
बसन्त मोहन अधिकारी
चितवन/ हाल यूएई
खबर पढे आँशुसंगै कपिलवस्तु याद आयो
खारा बारा त्यै घटना आज राजपुरमा छायो
बैनी रुन्छिन् मझेरीमा भाउँजु चौकी भित्र
यस्ता पापि शत्रुसंग कसले मित लायो?
छाती भित्र मुटु भए थोरै कतै सोची देउँन
विर नेपाली तिमीलाई आज कसले दायो?
कुर्ची प्यारो रैछ तिम्लाई मर्दा पनि साथ लग्नु
यो आमाको देह लुट्न पापि राक्षस धायो।
भोका रैछन् दाजुहरु खाना खान लडीराछन्
नाम्रद यि छोरा हुँदा हेर देह लुट्न पायो
1 comments :
Thanks for your words, it gives alot of education to us but i donnot know who take it ?
suman
Post a Comment
तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।