Skip to main content

डिसेम्बर २१, २०१२ यो युग को अन्तिम दिन !

"आज मैले मेरो काम बाट राजीनामा दिए । म संग डिसेम्बर २१, २०१२ संम आफुलाई पुग्ने संम्पती र पैसा छ। अव म मेरो बाकी जीवन सार्थकता का साथ बिताउछु । मलाई पुर्ण बिश्वास छ कि, यो संसार ध्वस्त हुनेछ त्यो दिन र यो तपाईले पनि मान्नै पर्छ ।" यो भनाई मेरो होईन पाठक बृन्द हरु । यो भनाई मैले, बेल्जीयम निवासी प्याट्रिक गेरिल ले ए बि सि टेलीभिजन लाई दिएको अन्तर्बाता बाट साभार गरेको हुँ । आज सम्म सयौँ मानिस हरुले आप्नो काम तथा ब्यवसाय बाट पर रहेर जीवन का अन्तिम दिन पो पर्खाई साथ साथै अन्तीम भोज को तयारी मा जुटेका छन ।
आखिर के हो त डिसेम्बर २१, २०१२ ? तपाई हरु मध्य धेरै लाई त थाह नै भैसक्यो होला डिसेम्बर २१, २०१२ को बारेमा ।
मायन सभ्यता अनुसार हामि अहिले दुई जिवन चक्रका वक्र प्रतिच्छेदन (Curve Intersection) भयको बिन्दु नजिक पुगिराखेका छौँ । हरेक २५६२५ बर्षमा १ आकाशगंगीय दिन(Galactic Day) हुन्छ र यो दिनलाई हरेक ५१२५ बर्ष को ५ वटा जीवन चक्रमा बिभाजीत गरिएको छ ।
मायन पात्रो अनुसार, यी ५ महान चक्र मध्य एक चक्र,अर्थात यो शृष्टि को आयु, सन २०१२ डिसेम्बर २१ तारीख का दिन अन्त्य हुदैछ । मायन पात्रो अनुसार त्यो दिन बाट नया बिश्व युग, अर्थात नया जीवन चक्र सुरु हुदैछ ।यो एउटा जीवन चक्र को अन्त हो अनि फेरी पनि यउटा नया सुरुवात हो, नया जीवन चक्र को ।
माया सभ्यता र मायन पात्रो अनुसार यो शृष्टि को अन्त्य निम्न मध्य कुनै पनि कारण बाट हुन सक्छ ।
१) मानवीय
क) परमाणु युद्ध / तेश्रो बिश्व युद्द / जैविक युद्ध
ख) परमाणु दुर्घटना
ग) धार्मिक युद्द
घ) मानब निर्मित यन्त्र को गडबढी
ङ) आनुवंशिक संशोधन आदी
२ अंतरिक्ष बाट
क) नजिक को ग्रह अथवा उल्का बाट हुन सक्ने अज्ञात खतरा
ख) हाम्रो आकासगंगा मा रहेको कालो दाग (ब्लाक होल) बाट हुन सक्ने बिस्फोटन
ग) गामा किरण को विस्फोट
घ) क्षुद्रग्रह / उल्का / धूमकेतु
ङ) सुर्य बाट निस्कने बिषेश प्रकार को किरंण(कोरोनल मास ईन्जेक्सन)
च) ब्रह्मांडीय किरणों (कस्मिक रे)
छ) सौर्य प्रणाली को बिच्छेदन (पुतली प्रभाव (बटरफ्लाई ईफेक्ट)
ज) बाईय्ह आक्रंमण ( एलियन ईन्भेजन), आदी
३) पृथ्वी
क) चुंबकीय ध्रुव को सराई
ख) बिसाल भोलक्यानो तथा भुकम्प
ग) हिम युग
घ) धरातलीय तापमान (ग्लोवल वार्मीग ), आदि

यी त भय केहि संभावित दुर्घटना हरु । यो समयमा, माया सभ्यता र मायन पात्रो को बारेमा बृस्तित अध्यन, तपाई हरुलाई नै थाती राख्दै सन २०१२ मा कुनै पनि अकल्पनिय दुर्घटना नहोस भन्ने कामना गर्दै अहिले लाई बिदा हुन्छु ।

धन्यवाद ,




यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:


Comments

Popular posts from this blog

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाकेट त्

शुभ-कामना नव दाम्पत्य जीवनको

यहि मिती २१ फेब्रवरी २००९ का दिन, अमेरीकाको नेब्रास्का राज्य को ओमाहा सहरमा , साथी रचना भट्टराई तथा साथी प्रवेश घिमीरे बिच भएको शुभ बिबाहको उपलक्षमा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुँभभकामना टक्र्याउदछु । तपाई हरुको नया जीवन अनि नौंलो यात्रा सफल रहोस् । खुशीँ नै खुशीको पाईला हरु लम्किउन् । तपाईहरुको यो एैतिहासिक क्षणमा, आँफु पनि पात्र बन्न पाउदा निकै नै खुशीँ लागेको छ । तपाईहरुको दाम्पत्य जीवनले सफलता को शीखर चुम्न सफल होस् । तपाईहरुको अनुमति बिनानै केहि घत लाग्दा भिडियो दृष्य हरु तल पस्केको छु । परदेश को वसाँई होस या स्वदेशको , एउटी नेपाली नारीलाई सिन्दुरको महत्व त्यती नै हुन्छ । एउटी हिन्दु नारीले आफ्नो पतीको दिर्घायु जीवन को लागी लगाउछन्। सिन्दुरले माया प्रेम र सक्ति लाई जनाउछ् । हिन्दु शास्त्र अनुसार , लोग्नेले निधारमा सिन्दुर हालेर आफ्नो पत्नीलाई सुरक्षा को बन्धनमा राखेपछि यदि कोही पराईले पत्नी को हानि गर्न खोजेमा उक्त पराईको रगत उम्लेर उ आफै मर्छ रे । Rachan wedding..... from sapana sansar on Vimeo . आमा को लागी छोरा छोरी भनेको त मुटु को टुक्रा नै त हो नि । आमा भनेको के हो

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा