Mar 26, 2010

यो कस्तो सम्झौता ! (कथा भाग १ )

Facebook

Share
उपमा अर्याल
छाउनी, काठमाडौं
हाल- मिनेसोटा, अमेरिका

फरी आज म अर्को पुरुषको अगाडि उभिएकी थिए ता कि उस्ले मलाई हेरोस, मन परावोस अनी म सँग विवाह गर्न राजी होस् भनेर। होचो हुनु र कालो बर्णको हुनु जो बाध्यता छ मेरो। किन बुज्दैन होला यि केटाहरु जो कोही केटी पनि हेर्दै " यो राम्री छ, यो यस्ती छ, यो उस्ती छ " भन्दै मुल्यङ्कन गर्दै छोड्दा त्यो केटीलाई के असर पर्छ भनेर। के त्यनिहरु मनमा अलिकती पनि अफ्ट्यारो पैदा हुँदैन होला मैले दस थरी केटी हेर्दै-छोड्दै गर्दा अनी राम्रो-नराम्रो भन्दै हिड्दा उनिहरुको स्वाभिमानमा कत्तिको ठेश पुग्छ भनेर। किन फोटो हेरेपछी नै "हुँदैन यो केटी त" भन्न सक्दैन्नन?

(कथा तथा कथाका पात्रहरु काल्पनिक हुन। कसैको व्यक्तिगत जीवन र आचरणमा मेल खाएमा संयोग मात्र हुनेछ।

फेरी म श्रिङ्गरिनु पर्ने भयो आज। कत्ती मन पर्दैन्न मलाई दश थरी चिज आफ्नो अनुहारमा पोतर्न्न। मन नपरे पनि गर्न त पारी हाल्यो नि। आफुले आफुलाई जतिसुकै सुन्दर देखाउने प्रयास गरे पनी अरुहरुको नजरमा म कहिल्यै राम्री देखिन। हुन त आफुलाई आफु नै नराम्रो त कस्लाई पो लग्ला र। जती सुकै कुरुप भएपनी मनको कुनामा आफुलाई सुन्दर त मैले जस्तै अरुलाई पनि त लाग्दो होला नि। ऐना अगाडि उभिएर म आफुलाई नियाल्छु। के म साँचिकै नराम्री नै छु त? के म सच्चै नराम्री हुनुको करणले गर्दा नै मैले सपनामा देख्ने गरेको मेरो मनको राजाले बिपनामा नै मलाई लिन आउँदैन होला त? के म उस्को नामको सिन्दुर, पोते अनी चुरा लगाएर दुलहिको भेषमा, गह भरी आँशु पर्दै डोलिमा बसी मेरा बाबु आमा अनी दाई सङ्ग बिदा हुन पाउदिन होला त? मलाई डोलीमा राखेर बिदा गर्ने साह्रै ठुलो सपना छ मेरो परिवारको। हुन त सपना त देखे मात्र पुग्छ तर त्यही कुरा बिपनामा बदल्न त्यस्को सामना गर्नु पर्छ। सामना गर्न पर्छ भन्दैमा सपना नै देख्न छोड्न पनि त भएन नि।

"नानु छिटो तयारी हौ है। केटाका परिवारहरु आउने बेला भाईसक्यो।" - पल्लो कोठाबाट दाईले अहराउनु भयो। "त्यो रातो रङको कुर्था सुर्वाल लगाउ है। तिमीलाई कस्तो सुहाउँछ" - भन्दै आमा मेरो कोठामा पस्नु भयो। त्यही नै झिकेर लगाए। मलाई प्राक्रितीक सुन्दरता नै मन पर्छ। त्यसैले make-up गरेको जस्तो मात्र गरे। मन अनी बुद्धीको सुन्दर भए भयो नी। बाहिरी रुप नै सुन्दर हुनु पर्छ भन्ने चाँही म मान्दिन थिए पहिला तर बाहिरी सुन्दरता पनि चाहिदो रहेछ।

"नानु जीवनका तिता मिठा अनुभबहरुले नै तिमी हामीलाई निकै सिकाउँदो रहेछ, परिपक्क बनाउदै लैजाँदो रहेछ। जीवन आफुले चाहे जस्तो गरी त कस्को पो चल्छ र? आफुले चाहे जस्तो बनाउन त प्रयत्न गर्नुपर्छ, जे आइ लाग्छ त्यस्लाई स्विकार गरी सामना गर्दै जानुपर्छ। तिमीलाई थाहै छ नि नानु, जहाँ आगो हुन्छ त्यहाँ उज्यालो पनी हुन्छ, जहाँ फुल हुन्छ त्यहाँ सुगन्ध अनी भमरा पनि हुन्छ।" मेरा मनमा खेलेका कुराहरु बुझ्नु भयो कि के हो आमाले मलाई सम्झाउन पो थाल्नु भयो।

आँखा भरी आँसु पर्दै उहाँ मलाई सम्झैरहनु भएको थियो। मलाई थाहा छ आमा- हजुर र बुवालाई कती चिन्ता छ मेरो। हुर्केकी छोरी घरमा नै हुँदा, धेरै केटाहरु देखाउदा पनि एउटाले पनि मन पराएन्न भनी समाजले कुरा गर्दा, हजुरहरुको त्यो मनमा कती तुफान आएको छ। म पनि पढ्न सक्छु आमा हजुरको अनुहार। यो मेरो सातौं पटक हो मलाई हेर्न केटाका साथ उस्का परिवारहरु मेरो घरमा आएका। होचो कद भएको, कालो बर्ण छ मेरो रुप। मेरो रुप जे जस्तो भएपनी दुधै दुधको पोखरिमा नुहाउँदै हुर्केकी घरकी एक्ली छोरी हुँ म। आफ्नो घरकी लक्ष्मी अरुको घरमा पठाए पछी मात्र आफ्नो घरमा लक्ष्मी भित्राउने बुवाआमाको उद्देश्यले गर्दा नै मेरो दाईको विवाह आज सम्म भएको थिएन। तर जती नै आफ्नो कुल खान्दनका केटाहरुका कुरा आएपनी आहिले सम्म मलाई कसैले पनि मन पराएनन्। खाली खोट मात्र आउथियो जवाफमा - डल्ली रहिछ, काली रहिछ, height मिल्दिन्न रहेछ, मोटी रहिछ…….यस्तै यस्तै। एस्ता कुराहरुले मेरो मन एकदम नै दुखाउथियो। पहिला पहिला त एस्तो भएर मन परेन रे भन्दै कारण सहित आमाले नै भन्नु हुन्थियो। तर आज भोली चाहिँ हामीले नै मन पराएनौं भन्न थाल्नु भएको छ। तर म बुज्छु सबै कुरा- हामीले मन नपराएको कि, उनिहरुले नै मलाई। के होचो हुनुमा या कालो हुनुमा मेरो के दोश ? पहिला पहिला त एकदम नै मन दुख्थियो यस्ता कुराहरुले तर अहिले त बानी नै पारी सक्यो।

"नानु आउ जाउ उता कोठामा" भन्दै दाई मलाई लिन आउनु भयो। "आज त मेरी नानु कत्ती राम्री देखेकी छ नि" - भन्दै मेरो हात समातेर उता कोठामा लिएर जानु भयो।

पाँच-छ जना जती मान्छे आएका रहेछ। हेर्दा सबै राम्रै देखिन्थिए। सामान्य स्रिष्टचार पछी बिशेष कुरा पट्टी नै कुरा मोड्नु भयो दाईले। उनिहरु मेरो पढाई प्रती निकै आक्रशित भएका रहेछन। Environment Science मा Masters गरेकी थिए र त्यही अनुसार काम पनि गरिरहेकी थिए। ए एउटा " प्लस पोइन्ट" त भएछ जस्तो मनमा लाग्यो। केटा पनि आफ्नो पढाई भ्याएर काम गर्दै रहेछ अमेरिकामा। यती कुरामा मात्र ध्यान दिए मैले। एक घण्टाको बसाइ र भेटघाट पछी अन्य जानकारीका लागि फोनबाट संपर्क गरौला भनी उनिहरु गए।

फेरी मेरो मन गहरुङो भएको छ उही जवाफहरु सुन्नु पर्छ भनेर। फरी आज म अर्को पुरुषको अगाडि उभिएकी थिए ता कि उस्ले मलाई हेरोस, मन परावोस अनी म सँग विवाह गर्न राजी होस् भनेर। होचो हुनु र कालो बर्णको हुनु जो बाध्यता छ मेरो। किन बुज्दैन होला यि केटाहरु जो कोही केटी पनि हेर्दै " यो राम्री छ, यो यस्ती छ, यो उस्ती छ " भन्दै मुल्यङ्कन गर्दै छोड्दा त्यो केटीलाई के असर पर्छ भनेर। के त्यनिहरु मनमा अलिकती पनि अफ्ट्यारो पैदा हुँदैन होला मैले दस थरी केटी हेर्दै-छोड्दै गर्दा अनी राम्रो-नराम्रो भन्दै हिड्दा उनिहरुको स्वाभिमानमा कत्तिको ठेश पुग्छ भनेर। किन फोटो हेरेपछी नै "हुँदैन यो केटी त" भन्न सक्दैन्नन? ४ चोटि केटाहरुले आस्विकार गर्दा नै मैले विवाह गर्दिन्न भनेको थिए। दाईले एकदम नै कर गर्नु भएको थियो। बहिनिको विवाह नगरि आफु नगर्ने भनेपछी मलाई करै लाग्यो। दाईको बिचारमा हरेक व्यक्त्तिको जोडी माथिबाट नै बनाएको हुन्छ रे। मेरो आफ्नो मान्छे एकदिन पक्कै भेटिन्छ रे। त्यस्को लागि केबल प्रयत्न र समय चाहिन्छ रे। फेरी सम्बन्ध आँफै बन्दैन, यो बनाउन निरन्तर प्रयास गरिनै रहनु पर्छ रे।"

आफ्नो परिचय केटाको परिवारलाई दिनु पर्दा यथार्थको धरातालमा नै आएर सबै कुरा इमान्दार साथ भन्नु पर्छ जस्तो मलाई लाग्छ। त्यसैले केही कुरा पनि बनावोटी नर्गन बुवाआमालाई भनेकी छु। कुरा बनावोटी भएको छ भने भोलिका दिनहरुमा म नै दलदल भाँसिन्छु। मैले पनि केटाको तर्फबाट त्यही नै अपेक्षा गरेकी छु।
आमाले नानु तिम्रो फोन भनेर बोलाँउदा पो झसँग भए म।
क्रमश:……….
दोश्रो भाग पढ्न यहा क्लिक गर्नु होस्
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

5 comments :

Nepalean Dautari said...

कथा सत्य नहुन सक्छ तर सारै ब्यबह्रारीक लाग्यो।

Anonymous said...

its a fact in our nepalese community ! Good story !

Anonymous said...

Waiting for 2nd part....

Anonymous said...

Upama..good article very touching..keep it up dear..hopefully it gets better in Neplase society eventually.

Apsara

uks said...

राम्रो लग्यो हजुर को यो लेख येस्मा हजुर ले समेट्नु भएका हरेक सब्दासब्दामा सत्यता लुकेको आभास हुन्छा नेपाली नेपाल को माया गर्न जहाँ बाट पनि तत्पर हुनुपर्छा तपाइले यो कुरा एउटा नेपाली साहित्य लै गर्नु भएको जगेर्ना जसतै हो आज तपैले आफ्ना सब्द हरु अमेरिका गएर भुल्ने भएन यसरि कुनै नेपाली ले नेपाल ,नेपाली सस्कृति अनि आफ्नो पहिचान लै कहिँ गएर नागुमवोस यो मेरो विचार हो . तपैका हरेक सब्द सब्दा मा नेपाली पन छ आशा छ हजुर ले कहिले पनि आफ्नो लेखन लै छाड्नु हुने छैन (www.softsansar.blogspot.com)

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP