Skip to main content

दागबत्ती : भाग २


उपमा अर्याल
छाउनी, काठमाडौं
हाल- मिनेसोटा, अमेरिका


पहिलो भाग पढ्न यहाँ थिच्नु होला।

कालो बादल पानी पर्नु भन्दा अगाडि पानी दर्किनलाई जसरी मडारिन्छ त्यसरी नै मडारी रहेको थियो मेरो मन। त्यो रात कसरी मैले उहाँसँग कुरा सुरु गरें म आँफैलाई थाहा भएन। "म सन्तानको म्रिगत्रिस्णामा साह्रै छट्पटिएकी छु। मेरो दु:ख, सुखमा साथ दिन्छु। मेरो हरेक चाहना पुरा गर्छु।" "मारे पाप पाले पुण्य" भनेर अग्नी साक्षी राखेर खाएको कसम हजुरले पुरा गर्नुपर्छ आज। जब सम्म यो घरमा सन्तानको जन्म हुँदैन म खुशीसाथ यहाँ बस्न सक्दिन। मलाई खुशी राख्ने हजुरको कर्तव्य हो। हजुरले म माथि गर्नु पर्ने कर्तव्य मैले मगेको होइन, केबल "छ" है भन्न मात्र खोजेको हो। त्यसैले मलाई खुशी राख्न या भनु हजुरले खाएको कसमको पालना गरी कर्तव्यनिस्ठ हुन बिन्ती छ दोश्रो विवाह गर्नुहोस् भनेकी थिए। सबै इस्टमित्र, नातागोता, छरछिमेकहरुले पनि दोश्रो विवाह गर्ने जोड दिएका थिए। आफु जन्मेको अनी हुर्केको समाजमा टिक्न नै मुस्किल पेरिसकेको थियो उहाँलाई। बत्ती मुनी अध्याँरो भने जस्तै भएको थियो उहाँलाई। सबै कुरा छ तर पनि केही छैन।


लाखौं कोशीस बाबजुद उहाँ दोश्रो विवाह गर्न मन्जुर हुनुभयो र विवाह भयो पनि। कस्तो मान्छे होला म! आफ्नै लोग्नेको विवाहमा म छमछम्ती रतौली नाचेको थिएं, कसार बाटरेको थिएं, प्राय विवाहका कामहरु मैले नै गरेको थिएं। मेरो घरमा आउन लागेको खुशीलाई स्वागत गर्न, मेरो मनमा जती सुकै गरुङ्गो बोझ भएपनी मैले कसैलाई महसुस हुन दिइन। कसैलाई पनि देखाइन मेरो मनको बोझ। विवाह भएको बर्षा दिनमा नै हामीले हाम्रो घरको चिरागलाई देख्ने मौका पायौं, जस्को नाम हो "सुबाश"। सुबाश -मेरो कुलको छोरा ! हाम्रो घरको चिराग ! हाम्रो घरमा सुगन्धित सुबाश छरेर नै आएको थियो उ। हामी सबै सार्है खुशी भएका थियौ। आफ्नो बशं अगाडी लैजान पित्त्रिहरुले मेरा अन्तर प्रेरणाबाट निकालीदिएका स्वार्थ रहित भावलाई मुरी मुरी धन्यवाद टक्राएको थिए मैले त्यती बेला।

तीन बिस तीन वर्षाको बसन्त पार गरिसक्दा, यो बुढेस्कालमा आएर अहिले म कसैको प्रतिक्षामा बसेकी छु । प्रतिक्षा गर्न निकै गाह्रो हुँदो रहेछ। एक्लो जीवन बाँच्न पनि गाह्रो हुन थालिसक्यो अब त। कालको प्रतिक्षामा बस्नेहरु - म जस्ता हजारैं होला नि यो संसारमा , कालले कस्लाई पो पर्खेर बसेको हुन्छ र ! समय आएपछी मलाई पनि टपक्क टिपेर लगिहाल्छ। न कसैले रोक्न सक्छ न कसैले छेक्नै। भन्छन नि आयो टप्प टिप्यो-टारेर टर्दैन त्यो। जन्मे देखी अहिले सम्म समयले जे जे देखाउछ, जता जता डोराउछ, त्यही त्यही गर्दै आए बिना कुनै डर र बिना कुनै स्वार्थ। त्यसैले डराउँदी मृत्‍यु देखी पनि म। मृत्‍युलाई पनि जीवनको एउटा अन्तिम अभिनय मनेकी छु मैले। जीवन भनेको एउटा अभिनय त हो नि, अनी हामी सबै त्यस्का कलाकारहरु। हरेक प्राणीले संसार रुपी ठुलो नाट्यशालामा जन्म लिएपछि आ-आफ्नो अभिनय कला सुरु गर्छन्। क्रमश...। क्रमश: मै अढेको त छ जिन्दगी जिउनको लागि खेलिने नाटक। थाहा छैन कसैलाई पनि कुन मोडमा एकै चोटि कहाँ समाप्त हुन्छ नाटक भनेर!

किन हो किन हिजो आज मलाई एउटा कुरोले साह्रै पिरोल्न थालेको छ। त्यही कुरा भन्छु भनी सुबाशलाई बोलाएकी थिए आज तर भन्नै सकिन। कती टुक्रा हुन्थियो होला त्यो बिचरोको मन। कती खिन्न हुन्थियो होला। आखिर आमा अहिले आएर तपाईंले आफ्नो सौतानेपन देखाएरै छाड्नुभयो भन्थियो। त्यस्तो पुरानो समाज, पुरानै सस्कार र पुरानै परिवेसमा जन्मिएकी म! त्यही सामाजिक पृष्ठुभुमिमा नै हो म हुर्केकी, कसरी लत्ताउन सक्छु र। पिरोल्लीएकी छु म त्यो कुराले। कतै मैले कुलखान्दान, पित्त्रि र बशंज्जहरुको सम्रक्षण गर्ने बहानामा आफ्नो स्वार्थ पुरा गर्न खोजेकी त होइन? म सन्तान जन्माउन नसकेकी आईमाई, आफ्नो रगतको नाता भन्नु कोही छैन मेरो यो दुनियाँमा। यो बेला सम्मा आइपुग्दा आफ्नो लागि केही सोचिन, केही स्वार्थ नराखी मेरो परिवार भनी व्यबहार धान्दै आएं। अबको बाँकी जीवन पनि म निस्वार्थ कट्न चाहन्छु। जिन्दगीको आधी बाटोबाट आफ्नो भन्नेले पनि छोडेर गएपछी एक्लै खेल्दै छु बाँकी जीवनका नाटकहरु बिना केही स्वार्थ। एक्लिदै गएपछी या भनौ बुढ्यौलीले छोप्दै गएपछी सुरु हुदो रहेछ जिन्दगीका अझ कठोर श्रीङ्खलाहरु। मेरा आशाका दियोहरुमा अब त तेल सिध्दिदै गएका छन, भरोसाका मुहान उही सुबाश एउटा हो। दुख र बेदनाका सागरहरु एकपछि अर्को गर्दै यो कालखण्डमा आइपुग्दा मेरो मनमा एउटा यस्तो प्रश्न खेलिरहेछ जस्को जवाफ म सँग छैन। स्वार्थपनको गन्ध आइरहेछ मैले दिएको निस्वार्थ ममताको खानिबाट। यो कस्तो प्रश्न हो -


"के त्यही दागबत्तीको स्वार्थले नै मैले सुबाशलाई आफ्नो ठानेकी हुँ त?"
~समाप्त

[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Comments

  1. Admin jieu, I read the same story in sajha.com yesterday and i am seeing it here today on sapanasansar. Ki yo pani Prabha Achayra ra Bashanta Adhikari ko jasto karaudau site ma publish hune khal ko ho ?? When writers send you the article, make a habit of googling it to check if its already published on other sites.
    Your well wisher !

    ReplyDelete
  2. **********[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ] ***************


    Admin ले यस्तो जानकारी दिदा दिदै पनि यो कमेन्ट गर्नु कत्तिको जायज होला?

    त्यस माथि पनि, त्यो त articles लेख्नेहरुको इच्छा हो जुन website वा blog हरुमा पोस्ट गरे पनी, होइन र?

    कृपया प्रत्सोहन गर्न सक्नुहुन्न भने अरुको खुट्टा तान्ने काम पनि नगर्नु होला।

    धन्यवाद
    ~उपमा

    ReplyDelete
  3. लेखिका ज्युको लेखन शैली भन्दा प्रतिकृया दिने शैली गजबै रहेछ । लेखन भन्दा राजनीति गर्नुस् सफलता पाउनु हुनेछ ।

    ReplyDelete
  4. काइते लेख र च्याउरे मनहरुको बिगबिगी प्राय साइटमहरुमा छाइरहेको छ, सपना संसार यसमा अछुतो छैन। अझ यस्ता डांडेका मिस्त्रीहरुको आत्मसम्मानमा मिस्त्रिबाटै अलंकार जलपिंदा सेटर डे नाइट लाईभ २४/७ नै भेटिदोरहेछ।

    ReplyDelete
  5. साथी हरु ,
    ब्यक्तिगत रुपमा कसैको बिरोध गर्नु वा समर्थन गर्नु भन्दा पनि तपाई सपनासंसार मा प्रकासित लेख हरु संग सहमति वा असहमती जनाउन सक्नु हुन्छ । " काइते लेख र च्याउरे मनहरुको बिगबिगी " भन्ने मित्रलाई पनि आफ्नो दरिलो लेख पस्कने क्षमता राख्नुहुन अनुरोध गर्दछु ।
    धन्यबाद !

    सपनासंसार

    ReplyDelete
  6. Katha ramro lagyo. your both story good.
    Thank you,

    Ram Thapa , Malasia

    ReplyDelete
  7. राजु लमिछाने8/28/09, 7:48 AM

    कथा राम्रो छ ! भाषिक शुद्धतामा सुधार आएको छ । तपाईंको भावनात्मक प्रस्तुती राम्रो छ, लेख्दै गर्नुहोस् । अघिल्ला लान्छनात्मक प्रतिकृयाहरुले तपाईंको लेखन कलामा उर्जा थपोस, शुभकामना !

    ReplyDelete
  8. " काइते लेख र च्याउरे मनहरुको बिगबिगी " भन्ने मित्रलाई पनि आफ्नो दरिलो लेख पस्कने क्षमता राख्नुहुन अनुरोध गर्दछु ।
    One Person: I did not like what prime minister said.
    Another Person: Why don't you become prime minister and say what you like.
    Next Saturday Live!

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

Popular posts from this blog

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाके

शुभ-कामना नव दाम्पत्य जीवनको

यहि मिती २१ फेब्रवरी २००९ का दिन, अमेरीकाको नेब्रास्का राज्य को ओमाहा सहरमा , साथी रचना भट्टराई तथा साथी प्रवेश घिमीरे बिच भएको शुभ बिबाहको उपलक्षमा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुँभभकामना टक्र्याउदछु । तपाई हरुको नया जीवन अनि नौंलो यात्रा सफल रहोस् । खुशीँ नै खुशीको पाईला हरु लम्किउन् । तपाईहरुको यो एैतिहासिक क्षणमा, आँफु पनि पात्र बन्न पाउदा निकै नै खुशीँ लागेको छ । तपाईहरुको दाम्पत्य जीवनले सफलता को शीखर चुम्न सफल होस् । तपाईहरुको अनुमति बिनानै केहि घत लाग्दा भिडियो दृष्य हरु तल पस्केको छु । परदेश को वसाँई होस या स्वदेशको , एउटी नेपाली नारीलाई सिन्दुरको महत्व त्यती नै हुन्छ । एउटी हिन्दु नारीले आफ्नो पतीको दिर्घायु जीवन को लागी लगाउछन्। सिन्दुरले माया प्रेम र सक्ति लाई जनाउछ् । हिन्दु शास्त्र अनुसार , लोग्नेले निधारमा सिन्दुर हालेर आफ्नो पत्नीलाई सुरक्षा को बन्धनमा राखेपछि यदि कोही पराईले पत्नी को हानि गर्न खोजेमा उक्त पराईको रगत उम्लेर उ आफै मर्छ रे । Rachan wedding..... from sapana sansar on Vimeo . आमा को लागी छोरा छोरी भनेको त मुटु को टुक्रा नै त हो नि । आमा भन

म आफ्नो घर छोडेर टाढा कसरी जान सक्छु र ?

Reposted after readers request ! "म गरिब परिवार अनि बिमारी पृ्ष्ठभुमी बाट आएको मान्छे हुँ। म यहि जन्मे , म यहि हुर्के अनि धेरै जसो यहि पढेँ अनि फर्केर यहि आएर 'टिम' मै काम गर्दैछु , आफ्नो घर मेरो लागी 'टिम' हो ।घरमा आएर घर संहाल्दा बढो आनन्द आउदो रहेछ । म आफ्नो घर छोडेर कसरी टाढा जान सक्छु र ? " - डा अरुण बुढा करिब ४० बर्ष अधि रघुबिर बुढा कुष्ठ रोगको उपचार गर्न कालीकोट बाट डढेलढुरा आउछन् । बिदेशीद्वारा चलाईएको सामुदायीक टिम, अस्पतालमा उपचारको क्रम मा उनले पार्वती रोकाया लाई भेट्छन् । उपचारको क्रममा एकअर्काबिच चिनाजानी पछि उनिहरु बिहे गर्छन । रघुबिर बुढाले, पछि त्यहि अस्पतलामा भात पकाउने भान्छे, फुलबारी गोढ्ने तथा हुलाकीको काम पनि गर्ने थाल्छन् । पार्वती भने त्यहि अस्पतालमै निम्न स्तरीय काम गर्न थाल्छिन् । बिस्तारै त्यहि काम गर्दै जादा,रघुबिर अलि अलि लेखपढ पनि गर्न थाल्छन् । २ बच्चाहरु अरुण बुढा र कालेब बुढाको बाबु बन्छन् अनि आफ्ना यी दुई बच्चा लाई डाक्टर बनाउने सपना सझाउछन् । रघुबिर बुढाका दुई छोरा हरु , डा अरुण बुढा तथा डा कालेब बुढा सन १९९९ डिसेम