Skip to main content

Posts

Showing posts from October, 2008

डिसेम्बर २१, २०१२ यो युग को अन्तिम दिन !

"आज मैले मेरो काम बाट राजीनामा दिए । म संग डिसेम्बर २१, २०१२ संम आफुलाई पुग्ने संम्पती र पैसा छ। अव म मेरो बाकी जीवन सार्थकता का साथ बिताउछु । मलाई पुर्ण बिश्वास छ कि, यो संसार ध्वस्त हुनेछ त्यो दिन र यो तपाईले पनि मान्नै पर्छ ।" यो भनाई मेरो होईन पाठक बृन्द हरु । यो भनाई मैले, बेल्जीयम निवासी प्याट्रिक गेरिल ले ए बि सि टेलीभिजन लाई दिएको अन्तर्बाता बाट साभार गरेको हुँ । आज सम्म सयौँ मानिस हरुले आप्नो काम तथा ब्यवसाय बाट पर रहेर जीवन का अन्तिम दिन पो पर्खाई साथ साथै अन्तीम भोज को तयारी मा जुटेका छन । आखिर के हो त डिसेम्बर २१, २०१२ ? तपाई हरु मध्य धेरै लाई त थाह नै भैसक्यो होला डिसेम्बर २१, २०१२ को बारेमा । मायन सभ्यता अनुसार हामि अहिले दुई जिवन चक्रका वक्र प्रतिच्छेदन (Curve Intersection) भयको बिन्दु नजिक पुगिराखेका छौँ । हरेक २५६२५ बर्षमा १ आकाशगंगीय दिन(Galactic Day) हुन्छ र यो दिनलाई हरेक ५१२५ बर्ष को ५ वटा जीवन चक्रमा बिभाजीत गरिएको छ । मायन पात्रो अनुसार, यी ५ महान चक्र मध्य एक चक्र,अर्थात यो शृष्टि को आयु, सन २०१२ डिसेम्बर २१ तारीख का दिन अन्त्य हुदैछ । मायन पात