Aug 20, 2009

दागबत्ती - कथा भाग १

Facebook


उपमा अर्याल
छाउनी, काठमाडौं
हाल- मिनेसोटा, अमेरिका

(कथा तथा कथाका पात्रहरु काल्पनिक हुन कसैको व्यक्तिगत जीवन र आचरणमा मेल खाएमा संयोग मात्र हुनेछ।)

"बाबु राम्रो सँग जाउ! घर पुग्ने बितिकै मलाई फोन गरिहाल है ! "


सुबाश पर क्षितिजमा पुगिसक्दा पनि आँखाले देखुन्जेल हेरिरहे। सुबाश मात्र मेरो घर तिरको एक सदस्य हो जो मेरो हेर बिचार गर्छ, सुख दु:ख पर्दा हातमा हात मिलाउन आइपुग्छ। उ मेरो सौताको छोरा हो। सौताको छोरा भएर के भयो। उ मेरो कोखबाट नजन्मे पनि मैले नै उस्लाई हुर्काएकी हुँ, मेरो ममताको भकारी नै उस्को पोल्टामा पोखिदिएकी छु। हरेक नाता या भनु व्यवहार दोहोरो हुन्छ। त्यसैले होला उस्ले पनि मलाई आफ्नो आमालाई गर्नु पर्ने मान, सम्मान अनी कर्तव्य पालना गर्न कुनै कन्जुस्यै गरेको मैले महसुस नै गरेकी छु, न त मैले उस्लाई अभिभाबक बिहिन टुहुर भनेर यस समाजमा पहिचान हुन नै दिएकी छु। सौताको छोरा भएपनी उसले र मैले प्रमाणित गर्दिसकेका छौ कि रगतको नाता भन्दा आत्मियताको नाता ठुलो हुँदो रहेछ भनेर।

हाम्रो समाजमा भइरहने मानविय सम्वेदनाको एक स्मृ ति दिने एउटा सानो आँखीझ्याल हो यो मेरो जीवनको वस्तबिक कथा। शायद त्यही स्मृ तिमा हराउन पनि रमाइलो लाग्छ अहिले त! त्यसैले होला आज मलाई त्यो आँखीझ्याल खोल्न मन लगेको छ। मेरो अतित सम्झिन मन लागेको छ।

लाखौं कोशीस बाबजुद पनि हामीले मेरो घरमा चिराग लेराउन सकिएन। कुनै पनि फुल मेरो गर्भमा फुल्नै चाहेनन । हामी दम्पत्तिले ममताका फलहरु फलाउनै सकिएन। फुलहरु फुलाएर यस धर्ती सजाउने हाम्रो चाहनालाई चाहना मै सिमित राख्न पर्‍यो हामीले। म त उहाँको नाम मात्रको अर्धाङ्गिनी भएँ। मेरो कोख रित्तै रहयो। मैले आमा बन्ने सौभाग्य पुरा गर्न पाइन यो जुनिमा। परिवारको खुशीमा चट्याङ परेको थियो जती बेला हामीलाई अब हाम्रो वशं अगाडि जादैन भन्ने पक्क भयो। चाहकिलो पुर्णिमाको जुन जस्तै हाम्रो परिवारलाई कालो बादलले घेरा लगाइदिएको थियो, कहिलै त्यो बादल नफाट्ने गरी।

एक कान, दुई कान मैदान हुँदै गाउँ भरी नै हल्ला फैलिएको थियो। के के मात्र गरिन मैले। सन्तानेश्वोर महादेबको ब्रत बसें। ठुला ठुला मठमन्दिरमा सन्तान प्रप्तीको पूजापाठ गरी भाकल राखें। त्यती बेला अहिलेको जस्तो डाक्टर हुँदैन थियो। जस्तो थियो तेस्तालाई नै देखायौं, धामी झांक्री बोलायौं। तर हात लाग्यो सुन्य ! गाउँलेहरु सबै मेरै कुरा गर्थे। यो त बाझ हो । यस्ले हामीलाई छोइ भने हाम्रो पनि बच्चा हुँदैन भन्थे गाउँका आईमाईहरु। कोही नयाँ बच्चा जन्मेको छ गाउँमा, हेर्न र सुत्करी भेट्न गयो भने बच्चा छुन नै दिदैन थिए मलाई। मेरो मन सार्है रुन्थियो त्यतिबेला।

मेरो श्रीमानले मलाई सार्है माया गर्नुहुन्थियो। आफ्नो पिडालाई लुकाएर सधैं मलाई सम्झाउनु हुन्थियो। अरु जो सुकैले जे सुकै भने पनि तिम्रो आत्मबिश्वास दर्हो राख्नु। दु:ख लुकाएर सुखको अनुभुती गर्दै हास्ने नै जीवनको सार्थकत हो। हाँसो अनी खुशी नै जीवनको दर्पण हो अनी मेरो दर्पण नै तिमी हौ भन्नुहुन्थियो। त्यती राम्रो गुलाफको पनि त काँडा हुन्छ र पनि सबैलाई आफ्नो सुगन्धले मोहित बनाउछ। हरेक नारी ३२ सै गुणले भरिपूर्ण त कहाँ हुन्छन र! भगवानले नै उस्लाई कुनै न कुनै ठाउँमा ठगेकै हुन्छ त त्यसमा उस्को के दोस! हामीलाई के नपुग्दो छ र सन्तान बाहेक। भगवानको यस्तै इच्छा छ भन्ने हाम्रो के लाग्छ र ! तिम्रो र मेरो दु:ख एउटै छ अनी व्यथा पनि। यो पुरतन समाजमा, म दरबारको मुल गुरुले त केही भनेको छैन भने अरु को मेरो जीवनसंगिनी माथि औंला उठाउने? यस्तो खरो रुपले कहिलै पनि मेरो आत्मसम्मान माथि चोट पर्न दिनुहुन्न थियो। आफु भित्र भित्र छट्पटिए पनि मलाई केही भन्नु भएन।

"हाम्रो समाज त झन पित्त्रिसत्तात्मक समाज। आफ्नो बशं टुटाउने पुरुषलाई त नामर्द भन्छन। पित्त्रिको तिरस्कार गरेको ठान्छन। कस्ले तारिदिन्छ तिमीहरुको बैतणी? कस्ले दिन्छ तिमीहरुलाई दागबत्ती? "-कसैले म पधेँरा गएको बेला मेरो श्रीमानको अर्को विवाह गराइदिने सल्लाहा दिएर यस्तो भनी सम्झाएका थिए। आफ्नो घरव्यवहारको अबस्थाले मान्छेलाई व्यवाहारिक बनाउदै लैजाँदो रहेछ। कत्रो भुइँचालो गएको छ मेरो श्रीमानको मन भित्र, म पनि महसुस गर्न सक्थें त्यो। हरेक पुरुषको सफलताको पछाडि एउटी नारिको हात हुन्छ भन्छन। हामी नारिहरुले बिहे त पुरुषलाई सफल बनाउन गरेको जस्तो देखिन्छ जुन सत्य, प्राकृतिक अनी स्वाभाबिक पनि हो। मेरा बुवा आमाले मलाई सधैं पित्त्रि र बशंज्जहरुको श्रध्दा गर्न सिकाउनु भ्एको थियो। मेरो श्रीमानले जे भनेपनी म आफ्नो स्वार्थ पुरा गरी नकचरी हुन चाहन्न थिए। उहाँले दिनुभएको माया, विश्वाश र स्वातन्त्रको नाममा आफ्नो कुलखान्दान, पित्त्रि र बशंज्जहरुलाई झापाड हान्न सक्दिन्न थिए! त्यसैले मैले पनि मेरा पित्त्रि र बशंज्जहरुको सम्मान गरी मेरो श्रीमानको अर्को विवाह गराइदिने अठोट गरेकी थिए।
~क्रमश…

[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

3 comments :

पोस्तक श्रेष्ठ said...

निसंतान दम्पति, त्यसमा पनि महिलाले भोग्नु पर्ने सामाजिक लाञ्छना र मानसिक कष्टलाई प्रस्तुत गर्नु भएकोछ। बिषयबस्तु प्रस्तुति राम्रो छ।

prakriti said...

धेरै राम्रो लेख रेह्छ !

Trekking in nepal said...

wow. whats a nice katha. thanks so much for sharing with this blog

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP