Skip to main content

गजल

Novel Writer Poetकेशब आचार्य


तिमीसँग जिन्दगीको धेरै कुरा गर्नु थियो
ओभानो त्यो तिम्रो सिउँदो सिदूरले भर्नु थियो ...

उजाड यो जिन्दगी यो सधैंभरी आफ्नोलागी
चन्दा मागी तिमीसँग माया केही छर्नु थियो ...




आँधी चल्छ छात्तिभित्र निराशाको भेलसङै
परिसक्यो जिन्दगी यो भूमरिमा पर्नुथियो ...

आफ्नै बाटो आफ्नै साथ जिन्दगीको यात्राभरी
झरिसक्यो कोपिलामै जिन्दगी यो झर्नु थियो ....


यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:


Comments

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।