राजु लामिछाने माझठाना–६, काश्की हालः हप्किन्स, मिन्नेसोटा (गाईजात्रा २०६६ को उपलक्ष्यमा विशेष व्यंग्य कथा) चारबीस काटिसकेकी मेरी हजुरआमाका कतिपय रहरहरु केटाकेटीहरुका जस्तै छन। टेलिभिजनका केही कार्यक्रमहरु कहिल्यै छुटाउनु हुन्न। धार्मिक कार्यक्रममा मन्दिर र देबी देबताहरुको तस्विर देख्दा हात जोर्ने हजुरआमाको अर्को मन पर्ने च्यानल कार्टुन च्यानल पनि हो। कार्टुनमा पनि बिरालो र मुसाको कथा उहाँलाई असाध्यै मनपर्दो रहेछ। आज त्यही बिरालो र मुसाको कथा भएको कार्टुन आउने दिन रहेछ। हजुरआमाले चस्मा लगाउँदै केटाकेटीसँगै पलेँटी कस्नु भयो। सधै होहल्ला गर्ने केटाकेटीहरु पनि शान्त भए। हजुरआमा र केटाकेटीहरुको त्यस्तो उत्सुकता देखेर म पनि उनीहरुसँगै बसेर कार्टुन हेर्न थालेँ। शिर्षक रहेछ “मुसाहरु बिरालोको गाउँमा ।” बिरालाहरुले आफ्नो गाउँका लागि शूरुमै धेरै दु:ख गरेका रहेछन। भौतिक साधन र स्रोतले सम्पन्न बिरालाहरुका दिन शुख र मोज मस्तिमा बितिरहेका हुन्छन्। नयाँ पुस्ताहरु मोज मस्ति मै लागेकाले होला, हालै बिरालाका गाउँमा प्राबिधिक काम देखि सानोतिनो काम गर्नेहरुको अभाव बढ्दै गएको रहेछ। अरु बिकल्प प
A blog dedicated to Nepali News, Fun, Literature and music and lot more.