बसन्त थापा “जीवन”
चन्द्रावती तनहुँ, हाल–अबुधावी, युएई
कालो रातमा उकाली चढेको याद आउँछ।
जिन्दगीको भाग्यरेखा पढेको याद आउँछ।।
रातमा पनि सगरले बगाएथ्यो अश्रुधारा।
अँधेरीमा हिलोमा गढेको याद आउँछ।।
चिप्लो वाटो नौलो ठाउँ बर्षातका पानीमा।
छेउ कुना गर्दा गर्दै लढेको याद आउँछ।।
हर्षित हुँदै गएको रमाइलो त्यो ठाउँमा।
दुःख पाउँदा पीडाले मन डढेको याद आउँछ।।
“सानु”को यादले तड्पीराथ्यो मन मेरो।
मनको कुरा मनैभित्र सढेको याद आउँछ।।
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]
Read more...
Mar 11, 2010
गजल
Dec 30, 2009
गजल :तिम्रो भरमा परौंकी सानु ।।

२०६५।११।१
बसन्त थापा“जीवन”
चन्द्रावती,तनहूँ, हाल–अबुधावी,युएई
तिम्रो भरमा परौंकी सानु ।
तिमीलाई माया गरौंकी सानु।।
खाली त्यो तिम्रो दिलमा।
सुटुक्क डेरा सरौंकी सानु।।
यौवन र बैंशको उर्ल्लदो भेल।
हात समाई तरौंकी सानु।।
तिम्रो त्यो मन मन्दिरलाई।
फुलै फुलले भरौंकी सानु।।
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]
Read more...
Dec 26, 2009
गजल
बसन्तमोहन अधिकारी
यूएइ (चितवन)
मान्छे मार्दै मन्दिरमा पूजा किन गर्छन होला
रगतको खोला बिच मान्छे कहाँ तर्छन होला
जन्म पछि मृत्यू हुन्छ, मानवको शरिर यो
मान्छे भई मान्छे मार्दै किन पाप भर्छन होला
पर्दा भित्र बसि मान्छे रगतको होली खेल्दै
मरेको यो लास माथि फूल किन छर्छन होला
आकाश रोयो धर्ती रोयो तर मान्छे रोए छैन
मान्छे मार्ने मान्छेहरु राक्षसमा पर्छन होला
मर्ने त यो शरिर हो मानव आत्म मर्ने छैन
आत्मा चिन्दै धर्म गर्न कैले मान्छे मर्छन होला
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]
Read more...
Sep 17, 2009
गजल
अधिकारी, बसन्त मोहन
यूएइ (चितवन)
फुल्दै होलान् फूलहरु गाँउघरमा अझै पनि
बाँच्दै होलान् कयौं फूल मेरो भरमा अझै पनि
दशैं आयो तिहार आयो शान्ति भने आई छैन
प्रदेशमा बस्नु पर्यो करै करमा अझै पनि
प्रेम र विश्वास मर्दा गाँउघरमा रुवाँवासी
बाँच्नु पर्यो म नेपाली मर मरमा अझै पनी
हत्याहिंसा बलत्कार यो भ्रष्टचार पेवा हुँदा
शान्ति, प्रेम, विश्वास ढले बगरमा अझै पनि
गाँउघरमा रहि रह्यो चिसो चुल्हो नाङ्गो आङ्ग
यो दशैंमा म रुँदा हाँस्छन् शहरमा अझै पनि
[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]
Read more...
Jul 22, 2009
गजल
बसन्त थापा “जीवन”
चन्द्रवती, तनहुँ
हलः–अबुधावी, युएइ
तिम्रो मेरो आँखा जुद्धा डराएंकी सानु।
यो मनले तिमीलाई मन पराएंकी सानु।।
तिमीसंग अनायासै रमाउँदा एकैछिन।
कल्पनाको संसारमा हराएंकी सानु।।
कस्तो होला तिम्रो मन ठाउँ छकी बस्नलाई।
कल्पित मन तिम्रो मनमा सराएंकी सानु।।
सुन्दर निर्मल निश्चल झरना सरी तिमी।
त्यही झरनामा आफुलाई झराएंकी सानु।।
प्रकृतिको अनुपम ऋतुराज बसन्त मा।
तिम्रो नाम चिच्चाएर कराएंकी सानु।।
[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]
Read more...
Jun 30, 2009
देश बेच्ने पार्टि रित रैछ।।
सुमन बगाले
आबुँ खैरेनी, तनहुँ
गाउन जाने जिन्दावाद पार्टिको गित रैछ
पुग्न सके वालुवाटार नोठको जित रैछ।
लुछाचुडी नेताहरुको मारमा परे जनता
देश बेची भुडी भरेपनि पार्टि हित रैछ।
भ्रस्ट र अपराधि दिनहुँ जसो बढेका छन्
पुलीस, प्रशासन र नेता यिनकै मित रैछ।
आन्तरिक द्धन्दले विलायो नेपाली अस्तित्व
देशै हुर्सुदापनि नमेटिने कस्तो धित रैछ।
सिमनाका रेखाहरु पार्टि अनुसार बदलिन्छ
सत्ता पिच्छे देश बेच्ने पार्टिे रित रैछ।।
[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]
Read more...
Jun 16, 2009
गजल
आचार्य, प्रभा
तिम्रो मनको मझेरिमा बास दिन्छौ कि ?
बाँच्ने रहर पुरा गर्न सास दिन्छौ कि ?
तिम्रो निम्ती भएँ म त,भिखारी सरि नै
थोरै खुशी बटुल्नलाई आश दिन्छौ कि ?
ओलाएकी थिएँ म त ,बसन्त नै नआइ
फेरी फूल भइ फुल्नलाई मधुमास दिन्छौ कि ?
एक्ली थिएँ भिँडमा पनि उदास थियो नयन
खुशीको आसुँ झार्न बाहुपास दिन्छौ कि ?
[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]
Read more...
Jun 8, 2009
गजल
राज बाबु श्रेष्ठ
धरान
एउटा गल्ति छिपाउँन हज्जार गल्ति गर्नु पर्छ।
अजम्वरी कोही छैन् एक दिन सबै मर्नु पर्छ।
धर्म पापको हिसाव किताव आत्मा संग हुन्छ
पाप गर्दा पछुताउँने समय नपाई सर्नु पर्छ।
सके जति सिकाएथेँ, अब मेरो ईच्छा छैन
आफ्नो कर्म आफै गरि संसार तर्नु पर्छ।
जति सक्छौ आँशु भर तर मिलन हुन्न
सपना देख्न छाडी दिनु सत्यता छर्नु पर्छ।
कति दिन्छौ दुःख अरु अझै दिदै जानु
अबसंगै भने जिउँने छैन् ,चाहे मनु
Read more...
Jun 4, 2009
गजल
बसन्त मोहन अधिकारी
चितवन/ हाल यूएई
खबर पढे आँशुसंगै कपिलवस्तु याद आयो
खारा बारा त्यै घटना आज राजपुरमा छायो
बैनी रुन्छिन् मझेरीमा भाउँजु चौकी भित्र
यस्ता पापि शत्रुसंग कसले मित लायो?
छाती भित्र मुटु भए थोरै कतै सोची देउँन
विर नेपाली तिमीलाई आज कसले दायो?
कुर्ची प्यारो रैछ तिम्लाई मर्दा पनि साथ लग्नु
यो आमाको देह लुट्न पापि राक्षस धायो।
भोका रैछन् दाजुहरु खाना खान लडीराछन्
नाम्रद यि छोरा हुँदा हेर देह लुट्न पायो
Read more...
Jun 2, 2009
नफुल्दैमा शेष ठानेछौ
सुमन बगाले ( सुमनसधा )
आँबु खैरेनी तनहुँ
शिर शिरबन्दी नअडिने रित्तो केश ठानेछौ
युद्धकालीन क्षतिग्रस्त नाङगो देश ठानेछौ
खाएका ति कसमहरु पलपलमा बदलियो
तिम्रो स्वार्थ यात्रामा ढुङगे ठेश ठानेछौ
कता कता हराउछु आफैलाइ रित्ताएर
नसुहाउने देश विनाको भेष ठानेछौ
सुकेछ कि हिमनदि भिज्न छाडयो परेली
मबाट टाढिएर दुर रहनु बेश ठानेछौ
मरेतुल्य हुन्छु तिम्रो प्रतिविम्म नआउदामा
शिशिर ऋतुमा नफुल्दैमा शेष ठानेछौ
Read more...
May 31, 2009
गजल
आचार्य, प्रभा
बोल्डर्
केहीपल टाडिदैछु टाढा मलाई नठान्नु है
बिछोड भो त के भो र ?पराइ नमान्नु है
सधैं साथ कहाँ हुन्छ ?छुट्टिनु त छदैछ
झझल्कोले पिरोले,माया बढेको जान्नु है
एक्लो पलले पीडा दिए,बाडुलिमा आइदिनु
कल्पनाको संसार नै मीठो भेट ठान्नु है
हरेक पलको बिछोडमा तड्पिएरै बाँच्नु पर्छ
कही कतै माया खोजे, मेरै माया छान्नु है
Read more...
May 19, 2009
गजल
अधिकारी, बसन्त मोहन
चितवन(हाल यु ए ई )
अरु बाँकी केही भए तिम्रा ईच्छाहरु
भन प्रिय मलाई जीवन दिन्छु अरु।
मान्छेको जीवन भन्दा धन प्यारो रैछ
सबै तिम्रै बनाउँन मलाई मार बरु।
कुन पापको सजाए? दियौ मलाई
तिमी आफै भन न कहाँ विश्वास गरु?
तिम्रो लागी बिष पनि हाँस्दै पिई दिन्थें
बिर्सीएछौ बसन्तका नैवेद र चरु।
अझै पनि म भन्छु तिमी मान्छे बन
तर तिमी गर्दै हिड्छौ झन तल झरु।
सोझो देखी खेल्नु खेल्यौ मेरो जीवनमा
रितीएछ आँखा मेरो नसोच भो आँशु भरु
धर्म कर्म सिकाउँनु मेरो गल्ती रैछ
ब्यर्थ मैले सोच्या रैछु दुःखीयालाई सेवा गरु।
यदि म पापी अर्धमी राक्षस हुँ भने
हे भगवान, मेरो वश मासिएर मरु।
Read more...
Apr 27, 2009
गजल
अधिकारी, बसन्त मोहन
मरिसकेको छु ,जलाऊँ आएर अब
के चाहन्छौ, मेरो घर जलाएर अब
विश्वासमा दिए, संसार तिमीलाई
जलिरहेछु तिम्रो आगो पाएर अब
कुन गल्तिको सँजाए दियौ तिमीले
दिन सक्दैनौ जीवन ल्याएर अब
मानव भनौँ कि के भनौँ तिमीलाई
नजलाउँ यो मनमा छाएर अब
यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:
Read more...
Apr 23, 2009
गजल
केशब आचार्य
तिमीसँग जिन्दगीको धेरै कुरा गर्नु थियो
ओभानो त्यो तिम्रो सिउँदो सिदूरले भर्नु थियो ...
उजाड यो जिन्दगी यो सधैंभरी आफ्नोलागी
चन्दा मागी तिमीसँग माया केही छर्नु थियो ...
आँधी चल्छ छात्तिभित्र निराशाको भेलसङै
परिसक्यो जिन्दगी यो भूमरिमा पर्नुथियो ...
आफ्नै बाटो आफ्नै साथ जिन्दगीको यात्राभरी
झरिसक्यो कोपिलामै जिन्दगी यो झर्नु थियो ....
यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:
Read more...
Apr 2, 2009
गजल
आचार्य, प्रभा
बोल्डर्
जिन्दगी यो बित्यो मेरो सधैं त्राषै त्राषमा
हरेक पलहरु काटें मैले खुशीको आशमा ।
सधैं भीडमा हराए नि आखिर हुन्छु एक्लै
जिउँदा मान्छे खोजी हिडें म्रीत लाशमा ।
एकान्तको निरश पलमा कसैको साथ खोज्छु
आखिर हुन्छु सधैं एक्लो ,शुन्य बासमा ।
यो आँखाले जहिल्यै पनि झरी नै रोज्यो
कहिले आउला रमाउने पल मीठो मधुमासमा ।
(अमेरिका )
यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:
Read more...
Mar 20, 2009
केनै फरक पर्छ तिम्लाई मैले आखा चिम्ले
~ फुच्ची केटी
पराई बनाई लग्यौ तिम्ले मेरै आफ्नै संग
देउता संझि वसे तिमीलाई आफै भए दंग
साचो रुप बल्ल देखे पहिलो पल्ट आज
जीउदै मार्यो तिम्ले मलाई दुनियाको माझ
मेरो जीवन वनाईहाल्यौ लुटेराको खेल
सकेसम्म लुट्यौँ तिम्ले बैस छउञ्झेल
माया भनि प्यास पौख्यौ आखिरमा तिम्ले
केनै फरक पर्छ तिम्लाई मैले आखा चिम्ले
केनै फरक पर्छ तिम्लाई मैले आखा चिम्ले ।।
यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:
Read more...
Mar 16, 2009
गजल
केशब आचार्य
माया हाम्रो बतासले झारेको त्यो पात भयो
मुटुभित्र घाउ दिने गाउँ घरको बात भयो ।
अजम्बरी होला भनी औंठी चिनो लाइदिए
पिरतिले उनिएको माला च्यात्ने हात भयो ।
एकोहोरो हुन्न भन्थे माया साट्ने मुटुहरु
निष्ठुरिको अङालोमा भुल्दा आज बात भयो ।
फूल्नु थियो जिन्दगीमा कोपिला मै झरिगयो
मेरोलागी तिम्रो माया नपिएको मात भयो ।
यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:
Read more...
Mar 10, 2009
गजल

बसन्त थापा''जीवन”
चन्द्रावती, तनहुँ
युएई,अबुधाबी
उतर चढाब जीन्दगीका बाटाहरु धेरै छन्।
माया अनि पे्रमका घाटाहरु धेरै छन्।।
धोका पाका परेमा बन्छन् कवि कलाकार।
कोट्याउने अतितका खाटाहरु धेरै छन्।।
फेसन भयो माया प्रेम, प्रेम पत्र किताबसरी।
माया बाट धोका खाका लाटाहरु धेरै छन्।।
प्रेमका पुजारी नै प्रेम पिडीत भएकाछन्।
मुटुभरी कोपीएका टाटाहरु धेरै छन्।।
यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:
Read more...
Mar 9, 2009
गजल
अधिकारी, बसन्त मोहन
हाँसेको देख्छन् सबै मलाई
म दुःख पोखु खैं कसलाई
कहाँ छौ तिमी आउँन प्रिय
जिउँदै यहाँ दिए जलाई
पाए त चोखो त्यो आत्मालाई
म बसन्त हुँ दिन्छु पलाई
स्वार्थी दुँनिया मतलवी छ
खोज्दैछु निस्वार्थी मनलाई
सक्दिन ढाट्न म आफैंलाई
जलाई राछु बसन्तलाई
यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:
Read more...
गजल
अधिकारी, बसन्त मोहन
हाँसेको देख्छन् सबै मलाई
म दुःख पोखु खैं कसलाई
कहाँ छौ तिमी आउँन प्रिय
जिउँदै यहाँ दिए जलाई
पाए त चोखो त्यो आत्मालाई
म बसन्त हुँ दिन्छु पलाई
स्वार्थी दुँनिया मतलवी छ
खोज्दैछु निस्वार्थी मनलाई
सक्दिन ढाट्न म आफैंलाई
जलाई राछु बसन्तलाई
यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:
Read more...
