलिपल्ट कहिल्यै नउठ्नेगरी सुतेको भेट्टाए । बिहानै पानी लिन पधेरो गएका श्रीमतीहरू पानी लिएर र्फकंदा घरहरू बलिरहेका, गाईवस्तुहरू आगोमा जल्दै गरेका र श्रीमान् र छोराहरू एउटै खाटमा गोली लागेर रगतपच्छे ढलिरहेका देखे”।

“म पनि पानी लिन गएको थिंए। त्यो दिन हाम्रो घरको छाना छाउने दिन थियो। छिमेकी काकाहरु, दाइहरु आउनु भएको थियो। फर्किंदा मैले देखें आंगन भरि प्रहरीहरु थिए। बुवा, काका, दाइहरु सबैलाई लाइन लगाएर राखिएकोथियो र प्रहरीले बन्दुक सोझ्याएको थियो। म डरले कान्लाको छेउमा लुकें। प्रहरीको हाकिमले आदेश दियो, “ यिनीहरु सबै माओबादी हुन्, यिनीहरुलाई गोली ठोक”।

“बुवाले नेपाली काँग्रेस सदस्य परिचय पत्र देखाउदै दुई हात जोड्नु भयो। गोलीले उँहाका हातहरु उछिट्टिए। अर्को गोली छातीमा लाग्यो र उँहा ढल्नु भयो। काका, दाइहरु सबैजना ढल्नु भयो। उनीहरुले दोहोर्याएर फेरि सबैलाई गोली हाने। परिचयपत्रहरु उंहाहरुको मुखमा कोचिदिए। हाम्रो घरमा आगो लगाइदिए। त्यसपछि गोली चलाउँदै, आगो लगाउँदै उनीहरु माथितिर लागे। त्यो दिन बिहान गाँउ पस्ने बाटोमा प्रहरीको गस्ती टोलीसंग माओबादीको जम्काभेट भएको रहेछ र दोहोरो फायरिंगमा एक जना प्रहरीको मृत्यू भएको रहेछ। त्यसको रिसमा प्रहरीहरु हाम्रो गाँउमा पसेर ताण्डब गरे। मैले मेरो बुवा, दाइ र काकाहरुलाई निमेष भरमा गुमाएँ। त्यसै दिन पछि हेलिकप्टरबाट समेत गोली बर्षा भयो। मानिसहरुमात्र होइन, गाइबस्तुहरु समेत मरे। भोलिपल्ट रेडियो समाचारले बुवा, काका, दाइहरुको नामै तोकेर भन्यो, दोहोरो भिडन्तमा माओबादी सेनाहरुको मृत्यु। सरकार हाम्रै थियो-नेपाली काँग्रेसको। निहत्था मेरा बुवा, काकाहरु, दाइ जो सबै नेपाली काँग्रेसकै हुनुहुन्थ्यो लाई माओबादी बनाईयो। त्यसको शोकले गलेर आमा पनि केही महिना पछि बित्नु भयो। तिमी यहाँ थिएनौ। म एक्लो र असुरक्षित भएँ। आफन्तहरु सबै माओबादीको नाममा मारिए पछि म पनि कुनै दिन त्यसरी नै मारिनसक्ने डरले माओबादीको आश्रय लिँए। म कुन बाटो आएँ, सही गरेँ या गलत गरेँ, अब फर्केर हेर्न चाहन्न”।

नैनकलाको दर्दनात्मक कथा सुनेर म एकछिनलाई स्तब्ध भएकोथिँए। नि:शब्द भएकोथिँए। तर मैले आश मारेको थिइन। उनलाई यो हिँसात्मक बाटो छोडेर सामान्य जीबनमा फर्किन अनेक अनुरोध गरेकोथिँए। तर उनी उनको निर्णयमा अटल थिइन्। म असफल भएकोथिँए।

अर्को बिहान नैनकला मलाई पुर्याउन धेरै परसम्म आएकिथिइन्। त्यसपछि उनका जनसेनाहरुले उनलाई सुरक्षाको कारण देखाएर अघि बढ्न रोकेकाथिए। नैनकलालाई त्यसरुपमा छोडेर हिँड्न पर्दा मेरो मन मा पहिरो गएको थियो। मैले लुकाएर आँशु झारेको थिँए। नैनकला सायद सैनिक तालिमले होला, कठोर देखिन्थिन्।

म अमेरिका फर्किएको केही दिन पछि माओबादी र तत्कालिन शाहीसेनाको भिषण दोहोरो भिडन्त भएको थियो र मैले नैनकलालाई सदाको लागि गुमाएको थिँए। सरकारी सेनाको लागि एउटा आतंकबादी मारिएको थियो र माओबादीहरुको लागि एउटा सहयोद्धा। तर यो युद्धमा मेरो प्रेम शहीद भएकोथियो।
=======
बाहिर ढोकाको घण्टी कसैले एकनाससंग बजाइरहेको रहेछ। म अतितको तन्द्राबाट ब्युँझन्छु। ढोका खोल्छु। मेघा कामबाट फर्केकी रहिछिन्।

“हैन, मैले घण्टी बजाएको कति भयो, हजुर निदाइ’सेछ कि क्या हो, खै त बच्चाहरु?”

मेघा निथ्रुक्कै भिजेकि रहिछन्। बाहिर झरी परिरहेकै रहेछ।

(२०५६ साल फागुण १० गते रुकुम, खारामा भएको प्रहरी दमनमा आधारित)
समाप्त।

[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Read more...

Aug 26, 2009

दागबत्ती : भाग २


उपमा अर्याल
छाउनी, काठमाडौं
हाल- मिनेसोटा, अमेरिका


पहिलो भाग पढ्न यहाँ थिच्नु होला।

कालो बादल पानी पर्नु भन्दा अगाडि पानी दर्किनलाई जसरी मडारिन्छ त्यसरी नै मडारी रहेको थियो मेरो मन। त्यो रात कसरी मैले उहाँसँग कुरा सुरु गरें म आँफैलाई थाहा भएन। "म सन्तानको म्रिगत्रिस्णामा साह्रै छट्पटिएकी छु। मेरो दु:ख, सुखमा साथ दिन्छु। मेरो हरेक चाहना पुरा गर्छु।" "मारे पाप पाले पुण्य" भनेर अग्नी साक्षी राखेर खाएको कसम हजुरले पुरा गर्नुपर्छ आज। जब सम्म यो घरमा सन्तानको जन्म हुँदैन म खुशीसाथ यहाँ बस्न सक्दिन। मलाई खुशी राख्ने हजुरको कर्तव्य हो। हजुरले म माथि गर्नु पर्ने कर्तव्य मैले मगेको होइन, केबल "छ" है भन्न मात्र खोजेको हो। त्यसैले मलाई खुशी राख्न या भनु हजुरले खाएको कसमको पालना गरी कर्तव्यनिस्ठ हुन बिन्ती छ दोश्रो विवाह गर्नुहोस् भनेकी थिए। सबै इस्टमित्र, नातागोता, छरछिमेकहरुले पनि दोश्रो विवाह गर्ने जोड दिएका थिए। आफु जन्मेको अनी हुर्केको समाजमा टिक्न नै मुस्किल पेरिसकेको थियो उहाँलाई। बत्ती मुनी अध्याँरो भने जस्तै भएको थियो उहाँलाई। सबै कुरा छ तर पनि केही छैन।


लाखौं कोशीस बाबजुद उहाँ दोश्रो विवाह गर्न मन्जुर हुनुभयो र विवाह भयो पनि। कस्तो मान्छे होला म! आफ्नै लोग्नेको विवाहमा म छमछम्ती रतौली नाचेको थिएं, कसार बाटरेको थिएं, प्राय विवाहका कामहरु मैले नै गरेको थिएं। मेरो घरमा आउन लागेको खुशीलाई स्वागत गर्न, मेरो मनमा जती सुकै गरुङ्गो बोझ भएपनी मैले कसैलाई महसुस हुन दिइन। कसैलाई पनि देखाइन मेरो मनको बोझ। विवाह भएको बर्षा दिनमा नै हामीले हाम्रो घरको चिरागलाई देख्ने मौका पायौं, जस्को नाम हो "सुबाश"। सुबाश -मेरो कुलको छोरा ! हाम्रो घरको चिराग ! हाम्रो घरमा सुगन्धित सुबाश छरेर नै आएको थियो उ। हामी सबै सार्है खुशी भएका थियौ। आफ्नो बशं अगाडी लैजान पित्त्रिहरुले मेरा अन्तर प्रेरणाबाट निकालीदिएका स्वार्थ रहित भावलाई मुरी मुरी धन्यवाद टक्राएको थिए मैले त्यती बेला।

तीन बिस तीन वर्षाको बसन्त पार गरिसक्दा, यो बुढेस्कालमा आएर अहिले म कसैको प्रतिक्षामा बसेकी छु । प्रतिक्षा गर्न निकै गाह्रो हुँदो रहेछ। एक्लो जीवन बाँच्न पनि गाह्रो हुन थालिसक्यो अब त। कालको प्रतिक्षामा बस्नेहरु - म जस्ता हजारैं होला नि यो संसारमा , कालले कस्लाई पो पर्खेर बसेको हुन्छ र ! समय आएपछी मलाई पनि टपक्क टिपेर लगिहाल्छ। न कसैले रोक्न सक्छ न कसैले छेक्नै। भन्छन नि आयो टप्प टिप्यो-टारेर टर्दैन त्यो। जन्मे देखी अहिले सम्म समयले जे जे देखाउछ, जता जता डोराउछ, त्यही त्यही गर्दै आए बिना कुनै डर र बिना कुनै स्वार्थ। त्यसैले डराउँदी मृत्‍यु देखी पनि म। मृत्‍युलाई पनि जीवनको एउटा अन्तिम अभिनय मनेकी छु मैले। जीवन भनेको एउटा अभिनय त हो नि, अनी हामी सबै त्यस्का कलाकारहरु। हरेक प्राणीले संसार रुपी ठुलो नाट्यशालामा जन्म लिएपछि आ-आफ्नो अभिनय कला सुरु गर्छन्। क्रमश...। क्रमश: मै अढेको त छ जिन्दगी जिउनको लागि खेलिने नाटक। थाहा छैन कसैलाई पनि कुन मोडमा एकै चोटि कहाँ समाप्त हुन्छ नाटक भनेर!

किन हो किन हिजो आज मलाई एउटा कुरोले साह्रै पिरोल्न थालेको छ। त्यही कुरा भन्छु भनी सुबाशलाई बोलाएकी थिए आज तर भन्नै सकिन। कती टुक्रा हुन्थियो होला त्यो बिचरोको मन। कती खिन्न हुन्थियो होला। आखिर आमा अहिले आएर तपाईंले आफ्नो सौतानेपन देखाएरै छाड्नुभयो भन्थियो। त्यस्तो पुरानो समाज, पुरानै सस्कार र पुरानै परिवेसमा जन्मिएकी म! त्यही सामाजिक पृष्ठुभुमिमा नै हो म हुर्केकी, कसरी लत्ताउन सक्छु र। पिरोल्लीएकी छु म त्यो कुराले। कतै मैले कुलखान्दान, पित्त्रि र बशंज्जहरुको सम्रक्षण गर्ने बहानामा आफ्नो स्वार्थ पुरा गर्न खोजेकी त होइन? म सन्तान जन्माउन नसकेकी आईमाई, आफ्नो रगतको नाता भन्नु कोही छैन मेरो यो दुनियाँमा। यो बेला सम्मा आइपुग्दा आफ्नो लागि केही सोचिन, केही स्वार्थ नराखी मेरो परिवार भनी व्यबहार धान्दै आएं। अबको बाँकी जीवन पनि म निस्वार्थ कट्न चाहन्छु। जिन्दगीको आधी बाटोबाट आफ्नो भन्नेले पनि छोडेर गएपछी एक्लै खेल्दै छु बाँकी जीवनका नाटकहरु बिना केही स्वार्थ। एक्लिदै गएपछी या भनौ बुढ्यौलीले छोप्दै गएपछी सुरु हुदो रहेछ जिन्दगीका अझ कठोर श्रीङ्खलाहरु। मेरा आशाका दियोहरुमा अब त तेल सिध्दिदै गएका छन, भरोसाका मुहान उही सुबाश एउटा हो। दुख र बेदनाका सागरहरु एकपछि अर्को गर्दै यो कालखण्डमा आइपुग्दा मेरो मनमा एउटा यस्तो प्रश्न खेलिरहेछ जस्को जवाफ म सँग छैन। स्वार्थपनको गन्ध आइरहेछ मैले दिएको निस्वार्थ ममताको खानिबाट। यो कस्तो प्रश्न हो -


"के त्यही दागबत्तीको स्वार्थले नै मैले सुबाशलाई आफ्नो ठानेकी हुँ त?"
~समाप्त

[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Read more...

Aug 23, 2009

झरी परिरहन्छ। (तेस्रो भाग)

पोस्तक श्रेष्ठ
मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका

पहिलो भाग
दोस्रो भाग

“तर काका, म...मेघा....कसरी?” म असमञ्जसमा परेको थिँए। मेरो बोली फुटिरहेको थिएन।

“मेघाले के भन्छे भन्ने लागेको हो भने, ढुक्क भए हुन्छ। हामीले मेघाको अनुमति लिईसकेकाछौं। तिमीसंग बिवाह गर्न राजीखुशी छे”। म असमञ्जसमा परेको देखेर काकीले भन्नु भएको थियो।

“तर पनि काकी, मेघा.....” मैले केही भन्न खोजिरहेको थिँए तर भन्न सकिरहेको थिइन।

“किन र बाबु, तिमीलाई मेघा मन...(पर्दैन र?)” । सायद काकीले मेरो उल्झनको अपेक्षा गर्नु भएको थिएन।


मेघा मन नपर्ने भन्ने कुरै थिएन। मेघामा कुनै खोट थिएन। सर्बगुण सम्पन्न थिइन्। मेघा जस्ती युवतीलाई जीवनसाथीको रुपमा पाउने जो सुकै पुरुष भाग्यशाली हुनेछ। तर मैले मेघालाई कहिले पनि कुनै त्यस्तो नजरले हेरेको थिइन। मेरो मनमा त नैनकलालाई बर्षौंदेखि सजाएर राखेको थिँए।

“ल तिमीलाई सोच्ने समय चाहिन्छ भने ठिकै छ, सोचेर जवाफ देऊ न त, बिवाह भन्ने कुरो हतारमा निर्णय गर्ने कुरो पनि होइन”, मेदिनीप्रसाद काकाले भन्नु भएपछि तत्काललाई मलाई राहत मिलेको थियो।

त्यो रात म सुत्न सकेको थिइन। मनमा अनेक तर्कबितर्कहरु आइरहे। अहिले सम्म मैले काकाकाकीसंग सबै कुरा मागेर लिईरहेको थिँए र आज काकाकाकीले मसंग केही मागिरहनु भएको थियो तर पनि मैले सहजै दिन सकिरहेको थिइन। एकातर्फ मेरो बर्षौं देखिको प्रेम थियो भने अर्को तर्फ काकाकाकीले मलाई लगाउनु भएको अतुलनीय गुणको बोझ। यी दुबै बोझले मलाई थिचिरहेकाथिए र म निसास्सिरहेको थिँए। मनमा अनेक कुरा खेल्दा खेल्दै म कुन बेला निदाएछु, याद भएन।

काकाकाकीको त्यो प्रस्ताव पछि श्थिति अलि असहज भएको थियो। सधैं फरासिली, बोलाकिली, हल्काफुल्का जिस्किने, ठट्टा गर्ने मेघा अव लाज मान्ने भइरहेकिथिइन्। मसंग नजर लुकाउने भइरहेकिथिइन्। सकेसम्म मेरो अघि पर्दिनथिइन् र परिहालेमा पनि लाजको लालिमा उनको अनुहारभरि छरिएको स्पष्ट देखिन्थ्यो।मेहुलले मलाई भिनाजु भनेर जिस्काउन थालिसकेकोथियो। काकाकाकी दुबै जना पहिला जस्तो सहज देखिनुहुन्थेन। हामीहरु बिच अव औपचारिक कुराकानीमात्र हुन थालेको थियो।

मेघाले मेरो स्वभाबिक भन्दा बढीनै ख्याल राख्न थालेको महसुस हुन थालेकोथियो। मैले छरपरष्ट छोडेर गएको मेरो कोठा फर्केर आँउदा चिटिक्क मिलेको हुन्थ्यो। म सुत्दा कहिले बत्ती ननिभाई, पर्दा नझारी सुतिदिन्थें। तर बिहान उठ्दा बत्ती निभेको, पर्दा लागेको पाउँथें। मैले जताततै फालेर छोडेका मेरा कपडाहरु धोइएका हुन्थे। ईस्तिरी लगाएर चटक्क मिलाएर राखिएकाहुन्थे। मेरा जुत्ता-मोजाहरु, ब्रस, मञ्जन, दारी काट्ने मेसिन सबै ठाउँमा हुन्थे। मेरो कोठामा मेघाको उपश्थितिको जताततै महसुस हुन थालेको थियो। एउटा स्त्रीले पुरुषको अस्तब्यस्त जीवनलाई कसरी सम्भार गर्न सक्दिरहिछन् त भन्ने महशुस भएको थियो। भ्यालेन्टाईन डे को दिन एउटा गुलाफको फूल र त्यो मुनि एउटा शुभकामना कार्ड मेरो बिस्तराको साइड टेबलमा थियो। भन्न पर्देन, त्यो कार्डमा मेघाकै हस्ताक्षर थियो।

एक दिन म ढिलो उठेछु क्यारे। मेघा चियाको कप लिएर आएकि थिइन्।
“हजुरलाई, सञ्चो भएन क्या हो, ढिलो उठिस्यो’ नि”। मेघाले मेरो निधारमा हात राखेकिथिइन्।
“होइन, त्यस्तो केही भएको छैन”। मलाई मेघाको स्पर्ष न्यानो लागेको थियो, आफ्नोपनले भरिएको, मायालु लागेको थियो।

त्यसपछि हरेक बिहान मेघा चियाको कप लिएर आउन थालेकि थिइन। मेरो दैनिकी, दिनचर्याबारे जानकारी लिन थालिसकेकी थिइन्। कुनै दिन म अलि छिट्टो निस्किएमा वा फर्किंदा ढिलो भएमा मेघाले उत्सुकता ब्यक्त गर्ने थालेकीथिइन्। कहिलेकाँहि आफ्नो स्वतन्त्रतामा अरु कसैले हस्तक्षेप गर्दा पनि मिठो नै लाग्दो रहेछ। पछि त म आँफै मेघालाई खबर गरेर जान थालेकोथिंए। नैनकला अव मेरो स्मृतिमा धुमिल भइरहेकिथिइन् र मेघाको आकृतिले ठाँउ लिइरहेकोथियो।

एकदिन मेरो साइड टेबलमा एउटा सानो कार्ड थियो।
“मम्मी ड्याडीको प्रस्तावमा हजुरको उत्तर के होला, जिज्ञासु छु” हस्ताक्षर मेघाकै थियो।

क्रमश: अन्तिम भाग

[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]
Read more...

Aug 20, 2009

दागबत्ती - कथा भाग १


उपमा अर्याल
छाउनी, काठमाडौं
हाल- मिनेसोटा, अमेरिका

(कथा तथा कथाका पात्रहरु काल्पनिक हुन कसैको व्यक्तिगत जीवन र आचरणमा मेल खाएमा संयोग मात्र हुनेछ।)

"बाबु राम्रो सँग जाउ! घर पुग्ने बितिकै मलाई फोन गरिहाल है ! "


सुबाश पर क्षितिजमा पुगिसक्दा पनि आँखाले देखुन्जेल हेरिरहे। सुबाश मात्र मेरो घर तिरको एक सदस्य हो जो मेरो हेर बिचार गर्छ, सुख दु:ख पर्दा हातमा हात मिलाउन आइपुग्छ। उ मेरो सौताको छोरा हो। सौताको छोरा भएर के भयो। उ मेरो कोखबाट नजन्मे पनि मैले नै उस्लाई हुर्काएकी हुँ, मेरो ममताको भकारी नै उस्को पोल्टामा पोखिदिएकी छु। हरेक नाता या भनु व्यवहार दोहोरो हुन्छ। त्यसैले होला उस्ले पनि मलाई आफ्नो आमालाई गर्नु पर्ने मान, सम्मान अनी कर्तव्य पालना गर्न कुनै कन्जुस्यै गरेको मैले महसुस नै गरेकी छु, न त मैले उस्लाई अभिभाबक बिहिन टुहुर भनेर यस समाजमा पहिचान हुन नै दिएकी छु। सौताको छोरा भएपनी उसले र मैले प्रमाणित गर्दिसकेका छौ कि रगतको नाता भन्दा आत्मियताको नाता ठुलो हुँदो रहेछ भनेर।

हाम्रो समाजमा भइरहने मानविय सम्वेदनाको एक स्मृ ति दिने एउटा सानो आँखीझ्याल हो यो मेरो जीवनको वस्तबिक कथा। शायद त्यही स्मृ तिमा हराउन पनि रमाइलो लाग्छ अहिले त! त्यसैले होला आज मलाई त्यो आँखीझ्याल खोल्न मन लगेको छ। मेरो अतित सम्झिन मन लागेको छ।

लाखौं कोशीस बाबजुद पनि हामीले मेरो घरमा चिराग लेराउन सकिएन। कुनै पनि फुल मेरो गर्भमा फुल्नै चाहेनन । हामी दम्पत्तिले ममताका फलहरु फलाउनै सकिएन। फुलहरु फुलाएर यस धर्ती सजाउने हाम्रो चाहनालाई चाहना मै सिमित राख्न पर्‍यो हामीले। म त उहाँको नाम मात्रको अर्धाङ्गिनी भएँ। मेरो कोख रित्तै रहयो। मैले आमा बन्ने सौभाग्य पुरा गर्न पाइन यो जुनिमा। परिवारको खुशीमा चट्याङ परेको थियो जती बेला हामीलाई अब हाम्रो वशं अगाडि जादैन भन्ने पक्क भयो। चाहकिलो पुर्णिमाको जुन जस्तै हाम्रो परिवारलाई कालो बादलले घेरा लगाइदिएको थियो, कहिलै त्यो बादल नफाट्ने गरी।

एक कान, दुई कान मैदान हुँदै गाउँ भरी नै हल्ला फैलिएको थियो। के के मात्र गरिन मैले। सन्तानेश्वोर महादेबको ब्रत बसें। ठुला ठुला मठमन्दिरमा सन्तान प्रप्तीको पूजापाठ गरी भाकल राखें। त्यती बेला अहिलेको जस्तो डाक्टर हुँदैन थियो। जस्तो थियो तेस्तालाई नै देखायौं, धामी झांक्री बोलायौं। तर हात लाग्यो सुन्य ! गाउँलेहरु सबै मेरै कुरा गर्थे। यो त बाझ हो । यस्ले हामीलाई छोइ भने हाम्रो पनि बच्चा हुँदैन भन्थे गाउँका आईमाईहरु। कोही नयाँ बच्चा जन्मेको छ गाउँमा, हेर्न र सुत्करी भेट्न गयो भने बच्चा छुन नै दिदैन थिए मलाई। मेरो मन सार्है रुन्थियो त्यतिबेला।

मेरो श्रीमानले मलाई सार्है माया गर्नुहुन्थियो। आफ्नो पिडालाई लुकाएर सधैं मलाई सम्झाउनु हुन्थियो। अरु जो सुकैले जे सुकै भने पनि तिम्रो आत्मबिश्वास दर्हो राख्नु। दु:ख लुकाएर सुखको अनुभुती गर्दै हास्ने नै जीवनको सार्थकत हो। हाँसो अनी खुशी नै जीवनको दर्पण हो अनी मेरो दर्पण नै तिमी हौ भन्नुहुन्थियो। त्यती राम्रो गुलाफको पनि त काँडा हुन्छ र पनि सबैलाई आफ्नो सुगन्धले मोहित बनाउछ। हरेक नारी ३२ सै गुणले भरिपूर्ण त कहाँ हुन्छन र! भगवानले नै उस्लाई कुनै न कुनै ठाउँमा ठगेकै हुन्छ त त्यसमा उस्को के दोस! हामीलाई के नपुग्दो छ र सन्तान बाहेक। भगवानको यस्तै इच्छा छ भन्ने हाम्रो के लाग्छ र ! तिम्रो र मेरो दु:ख एउटै छ अनी व्यथा पनि। यो पुरतन समाजमा, म दरबारको मुल गुरुले त केही भनेको छैन भने अरु को मेरो जीवनसंगिनी माथि औंला उठाउने? यस्तो खरो रुपले कहिलै पनि मेरो आत्मसम्मान माथि चोट पर्न दिनुहुन्न थियो। आफु भित्र भित्र छट्पटिए पनि मलाई केही भन्नु भएन।

"हाम्रो समाज त झन पित्त्रिसत्तात्मक समाज। आफ्नो बशं टुटाउने पुरुषलाई त नामर्द भन्छन। पित्त्रिको तिरस्कार गरेको ठान्छन। कस्ले तारिदिन्छ तिमीहरुको बैतणी? कस्ले दिन्छ तिमीहरुलाई दागबत्ती? "-कसैले म पधेँरा गएको बेला मेरो श्रीमानको अर्को विवाह गराइदिने सल्लाहा दिएर यस्तो भनी सम्झाएका थिए। आफ्नो घरव्यवहारको अबस्थाले मान्छेलाई व्यवाहारिक बनाउदै लैजाँदो रहेछ। कत्रो भुइँचालो गएको छ मेरो श्रीमानको मन भित्र, म पनि महसुस गर्न सक्थें त्यो। हरेक पुरुषको सफलताको पछाडि एउटी नारिको हात हुन्छ भन्छन। हामी नारिहरुले बिहे त पुरुषलाई सफल बनाउन गरेको जस्तो देखिन्छ जुन सत्य, प्राकृतिक अनी स्वाभाबिक पनि हो। मेरा बुवा आमाले मलाई सधैं पित्त्रि र बशंज्जहरुको श्रध्दा गर्न सिकाउनु भ्एको थियो। मेरो श्रीमानले जे भनेपनी म आफ्नो स्वार्थ पुरा गरी नकचरी हुन चाहन्न थिए। उहाँले दिनुभएको माया, विश्वाश र स्वातन्त्रको नाममा आफ्नो कुलखान्दान, पित्त्रि र बशंज्जहरुलाई झापाड हान्न सक्दिन्न थिए! त्यसैले मैले पनि मेरा पित्त्रि र बशंज्जहरुको सम्मान गरी मेरो श्रीमानको अर्को विवाह गराइदिने अठोट गरेकी थिए।
~क्रमश…

[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Read more...

Aug 15, 2009

पूजे

लेखक: बेईमानी बर्मू
ठेगाना: नगदेश


अति नै भयो। मनमा मात्र कुरा साँचेर राख्दा दिमागै पड्केला जस्तो भयो। मनको कुरा भन्ने साथी भए भन्थीँ। पूजे, म भन्दा दुई बर्ष कान्छी, बैनी छे यौटा - आफूलाई मनमा आको कुरा भन्न मन लाग्ने - तर त्यल्ले कत्ति कुरै बुझ्दिन। त्यस्को खास नाम त पूजा भन्नि थाहा भैहाल्यो, हैन। तर मैले त, कस्सम, कैलेपनि तेल्लाई पूजा भनेर बोलाको छैन। जैलेपनि पूजे। एक हप्तादेखि त्यो पनि अर्कै मान्छे जस्तो भकी छे। बोल्न पनि मन गर्दिन। क्यै सोध्यो भने मुन्टो मात्रै हल्लाउँछे - बोलिहाली भने पनि हो कि हैन मात्र भन्छे। हो र हैन भन्दा लामो जबाफ दिनपर्ने करो सोध्यो भने बोल्दै बोल्दिन। आँखामै हेर्दिन, मेरो पनि। खाली रसीलो आँखा लेर बसी रन्छे। घ्वाईँ खेल्न भनेपछि हाम्फाल्दै आईपुग्थी पहिले त, कस्सम, तर अचेल त्यो पनि खेल्न छाडी। अस्ति मैले हजारचोटी कर गरेपछि, एकछिन खेल्न आको थी। त्यो पनि एक्कै छिनमा खेल्न छाडेर क्यै नभनी गएर थचक्क पर्खालमा बसी। मलाई पनि के भको हो - तान्न गैँ। पूजेले एकैचोटी जीऊहात छोड्दी। मलाई त झनक्कै रीस उठ्यो - एक चड्कन हान्दीँ। चड्कनको आबाज सुन्नासाथ बेकार हानिछु जस्तो लाग्यो, मेरै आँसु झर्यो, तर त्यो रोईन। अरुबेला पूजे मैले जे गरेपनि नक्कल पारेर रुन्थी मैले फकाउन आउँछु भनेर। त्यो एघारको म तेरको। तर म भन्दा त पचास बर्ष सानो भको जस्तो गर्छे। मलाई पनि त्यल्लाई रीस उठाएर फकाउन कत्ति मजा लाग्छ। अरुसंग ढ्याप्पा खेल्दा कान्लामाथीबाट लडेपनि धूलो टक्टक्याउँदै हाँस्दै उठ्नी त्यो नक्कली मसंग खेल्दा बिस्तारै लडेपनि के के न भको जस्तो गरी रुन्छे। मलाई पनि पैले त रीस उठ्थ्यो तर बिचरीलाई कल्ले पो मायाँ देखाउँछ र? त्यै सम्झेर पनि मैले फकाउँछु। अनि त झनझन पो फुर्किन थाली बाँदरनी। तर अस्ति मैले पिट्दा पनि रसीलो आँखाले मतिर हेरि मात्र राखी। न रोई, न कराई, न फूर्की। आँखापनि मतिर हेरेकी मात्र - मेरो ठ्याक्क पछाडी भित्तालाई नै छेडेर अर्को दुनिया तिर हेरेकी जस्तो लाग्यो।

पूजेको यस्तो ताल देखेर, कस्सम, मेरो सातो गयो। जीऊको सब्बै रौँ ठाडो भको जस्तो भयो। लौ न, यल्लाई के भको होला? काकीको पनि दिनभरि खेतमा काम भको कति दिन भैरक्यो, उसले पिटेकी पनि हैन होला। अहिले तोरीको बाली उठाउने बेला, काकी बिहानै खेताला जान्छे। बेल्का लखतरान, पसीनै पसीना भएर, तुम्बेबाकाँ जाँड खाएर टील परेर आउँछे, के को पिट्ने तागत हुनु उसंग। मैले काकीलाई तँ भनेको सुन्दा अचम्ब लाग्यो होला हैन? पूजेलाई बिनसित्ती पिट्ने मान्छे मलाई कोहिपनि मन पर्दैन। तुम्बेबाको घरबाट जाँड खाएर फर्केर काकीले पूजेलाई नानाथरी निहुँ पारेर कुटेको सुनेपछि मैले त्यल्लाई तँ भन्न थाल्या। निहुँ पनि कस्तो कस्तो पारेर कुट्छे काकीले। कैले भात डड्यो भनेर, कैले ढोकामा जुत्ता उल्टो भो भनेर, कैले तर्कारीमा नून पुगेन भनेर। तेस्को हात छैन र, आफैँले झिकेर नून थपेर खान सक्दिन र दुनियाँ लोग्नी मान्छेसंग तुम्बेबाको पसलमा जिस्कन सक्नेले? जुत्ता उल्टो भए तेस्को हात छैन र, सुल्टो पार्न सक्दिन र? पैले त काकी पनि कैले कैले मात्रै हात छोड्थिन्। काकालाई जलाएर आको दिनदेखि कति दिन सम्म त कता कता खुसी पनि देखिन्थीन्। काकाले पनि कम दु:ख देका थे र? आफू काकीको बाऊ, अनि पूजेको हजुरबाऊ जस्तो देखिन्थे। उमेरले त बुढा, तेसमाथी सँधैको बिरामी। हाम्रो छिमेकभरि दिनभरि चीउरा कुट्ने कलको आबाज नआउने भको भए खाली हाम्रो काकाको खोकीको आवाज मात्र सुनिन्थ्यो होला। अरुको मुख त छालाले बन्या हुन्छ नि, काकाको त चाऊरी नै चाऊरीले बनेको मुख जस्तो देखिन्थ्यो। बुढो भएर तलमाथी गर्न पनि एक्लै नसक्ने हुँदा समेत कति छुच्चो त्यो बुढो। अनि किन पूजेलाई गाली गर्न पर्यो नि दिनदिनै - बुढेसकालमा छोरा हुनपर्ने आफ्नो हेरचार गर्न, यो अलक्षिनी पो भै भनेर। छोरी पाऊने आमा अनि छोरीको रगत दिने बाऊ अलक्षिनी की जन्मिने छोरी अलक्षिनी? कस्तो मुर्ख बुढा थे काका। कत्ति न कोहि लक्षिन को अनि कोहि अलक्षनको हुने जस्तो। तेस्तो हुनि नै भएपनि लक्षिनको मान्छेलाई के के न जस्तो गर्ने अनि अलक्षिनकोलाई हेप्नपर्ने के कारण छ? जन्मिनु अगाडी पूजेले लक्षिनको हुने कि अलक्षिनको हुनि भनेर भोट हाल्न पाको थी र? अनि त्यो काकीले नि? अनि त्यो कंश बुढा ले नि? बिचरी जो क्यै नभनी त्यस्ता दुष्ट बाऊआमा दुईटैको दिनदिनै गाली खाँदापनि सहेर, क्यै नभनी बस्छे त्यै अलक्षिनी रे!



कस्तो लाज नभको बुढो। भएभरको सम्पत्ति जुवा खेलेर सिध्यायो रे। खाली एक पाटो बारी, खेताला नगरी खान पनि नपुग्ने खेत मात्र जुवाबाट बचेको बुढोले किन आफू भन्दा बीस बर्ष कान्छी स्वास्नी ल्याउन पर्यो? जेठी काकीलाई मैले त कैले देखिँन। म जन्मनु भन्दा कत्ति बर्ष अगाडीनै स्वर्ग्य भै सक्नुभको थियो रे। गाउँका कत्ति मान्छे त अहिले सम्म पनि ठूलीकाकीलाई काकाले मारेकै हुन् भनेर खास्खुस गर्छन्। हाम्ले देख्दा लठ्ठी टेकेर भित्र बाहिर गर्ने काकाले झिंगा त मार्न सक्दैनथे के मान्छे मार्न सक्थे होला र जस्तो लाग्थ्यो सानो हुँदा, तर अहिले त म बुझ्छु नि त्यो लुम्रे देखिने बुढो सँधै तेस्तो थेन, कहिले त बलियो बांगो थियो होला भनेर। त्यै त। एकदिन पूजे र म बुढा निदाको भन्ठानेर बुढाको सिरानमा भको मिस्री चोर्न जाँदा बुढाले हामी दुबैको हात समात्यो। कस्तो चाम्रो हात रेछ। म त भागिहालेँ। पूजे त फुत्कनै सकिन बिचरी। बुढाले एक चड्कन हानेर, "तिमेरू अलक्षिनीहरुले मलाई लूलो भन्ठान्छौ। म तिमेर्को गर्दन निमठ्न सक्छु" भन्यो। मलाई त कत्ति डर लाग्यो। पूजे चड्कन खाएपछि भाग्ली भनेको त हाँस्दै बुढातिर पो गै त पागल्नी। मैले चिच्याएर "त्यो बुढोकाँ नजा। तेरो गर्दन भाँच्छ" भनेर कराएँ, कस्सम। बुढोले पनि पूजेको गर्दननै समात्यो। अनि तानेर काखमा राख्यो। मिस्री पूजेको हातमा देर, "यो रामेको छोरीको जस्तो छुच्चो थुतुनो त छैन तेरो। यो मिस्री त्यल्लाई नदी यिँ बसेर खा।" भनेर मिस्री पूजेलाई दियो। मेरो त कन्पारा तात्यो। नतातोस् पिन कसरी, हैन? आफू भन्दा ठूलो छु भन्दैमा जे पनि गर्न, जे पनि भन्न पाईन्छ र?" म त ठूलो भएपछि आफूभन्दा सानालाई आफू बराबर ब्याबहार गर्छु। न म पनि ठूलो भएपछि काका काकी जस्तै छूच्चो हुने हो कि? उनेरू पनि त पैले म जस्तै त थे होला नि।



रीसको झोकमा म त्याँबाट फन्केर हिडेँ। काकासित त रीस उठ्यो उठ्यो, मलाई त पूजेसित झन रीस उठ्यो। त्यो मसंग फुर्किने, मैले त्यत्ति माया गर्ने त्यल्लाई - अनि मलाई नदे भनेर त्यो छुच्चो बुढोले देको मिस्री घिच्ने। कस्तो कुकुरनी। त्यल्लाई म यस्तोसंग भुत्ल्याउँछु कि! बोल्दा पनि बोल्दिँन। एक मैना बोल्दिँन त्योसंग। एक मैना त अलि बढि भयो, एक हप्ता बोल्दिँन। अनि त्यो बोल्न आको आई गरि भने यसो बोल्दिउँला। अनि को संग फुर्किन जाँदी रेछे नि नक्कली! तर नबोली कसरी भुत्ल्याउने? किन भुत्ल्याको भनेर त भन्नु पर्यो। भन्नलाई बोल्न पर्यो। ह्या, भुत्ल्याउन्जेल बोल्छु, अनि त्यसपछि बोल्दिँन। काकाले सम्पत्ति सिध्याएर पाल्न नसक्निबेलामा २० बर्ष कान्छी स्वास्नी ल्याउन हुनि! पन्डित बाजेले धर्मकर्मका ठूल्ठूला कुरा गर्दै आफूले बेच्ने गाईको दुधमा सबैले देख्ने गरि हाँस्दै आधा धाराको पानी मिसाउन हुनि। चार चोटी आई. ए. को जाँच देर पास भको कुल बहादुरसरले पूजे ईंगलीसमा फेल भै भनेर कुट्न हुने। मैले मात्र किन अर्थ लाग्ने ब्याबहार गर्न पर्यो? ए! म त अर्कै कुरा गर्न पो थालिछु। अनि क्या, एकछिनपछि पूजे मतिर आई - बदमाशी गरेको अनुहार लेर। त्यो बेला सम्म मेरो भुत्ल्याउने मुड गैसक्या थ्यो, खाली त्यल्लाई एकछिन गाली गरेर घ्वाँई खेलौँला भन्ने सोच्या थेँ। तर के गाली गर्नु नि? त्यल्ले त सबै मिस्री खाको जस्तो नाटक गरेर आधा भन्दा ठूलो मिस्रीको टुक्रा त मलाई भनेर ल्याईदेकि रेछे।



रीस त भाग्यो। त्यो र म खित्खिताउँदै हाँस्यौँ। पूजेले देको मिस्री आधा त फेरि त्यल्लाई नै देँ। तेस्तो बाऊ भको भए त म कसैलाई मुखपनि नदेखाई बस्थेँहोला जस्तो लाग्छ। तर त्यो त कुरै मिलेन नि। मैले पनि त्यो बाऊ पाऊँ भनेर भोट हालेको हैन, खाली त्यसको छोरी भएर जन्मन पुगेको हुँ। उसको बानी खराब भएपछि उल्लाई पो लाज हुनपर्ने हैन? नत्र त खराब बाऊआमाका छोराछोरी आफ्नो क्यै गल्ती नै नभै लाज मानेर बस्नपर्ने? मैले अहिलेसम्म आफ्नो बाको कुरा किन ननिकालेको भन्ने लागेन? त्यो कुरा म पछि भनौँला है। मलाई बाको कुरा गर्न थाल्यो कि मनै गर्हौँ हुन्छ। अहिले काकाकै कुरा गरौँ न है। अनि पूजेको। पूजेको बाऊ नभको भए त्यो चोर बुढाको कल्ले कुरा गर्थ्यो र? दुई बर्ष अगाडी एकदिन म स्कूलबाट फर्किरको त अगिअगि त्यो रविने भन्ने चोर, पछिपछि गाऊँलेले दौडादौड गरिरका। रविने भन्ने त्यो कुकुरलाई पैले हामी दुबैले रविनदाई भन्थेम। मलाई पनि पूजेलाई पनि सँधै माया गरेजस्तो गर्थ्यो। हाम्लाई चकलेट, मिस्री कत्ति किनेर ख्वाउँथ्यो @#ले। मैले घिनलाग्दो शब्द बोलेँ भनेर तपाईँलाई नराम्रो लाग्यो होला नि हैन? अनि त्यो #& कुकुरले के गर्यो भनेर सुन्नुस अनि मात्र मलाई गाली गर्नुस्। हाम्लाई काखमा राखेर सुम्सुम्याउँदै चकलेट, मिस्री ख्वाउँथ्यो। अहिले पो थाहा पाईँ त त्यो %/&*ले के गर्न खोजेको भनेर। पहिले त मलाई उसले माया गरेको मन पनि पर्थ्यो। घरमा आमा मात्र। बालाई कैले देख्न नपाको म - अहिले पो बुझेँ आफू भन्दा ठूलो उमेरको केटा मान्छेले माया गरेको देखाउँदा कत्ति मजा लाग्थ्यो, बाको खाली ठाउँ भरिएजस्तो हुन्थ्यो होला मेरो। ठूलोमामा, माईलोमामा, कान्छोमामा सबैले मलाई पनि पूजेलाईपनि खुब माया गर्नुहुन्छ। त्यो कुकुरले पनि पैले त त्यस्तै हाम्लाई माया गरेको होला जस्तो लाग्थ्यो। मामाहरुसंग बर्षमा दुई तीनचोटी मात्र भेट हुने भकोले होला, रविनदाई भनौँदो त्यो गधाको काखमा बस्न मज्जा लाग्थ्यो। हामी बिचरा एघार र दश बर्षको साना, बाऊको माया कैले नपाका केटीहरुले तेस्तो बाठो कुकुरले माया देखाउँदा राम्रो मानेको हाम्रो दोष त हैन नि? हो र? कैले त हो जस्तो पनि लाग्छ। तर एक बर्ष अघिसम्म मलाई त क्यै था थेन यस्तो कुरा।



ल, जे भए पनि, त्यो रविने मोरोलाई गाउँलेले लखेटेको देख्दा गाउँलेहरुसंग रीस उठ्यो। दिनभरि पसलमा चिया खाएर र तास खेलेर, अझ धेरैजस्ता त हेरेर मात्र, बस्छन्। एक एक बित्ता जग्गाको कुरामा झगडा गर्छन, सबले सबको कुरा काट्छन्, आफू दिनभरि निकम्मा भएर बस्छन् अनि कसैले अलि राम्रो गर्यो, बुढीसंग संगै हिँड्यो भने डाढ गर्छन्, गिज्याउँछन्। रविने यसो टाठोबाठो देखिने यिनरुलाई के गाली गर्यो होला, अनि लखेटेका होलान् जस्तो लाग्यो। "रविनदाई, तपाई किन भाग्या?" भनेर सोध्या त मलाई नै लडाउँला जस्तो गरेर सातोपुत्लो गको मुख लेर भाग्यो त्यो राछ्छेस। पछि पो था पाएँ, त्यल्ले पूजेलाई नराम्रो नजरले हेरेर के के बदमाशी गर्न लागेको बेला काकाले देखेछ। आफ्नै छोरीको तेस्तो ताल देख्दा बचाउन नसकेपनि कराएर भए पनि रोक्न त खोज्नपर्छ नि, पर्दैन त? त्यो पापी बुढोले त बीस हजार मा छोरीको ईज्जत पो बेच्न खोजेछ। त्यो बेला त मैले बुझ्दिँनथेँ, अहिले भको भए र मेरो हातमा पैसा भको भए त म पैसा तिरेर जो भए पनि लगाएर त्यो काका र रविने कुकुर दुईटैको त्यो नै काट्न लाईदिन्थेँ। अनि ठिक्क पर्थ्यो तिनेरू दुईटैलाई। बिचरी पूजे - बच्चै भए पनि, आफूले भर गर्ने मान्छे रविनेले नै गरेको भएपनि, त्यल्ले कीस खान थालेपछि, "बा, बा, मलाई रविनदाईले थूक लाईदिनुभो" भन्दै कराईछे। काकाले गाली गर्नु त कता, उल्टो बिचरीको ईज्जत बेच्न खोजेछ। घरसंगै जोडिएको खेत खन्दै बसेको थापादाईले रविनेचोर र काका भनौँदाको कुरा सुनेछन् र हल्लीखल्ली गरेर गाउँले बोलाएछन्। धन्न उनले गर्दा बिचरी त्यो सोझी पूजे बची त्यो दिन। पछि पो "मलाई रविनदाईले किन थूक लाईदेको?" भनेर सोधी। मलाई पनि के थाहा। गाउँलेहरुले रविनदाईलाई बेईज्जत गर्न जे पायो त्यै भनेको जस्तो लाग्यो। साँच्चि, किन होला, मुखले भन्ने बेला चाहिँ 'बेईजत', अनि लेख्ने बेलामा चाहिँ 'बेईज्जत' लेख्न पर्ने होला? जे भन्यो त्यै लेखे भै हाल्यो नि। म त सकेसम्म यस्तै लेख्छु। स्कूलमा जाँचमा चाँहि बेईज्जत लेख्छु अनि तेसै लेख्दा बेईजत लेख्छु।



ह्या, फेरि के को कुरा गर्दागर्दै अर्कै के को कुरा पो गर्न थालिछु म। के भयो यो पूजेलाई, किन बोल्दिन मसित पनि अचेल? त्यै रविने कुकुर &*ले यल्लाई एक्लै भेट्टएर क्यै गर्यो कि? मैले भन्न त कत्ति चोटि भनिसकेँ नि यल्लाई रविनेलाई देखिस् कि लुक भनेर। खाली किन भनेर सोधेको सोधेई गर्छे त्यो, कत्तिन बुझ्ने जस्तो गरेर। मलाई किन भनेर नसोध, त्यल्लाई देखिस् कि लुक भनेर कति चोटी भनिसकेँ मैले त्यल्लाई। न तैपनि त्यल्ले पूजूलाई एक्लै भेट्यो कि

[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Read more...

Aug 14, 2009

झरी परिरहन्छ (दोस्रो भाग)

पोस्तक श्रेष्ठ
मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका


पहिलो भाग पढ्न यहाँ थिच्नु होला।

त्यस पछि मैले नैनकलालाई जताततै देख्न थालेको थिएं; भेट्न थालेको थिंए ।मेरा आंखाहरु उनीलाई खोज्दै हिंड्थ्यो वा उनी मलाई खोज्दै हिंडथिन्, त्यो चाँहि यकिन भएन। तर हाम्रो बाक्लो जम्काभेट संयोग मात्र पक्कै हुन सक्दैनथ्यो। मेरो कक्षाकोठाको झ्यालबाट कहिले उनी मलाई चियाईरहेकि हुन्थिन् त म आफैं कहिले उनको कक्षाकोठा बाहिर टहलिरहेको हुन्थें। कुनै दिन नैनकलालाई देख्न पाइन भने नरमाईलो लाग्थ्यो, खल्लो लाग्थ्यो। केही नपुगेको जस्तो, केही नभएको जस्तो।


मेरो एसएलसी परिक्षा सकियो र अब स्कुल जानु पर्ने काम रहेन। तर नैनकलासंगको भेट कम भएको थिएन। पानी पंधेरो, घट्ट, गाई चराउन जांदा, हटिया बजारमा, मेलाहरुमा भेट भैरहन्थ्यो। केही दिन भेट भएन भने उनको घरको बाटो काम नपरेपनि हिंड्न थालेको थिंए। थाहा छैन, प्रस्ताव पहिला मैले राखेको थिँए वा उनले। हुन सक्छ, औपचारिक प्रस्ताव नै राखिएन। तर हामीले एक अर्कालाई मन दिईसकेकारहेछौं। मन भन्ने कुरो कुनै वस्तु पनि त होईन नि मुखले भनेर वा मागेर लिने वा दिने। यो आफैं साटिदो रहेछ। साटियो, थाहै नपाई।

मेरो एसएलसी परीक्षाको परिणाम आएको दिन उनी औधि खुशी भएकीथिइन्। आत्मबिभोर भएकी थिइन्। म प्रथम श्रेणीमा उत्तीर्ण भएको थिँए। खुशी त म पनि भएको थिँए तर मेरा अगाडिका बाटोहरु अनिश्चित थिए।सबैले अब के पढ्ने, पढ्न कहाँ जाने भनेर सोधिरहेका थिए र मसंग कुनै उत्तर थिएन।

त्यही बेलातिर एकजना मेदिनीप्रसाद काका, जो हाम्रो परिवारको पुस्तैनी जजमान हुनुहुँदो रहेछ, काठमाण्डौंबाट गाँउतिर झर्नु भएकोको थियो। उहाँहरु धेरै पहिला काठमाण्डौं जानु भएपनि केही सम्पत्ती, खेतीपाती अझै गाँउमा रहेछ। सरकारी जागीर, उच्च ओहोदामा हुनुहुँदो रहेछ। बुवाले मेरो बारेमा उँहासंग कुरा राख्नु भएकोथियो।

“यसको पढाइ राम्रो छ, एसएलसीमा प्रथम श्रेणी ल्यायो भन्छ, लौन मेदिनीप्रसाद भाइ, यसलाई के गर्न सकिन्छ, तिमीले मेरो हालत यहाँ देखिहालेका छौ”। बुवाले उँहालाई भाइ भन्नु हुँदोरहेछ।

“हेर्नुस, तँपाई-हाम्रो परिवारको सम्बन्ध भनेको धेरै पुरानो हो। तँपाई मेरो गुरुदाइ हुनुहुन्छ, के गर्न सकिन्छ म गरिहाल्छु नि, चिन्ता नमान्नूस्”। मेदिनीप्रसाद काकाले भन्नु भएको थियो। “तिमीलाई पढ्न मन छ त बाबु? पढ्ने मान्छेलाई कुनै कुराले रोक्न सक्दैन”।

“मलाई पढ्न मन छ”।मैले स्विकृतीमा टाउको हल्लाएको थिँए।

“ल म तीन दिन पछि काठमाण्डौं फर्किंदैछु। तिमी मसंगै हिंड। बस्ने खाने कुनै कुराको चिन्ता नलिनु। पढाइको पनि ब्यबश्था मिलाईदिन्छु। सानो सानो जागीर पनि खोजिदिंउला”। यति भनेर उँहा निस्कनु भएकोथियो।

मलाई यो अप्रत्याशित अवसर प्राप्त हुंदा औधी खुशी लागेको थियो। नैनकलालाई सुनाउंदा उनी पनि खुशी भएकीथिईन्। तर यति छिटो गाँउ घर परिवार छोड्न पर्ने कुराले चाँहि मलाई नरमाइलो लागेको थियो। नैनकलालाई छोडेर जान पर्ने कुराले चिन्तित तुल्याएको थियो।

“तिमीलाई छोडेर म कसरी जाने होला, नैनकला” मैले मेरो द्विविधा ब्यक्त गरेको थिँए।
“तिमीले मलाई सधैंको लागि छोडेर जान लागेको हो र? तिमी जाऊ, धेरै पढ, राम्रो जागीर खाऊ, अनि मलाई पनि लिन आऊ, हुन्न?” नैनकलाले मेरो ढाडस बाँधेकी थिईन्।

त्यसपछि म मेदिनीप्रसाद काकाको पछि लागेको थिँए। म जाने बाटोमा नैनकला कुरेर बसेकीथिइन्। काकाको अगाडि हामी केही बोल्ने कुरा भएन। हामीले एक अर्कालाइ मौन बिदाई गरेका थियौं। धेरै अगाडि पुग्दा सम्म मैले फर्की फर्की हेरेको थिँए। नैनकला अझै हात हल्लाउंदै थिइन्। जति जति मेरा पाईलाहरु अघि बढ्दैथिए, त्यति त्यति म नैनकलाबाट टाढा हुँदै थिँए।

काठमाण्डौमा मेदिनीप्रसाद काकाले सबै ब्यबश्था गरिदिनुभएको थियो। कलेज, डेरा, नोकरी। बिहान कलेज जान्थें र दिंउसो नोकरी। नोकरी उँहा कार्यरत मन्त्रालयमा नै थियो। फूर्सद हुंदा उंहाको घर जान्थे। केही कामहरु सघाई दिन्थेँ। काकाका एक छोरा र एक छोरी थिए। छोरा-मेहुल र छोरी मेघा। आठ-नौ कक्षातिर पढ्थे। उनीहरुको गृहकार्यमा सघाईदिन्थेँ। छोरा-छोरीहरु दुबै उच्च संस्कारका थिए। शुरुका केही दिन गाउँघर परिवार र बिशेषगरी नैनकलाको खुब याद आएपनि म बिस्तारै काठमाण्डौंको जीवनसँग अभ्यस्त हुन थालेको थिँए।

शुरुमा गाँउमा फोन आईसकेको थिएन। नैनकला संगको सम्पर्कको माध्यम चिठ्ठी मात्र थियो। चिठ्ठी पुग्न महिनौं लाग्थ्यो वा पुग्दै पुग्दैनथ्यो। जे होस् बर्षमा एकचोटी दशैंमा घर पुग्थेँ र नैनकलासंग भेट हुन्थ्यो। बर्षभरि साँचेर राखेको माया हामी एक अर्कामा खन्याउँथ्यौं। मेरो र नैनकलाको सम्बन्ध अब गाँउमा गोप्य रहेको थिएन। हामीले बरपिपलको रुखमा हाम्रो नाम खोपेका थियौ। खरीढुँगाले भित्ताहरुमा नाम कोरेका थियौँ। भञ्याङको चौतारी, बन पाखाहरु हाम्रो प्रेमको साक्षी बन्न पुगेका थिए। नैनकलाले पनि एसएलसी पास गरेर गाऊँकै प्राथमिक बिद्यालयमा पढाउन थालेकी थिइन्। पछि गाँउमा टेलीफोन आए पछि नैनकलासंग नियमित कुराकानी हुन पाएको थियो।

आई एस्सीमा पनि मैले राम्रो गरेको थिँए। मेदिनीप्रसाद काकाले कसरी हो, मलाई छात्रबृतिमा अमेरिका पढन जाने ब्यबश्था मिलाईदिनु भयो। बिदेशी कुटनितिज्ञहरुसंग उँहाको राम्रो सम्बन्ध थियो। सबैसंग बिदावारी हुन म गाँउ गएँ। काठमाण्डौं कहिले नपुगेकी नैनकलालाई म अमेरीका जान लागेको कुराले अलि चिन्तित तुल्याएको थियो। हमेशा मलाई हौशला दिईरहने त्यसदिन अलि उदास देखिएकि थिइन्।

“तिमी अमेरीका पुगे पछि फर्केर त आउछौ?” उनीले निराशा ब्यक्त गरेकीथिइन्।
“म फर्केर आँउछु, किन नआउनु। म मेरो मन मष्तिष्क यहाँ छोडेर त्यहां कसरी हराउन सक्छु र?” मेरो कुरा सुनेर ऊनी फिस्स हाँसेकी थिइन्।

म अमेरिका आएको एक-डेढ बर्षजति पछि नेपालमा माओबादी जनयुद्ध शुरु भएकोथियो ।माओबादी र सरकारी सुरक्षा सेनाहरु एक अर्कालाई सिध्याउन लागिपरेका थिए। आफ्नै नेपाली दाजुभाइहरु एक अर्काको रगत बगाउन लागिरहेका थिए। कहिले सरकारी पक्षलाई क्षतिपुगेको समाचार आउथ्यो भने कहिले माओबादी पक्षलाई। सरकारी सुराकी गरेको दोष लगाएर माओबादीहरुले शिक्षक, पत्रकार लगाएत अन्य ईत्तर राजनीतिक पार्टिका कार्यकर्ताहरुलाई सफाया गरिरहेका थिए भने सरकारी पक्षले पनि माओबादीको मतियार, कार्यकर्ता भएको आरोप लगाएर सोझासाझा मानिसहरुलाई दु:ख दिइरहेका थिए। जनता दोहोरो मारमा परेकाथिए। मानिसहरु आफ्नै घर गाँउबाट बिश्थापित भईरहेकाथिए। थाहा छैन, हजारौं आमाबाबुहरुलाई सन्तान बिहीन तुल्याउने, बच्चाबच्चीहरुलाई अनाथ तुल्याउने, आइमाई मानिसहरुलाई बिधवा तुल्याउने यो युध्द कस्को लागि किन भइरहेको थियो, कुनि।

गाँउमा टेलिफोनको टावर पनि माओबादीका केटाहरुले उडाइदिएछन् र गाँउको एकमात्र फोन पनि बन्द भएछ। हुलाक पनि बन्द भएछ। फोन गर्न, पत्र पठाउन ४-५ कोष हिँडेर सदरमुकाम आउन पर्ने भएपछि नैनकलासंगको सम्पर्क एकदम सिमित हुन पुगेकोथियो। तै पनि दुई तीन महिनामा उनी सदरमुकाम आएर फोन गरिरहन्थिन् र पत्र पनि ४-५ महिनाको अन्तरालमा आइरहन्थ्यो।

समय बित्दै गएको थियो। अण्डरग्र्याड कोर्स सिध्याए पछि मेदिनी प्रसाद काकालाई म अव नेपाल फर्कने बिचार राखेको थिँए। नेपालनै फर्कने, बाबुआमाको सेवा गर्ने, नैनकलासंग घरजम गर्ने, मेरा योजनाहरु यस्तै थिए।

“नेपालमा यस्तो युद्ध मच्चिरहेको छ। तिमी यँहा आएर के गर्छौ? नआऊ”। उताबाट काकाको आदेशात्मक आवाज आएको थियो।“ अव मेघा र मेहुल पनि अमेरिका आउँदैछन्, तिमीले तिनीहरुलाई त्यहाँ सहयोग गर्न पर्छ। तिमी पनि अब मास्टर्स को लागि भर्ना गर। तिमीलाई मैले खबर नगरेको पो, तिम्रा बाबुआमा पनि अहिले काठमाण्डौंमा नै हुनुहुन्छ।गाँऊमा बस्न सक्ने श्थिति भएन। तर तिमीले चिन्ता नगर। मैले सबै बन्दोबस्त गरिदिएको छु”। त्यो सुने पछि नैनकलाको बारेमा चिन्ता बढेको थियो।

त्यस पछि म फेरी मास्टर्सको पढाइमा दत्तचित्त भएर लागेको थिंए। मेघा र मेहुल अमेरिका आईपुगेका थिए र अण्डरग्राजुएट कोर्समा भर्ना भएका थिए। बिस्तारै नैनकलाको फोन र पत्रहरु आउन छोडेको थियो। गाऊँमा हुलाक बन्द भइसकेको थाहा भएर पनि मैले पत्रहरु भने पठाउन छोडेको थिइन। पत्रहरु एकतर्फीरुपमा गइरहेका थिए; नदीको पानी जस्तो। तर जवाफ आएको थिएन। किन नआएको होला, कहिलेकाँहि एकान्तमा मन छटपटिन्थ्यो। सायद उनले मलाई अव बिर्सेकिथिइन वा आशा मारेकी थिइन्। पछि त मैले पनि ब्यस्तताले गर्दा पत्र लेख्न छोडिदिएको थिँए।

नेपालमा युध्द पनि पनि चर्किदै गएको थियो। शान्ति श्थापना होला र नेपाल फर्किंउला भनेर कुरिरहें। आ, जे त होला, फर्किन्छु भनेर सोचेको पनि थिंए तर काकाले मेघा र मेहुलको अण्डरग्राजुएट नसकिन्जेल तिमीले फुत्किन पाउन्नौ भन्नु भएपछि उहाँको कुरा अस्विकार गर्ने हिम्मत भएन। मैले जे हासिल गरेको थिँए, त्यो सबै काकाकै कारणले थियो र काकाको आग्रह अस्विकार गर्नु ठूलो कृतघ्नता हुनेथियो। समय बित्दै गयो। मास्टर्स सकेर म अब एउटा ठूलो कम्पनीमा जागीर खान थालेको थिँए। मेघा र मेहुल पनि दुबै ग्राजुयट भएका थिए। दीक्षान्त समारोहमा मेदिनी प्रसाद काका र काकीहरु समेत आउनु भएको थियो। काका, काकी, मेघा र मेहुल हामी सबै जना अमेरीकाका बिभिन्न शहरको भ्रमणमा गएका थियौ। खुब रमाइलो भएको थियो। एक सांझ काका र काकीले मलाई छुट्टै राखेर एउटा प्रस्ताव राख्नु भएको थियो-मेघासंग मेरो बिवाह गरिदिने।

क्रमश: तेश्रो भाग

[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Read more...

Aug 11, 2009

१७ गते अर्थात नविनाको विहेको दिन। (भाग २)



सुमन बगाले।
आँबु खैरेनी तनहुँ।
१७ गते अर्थात नविनाको विहेको दिन। (भाग १) पढ्न यहा क्लिक गर्नुहोस् !

आज असार १७ गते मतलब नविनाको विहेको दिन। काममा जानपनि मन मरेर आयो। कुनै वाहानामा विदा लिएर बसेँ। मनमा अनेकौ तरँङहरु आउन थाले। झुपडी घर भएपनि नाना धरीका रँगीचँगी कागजका टुक्रा र बेलुनहरुले सिगारिएका होलान्। दौलो अगाडी आगनीमा केराको थम्बाको जग्या बनेको होला भने तगारोमा विवाहका तुल टागिएका होलान । पण्डित नविनालाइ आफनो कर्मकाण्ड गराउदै होलान्। पाहुनाहरुको ओइरो होला भोज भतेरको सुरु भयो होला माथिल्लो साविसको भवनमा। सबै गाउमा मानीसहरु हातमा उपहार लिइ नया पोशाकमा सजिएर नविनाकै घरमा धाउदै होलान आर्शिवाद दिनको लागी। कस्ती भइ होली हात भरी राता चुरा, हल्केला भरि मेहन्दी, राता सारी रातै चोलो रातो घुम्टोले शिर ढाकेकी होली। परि जस्ती भएर सिँगारिएकी होली। छ नि एउटी नक्कली प्रेमा मेकअप गर्न त गाउभरिका दुलही सिँगार्न अगाडी सर्छे। कसैले नजानेको व्युटिसियन तालिम दिएकी रे। हुन पनि प्रेमाको हातमा जादु नै छ कि के हो सबै दुलहीहरुलाइ हेरी रौ जस्ती बनाइदिन्छे। आज विहानै वाडुल्की लागेको थियो कतै मलाइ त सम्भि्कएकी त थिइन होला र। काकाकी छोरी मेरो बहिनी राधिकालाइपनि कति नरमाइलो लागेकेा होला भाउजु बनाउने कति चाहानाले दिनरात केहि नभनी कन चिठीपत्र आदानप्रदान गर्न भ्याउथी। मैले पठाएको पैसा निकाली होली कि आइएमीबाट। घरमा थाहा नदिनु भनेको थिएँ, कतै घरमा त थाहा पाए भने मलाइ बसीखानु हुदैन।
हे भगवान बहिनीलाइ खुसुक्क पैसा पठाएको थाहा नदिनु ल मेरो परिवारलाइ। के दिन्छे होली मलाइ नै सोधेकी थि मलाइ त त्यति थाहा नै छैन विवाहमा के दिन्छन् भनेर। मैले जे तिमीलाइ इच्छा लाग्छ त्यहि दिनु भनेको थियाँ। मेरी बहिनीपनि कति अभागी रहिछे। मेरो कारणले विचरीलेपनि मन दुखाउनु पर्यो। पिर नगर राधिका तिमीपनि कुनैदिन पराइको घर गइहाल्छौ। राधिकालाइ सम्झाउने कोशीश गर्छु म। नैामति बाजा बजाएर डोलीमा चढेर विनोद हरिया दुवोको मालामा दौरासुरवार ढाकाको टोपी कालो छाता ओढेर सुपारी टोक्दै होला। अबको केहि समयमा नै स्वयमबरको माला नविनाले विनोदको काधमा लगाइदेली र विनोदलेपनि औठि लगाइदेला। त्यसपछि त पण्डितको निर्देशनमा जग्याको काम सुरु होला। नविनाको बाबा मुडुले टाउको लिएर न्याउरो मानेका होलान्। भित्री मनले विनोदको जस्तो परिवारमा छोरी दिन पाउदा खुशी नै भएपनि घरकी लक्ष्मी जस्ती छोरी पराइको हातमा दिदा त रमाइलो कुन अभिभावकलाइ लाग्ला र।
अ हो नैा पो बजिसकेछ यसको मतलब नेपालमा ११ बजिसकेछ। अब त नविनाको घरमा पुगीसक्यो होला जन्ती। जग्याको काम सकाएर भोज भतेर तिर पो लागे कि। मलाइ भने आज खान बनाउन मन पटक्कै छैन। हुन त खानपनि के को लागी खाने हो र जस्तो लागी सक्यो। खाना बनाउन सुरु गर्छु भन्छु ज्यान गरुङगो भएर आउछ फेरी ओछ्यान मै ढल्छु र विगतका केहि क्षणहरु मेरो मानसपटलमा झकिल्न थाल्छन्। पिर नर्गनु न बलराम तपाइ र म मिलेपछि त मेरो बाबा आमा समाजले त के भगवान आएपनि पनि हाम्रो बाटो रोक्न सक्दैन। म मात्र तपाइकी हुँ। मैले कहिल्यै तपाइ विनको जिन्दगी सोच्नपनि सकेकी छैन। मेरो विश्वास लाग्दैन र तपाइलाइ। त्यस्तो लाग्छ भने मलाइ अहिले नै यहि औला काटेर सिउदो सजाइदिनु। म नर्मिलालाइ अँगालेामा बेरेर म तिमीलाइ भित्राउनु पूर्व नै मरे भने के हुन्छ नि तिमीले सोचेकी छौ? नाइ यो अशुभ नबोल्नु भन्दै काखीमा घोप्टो परेर रुएकी थिइन। म झस्कीन्छु मेरो काखी खाली अहिले निर्जीव तकिया मलाइ हेर्दै जिस्काएजस्तो लाग्छ। मेरा आशु टलपलाउन थाले। विगतका क्षणले मलाइ कमजोरी बनाएर फेरी नविनाको खुशीको दिनमापनि आशु झार्ने बनायो।
शुभकार्य नविनाको भइरहेको बेलामा छाक छोडन त भएन भनि मैलेपनि दुइचार गास टिप्ने विचार गरेर भात बसाले र तरकारी काट्दै थिएँ मन मेरो एकदम एकोहोरीएको थियो दालको सिठीले गर्दा चकुले हातका औला सेरिन पुगेछ। रगतको थोपाहरु चुहिन थाले। दुइ बजिसकेको रहेछ। माथी राखेको देवताको फोटोसँगैको घण्टी झरेर थालमा झर्यो मलाइ लाग्यो विनोदले नविनााको सिउदो भरिदियो। मन मडारिएर आयो। अब नविना मेरो हुने भन्ने एक अँशपनि बाकी रहेन। आफैले सम्माहान्न कोशीश गरेँ तर पापी मन कहा मान्दोरहेछ र। झन बढि अतालिन थाल्यो। बाच्नुको कुनै सार भएन जस्तो लागेर आयो। यो चरित्रले यस्तो देखायो कि त्यति बेलासम्मपनि म मा झनो आश रहेछ कतै नविनालाइ आफनो बनाउने मेरो चाहाना पुरा हुन्छ कि त। मेरो हातबाट रगत बगीरहयो रोक्न मन लागेन बग्न दिए जति बग्न सकोस भनेर।
कन्यादान सिउदो सजिएपछि त झन राम्री भइ होली काली। गलामा मँगलसुत्र, सिउदोभरि राताम्मै सिन्दुर रातै पहिरन, निधारभरि टिको। विदाइ पो गरिसकेकि त। ल बेला भइसकेको रहेछ। अभिभावकलाइ हतार भएको होला घरमा पुराउन। घरमा गएरपनि शाशुसँग मानापाथी इस्टमित्रलाइ मुहार देखाउने काम गर्नुपर्ने होला भने विनोद सुहागरातको कल्पनामा डुवेको होला नकचरो। मेरो तरकारीले तितो डढेको गन्धले फेरी मलाइ झस्कायो हत्त न पत्त पानी खनाइदिएँ। तर सबै डढीसकेकाले खान लाएकको देखिन मैले। दाल सँगै भएपनि दुइचार गास टिप्न थालेछु। खै त्यति खान मन भएन र साथीलाइ राखिदिएँ। बेलुकी उसले तरकारी बनाउला र खाला जस्तो लाग्यो।
विगतका दिनहरु एकाएक गरेर मेरा यि मानसपटलमा फेरि थचल्कीन थाल्यो , तिम्रो आखा किन रातो भएको? म सोध्छु। तिम्रो कल्पनामा डुव्दा डुव्दा निद्रै परेन राती , तिमीलाइ थाहा छ बलराम राती निद्रा पुगेनभनि मेरो आखा भोलीपल्ट यसरी नै रातो भइराख्छ। त्यसैले मलाइ पिर नदेउ ल फेरी मेरो आखा अन्धो भयो भने तिमीले जिवनभर डोराएर हिडनु पर्ला नि। मेरो केश चलाउदै बेाली। मैले हल्का उसको मुख छापे र ओठले आखालाइ चुमेर ल अब आखालाइ केहि हुदैन भनि उनीको मनमा सान्तोना दिएँ। मलाइ कता कता डर लागीरहेको छ कतै विनोदले फेरी नविनालाइ राती सार्है नै दुःख दिन्छ कि फेरी उसको आखा रातो भयो भनि बिचरीलाइ दिनभरी विझाउछ। विनोद राती अबेर सम्म दुःख नदेउ ल। मेरा हातबाट फेरी खुन बग्न सुरु गरेछन् साथी आएर र पो मलम लागएर रगत थमाइदियो। रात निकै छिप्पीसकेको रहेछ। सुत आजको पैसा काटिहाल्यो अब कसरी धेरैपैसा पठाउछस् घरमा भन्दै थियो साथीले। मेरा आखा लागीसकेका थिए।

समाप्त
[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Read more...

Aug 10, 2009

मेड इन नेपाल

सुरेश नेपाली
विराटनगर १७


हातमा पाउरोटीको टुक्रा लिई हरेराम सधै कम्पनीको काममा जाने गर्थ्यो। साच्चै नै, कामको बोझले हरेराम थिचिएको थियो, उसले आनन्दको श्वास लिनसकेकै थिएन। जब ऊ कामको लागि खाडी मुलुक छिर्याे उसको निद, चैन सबै चैत बैशाखको खडेरीसरी उराठ भईसकेको थियो, वसन्तको कलिलो पालुवा झैं उसको जीवनमा खुशीको मुना पलाएन र कोइलीसरी खुशीको गीत हरेरामले कहिले पनि गाउन सकेन।
हरेराम काममा इमान्दार र मेहनती मात्र थिएन ऊ मिलनसार र हसिलो प्रकृतिको पनि थियो तर कम्पनीको मेनेजरले मान्छेहरुलाई मान्छेको व्यवहार नगरी मेशीनसरी काम लगाउदा हरेरामको मन दुख्थ्यो। यसरी आफ्नो शरीरलाई पिल्साएर काम गर्दा हरेरामलाई आफ्नो प्यारो देश अनि स्वर्ग भन्दा सुन्दर गाउँलाई सम्भि्कन्दा उसका परेलीहरु भिज्ने गर्थे। ऊ विवसता र बाध्यताको दाम्लोले गरीबीको रेखामुनी बाधिएको थियो। त्यसै कारण गरीबीको जीवन सम्भि्कन्दा उसको मन कुडिन्थ्यो र गरीब हुनुको असहनिय पिडा हुन्थ्यो। खाडी मुलुकमा कयौ मानिसहरु जो अलपत्र परेका थिए, जो काम विहिन थिए, पैसा विहिन थिए, बास बस्ने स्थानको टुङ्गो पनि थिएन, यो अवस्था सम्म पुर्‍याउने काम आफ्नै देशका दलाली दाजुभाईहरुले गरेका थिए। ति दलाली दाजुभाईहरुको के विगार गरेका थिए वा के खाई दिएका थिए, जसले आज अर्काको भूमीमा पिडादायी जीवन यापन गर्न बाध्य भए्, आफ्नो घर फर्कौ त्यो सम्भव नै थिएन किनकी आफ्ना सारा श्रीसम्पत्ति बेचेर पैसा आर्जन गर्नको लागि विदेशीनु परेको थियो। पराई देशमा आफ्नै नेपाली दाजुभाई र दिदीबहिनीहरुको यो पिडादायीक अवस्था देखेर हरेरामको मन सधैं रुनेगर्थ्यौ।

आज आफ्नै कम्पनीमा काम गर्ने मानिस काम गर्दा गर्दै भूइमा डङ्ग ढलेको उसले देखेको थियो, पछि पो थाहा भयो त्यो मानिस बढी गर्मीले बेहोस भएको रहेछ। यसरी कति मानिसहरुले समयमै उपचार गराउन नपाउदा धेरैलेे अकालमै मृत्युलाई रोज्न बाध्य हुनुपरेको थियो भनेर मेरा धेरै साथीहरुले मलाई भने। जीवनमा हरेरामले धरै कहाली लाग्ने गोरेटोहरुमा ऊ हिडिसकेको स्मरण गर्छ तर ऊ आज जस्तो गरी कहिल्यै पनि अत्तिएको थिएन। किन हो कुन्नी उसलाई आफ्नै प्यारो गाउँको आगनमा मर्न पाए हुन्थ्यो झैं लाग्यो।
हरेराम आफ्नो कामको थिचाईबाट मुक्त भएपछि बेलुका क्वाटरमा बसेर आफ्ना सारा कुराहरु मित्र समक्ष सुनाउने गर्थ्याे, मित्रको नाम थियो हरि बहादुर। हरेराम र हरि बहादुर भिन्ना भिन्नै कम्पनीमा काम गरे पनि सगै बस्ने गर्थे। यिनीहरु बिचको सम्बन्ध साथीको नभई दाजुभाईकोे थियो। हरिबहादुर खाडी मुलुकमा पहिलो चोटी आउदाको कुराहरु हरेरामको मानसपटलमा चलबलाउन थाल्यो। हरि बहादुरले वैदेशीक रोजगार तिर लाग्नको लागि आफ्नो सम्पूर्ण घर, जग्गा साहू कहाँ धितो राखी ऋण लिएको र नेपालमै पनि विभिन्न दलालीहरुले विदेश पठाई दिन्छु भनेर तिनीहरुले आफ्नो पैसा खाएको कुरा बताउदा हरि बहादुर सँगै उसको पनि आँखा रसाएको थियो। हरि बहादुर इमान्दार र सोझो केटो थियो तर देशलाई असाध्यै माया गर्ने व्यक्तिहरु मध्ये ऊ पनि एक थियो।
एक दिन हरि बहादुरले हरेरामलाई भन्यो, दाई मेरो घरमा मेरी बुढी आमा मात्र छिन्, उनले मेरो बाटो कुरेर बसिरहेकी होलीन् भन्दै उसले आशु झारेको थियो। यस कुराले मलाई पनि भावुक बनाएको थियो। उसले अरु पनि भन्दै थियो र अन्तमा आफुले कमाएको पैसा मेरो बुढी आमा सम्म पुर्‍याई दिने काम मलाई सुम्पिदै थियो तर मैले भने, होइन हरि बहादुर भाई तिमी नेपाल जादा तिमीले आफु सँगै लादा भई हाल्छ नि, उसले भन्यो होइन दाई म भन्दा तपाई चाडै नेपाल जानु हुन्छ त्यसैले मैले त्यस्तो भनेको हुँ। मैले पनि ठिकै छ भनि, हुन्छ भने।
भोलीका सुनौला दिनहरुको मधुरो आशमा हामी दिनरात केही नभनि हाम्रो हाडहरुलाई खियाउदै काम गर्दै रह्यौं। यसरी दिनहरु विताउदा विताउदै म नेपाल फर्किन १० दिन मात्र बाकी थियो। एक दिन साँझ अबेर सम्म पनि हरि बहादुर क्वाटरमा नफर्केकोले म आत्तिएको थिए र मलाई कता कता नरमाइलो पनि लागेको थियो। मैले हरि बहादुरको सेल फोनमा फोन गर्न लाग्दा, मेरो सेल फोनमा घ48टी बज्यो र मैले हेलो भन्दा, उताबाट श्वास नै नफेरीकन एक वाक्यमा सबै कुरा भनेर फोन राख्यो। मैले त केही पनि सोध्ने मौका नै पाइन। मेरो मनमस्तिष्कले केही पनि सोच्न सकेन, म शुन्यमा हराए झैं भए, चारैतिर अध्यारो नै अध्यारो देख्न थालेे। हजारौ सपनाहरु बोकेर हिड्ने एउटा युवा, आज अनेकौ पिडाले थिचिएर मृत्युको मुख सामु आफुलाई पुर्‍याउन ऊ विवस थियो। रातका चम्किला ताराहरु रोएँ जस्तो देखे, अनि पूर्णिमाको रात पनि औंसीको रात झैं लाग्यो। मनमा यस्ताकुराहरुले आँधीहुरी नै ल्याइ दिएको थियो, मेरा आँखाहरु रसाएका थिए, मन मेरो रोइ रहेको थियो। त्यो ठूलो र मान्छे नै मान्छेले भरिएको शहरमा म एक्लो थिए, त्यो विरानो देशमा। त्यै पनि आफूलाई कठोर बनाएर हस्पीटल सम्म पुर्‍याए। हरि बहादुरलाई त बिहानै देखि पो उनका साथीहरुले हस्पीटलमा राखेका रहेछन्, मलाई त राती मात्र थाहा भयो। साच्चै नै हरिबहादुरको अवस्था चिन्ताजनक र रोगले धेरै नै च्यापेको थियो । म हस्पीटल पुगेको एक घ48टाको अन्तरालमा मेरो प्यारो साथी, मेरो प्यारो भाईलाई ईश्वरले म बाट धेरै टाढा लिएर गयो। म चिच्याए, म रोएँ, मेरा आँखाबाट अश्रुधाराहरु झरीरहे, म एउटा अबोध अबला बालकसरी उसको अनुहारमा हेरी रहे बस् हेरी रहे।
कसैले मलाई झस्काएर व्युझाई दियो र एउटा सानो कागतको टुक्रा मेरो हातमा राखी दियो। मैले विस्तारै त्यस कागजको टुक्रालाई खोले त्यसमा लेखिएको थियो बेलबारी–४, मोरङ्ग, नेपाल। मैले मृत्युलाई नजिकबाट पनि हेरिसकेको थिए तर पनि मलाई हरिबहादुरको मृत्युले असहनिय पिडा दियो त्यसपछि म त्यहा बस्न नसकेर क्वाटरको अध्यारो कोठामा एक्लै घोप्टिएर, राता राता आँखा बनाएर बसेको थिए। केही समय पछि उसको ओछ्यान नजिक गई बसे, उसको सिरानीमुनीबाट एउटा सेतो कभर भएको डायरीले मलाई चि्याईरहेे झैं लाग्यो। मैले बिस्तारै त्यस डाइरीलाई निकालेर हेरे, त्यस डायरीको कभरमा नेपालको नक्सा र चन्द्र, सूर्य अंकित झ48डाको चित्र कुदिएको थियो र त्यसको पछाडीको भागमा लेखिएको थियो, मेड इन नेपाल। मैले त्यस डायरीको पहिलो पाना पल्टाउदा न पल्टाउदै त्यहा मैले हरि बहादुरको हसिलो तस्वीर र तस्वीरको ठीक तल हरि बहादुरकै हातबाट केही शब्दहरु लेखेको पाए।
“स्वदेशकै एक घुट्को पानी भए पुग्छ
नेपालमै बुनेको एक टुक्रो कात्रो भए पुग्छ।
चाहिन्न बरु त्यो भन्दा धेरै
नेपाली माटोमा मर्न पाए पुग्छ”।।
यि शब्दहरुले हरेरामलाई अझ बढी भावुक र पिडा बोध गरायो। आफ्नो प्यारो देशलाई सम्झेर भावविवहल भयो, ऊ चिच्याउदै रुन थाल्यो, फेरी दौडेर हरि बहादुरको चिसो शरीरलाई अँगालोमा लिएर ऊ पागलसरी रुन, कराउन थाल्यो बस् ऊ पागलसरी चिच्याउदै रुदै थियो ―“स्वदेशकै माटोमा पुर्‍याउछु तिमीलाई ” भन्दै चिच्याइ रह्यो ऊ चिच्याइ नै रह्यो।


[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Read more...

Aug 9, 2009

झरी परिरहन्छ।

पोस्तक श्रेष्ठ
मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका


अलि सञ्चो नभएर आझ घरमै बसेकोछु। एक्लैछु। श्रीमति काममा गएकीछिन् र बच्चाहरु छिमेकी नेपाली साथीको घरमा खेल्न गएकाछन्।आज मौसम त्यति सफा छैन। कालो बादल पश्चिमतिरबाट ढाक्दै ल्याएको झ्यालबाट देखिन्छ। कुनै पनि बेला पानी दर्कन सक्छ। मिन्नेसोटाको मौसम, कुनै भर छैन।


बच्चाहरुले खुलै छोडेर गएको टिभी एकनासले कर्कश कराइरहेकोछ। दिक्क लाग्छ। टिभी बन्द गरिदिन्छु। नभन्दै पानी दर्किन्छ।झ्यालका खापाहरु बन्द गरिदिन्छु तर पर्दा भने खुलै राख्छु। मलाई किन किन पानी परेको हेर्न मन पर्छ। पानीका थोप्लाहरु जमीनमा एकनासले बज्रिरहेकाछन्। म नियाली रहेकोछु बाहिर वर्षातको नजारा। किन किन मन त्यसै रोमाञ्चित हुन्छ; तरङ्गित हुन्छ। मलाई लाग्छ, म पानीमा निथ्रुक्क भिज्दै हिंडिरहेकोछु।

“पानीमा किन भिज्दै हिंड्नु हुन्छ, एकछिन ओत लाग्नूस्” कतै एउटा नारी स्वर कानमा गुञ्जिन्छ। कतै सुनेको जस्तो, चिनेको जस्तो आवाज।

“हँ, म कहाँ पानीमा भिजेको छु र” म झस्किन्छु। “ म त आफ्नो घर भित्रै छु नि”

यो के भएको होला मलाई? त्यो कस्को आवाज मेरो कानमा प्रतिध्वनी भएको होला? सम्झने कोशीस गर्छु।म अतीतको गर्भमा समाहित हुन्छु।

२०४६ साल। राजाले दलहरुले दलहरु माथिको प्रतिबन्ध हटाएर प्रजातन्त्रको पूनर्श्थापना गरेको उपलक्ष्यमा निस्केको जुलुशमा हामी सबै स्कुलेहरु सहभागी भएर सदरमुकाम गएका थियौं। उनी पनि थिईन। उनी भन्नाले –नैनकला। म भन्दा एक तह तलको कक्षामा पढथिन्।सामान्य चिनजान थियो, तर बोलचाल थिएन। हेराहेर जरुर हुन्थ्यो तर मैले त्यो हेराइको कुनै अर्थ खोज्ने कोशीस् गरेको थिईन। जुलुशबाट फर्किदा बेस्सरी पानी परेको थियो र हामीहरु छिन्न भिन्न भएका थियौं। म रुझ्दै हिंडिरहेको थिएं।

“पानीमा किन भिज्दै हिंड्नु हुन्छ, एकछिन ओत लाग्नूस्”। एउटा घरको पालीमा आफैं ओत लागेर बसेकी रहिछिन् नैनकला। उनको आग्रह हो वा सल्लाह, जे होस् मैले सहजै स्विकार गरेको थिंए। खास चिनजान थिएन। बोल्ने कुरो पनि केही थिएन।

“कस्तो पानी परेको, हगी?”
“हो त नि”

सिमित औपचारिक सम्वाद भए। पानी रोकिने कुनै सुरसार थिएन। भिजेको कपालबाट पानीका थोपाहरु उनको गाला चुम्दै झरिरहेका थिए। पहिला सामान्य लाग्ने उनको अनुहार आज नजिकबाट नियाल्ने मौका पाउदा मलाई सुन्दर लागेको थियो। घरिघरी उनीसंग नजर जुध्थ्यो र उनको गालामा लालिमा फैलन्थ्यो र लाज मिश्रित मुस्कान निस्कन्थ्यो र उनी नजर हटाउथिईन्।उनी मुस्काउदा गालामा खोपिल्टो पर्थ्यो।

“अव एसएलसी पछि के पढ्नुहुन्छ?” उनले सोधेकी थिइन्। मैले खास केही योजना बनाएको थिइन र पारिवारिक आर्थिक अवश्थाले गर्दा धेरै ठूलो सपना पालेको पनि थिईन। सम्पत्तीको नाममा एउता गैरी खेत, एक हल गोरू, केही गाईहरु थिए। बुबा पुरेत्याँई पनि गर्नु हुन्थ्यो र त्यसबाट भएको आम्दानीले परिवार धान्न सहयोग गरेको थियो।

“हाम्रो यहाँ क्याम्पस छैन, कि चितवन जान पर्छ, कि काठमाण्डौ। खर्च धेरै लाग्छ। खै अगाडी के पढ्न सकिएला र?” मैले आफ्नो विवशता ब्यक्त गरेको थिंए।

“त्यस्तो भनेर कहाँ हुन्छ ! तपाँई जस्तो राम्रो पढाइ भएको मान्छेले त्यसै छोड्न हुन्छ ? उद्देश्य के लिनु उडी छुनु चन्द्र एक, महाकवि देवकोटाले भन्नु भएकोछ”।

म फिस्स हाँसेको थिंए। तर किन किन उनले मेरो प्रशंसा गरेको मलाई औधी मन परेको थियो। उनको सल्लाहमा आफ्नोपन झल्किएको महसुस भएको थियो।

हामी कुराहरुमा हराउन थालेरहेका रहेछौं। पानी रोकिएको हेक्का नै भएनछ।
“तल को हो बात मारेर बसेको”? माथिबाट घरको आमैले कराएपछि पो हामी झल्याँस्स भएछौं।
“ए पानी त रोकिई सकेछ। जाऔं अब। बुवाले मार्नुहुन्छ, ढिलो भयो।”। उनले आफ्नो पछ्यौरी मिलाउदै भनेकी थिइन्।

किन किन उनीसंग बात मार्दा अति आनंद महशुस भएको थियो। कुनै केटीसंगको यो मेरो पहिलो सामिप्यता थियो। यो पानी अझै परिहेको भए हुन्थ्यो नि भनेजस्तो पनि लागेको थियो। त्यसपछि बाटो लाग्यौं र केही पर पुगे पछि हाम्रो बाटो छुट्टिएको थियो। एउटा नजानिदो आकर्षणले मलाई नैनकला गएको बाटोतिर फर्कि फर्कि हेर्न वाध्य तुल्याएको थियो।

क्रमश: दोश्रो भाग


[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Read more...

Aug 6, 2009

असार १७ गते नबिनाको विहे

सुमन बगाले।
आँबु खैरेनी तनहुँ।


परदेशमै भएपनि मैले आफनो गाउघर, आफनो मातृभुमी र परिवारलाइ चट्क्कै माया मार्न भने सकेको छैन। आफनै देशमा दश नङग्रा ख्याएर स्वभिमानी नेपाली बन्छु भन्दापनि अल्लाघरे पल्लाघरे साइला माइलाले डलर दिराम साउदी रियलको धनले टिनको छानो हालेर घरमा सोलार जोडदा मेरा परिवारलाइपनि डाहा लागेछ कि कसो हो धनविरे दलाललाइ भनेर खाडी मुलुक धपाइदिए। मन नमान्दा नमान्दैपनि साथीसँगी पानी पधेरो सदाबाहार हरियाली शितल हावा बहलाउने वन जँगल र गँगासरी बग्ने मर्स्याङदीलाइ चटक्क माया मारेर म लागे परदेशतिर।

हिजोआज म खाडीको मरुभुमीमा लम्पसारिएको छु। पचास साठी डिग्री घामको रापले डढेर कालो फुस्रो भएको छु। अनुहारहरु सबै फुटेका छन्। पलास्टिक बोतलको पानीले तिर्खा मेटाएपनि आत भरिएको छैन। तातो बालुवामा रवरको बुटसँगै चाल चाल्दा पैतला छिया छिया भएको छ। सिमेन्टीका बोराले हात थिचेर अहिले राम्रोसँग चलाउनपनि भएको छैन सोझो हिसावले भन्नुपर्दा म अपाङग भएको छु। आजभोली औला अली राम्रोसग्ाँ चल्न थालेका छन्। हातका ठेलाहरु हल्लाभएपनि मरिसकेकाछन्। पहिले पहिले त हातमा मुठी मार्नपनि औलाहरु ब्ाउडिन्थेँ। दिन गन्नपनि दुइहातको साहारा लिनु पर्थ्यो। महिना मर्यो कस्ले छिटो र धेरै दाम पठाउने होडबाजीले गर्दा मन लागेको खान र लाउनपनि मन मरिसकेछ। कुनै महिना अतिरिक्त समय काम गर्न नपाएको बेलामा अवश्य नै घरमा थोरै पैसा जान्छ। थोरै पैसा घरमा पुग्यो भने दाजु भाउजु र आमाको घरमा कलह मचिन्छ नानाधरी कुरा सुनेका मेरा परिवार रण्डीबाजी गरेर पैसा सकाइस भन्ने आरोप मलाइ नै लगाउछन्। दाजु बाउ नभएपनि बाउको कुनै कमी हुन दिइन अहिले कमाउने भएपछि पैसा लुकाउन थाल्यो भन्छन् भने भाउजु कि छुटिएर बस्नलाइ हो भनि मलाइ नै प्रश्न सोध्न थाल्छीन्


मलाइ नपुग्दो केहि थिएन। दाइ भाउजु छुटिएपनि हजुरबाबाले जोडनु भएको थोरै भएपनि मोतीसरी धानका बाला झुलाइ मानामुरी फलाउने गैह्ी खेत मेरै हो, कुडुलेमा तोरी बहलाउने लामा गरा मेरै थियो। आफनो पाखुरा बजारेर दुइ छाक टार्न पुग्ने नै थियो। किन चाहियो टिनको छानो रानीबनको खरवारी मेरै थियो। किन चाहियो सोलार मेरै तारी भैसी र फुर्के काले हल गोरुका गोवरबाट मेरै घर उज्यालो थियो। सलसल सुसाउदै बग्ने दरौदी र मर्स्याङदी मेरै हिम श्रृखलाका थिए। आपत विपत दुःख अडचन्पर्दा देवी मनकामना कालीका माइ छिक्केश्वरीलाइ सुनाउथेँ उनीकै श्रद्धाभक्ति यो जिवन अर्पेको थिएँ। वन पखेरामा मेरै गाइ भैसी चर्थे, वन्यजन्तु, डाफे मुनाल कोइली चरी नाच्दै,डुल्दै रमाउथे। सँक्रन्ती र एकादशीमा लाग्ने मेलामा खैचडी र मादलुको तालमा मेरै स्वर शोरठी र मारुनी भाकामा धन्कीन्थे। इष्टमित्र नातागोता सबै मेरै थिए। हेर त असारपनि सकिन लागेको छ पोहोर साल मुखीया बा भन्दै हुनुहुन्थ्यो बलरामले मेलो सजिलो बनाइदिएर रोपारहरुले छिटै मेलो सकाए, अब आउने असारमापनि मेरो मेलो जसरी भएपनि आउनु पर्छ है। विचैमा कुरा काटथ्यो मोतीले , नबिना मेलामा आएपछि त यसको भाउ नै बेग्लै हुन्छ सबै गलल्ल हास्थेँ। मेरो अनुहार रातोपिरो देखिन्थ्यो। पहेलो पटुकी कम्मरमा बाधि दुइ चुल्ठी बाडेकी पुतली हातका चुरी छिनछिन बजाउदै विउ रोपेर कोइलीको भाकामा असारे गित गाइदिदा सबै हलीहरु गोरु छोडेर हिलो छेप्ने निहुँपारी उतै तिर आर्कषित हुन्थो मलाइ भने डाह चल्थ्यो। ३० डिग्रीको घाम यो ज्यानमाथि पर्दापनि घाम भयो बलाराम भन्दै छाहारीमा बस्न बोलाउथी। म नजिकै गएर उनीले छानेका गहुँको जाडले प्यान्टेभुडी टुनुक्क पार्थेँ। पड्केमुलको पानीले धित मरुन्जेल तिर्खा मेट्थ्यँ। पछाडीबाट कुलोको पानीले झसङगै हुने गरी छ्याप्दा मुर्छा परेर हास्दथी मेरी काली नविना। म अझै घुर्की लगाउदै हुन्थाँ। रिसाएको भनि उल्टै मलाइ नै फकाउथी। कस्तो निश्चल माया थियो।

डलरको दर भाउ हेरेर अस्ती पैसा पठाइ हिजो घरमा फोन गरेँ। असारपनि सकिन लागीसकेको छ। यसपाली पानी समयमा नर्पनाले आजभोली काम गर्ने मान्छेको भाउ बढेर छोइ नसक्नु छ। मेलोको चटारो छ। किन ढिलो पैसा पठाएको भन्दै प्रश्न गर्न थाल्छन्। नम्बर सम्बर दिएर फोन राख्ने तरखरमा थिएँ। एक छिन पख खुशीको खबर छ सुन्न चाहान्छस् भने। यो दुखेको शशीर उस्तै उसैमाथी मानसिक पिडाले भरिएको मेरो मनलाइ खुशीको खबर सुन्छस् भनेपनि कहा पछि हटथ्याँ र। उत्कुष्टताका साथ कान ठाडो बनाएँ। त्यो खानीखोलाको गोरे कङगालको छोरी नविना तसँग मायाप्रिती छ भन्थे नि गाउले ले। त्यसको यहि १७ गते विवाह हुदैछ। पल्ला गाउको मस्टरको छोरा विनोदसँग। खुव तैले मलाइ माया गर्छे नविनाले, मसँग बिबाह भएन भनि अन्तै कतै विबाह गर्दिन भनेकी छे भन्थिस् नि लोप्पा ख्वाइदिइ तलाई। ठिक्क भयो हामीलाइ घँाडो भएको थियो। पिर नगर आजभोली खै किन हो धेरै दुव्ली नराम्री भएकी छे तलाइ नविना सुहाउदैनथिइ पनि। अब त पैसा कमाएको छस् नि अलि धनीबाउकी एक्ली छोरीसँग विहे गर्नुपर्छ। बरु एक दुइ फोटा पठाए यता त आउदा सम्म केटिको बन्दोबस्त गर्नुपर्छ त्यस्तो कँङगालको छोरीसँग विहे गर्नु हुदैन भनि फोन राखिदिएँ।

मन गरुङगो भयो। खासै कुनै त्यस्तो प्रतिक्रिया जनाउन मन लागेन। किन कि यो हुनु नै थियो। रोक्नपनि सकिन। म आफु नर्गिय जिवन विताइरहेको बेलामा नविनालाइपनि मैले आफनो दुखमा मिलाएर उसको जिवनपनि कष्टकर बनाउन चाहिन। गएको महिनामा नै माग्न आएको थियो विनोद नविनाले गत महिनाको चिठीमा लेखेकी थिइन्। विनोदको उच्च खानदान राम्रा पारिवारिक वातवरण देखेर नै मैले नविनालाइ हात बढाए हुन्छ भनि चिठी पठाइसकेको थिएँ। विनोदको घर एक स्वर्ग हो भने मेरो घर नर्ग भन्दा कम छैन। हुन त म लाक्षी नमर्दा, पुरुषको नाममा कलङकको पात्र बनेको छु अहिले आएर। किनकी मलाइ मेरै परिवारले घोडा बनाएको छ र समाजले मलाइ अपाङग बनाएको छ। यति कुरा थाहा हुदा हुदैपनि म हारिरहेको छु। यदि मेरो बाबा भइदिएको भए मैले यो सहन पर्ने थिएन कि? यो मेरो मन बुझाउने बाटो बनेको छ। लाग्छ बाबालाइ मेरो यो गति हेर्न नपरोस भनेर नै यमदुतले चाडै नै बोलाएका होलान्।

म त नविनाको विहे प्रति एकदम खुशी छु। नविनालाइ विश्वास लाग्दैन होला, विश्वासपनि कसरी लागेास मुटुको टुक्रा चुडिदा तैपनि के नविनाको खुशी मेरो खुशी होइन र? विनोद नविनाको उज्वल भविश्य हो म त उनीलाइ माया गर्ने एक दुखी मात्र हुँ जो मरेरपनि बाचेको छ र बाचेरपनि मरे सरह छ। अब उनका हातले दाउरा घास गर्नु पर्दैन। कुनै मेलापात गएर जिविकोटार्नु पर्दैन। न त पिढुँमा भारी न थाप्लोमा नै लाम्लो पर्नेछ। विदेशमा श्रीमान् छ कसो होला के होला भन्ने पिर हुनेछैन। मर्स्टनीको बुहारी विनोद जस्तो महामानवको श्रीमति भएर महलमा जिन्दगी विताउनेछिन्। मसँग आएर के पाउथिन् र। मात्र मेरा पलासको फुल जस्तो माया। जसको नाम मात्र फुलको छ न कुनै रुप र सुग्ान्ध नै छ। मेरो माया नविनालाइ त्यस्तै हो। सबै थोक माया मात्र होइन। जसरी हागाँ विगँा विना रुखको शोभा हुदैन त्यसरी नै आधारभुत परिपुर्तिविना मायाको पनि शोभा अनि अश्त्तित्व हुदैन। चुलिदै गएको उनीको वैशलाइ कुठराघात गरि रोक्न सकिन र पिडादायी खुशी दिन चाहिन। नविना प्रति कुनै गुनासो हुने छैन र नविनाले मेरो चिन्ता गर्नुपर्दैन यसमा नविनाको कुनै गल्ती छैन। गल्ती न नविनाको थियो न त मेरैपनि सारा गल्ती त मेरो भाग्यले र मेरो सोझोपनले गरिरहेको छ ।अरुलाइ दोश दिएर म चोखो बन्नपनि सक्दिन। गर्मीले अस्ती भर्खरै पाल्पाको साथी ह्दयघात भएर सुतेको ठाउबाट उठदै नउठि यमलोक पुग्यो। आफन्त र साथी भाइको सहयोगमा उसको मृत शरिर पाच महिनामा बल्लतल्ल मातृभुमीमा पुग्यो। खै अब मपनि धेरै बाच्दिन होला। छाति पोलीरहन्छ खोक्दापनि रगत आउछ। खाना मिठो हुदैन। शशिर सुकेर विसैली भइसकेको छ। मात्र नविनाको पिर थियो उनीकोपनि राम्रो घरबार हुने भएपछि मलाइ सब थोक बाट सन्तुष्टि मिलेको छ। मलाइ अब जिन्दगीको कुनै मोह छैन। माया मारेर या माया घटाउन यो भनेको जस्तो लाग्छ होला नविनालाइ तर यो यर्थात हो जुन मैले यहा भोगीरहेको छु। म अब नविनालाइ कुरा लुकाउन सक्दिन। यो जुनीलाइ यस्तै भयो अर्को जुनी जन्मजात नविनाको सौभाग्य हुन पाउँ , अहिलेका सारा अधुरा व्याथा कथाहरु अर्को जुनीलाइ साक्षी राख्दै दुइ पन्छी बनेर जस्तो सुकै बाधा अडचन आएपनि सँगै जिउन पाउँ। अलविदा नबिना तिम्रो सुखद दम्पत्यको मँगलमय शुभकामना। सदा खुशी रहनु। तिम्रो सिउदो सजाएको सुन्न पाउँ। म अब जिउदो फर्कनछु कि फर्कन त्यो चिन्ताको विषय भएन्। यदि कतै यतैबाट यमलोक पुगेँ भने म क्षितिजबाट तिमीलाइ चिहाइरहनेछु । लाजले घुम्टो नछोपे ल।

समाप्त

[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Read more...

Aug 5, 2009

"मेरो दोश्रो विवाह"


उपमा अर्याल
छाउनी, काठमाडौं
हाल- मिनेसोटा, अमेरिका


(कथा तथा कथाका पात्रहरु काल्पनिक हुन कसैको व्यक्तिगत जीवन र आचरणमा मेल खाएमा संयोग मात्र हुनेछ।)


आज मेरो विवाहको दिन। सबै जान मलाई श्रिगांरी रहेका छन। जसरी हुन्छ, जे गरेर हुन्छ, मैलाई राम्रो देखाउन खोज्दै छन मेरा आफन्तहरु, साथीसङिहरु। बाहिरी रुप जती सुकै सजिसाजवोट गरेर सुन्दर देखाये पनी के गर्नु, मेरो भित्री मन आज छटपट्टी रहेको छ, आगोको राप झै रपिरहेको छ। उकुसमुकुस्सिएको छ मेरो शरीर।

"पर कुनामा बसेर ५ बर्षाको मेरो छोरा टुलुटुलु मलाई हेर्दै छ। के थाहा त्यो बाल सुलव मनलाई आज उस्को आमाको विवाह हो भनेर।"

म यौटी द्रोन्द्र पीडित एकल महिला। ४ बर्ष अगाडि मेरो श्रीमानलाई मवोबादिले सुराकी गरेको अभियोगमा, २ दिन सम्मा यातन दिएर हत्या गरेका थिए। मेरो सिउँदो पुछिएको थियो त्यो दिन, चुराहरु फुटेका थिए। लाउँलाउँ खाउँखाउँ भन्ने उमेरमा सिन्दुर, पोते र चुरा त्यागी, आफ्ना रहर अनी अनगिन्ती चाहनाहरुलाई सेतो फरियामा पोको बनाइ, जीवन कट्न वाध्य बनाइएको थियो मलाई यो समाजले। के अपराध गरेकी थिए मैले भगवान? दोष भगवानलाई थुपार्न त सजिलै हुन्छ। तर यो कुसस्कर, कुसस्क्रिती अनी असामाजिक कुराको परिवर्तन गर्न न त कोही नै अगाडि सर्छ्न न त सामाजिक पृष्ठ् भुमि बादलन नै सक्छन। यी कुराको जलन त जलेको मान्छेलाई पो थाहा हुन्छ, त्यो रपिएको रापको जलनको पिडा कस्तो हुन्छ भनेर !

ओहो! जन्ती आयो भन्दै कराउदै, जन्तीले लिएर आएको पञ्चे बाजाको आवाज सुन्ने बित्तिकै सबै साथीसङी जन्ती हेर्न तिर लगे।


घरको आर्थिक व्यबस्ता गर्ने मान्छे कै हत्या भयो भने त्यो घर कस्तो होला? अझ मेरो त प्रेम विवाह भएको थियो। माइतले अहिले सम्मा स्विकारेको नै छैन। एक्लो छोराको जिद्दिले गर्दा घरमा भित्रिन सम्मा पाएकी थिए।यो घरको सदस्य हुँ भन्ने महसुस हुन थालेको थियो मलाई। कुन पापिको आँखा लाग्यो, मेरो प्यारो मान्छेलाई दैबले चुडेर लाग्यो एती चाडो।आर्थिक अबस्त कम्जोर भएकाले मैले मेरो छोरो स्कुल भर्ना पनि गर्न पाएको छैन।घर परिवर पनि पैसा छैन, तेरो आफ्नो छोरा हो तँ आफु नै गर भन्छन।अरुलाई जलाएर आफु रमाउन खोज्ने खालका परिवार रहेछ यो। बिस्तारै सबै बुज्दै थिए।

केही समय पनि पहिला द्रोन्द्र पीडित एकल महिलालाई भनी राहात स्वरुप अली अली पैसा आएको थियो रे। एक नजर पनि लगाउन पाइन। सासुले नै राखिन सबै।

समयको बेग चलिरहेको थियो। अर्थिक रुपमा त म पीडित छु नै, मानसिक रुपमा झनै पीडित हुन थालेको थिएं। काम गर्न कोसिस नगरेको पनि होइन, काम थालेपछी छोराको बिजोग भयो। दु:ख, कस्ट लुकाइ, जीवन जिउन भर्पुर प्रयास गर्दा गर्दै पनि त्यही दु:खमा लत्पतिएको मेरो मुस्कानको पनि इर्स्या गर्ने धरै भेट भए अहिले सम्मको मेरो जीवन अन्तरालमा। हाम्रो समाजले एकल महिलालाई हेर्ने नजर पनि साह्रै तुच्छ रहेछ। जता गए पनी आँधी हुरी झेल्न पर्ने रहेछ। २४ बर्षकी म, जीवनमा केही गर्नु पर्छ भन्ने सोच थियो। श्रीमान हुँदा हरेक काम कुरामा हौसाला पाउथिए, प्रत्सोहान पाउथिए। सगरमाथाको जस्तो उच्च थियो उहाँको म प्रतिको व्यबहार अनी नौनी घिउको कोमलता जस्तो पवित्र थियो उहाँको मन। छोरा जन्मिदा उहाँ साह्रै खुशै हुनुभ्एको थियो। यो हाम्रो हिरा हो, उज्यालो चमक दिन हामीले हातमा हात रखी टल्काउनु पर्छ भन्नुभएको थियो। तर त्यो हिराको चमक नै नलेराइ मलाई एक्लै छडिदिनुभयो।

१० बर्शे द्रोन्द्र कालमा म जस्ता कती नेपाली दिदिबहिनीहरु बिना केही करण आफ्नो साहरा गुमाउनु परेको छ, कती बालबच्चाहरु टुहुरा भएका छन, कती बाबुआमाहरुका बुढेस्कालका टेक्ने हाँगो भाँचिएको छ।५१% महिला भएको हाम्रो देशमा,धेरै महिलाले एस्तो परिस्तिती आफ्नो पोल्टामा राख्न बिना कसुर परेको छ। लिखित तथ्यांन्क कतै भेटिन्न कती छन म जस्ता महिला भनेर। त्यही द्रोन्द्र पीडित एकल महिलाहरुलाई प्रत्सोहान गर्न अहिले सरकारले, त्यस्ता महिला विवाह गर्ने नव-दम्पत्तिलाई नगद रु. ५०,००० दिने निती जो सरकारले बजेटमा लेराएको छ, के त्यो सही हो त? के एकल महिलाले पुरुषको साथ पाउन साथ उस्को जिन्दगी सार्थक हुन्छ त? कदापी हुन्न! ल म जस्ता द्रोन्द्र पीडित एकल महिला त विवाह गरेर नयाँ घरमा जाउँला तर ति अबोध बच्चाहरु? तिनिहरुको के दोश यसमा? उनिहरुको भविश्य माथि किन खेलबाड गर्दै छ हाम्रो सरकार?
अहिले पनि त्यही नगद पाउने लालसमा आएर मेरो घरका परिवारले मेरो विवाह गरिदिन लागेका छन, त्यो पनि हाम्रै पल्ला गाउँका काकाको लठौरो छोरोसँग। लठौरो भएकाले ३५ नागिसक्दा पनि विवाह हुन सकेको थिएन त्यस्को। मेरी सासु टाठी बाठी। हाम्री फुल जस्ती बुहारीलाई छोरी जसरी उन्माएर, तिमीहरुको घरमा भित्रैदिउँला तर आएको नगद रु. ५० हजारमा आधा हिस्सा मेरो हुनुपर्छ भनेर कबुल गरएकी थिईन पहिला नै। नत्र भन्ने त्यो लठौरोलाई मेरी बुहारी दिन्न भन्दै थिईन। के पैसा नै हो त सब थोक? खै यहाँ मनबता?

के यही हो त एउटा मान्छेको सभ्यता अनी सस्कार? किन हाम्रो समाजमा नारिले नै नारिलाई दबाउँछन। ५० हजारको लोभमा आएर मसँग एक बचन पनि नसोधी मेरो जीवन को निर्णय गर्ने त्यो को ? जब कि यस घरमा आउँदा पनि मैले मेरो आमाबुवालाई एक बचन पनि सोधेको थिईन। म पनि त सक्थिए होला यिनिहरुलाई तड्पाउन, भुसको आगो झैन भित्र भित्रै सल्काउन। तर मेरा बुवा आमा दिएको सस्कार त्यो होइन मेरो। कसैको प्रेममा अन्धो भएर, आफ्नै जन्मदिने बुवा आमाले पछउन लगाएको सस्करलाई लत्ता हानी, गरेको पापको फल हो यो सब। विश्वाशको पर्खाललाई त्यतिबेला नागेको थिए मैले,अहिले पस्चातापको आगोमा दन्दनी जलिरहेको छु।

अब मैले एउटा द्रिड संकल्प लिनुपर्छ। मेरो छोराको भबिश्य माथि यो परिवारको छाँया सम्म पर्न दिन्नु हुन्न मैले। मैले नै मेरो श्रीमानको सपना पुर गर्नुपर्छ। क्षितिज पारी रहेको सप्तरङी इन्द्रेणी रुपी उस्को भबिश्य सम्म पुग्ने बाटो मैले नै पहिलैदिनु पर्छ। सुर्ये जतीसुकै उदार भएर संसार भरी उज्यालो प्रकाश छरे पनी त्यती राम्री चन्द्रमा लाई कहिलै पनि भेट्न पाउदैन्न। म जतिसुकै उदार भएर यो घर म बसे पनि मेरो लागि केही हुने वाला छैन। मेरो परिवार भनेर अहिले सम्मा बसेको थिए, जीवन जिउने एउटा साथीत्वको आभास गरी तर अब यो बिच बाटो मलाई आफ्नो भन्नेले त छोडेर गयो भने अरु साथी किन खोज्नु मैले। मेरो छोरा नै हो अब मेरो साथी, उ नै हो मेरो जीवन जिउने आधार।

"ए दुलहिलाई जग्गेमा लेराउ!” -म झस्सँग झस्किन्छु।


म एकदम हतारेको महसुस गर्छु आफुलाई। मैले मेरो आफ्नो लागि अनी मेरो प्यारो छोराको लागि पनि यहाँबाट भाग्नुपर्छ। नत्र मेरो छोराको भबिश्य आन्धकार हुन्छ। हत्तपत्त ढोका को चुक्कुल लगाउछु। के गँरु कसो गँरु भई रहेको थियो। छोरालाई टपक्क टिपें अनी पछाडिको ढोकाकाबाट यो घरमा कहिलै नफर्किने गरी आफ्नो बाटो लगें।

~समाप्त




[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Read more...

Jun 13, 2009

आमाको रहर !


राजु लामिछाने
माझ्ठाना–६ काश्की
हालः हप्किन्स, मिन्नेसोटा


खण्डः एक

“अचम्मैको घर बन्यो, बिदेशीलाई बनेको कुनै तारे होटेल हो क्या हो?”
“होटेल सोटेल हैन, क्याप्टेन रणबहादुर गुरुङ्गको घर हो।"
“को रैच रणबहादुर भन्ने?"
“गाउँ चैं माथी ज्यामिरे हो अरे ब्रिटिस लाउरे रैच, दुइ/दुईवटा पेन्सन पकाएको छ अरे। अनि तीनभाई छोरा अमेरिकामा डाक्टर, इन्जिनियर, बुढा बुढी पनि ६/६ महिनामा अमेरिका जाँदा रैचन।"
“टोलमा यस्ता लाउरे आए भने त जाति भो नी, हाम्रो जग्गाको पनि भाउ बढ्नेभो।”

पोखराको यो सुन्दर टोलका छिमेकीहरुले गरेका यस्ता कुराहरु प्राय सत्य हुन। क्याप्टेन रणबहादुर र उनकी श्रीमती रूपा अमेरिकामा बस्ने आफ्ना छोराहरुलाई भेटेर अघिल्लो महिनामात्र घर फर्केका थिए।

aama1साउनको महिना साह्रै गर्मी छ। क्याप्टेन र रूपा बाहिर दुबोको चौरमा ठूलो छाता मुनि बसेर कुरा गर्दै थिए। क्याप्टेन घर तिर हेर्दै भन्छन "यत्रो घर बनायौं छोराहरु त आउलान नि आउन त? हेरन त्यो माईला त बाबा आमा नै सधैका लागि अमेरिका आईदिए हुन्थ्यो भन्छ .. मैले त झ्याम्म चड्काई दिन लाथेँ पाजीलाई ... जेठाले समातेर मात्र हो, सारा पल्टन थर्काउने रणबहादुरको रिस आफ्नै छोराहरुलाई थाहा छैन।" रूपा हास्दै “धत् तिम्रो बानी, अमेरिका गएर पनि छोराहरुलाई पल्टने रिस देखाउँछौ। बिचरा माईला त निलो भाथ्यो। मायाले कुरा गर्न त तिमीले जाने कै छैनौ।” क्याप्टेन आँखा घुमाएर हाँस्दै रूपालाई हेर्छन। रूपा थप्छिन “हेर बुढा म त आमा हुँ। छोराहरु जतिसुकै ठूला भए पनि मेरा लागि काखमा बस्ने बच्चा जस्तै लाग्छन। के गर्ने मेरो रहर त तीनै भाई पढाई सकेर नेपाल आउन, यहीँ काम गरुन भन्ने थियो। तिमीसँगै सारा संसार घुम्न पाएँ बुढा, हाम्रो देश अनि हाम्रो गाउँ जस्तो राम्रो कहिँ छैन। मलाई त यो घरको भन्दा पनि गाउँको घरको माया लाग्छ। म त मरे पनि गाउँ कै च्यानडाँडामा बस्न मन थियो, हाम्रो त सारा बाजेबराजु उतै छन।" क्याप्टेनले हललल हास्दै भने “आए पनि तिमीले भने झैं गाउँमा गएर बसिदेलान त? उतै खैरीनी या काली पो ल्याएर बस्ने हुन की।” रूपा जगिंदै “हेर है बुढा, मलाई रिस उठ्छ। तिमी पल्टन थर्काउने हौ भने म तिमीलाई पनि थर्काउन सक्छु। छोराहरुले आउदिन मात्र भनुन त म तिनीहरुको मुख पनि हेर्दिन, यो घर सर सबै कुनै गरीवलाई दान दिन्छु बुझ्यौ।" कमलो मनकी रुपा रुँदै भन्छिन “मलाई बिना सन्तानको यो बंगालाको कुनै माया छैन। अब चाडबाड आउँछन सबैको घरमा रमाईलो हुन्छ हामीले भने आफ्नै सन्तानलाई फोटोमा हेरेर र फोनमा कुरा गरेर चित्त बुझाउनु पर्छ। चाहिँदैन मलाई यस्तो सम्पत्ती।” यत्तिकैमा रूपा तल्लोपेट छाम्दै टेबुलमा घोप्टो पर्छिन। क्याप्टेन दौड्दै भित्रबाट औषधि ल्याएर रूपालाई खुवाउँछन।

भोली पल्ट दिउसो अस्पतालमा डाक्टरले एकान्तमा बोलाएर भनेका कुराले क्याप्टेन गोली लागे जस्ता भए। अकस्मात अनुहार बदलियो, पसिनै पसिना भए। फेरी पिँडालाई लुकाई रूपालाई ट्याक्सीका राखेर घर फर्किए। बाटोका "डाक्टर त ठ्याक्कै हाम्रो जेठा जस्तै रैच है बुढा।” भनेर रूपाले भन्दा क्याप्टेनले केबल “हुँ” गर्छन।

एकै छिनमा क्याप्टेन छोराहरुको फोन नम्बर खल्तीमा हालेर रूपालाई दवाई लिन भनि बजार तिर हिँडे। नजिकैको क्याविन फोन सेवाबाट पालैपालो तीनवटै छोराहरुसँग रूपालाई पाठेघरको क्यान्सर भएको। उनको क्यान्सर जटिल भएर अब केही हप्तामात्र बचाउन सकिने डाक्टरको भनाई सुनाए र सबैलाई पल्टन कै शेलीमा “लु म अरु केही जान्दिन उपाय पनि केही छैन तीनै भाई जति सक्यो छिटो आमाको मुख हेर्न आउनु , खाँदै भए पनि खाना छाडेर चुठ्न घर आउनु।" भनेर फोन राखिदिए।

रूपा अस्पतालको शैयामा छन। भेट्ने मान्छेको घुईचो लागेको छ। जव होस आउँछ “छोराहरु खै? अहिले सम्म आएनन। जाउँ जाउँ बुढा बाहिर गेट सम्म ...कतै अस्पताल मै अल्मलिएकी ... ” भन्छिन। उनका आँखा प्राय अस्पतालको कोठाको ढोका तिरै हुन्छन। क्याप्टेनले फेरी पनि धेरै पटक फोन गर्ने प्रयास गरे तर लाग्दै लाग्दैन, लागिहाले पनि कम्प्यूटरमात्र बोल्छ। सायद उताबाट हिँडि सके होलान भनि चित्त बुझाए। बाटो हेर्दा हेर्दा खबर गरेको पनि आज २१ दिन भएछ। रुपाको स्वास्थ्य दिन दिनै बिग्रँदै गयो। क्याप्टेन वायाँ हातले रूपाका हातका औला खेलाउँदै थिए भने दायाँ हातले भिजेको रुमाल समाती बेहोस रुपाको अनुहार सफा गर्दै थिए यत्तिकैमा एक युवक निराश भएर क्याप्टेनलाई छोराहरुसँग भर्खरै फोनमा कुरा भएको, उनीहरु आउन नपाएको र नपाउनाका बिभिन्न कारणहरु भन्दै थिए। क्याप्टेनले बिचैमा “बस् बन्द गर ” भने । युवक डराउँदै बाहिर निस्किए।

बिधिको बिधान कस्ले पो जानेको छ। आखिर रूपा रहिनन। क्याप्टेनले यति छिटै यस्तो असहज दिन आउला भन्ने सोचेका पनि थिएनन। अस्पताल परिसर भरी रूपालाई श्रर्दाञ्जली तथा क्याप्टेनलाई सान्तोना दिन गाउँले र इष्टमित्रहरुको घुइचो थियो तैपनि क्याप्टेन एक्लो भएका थिए। रूपा त सधैका लागि छाडेर गईन गईन छोराहरुको आशा पनि उनको मनबाट हराएको थियो। क्याप्टेनले दाजुभाईहरुलाई रूपाको शव अन्त्यष्टीको लागि गाउँबाटै लामाहरु बोलाएर ज्यामिरे लग्न सल्लाह दिन्छन। रूपाको यहि रहर थियो।

रूपाको शव यात्रा आफ्नै धार्मिक चलन अनुसार सयौं जनाको सहभागितामा ३–४ घण्टाको बाटो ज्यामिरे गाउँ तिर उकालो लाग्यो। बाटामा रुपाका संगिनीहरु र उनलाई चिन्नेहरु भन्दै थिएः
बिचरी रूपा आँखामा हाले पनि नबिझाउने थिई।
होस भइञ्जेल छोरा छोरा भन्दै थिई रे।
त्यस्ता त्यस्ता तीन भाईकी आमा भएर पनि मर्ने बेलामा एउटा पनि भएन बिचरीलाई।
त्यस्ता छोराले पढेर के काम। खुम्रै भए नि हाम्रै छोरा बेश रहेछन हगी।
छोरा छोरी भएनन भनेर पिर गर्नु नी बेकार रहेछ।
त्यस्ता छोरा भएर के काम बरु कोख बाँझै भएको जाति।
बाबु आमाको मन छोरा छोरी माथि छोरा छोरीको मन ढुङ्गा मुढामाथि।
गाउँमा अरु केही दिन यस्तै यस्तै कुराहरु भईरहे। क्याप्टेन पनि बेसुरे पाराले भौतारिन थाले।

खण्डः दुई
aama2
क्याप्टेनका जेठा छोरा डा. मन बहादुर थकित पाराले सोफामा पल्टी रहेका थिए। झुन्डाएको नेपाली भित्तेपात्रोमा आँखा पुग्छन। आमा स्वर्गे भएको पनि आज छ महिना भएछ। आफ्नो बाल्यकालमा आमासँग बिताएका रमाईला दिनहरुको याद आयो। पानीको पाईप काटेर साइकल बनाई खेलेको, बाँसका सुप्लाको फिरफिरे बनाई साना भाईहरु र गाउँ कै अरु साथीभाइहरु सँग खेलेका दिनहरु, अनि आमासँग मेलापाता, गाउँ बजार घुमेको यादहरुमा हराई रहेका थिए। फोनको घण्टी बज्यो। फोन बाबा (क्याप्टेन)को थियो। क्याप्टेन भन्छन “म यहिँ सिकागो एयरपोर्टमा छु, तँ लिन आउछस की ट्याक्सीमा आउँ?” मन बहादुरको बसोबास एयरपोर्ट बाट जम्मा ५ माईल टाढा छ। बाबालाई लिएर आए। छोराले बाबा अकस्मात आउनाको कारण पनि सोध्न सकेनन भने बाबाले पनि छोरालाई किन नेपाल नआएको भनि सोध्न जरुरी ठानेनन। दुबै मौन रहे। कोठामा छोराले आमाको फोटो ठूलो फ्रेममा फूलको माला अनि खाकाले सजाएको देखि क्याप्टेनले सहनै सकेनन र आफू केहि दिन बसुञ्जेल कतै लुकाएर राख्न अनुरोध गरे। बाबाको आग्रहमा मन बहादुरले आउँदो शुक्रबार बेलुका सिकागो मै भेला हुन न्यूयोर्कमा रहेका माइलो भाई र क्यालिफोर्नियामा रहेका कान्छो भाईलाई खबर गरे।

शुक्रबारको साँझ तीन भाईका माझमा क्याप्टेनले आफूले जान्न चाहेको उत्तर मागे। प्रश्न त्यही थियो। “आमाको मुख हेर्न किन आएनौ?” तीन भाई एक अर्काको मुखमा हेर्छन। सबैलाई थाहा थियो बाबाको झडँङ्ग रिसाउने बानी। जेठा छोरा मन बहादुरले नै पहिला मुख खोले “हो बाबा हामी साह्रै अभागी रहेछौं । प्रयास गरेर पनि नेपाल जान सकेनौं जुन हाम्रो जीवन भरीको लागि पछुतो भएको छ। कामबाट बिदा मिलाउनै सकिएन।” क्याप्टेनले औलाले इशारा गर्दै माईलाको पालो आएको जनाए। माईला छोराले पनि आँसु खसाल्दै। त्यतीबेलै आफ्नो पढाईबाट भिषाको समयाबधी सकिन लागेको र कामबाट म्याद थप हुने क्रममा भएको सुनाए अनि कान्छाले पनि त्यही बेला उनको परीक्षा परेकोले छोडेर जान नमिलेको बताए।

क्याप्टेन उनकी आफ्नी आमा मर्ने बेला पल्टनमा लडाईको तयारीमा भए पनि जागिरको ख्याल नगरी राइफल फालेर आमाको अन्तिम श्वास भेट्न नेपाल गएको गएका थिए। पछि पल्टनले उनको निर्णयको प्रशंसा गरेको थियो। क्याप्टेनको काखमा बोल्दा बोल्दै आमाको प्राण गएको अनि सारागाउँले र इष्टमित्रहरुले स्यावासी दिएका थिए। क्याप्तेनले आफ्नो कहानी सुनाउँदै रुपाले होस छउञ्जेल छोराहरु कै बाटो हेरेको र अन्तिम बाक्य नै छोराहरुलाई बोलाई देउ भएको सुनेर तीनै भाईको मनको बह आँसुमा बदलियो, सुक्क सुक्क गरि आँसु पुछ्न लागे।

केही बेर पछि सबैलाई सान्तोना हुने विचारले “जे हुनु भै हाल्यो हामी गएर पनि आमालाई बचाउन सकिने थिएन। फेरी हाम्रो भविश्य पनि हेर्नु पर्‍यो।” कान्छाले थप्दै थिए। क्याप्टेनले बिचैमा सोधे “के नेपालमा तिमीहरुको भविश्य छैन?” कान्छाले जवाफ दिन्छन “खै, नेपाल कै हालत त्यस्तो छ सबैजना विदेश जान खोज्छन, हामी अमेरिकाबाट सधैका लागि नेपाल जान त लाजै होला नी। नेपालमा न गतिलो नेता छ नत गतिलो मान्छे नै। सधै आन्दोलन, बन्द, चक्काजाम, लोडसेडिङ्ग कसरी सम्भव छ जीवन? आमालाई त गुमायौ गुमायौ, बाबा तपाई आउनु भो अब हामीसँगै यतै बस्नु पर्छ।” दुई भाईले पनि कान्छाको कुरामा सहमतीको मुन्टो हल्लाउँदै थिए। रण बहादुर जुरुक्क उठेर सिंह झैं गर्जिन लागे “हेइ.... मुर्ख हो थुक्क ..... धिक्कार छ तिमीहरुलाई। कसैले मलाई यहाँ लाखौं डलर दिएर पूजा गरेर राख्छु भन्छ भने पनि म त्यसलाई थुकेर आफ्नो जन्म देश रोज्छु बुझ्यौ। फेरी आफ्नी आमाको रहर बुझ्न नसक्ने कुपुत्रहरु सिङ्गो नेपालको निन्दा गर्छाै। हरेकले आफ्नी आमालाई खुशी राख्न सके बल्ल नेपाल आमा खुशी होलीन। तिमीहरु जस्ता पढे लेखेको नयाँ पिंढीको सोचाई त यस्तो छ फेरी बिचरा नेपालीहरुलाई दोष लगाउछौ। आज नेपालआमा गतिलो छोराको पर्खाईमा छन। तिमीहरुमा त्यस्तो खुबी भए जाओ नेपाल र सबैलाई सचेत गराओ, सबैले तिमीहरुको जय जय भन्ने छन। किन अर्कोको देशमा दोस्रो दर्जाको नागरिक भएर बस्न लालाहित हुन्छौ मुर्खहरु? हामीले खाई नखाई तिमीहरुलाई विदेश पठाएको राम्रो शिक्षा लिन हो कि विदेशी बनाउन? तैपनि कुनै दिन तिमीहरुको आँखा खुलेर जन्मभूमी र बाबुआमाको महत्व बुझायौ भने शहरको घर हैन गाउँको घरमा आउनु। शहरको घर मैले रूपाको उपचार गर्न प्रयास गर्ने अस्पताललाई दान दिई सकेको छु।"

छोराहरुले थप बोल्ने साहसै गर्दैनन। क्याप्टेनले भोली बिहानै ६:२० बजेको फिर्ती टिकट र पासपोर्ट खोजेर टेबुलमा राख्छन। मन बहादुर पनि घडीमा बिहान ५:०० बजेको घण्टी मिलाएर सबैलाई शुभ रात्री भन्छन।

खण्डः तीन

aama3विदेशी बिमानस्थलहरुमा आजकल थुप्रै नेपाली भटिने हुँदा हवाई प्रतिक्षा गर्न सजिलो अनि रमाईलो हुन्छ। क्याप्टेन फर्कदै गरेको बिमानमा पनि १०–१२ जना नेपालीहरु रहेछन। हङ्गकङ्गको बिमानस्थलको लामो हवाई प्रतिक्षामा नेपालीहरुको एउटा समूह आपसमा परिचय गर्दै भ्रमण सम्बन्धि आ–आफ्ना अनुभव बाँड्दै थिए। भने कोही कोही काखमा कम्प्यूटर, अनि काने फोन लगाएर आफ्नै सुरमा व्यस्त थिए। कसै कसैको त चालै अर्को हुने, प्रष्ट टिठलाग्दो नेपाली अनुहार देखेर नेपालीमा केही प्रश्न गर्‍यो अंग्रेजीमा जवाफ दिन्छन तैपनि उनीहरुको बोलीमा नेपालीपन राम्ररी बुझन्छ। क्याप्टेन पनि त्यही समूहको एक छेउमा आड लगाएर रूपासँगैका अधिल्ला भ्रमणहरुको सम्झनामा हराई रहेएका थिए। समूहमा निकै रमाईलो तरीकाले कुरा चल्न थाल्यो जस्तैः
मेरो त तेस्रो भ्रमण हो।
मेरो त १० वर्षे भिषा हो।
छ्या हाम्रो देश त गनाउने, अमेरिका त स्वर्ग हो स्वर्ग।
ग्रिनकार्ड छ।
नेपालका नेता खराब भएर हो।
नेपाल बिग्रेको अल्छी भएर।
पढ्न आको यतै काम भो कम्पनीले नै ग्रिनकार्ड दियो।
डी भी परेको हो।
हाम्रा नातीनातिना त नेपाली नै बोल्दैनन।
डाक्टर छन।
हाम्रा त सिटिजन भै सकेका छन।
हाम्रो त पानी पँधेरो जस्तो छ अमेरिका।
छोराले राती काम गर्छ, बुहारी दिउसो।
छोरो सानै देखी तेजिलो थियो, स्कोलरशिप पायो।
हाम्रा २ बटै छोरी अमेरिका छन म आएको नि ६ महिना भो।
कहिले कहिँ त ९० घण्टा पुग्छ।
हाम्रा त १२ वर्ष देखी यतै छन। घरै किनेका छन।
म भन्सारमा, म परियोजनामा, म मालपोतमा, म आर्मीमा आदी आदि।
परदेशमा बस्ने नेपालीहरु र बिद्यार्थीहरुको कतिपय ठाउँमा दयनिय अवस्थाहरु पनि देखिसकेका क्याप्टेनलाई यस्ता कुरा प्रति दया लाग्छ। घरिघरी त हास्न पनि मन लाग्छ। विदेशमा बस्ने सबैको एउटै नाम परदेशी हो। बस्ने र काम गर्ने अधिकार भए पनि दोस्रो दर्जामा गनिनु पर्छ। शिक्षाको कमीले गर्दा उमेर र शरीरमा तागत भईञ्जेल विदेशीकोलागि लड्नु परेकोमा पछुताउने क्यापटेनका मन भित्र भित्र धेरै प्रश्नहरु उठ्छन।
नेपालमा ढलेको गिलास नउठाउने र खेतबारी बाँझो राखेर सुखकोमानो खान शहर बस्न रुचाउने हामी नेपालीहरुको परदेशमा रातदिन मरेर काम गर्ने जाँगर कहाँबाट आउँछ?
परदेशमा गर्ने यतिका मिहेनत नेपाल मै गर्न किन सकिँदैन?
किन नेपालीहरु विदेशीहरुको राम्रो पक्षहरुमात्र र नेपालको नराम्रो पक्षहरुको मात्र बढाइँ गर्न रुचाउछन?
छोराछोरीलाई समुन्द्रपारीको उच्च शिक्षा दिलाउन सक्षम थुप्रै बाबुआमा कतै म जस्तै निराश हुनु त पर्दैन?
के नेपाल बस्नको लागि लायकै छैन त?
भावी नेपालको बारेमा कसले सोच्ने त?
“हो आज सबै नेपालीमा जागेको यो बितृष्णाको मूलजड नेपालकै राजनैतिक अन्यौलता हो। तिनै थोरै नेतृत्व बर्ग, जसले जनतालाई कुकुर र बिरालोको मुकुण्डो लगाई दिएर आपसमा भिडाउँछन र आँफुहरु बाजी लगाउँछन। एउटा पक्षले जित्छ, हार्नेले फेरी अर्को खेल घोषणा गर्छ खेलाउनेहरुले पालै पालो जितिरहेका छन भने उनै सोझा जनता डर डरमा मुकुण्डो फेरी फेरी आ–आफु मर्ने खेल खेलीरहेका छन। अलि बुझ्ने र सक्नेहरु बिदेश पलायन भै रहेछन। खै को र कहिले जन्मिएला एक बहादुर नेपाली छोरा जसले यो खेल बन्द गराउन सक्छ?”

क्याप्टेनका यस्तै सोचाइहरुले समय बितेको थाहै हुदैन। काठमा48डौ उडानको समय हुन्छ। सबै पंक्तिमा उभिन्छन।


खण्डः चार

क्याप्टेन गाउँ आएको पनि करिब एक वर्ष भएछ। धेरैजसो समय समाजिक काम, कहिले शहर तिरको काम र कहिले घरकै बगैंचा र करेशा बारीमा बित्ने गर्छन। उनका साथमा रुपाले ६ वर्ष पहिला लेकबाट ल्याएको कल्लु नामको कुकुर छ।

lauhareक्याप्टेन पिँडीमा रेडियो सुन्दै बिहानको चिया पिउँदै थिए। पूर्णे दौड्दै आयो। उ राम्रो बोल्न सक्दैन त्यसैले उसलाई गाउँलेहरु लाटा पनि भन्छन। उ प्राय गाउँको चिया पसल वरिपरी हुन्छ। गाउँले सबै मिलेर चिया पसलमा एक सार्वजनिक फोन राखेका छन। पूर्णेको काम फोन आउँदा गाउँलेलाई खबर गरिदिनु पनि हो। पूर्णेले इशारा नगर्दै क्याप्टेनले फोन आएको कुरा बुझेर दौडँदै चिया पसलमा पुगे। क्याप्टेनले फोन लिएर ”हेल्लो” भन्ने बित्तिकै लामो श्वास फेरेर नाकले फ्याल्दै “हुँ ...” गरे। आफूले केही नबोली जवाफका रुपमा फेरी “हुँ ...” गर्दै फोन राखिदिए। “धन्यवाद तिमीहरुलाई ल बक्सिस” भन्दै क्याप्टेनले खल्तीबाट ५ सयका दुई नोट झकेर पूर्णे र साहुनीको हातमा हाली दिए। दुवै ट्वाल्ल परे। यतिका ठूलो इनाम उनीहरुको जीवन मै पहिलो थियो। साहुनीले डर मान्दै क्याप्टेनसँग सोधिन। “हैन ए क्याप्टेन बा के को खुशियालीमा हो यो?” शिर ठाडो पारेर क्याप्टेन भन्छन। “खुशीको कुरा हो छोरी, आज मेरा तीन वटै छोराहरु बिदेशबाट सधैका लागि घर आउँदैछन। छोराहरुले यहीँ पोखरा एयरपोर्टबाट फोन गरेका हुन्। ल छोरी ४–५ जना बलिया केटाहरुलाई तल बेशी सम्म पठाई दिनु पर्‍यो।” क्याप्टेनले भन्ने बित्तिकै साहुनीले पसलको डिलबाट ठूलो श्वरमा गाउँलेहरुलाई थाहादिईन। उत्तिखेरै पूर्णे सहित ५–६ जवान बेशी तिर झरे। गाउँ भरी खुशीयाली छायो। “लौ क्याप्टेन साहेवको घरमा लाहुरे आउँदैछन।” साहुनीले गाउँको आमा समूहलाई पनि खबर दिई सकिन। लाहुरे तथा पाहुनाहरुको स्वागत आमा समूहले नाचगानका साथ गर्ने चलन छ।

हरेक बिहान क्याप्टेन आफ्नो प्यारो कल्लुका साथ आर्मी कै लवजमा दौडन्छन र पारी भञ्ज्याङ्गको गुम्बा र देउरालीको शिवालयलाई फन्को लगाएर घर फर्कन्छन। तर आज उनीहरु दौडिदै पारी च्यानडाँडा सम्म पुगे जहाँ उनकी श्रीमती रूपा लगायत प्राय सबै पुुर्खाैलीहरुको समाधीस्थल छ। क्याप्टेन आज ज्यादै भाबुक थिए। मनलाई धान्नै सकेनन र रूपाको समाधीमा अँगालो हालेर “रूपा तिमीले भनेको जस्तो भयो ..... तिम्रो रहर पुरा भयो। हो हाम्रा तीनवटै छोरा सधैंको लागि गाउँ आउँदैछन।” उनी घुक्क घुक्क रुन लागे। कल्लु पनि कुई कुई गर्दै क्याप्टेनको वरिपरी घुमि रह्यो। धेरै बेर पछि मनलाई सम्हालेर क्याप्टेन लुगा टक्टकाउँदै उठे। चारै तिर हेरेर लामो श्वास फेरी घर तिर लम्किए। २५–३० पाईला केही अगाडी बडेका थिए टाडैबाट कल्लु रूपाको समाधी तिर फकेर पुच्छर हल्लाउदै कुइँ कुइँ गर्न लाग्यो। क्याप्टेन पछाडी फर्केर हेर्दा रूपाको समाधी नजिकैको बन कर्कलाको ठूलोपात मच्चि मच्चि हल्लिरहेको थियो। क्याप्टेन एकोहोरो हेरीरहन्छन। एकै छिनका च्यानडाँडामा हावा सररर चल्छ। वरिपरीको कटुसका पातहरु पनि फटफट फटफट बज्न थाल्छन। लाग्छ कुनै खुशीयालीमा ठूलो भिडले ताली बजाई रहेको छ। यो आभास हावाको रोकावटसँगै बिस्तारै रोकियो। क्याप्टेन मन मनै धन्य हुँदै घर तिर फर्किए। टाडैबाट उनको आँगनमा ठूलो भिड देखिएको थियो। कल्लु उफ्रँदै क्याप्टेनको अघि लाग्यो।

"समाप्त”
(कथा तथा कथाका पात्रहरु काल्पनिक हुन। कसैको व्यक्तिगत जीवनमा मेल खायो भने संयोग मात्र हुनेछ। )
[यो लेख कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । माथिको प्रस्तुतीमा रहेका चित्र हरु सबै स्वयँ लेखकका आफ्नै श्रृजना हरु हुन् । -सपनासंसार ]

Read more...