Jul 14, 2010

उपहार - कथा !

Facebook

तपाई जहाँ जानुहोस् , जे गर्नुहोस् तपाई संग हरेको पटक एउटा अवसर हुनेछ कसैको जीवन छुन र परिवर्तन गर्न ! सहि मार्ग दर्शन ले एउटा सफल जीवन निम्त्याउँछ !


प्रस्तुत लोक कथा एउटा प्राथमिक शिक्षिका र उनको एक विद्यार्थीको हो । उनको नाम मिस थोम्पसन हो । त्यो दिन पाचौँ कक्षा को पहिलो दिन थियो, सम्पूर्ण विद्यार्थीको सामु उनले एउटा झुट बोलिन्। जसरी सबै शिक्षकले भन्ने गर्छन् , उनले पनि सबै विद्यार्थीलाई समान माया गर्ने बाचा दोहर्याइन् ।
पहिलो बेन्चमा एउटा कुरूप , हेर्दै खाते बालक जस्तो विद्यार्थी बस्थ्यो

प्रस्तुत लोक कथा एउटा प्राथमिक शिक्षिका र उनको एक बिध्यार्थिको हो । उनको नाम मिस थोम्पसन हो । त्यो दिन पाचौँ कक्षा को पहिलो दिन थियो, सम्पूर्ण बिध्यार्थिको सामु उनले एउटा झूट बोलिन्। जसरी सबै शिक्षकले भन्ने गर्छन् , उनले पनि सबै विद्यार्थीलाई समान माया गर्ने बाचा दोहर्याइन् ।
पहिलो बेन्चमा एउटा कुरूप , हेर्दै खाते बालक जस्तो विद्यार्थी बस्थ्यो । उसको नाम टेड्डी स्टार्ड थियो । उ अरू बच्चा जस्तो हँसिलो थिएन । हेर्दै फोहरी , लामा लामा नङ अनि गन्हाउने कपडा , महिनौ सम्म ननुहाएको मानौं कि उ पढ्ने बच्चा नै होइन । मिस थोम्सनलाई उसको बानी ब्यहोरा र हाउ भाउ देखेर एउटा लम्फु विद्यार्थी जस्तो लागेको थियो पहिलो दिन देखिनै ! परीक्षा को सबै जसो कापि मा रातो कलमले गोलो लगाउदै उसलाई उनले फेल अंक दिन्थिन् । वास्तवमा उ टेड्डी लाई मनै देखी रुचाउथिईनन् ।
पछि पहिलो त्रैमासिक परीक्षा पछि मिस थोम्पसनले सबै विद्यार्थी हरुको अगिल्ला को रेकर्ड हेरेर उसको प्रगति विवरण दिनु पर्ने भयो । उन्ले टेड्डी को बिवरणलाई खासै महत्व नदिई अन्तिम मा राखिन् । पछि जव उनि टेड्डी को रेकर्ड हेर्न थालिन , उनि आश्चर्य चकित भइन। टेड्डी १ कक्षामा हुँदा उनको शिक्षकले लेखेको थिए, "टेड्डी एक तगडा हँसिलो के अनि उज्ज्वल बच्चा हो । उ आफ्नो काम बढो मिहिनेत साथ काम गर्छ र सार्है शिष्टाचार छ. ... उसलाई आफ्नो आसपास मा पाउँदा जो कोही पनि खुशी हुन्छ ।"
उसको दोश्रो कक्षा को शिक्षकले लेखेका थिए , "टेड्डी एक उत्कृष्ट छात्र हो, सबै सहपाठी उसको प्रशंसा गर्छन् , उ आफ्नी आमालाई लागेको क्यान्सर रोग देखेर चिन्तित देखिन्छ , पक्कै पनि उसको घरमा एउटा जीवन संघर्ष चलिरहेको छ । ."
उसको ३ कक्षा को शिक्षक ले लेखेका थिए "उसकी आमा को मृत्यु उसलाई पक्कै पनि कठिन भएको हुनु पर्छ तर पनि उ आँफुलाई सर्वश्रेष्ठ नै राख्ने कोसिस गर्छ , तर पनि उसको पितालाई आफ्नो छोरा को कुनै मतलव छैन, यदि कुनै कदम नउठाइ यस्तै भई रह्यो भने उसलाई आगामी दिन हरु झन कठिन हुन सक्छ ।
टेड्डीको चार कक्षा को शिक्षक ले लेखेको थिए , "टेड्डी सुस्त देखिन्छ , उस्ले पढाइमा धेरै रुचि राख्दैन , उसका साथी हरु पनि कम छन् । उ कहिलेकाहि कक्षा मै निदाउँछ "


अब सम्म मिस थोम्पसन समस्या को जड थाह पाइन् र आफै देखि सर्मान्दित भइन । उनलाई तब चोट पर्यो जव उनले सम्पुर्ण विद्यार्थी बाट क्रिस्मस उपहार पाइन् । टेड्डि बाहेक सबै विद्यार्थीले राम्रो राम्रो रँगी चङ्गी कागजले बेरेर महँगा महँगा उपहार ल्याएका थिए । टेड्डि ले ल्याएको उपहार , उउटा मैले किराना पसलको प्लास्टिक भित्र मैलो गोर्खापत्र ले बेरेर ल्याएको थियो । मिस थोम्पसनले अप्ठ्यारो को बाबजुद पनि टेड्डिको उपहार सबैको सामु नै खोलिन , टेड्डि को उपहार देखेर बच्चा बच्चि हाँस्न थाले । जब उनले उपहार खोलिन, त्यहा एउटा मैलो टुटे फुटेको पत्थरको बाला र एक चोथाई जति भरिएको एउटा प्रयोग गरिएको पर्फ्युम थियो । त्यति नै खेर उनले बच्चा बच्चि को हाँसोलाई बेवास्ता गर्दै , टेड्डिले आफूलाई सार्है राम्रो उपहार दिएको भन्दै टेड्डि लाई धन्यवाद व्यक्त गरिन् र त्यति नै खेर उनले त्यो बाला हात मा लगाइन र आफ्नो जिउमा प्रफ्युम पनि प्रयोग गरिन् ।
टेड्डी उस दिन स्कुल पछि मिस थोम्पसन को नजिक गएर भन्छ ," आज तपाई मेरो आमा जस्तै बसाउनु भएको छ । मलाई मेरी आमा को याद आयो , आज " । त्यो दिन , सबै बच्चा हरु गइसके पछि मिस थोम्पसन एक्लै बसेर घण्टौ रोइन् ।
त्यस दिन पछि आफ्ना गल्तीहरु पश्चाताप गर्दै मिस थोम्पसनले बच्चा हरुलाई राम्रो सँग पढाउने बाचा गरिन्। मिस थोम्पसन टेड्डी लाई विशेष ध्यान दिन थालिन , सगै बसेर उसलाई पढाइमा प्रोत्साहन गर्न थालिन ।बिस्तारै टेड्डि ले पढाइमा राम्रो गर्न थाल्यो । उ बिस्तारै फुर्तिलो हुन थाल्यो र सबैको प्यारो हुन थाल्यो । टेड्डी सबै "शिक्षक" को अङ्गुर हुन पुग्यो ।
एक साल पछि, मिस थोम्सनले आफ्नो कोठा को बाहिर ढोकामा एउटा नोट पाउिछन् , टेड्डी ले लेखेको थियो, "मेरो जीवनमा अहिले सम्म पाएको शिक्षकमा हजुर नै सबै भन्दा राम्रो शिक्षक हो "
छ वर्ष पछि मिस थोम्सनलाई टेड्डी बाट एउटा पत्र मिल्यो , जसमा लेखिएको थियो , " मैले हाईस्कुल उत्कृष्ट श्रेणी मा पास गरे। मेरो जीवनमा अहिले सम्म पाएको शिक्षकमा हजुर नै सबै भन्दा राम्रो शिक्षक हो "
फेरि चार साल पछि , मिस थोम्सनलाई टेड्डी बाट एउटा पत्र मिल्यो ," मैले निकै मिहिनेत का साथ पढ्दै छु, अव को २ हप्ता मा म उत्कृष्ट श्रेणीमा अनर सहित ग्राजुएट हुदैछु ", उ थप्छ " मेरो जीवनमा अहिले सम्म पाएको शिक्षकमा हजुर नै सबै भन्दा राम्रो शिक्षक हो" ।
फेरि चार बर्ष बित्छ, मिस थोम्सनलाई टेड्डी बाट अर्को एउटा पत्र मिल्यो " मैले ब्याचुलर डिग्रि सके पछि पढाइलाई थप निरन्तरता दिए । " ", उ थप्छ " मेरो जिवनमा अहिले सम्म पाएको शिक्षकमा हजुर नै सबै भन्दा राम्रो शिक्षक हो" । यो पटक उसले पत्र को अन्त्यमा टेड्रन स्ट्राड, एम डि लेखिएको थियो ।
कथा अझै सकिएको छैन , फेरि मिस थोम्पसन लाई अर्को पत्र आउँछ, " मैले मेरो जीवन साथी भेटे , उ तपाई जस्तै राम्री केटी छ , म उ सँग बिहे गर्दै छु । मेरो पिता केही साल अगाडि नै देहावसान भइसक्नु भयो , म चाहन्छु तपाई मेरो बिहेमा मेरो माता पिता को प्रतिनिधित्व गरिदिनु भए म आफुँ लाई भाग्यमानि सम्झने थिए ।
आज डा. टेड्डि स्ट्राड को विवाह को दिन , मिस थोम्सन ,टेड्डि ले सालौँ अघि दिएको क्रिस्मस उपहार , त्यही टुटे फुटेको पठ्ठर को वाला र पर्फ्युम लगाएर आफ्नो उपस्थिति जनाइन् । आज टेड्डि लाई आफ्नै आमा सँग खेलको त्यो अन्तिम क्रिस्मसको याद आयो । डा. स्ट्राड ले मिस थोम्सन लाई अँगालो हाल्दै भन्छ " म धेरै आभारी छु , आज म जुन ठाउँ मा छु , हजुर को मार्ग दर्शन ले गर्दा छु । हजुर ले गर्दा मैले आफूलाई बदल्न गर्न सके ! मेरो जीवन को मार्गदर्शक हजुर नै हो ." श्रीमती थोम्पसन आँखा भरि आँसु पार्दै भन्छिन्,"टेड्डी, यो सब गलत हो .. वास्तवमा मार्ग दर्शक म होइन । तिमी मेरो मार्ग दर्शक हो, मलाई तिमीले जीवन मा धेरै सिकाएको छौ , मलाई कसरी सिकाउने भन्ने कुरा तिमीलाई नभेटुन्झेले थाह नै थिएन । तिमीले गर्दा आज मैले एउटा बिग्रन लागेको बालक लाई डाक्टर भएको पाएको छु । " दुवै एक अर्का लाई अंगाल्दै रुन्छन् ।

जादा जादै ,
तपाई जहाँ जानुहोस् , जे गर्नुहोस् तपाई संग हरेको पटक एउटा अवसर हुनेछ कसैको जीवन छुन र परिवर्तन गर्न ! सहि मार्ग दर्शन ले एउटा सफल जीवन निम्त्याउँछ !
सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला । यो कथा बैकुण्ठ जाला । फेरि भन्ने बेलामा तात्तातै आइजाला ।
पढ्नु भयको मा धेरै धेरै धन्यवाद ! हजुर को भलो होस् , जदौँ !!
नोट:प्रस्तुत लोक कथा ईन्टर्रनेट पत्रपत्रिका बाट साभार गरिएको । सपनासंसारले केवल नेपाली मा उल्था मात्र गरेको हो । यस कथाका लेखक अज्ञात हुनुहुन्छ
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

1 comments :

Anonymous said...

Thanks for sharing...

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP