
बोल्डर्
केहीपल टाडिदैछु टाढा मलाई नठान्नु है
बिछोड भो त के भो र ?पराइ नमान्नु है
सधैं साथ कहाँ हुन्छ ?छुट्टिनु त छदैछ
झझल्कोले पिरोले,माया बढेको जान्नु है
एक्लो पलले पीडा दिए,बाडुलिमा आइदिनु
कल्पनाको संसार नै मीठो भेट ठान्नु है
हरेक पलको बिछोडमा तड्पिएरै बाँच्नु पर्छ
कही कतै माया खोजे, मेरै माया छान्नु है
Comments
Post a Comment
तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।