Aug 11, 2009

१७ गते अर्थात नविनाको विहेको दिन। (भाग २)

Facebook



सुमन बगाले।
आँबु खैरेनी तनहुँ।
१७ गते अर्थात नविनाको विहेको दिन। (भाग १) पढ्न यहा क्लिक गर्नुहोस् !

आज असार १७ गते मतलब नविनाको विहेको दिन। काममा जानपनि मन मरेर आयो। कुनै वाहानामा विदा लिएर बसेँ। मनमा अनेकौ तरँङहरु आउन थाले। झुपडी घर भएपनि नाना धरीका रँगीचँगी कागजका टुक्रा र बेलुनहरुले सिगारिएका होलान्। दौलो अगाडी आगनीमा केराको थम्बाको जग्या बनेको होला भने तगारोमा विवाहका तुल टागिएका होलान । पण्डित नविनालाइ आफनो कर्मकाण्ड गराउदै होलान्। पाहुनाहरुको ओइरो होला भोज भतेरको सुरु भयो होला माथिल्लो साविसको भवनमा। सबै गाउमा मानीसहरु हातमा उपहार लिइ नया पोशाकमा सजिएर नविनाकै घरमा धाउदै होलान आर्शिवाद दिनको लागी। कस्ती भइ होली हात भरी राता चुरा, हल्केला भरि मेहन्दी, राता सारी रातै चोलो रातो घुम्टोले शिर ढाकेकी होली। परि जस्ती भएर सिँगारिएकी होली। छ नि एउटी नक्कली प्रेमा मेकअप गर्न त गाउभरिका दुलही सिँगार्न अगाडी सर्छे। कसैले नजानेको व्युटिसियन तालिम दिएकी रे। हुन पनि प्रेमाको हातमा जादु नै छ कि के हो सबै दुलहीहरुलाइ हेरी रौ जस्ती बनाइदिन्छे। आज विहानै वाडुल्की लागेको थियो कतै मलाइ त सम्भि्कएकी त थिइन होला र। काकाकी छोरी मेरो बहिनी राधिकालाइपनि कति नरमाइलो लागेकेा होला भाउजु बनाउने कति चाहानाले दिनरात केहि नभनी कन चिठीपत्र आदानप्रदान गर्न भ्याउथी। मैले पठाएको पैसा निकाली होली कि आइएमीबाट। घरमा थाहा नदिनु भनेको थिएँ, कतै घरमा त थाहा पाए भने मलाइ बसीखानु हुदैन।
हे भगवान बहिनीलाइ खुसुक्क पैसा पठाएको थाहा नदिनु ल मेरो परिवारलाइ। के दिन्छे होली मलाइ नै सोधेकी थि मलाइ त त्यति थाहा नै छैन विवाहमा के दिन्छन् भनेर। मैले जे तिमीलाइ इच्छा लाग्छ त्यहि दिनु भनेको थियाँ। मेरी बहिनीपनि कति अभागी रहिछे। मेरो कारणले विचरीलेपनि मन दुखाउनु पर्यो। पिर नगर राधिका तिमीपनि कुनैदिन पराइको घर गइहाल्छौ। राधिकालाइ सम्झाउने कोशीश गर्छु म। नैामति बाजा बजाएर डोलीमा चढेर विनोद हरिया दुवोको मालामा दौरासुरवार ढाकाको टोपी कालो छाता ओढेर सुपारी टोक्दै होला। अबको केहि समयमा नै स्वयमबरको माला नविनाले विनोदको काधमा लगाइदेली र विनोदलेपनि औठि लगाइदेला। त्यसपछि त पण्डितको निर्देशनमा जग्याको काम सुरु होला। नविनाको बाबा मुडुले टाउको लिएर न्याउरो मानेका होलान्। भित्री मनले विनोदको जस्तो परिवारमा छोरी दिन पाउदा खुशी नै भएपनि घरकी लक्ष्मी जस्ती छोरी पराइको हातमा दिदा त रमाइलो कुन अभिभावकलाइ लाग्ला र।
अ हो नैा पो बजिसकेछ यसको मतलब नेपालमा ११ बजिसकेछ। अब त नविनाको घरमा पुगीसक्यो होला जन्ती। जग्याको काम सकाएर भोज भतेर तिर पो लागे कि। मलाइ भने आज खान बनाउन मन पटक्कै छैन। हुन त खानपनि के को लागी खाने हो र जस्तो लागी सक्यो। खाना बनाउन सुरु गर्छु भन्छु ज्यान गरुङगो भएर आउछ फेरी ओछ्यान मै ढल्छु र विगतका केहि क्षणहरु मेरो मानसपटलमा झकिल्न थाल्छन्। पिर नर्गनु न बलराम तपाइ र म मिलेपछि त मेरो बाबा आमा समाजले त के भगवान आएपनि पनि हाम्रो बाटो रोक्न सक्दैन। म मात्र तपाइकी हुँ। मैले कहिल्यै तपाइ विनको जिन्दगी सोच्नपनि सकेकी छैन। मेरो विश्वास लाग्दैन र तपाइलाइ। त्यस्तो लाग्छ भने मलाइ अहिले नै यहि औला काटेर सिउदो सजाइदिनु। म नर्मिलालाइ अँगालेामा बेरेर म तिमीलाइ भित्राउनु पूर्व नै मरे भने के हुन्छ नि तिमीले सोचेकी छौ? नाइ यो अशुभ नबोल्नु भन्दै काखीमा घोप्टो परेर रुएकी थिइन। म झस्कीन्छु मेरो काखी खाली अहिले निर्जीव तकिया मलाइ हेर्दै जिस्काएजस्तो लाग्छ। मेरा आशु टलपलाउन थाले। विगतका क्षणले मलाइ कमजोरी बनाएर फेरी नविनाको खुशीको दिनमापनि आशु झार्ने बनायो।
शुभकार्य नविनाको भइरहेको बेलामा छाक छोडन त भएन भनि मैलेपनि दुइचार गास टिप्ने विचार गरेर भात बसाले र तरकारी काट्दै थिएँ मन मेरो एकदम एकोहोरीएको थियो दालको सिठीले गर्दा चकुले हातका औला सेरिन पुगेछ। रगतको थोपाहरु चुहिन थाले। दुइ बजिसकेको रहेछ। माथी राखेको देवताको फोटोसँगैको घण्टी झरेर थालमा झर्यो मलाइ लाग्यो विनोदले नविनााको सिउदो भरिदियो। मन मडारिएर आयो। अब नविना मेरो हुने भन्ने एक अँशपनि बाकी रहेन। आफैले सम्माहान्न कोशीश गरेँ तर पापी मन कहा मान्दोरहेछ र। झन बढि अतालिन थाल्यो। बाच्नुको कुनै सार भएन जस्तो लागेर आयो। यो चरित्रले यस्तो देखायो कि त्यति बेलासम्मपनि म मा झनो आश रहेछ कतै नविनालाइ आफनो बनाउने मेरो चाहाना पुरा हुन्छ कि त। मेरो हातबाट रगत बगीरहयो रोक्न मन लागेन बग्न दिए जति बग्न सकोस भनेर।
कन्यादान सिउदो सजिएपछि त झन राम्री भइ होली काली। गलामा मँगलसुत्र, सिउदोभरि राताम्मै सिन्दुर रातै पहिरन, निधारभरि टिको। विदाइ पो गरिसकेकि त। ल बेला भइसकेको रहेछ। अभिभावकलाइ हतार भएको होला घरमा पुराउन। घरमा गएरपनि शाशुसँग मानापाथी इस्टमित्रलाइ मुहार देखाउने काम गर्नुपर्ने होला भने विनोद सुहागरातको कल्पनामा डुवेको होला नकचरो। मेरो तरकारीले तितो डढेको गन्धले फेरी मलाइ झस्कायो हत्त न पत्त पानी खनाइदिएँ। तर सबै डढीसकेकाले खान लाएकको देखिन मैले। दाल सँगै भएपनि दुइचार गास टिप्न थालेछु। खै त्यति खान मन भएन र साथीलाइ राखिदिएँ। बेलुकी उसले तरकारी बनाउला र खाला जस्तो लाग्यो।
विगतका दिनहरु एकाएक गरेर मेरा यि मानसपटलमा फेरि थचल्कीन थाल्यो , तिम्रो आखा किन रातो भएको? म सोध्छु। तिम्रो कल्पनामा डुव्दा डुव्दा निद्रै परेन राती , तिमीलाइ थाहा छ बलराम राती निद्रा पुगेनभनि मेरो आखा भोलीपल्ट यसरी नै रातो भइराख्छ। त्यसैले मलाइ पिर नदेउ ल फेरी मेरो आखा अन्धो भयो भने तिमीले जिवनभर डोराएर हिडनु पर्ला नि। मेरो केश चलाउदै बेाली। मैले हल्का उसको मुख छापे र ओठले आखालाइ चुमेर ल अब आखालाइ केहि हुदैन भनि उनीको मनमा सान्तोना दिएँ। मलाइ कता कता डर लागीरहेको छ कतै विनोदले फेरी नविनालाइ राती सार्है नै दुःख दिन्छ कि फेरी उसको आखा रातो भयो भनि बिचरीलाइ दिनभरी विझाउछ। विनोद राती अबेर सम्म दुःख नदेउ ल। मेरा हातबाट फेरी खुन बग्न सुरु गरेछन् साथी आएर र पो मलम लागएर रगत थमाइदियो। रात निकै छिप्पीसकेको रहेछ। सुत आजको पैसा काटिहाल्यो अब कसरी धेरैपैसा पठाउछस् घरमा भन्दै थियो साथीले। मेरा आखा लागीसकेका थिए।

समाप्त
[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

2 comments :

प्रबिण थापा said...

जीवन र प्रेम एक अर्काका प्रयाय भएपनी मेरो आफ्नो अनुभबमा प्रेम आगो हो जती दन्कन्छ हिर्दय भित्र उतिनै बढी पोल्दै जान्छ र अन्तत जिवनलाई खरानी तुल्य बनाइदिन्छ। भन्नलाई त प्राप्ती मात्रै प्रेम होइन समर्पण पनि प्रेम हो भन्ने गरिन्छ तर मलाई भन्ने यि सब भन्ने कुरा मात्र हुन जस्तो लाग्छ किनकी प्राप्त गर्न नसक्ने बस्तुलाई गरेको प्रेमको के अर्थ? जसले पिंडा र दु:ख शिंवाय अरु केही दिदैन।
जिन्दगी समयको रफ्तारमा निरन्तर दौडिरहेको छ,यही निरन्तर यात्राको दौरानमा कयौ मानीस हाम्रो जिन्दगीमा देखा पर्छन अनी ति मध्य सबै जसरी देखा पर्छन उसरिनै ओझेलमा पनि पर्छन तर केही व्यक्तीहरुले राम्रो वा नराम्रो अमिट छाप छोडेर जाने गर्छन। वास्तवमा भन्दा जीवन यही भ्याइ नभ्याइको श्रिन्खलामा छ, यहाँ कसैसग छुटिएर अर्को सग भेट हुनु छ, यहाँ कसैलाई बिदाइ दिदै अर्कोलाई स्वागत गर्नु छ,एउटा लक्ष्य प्राप्ती पछी अर्को गन्तब्यको निर्धारणा गर्नु छ त्यसैले सुमन जि आत्मासाथ गर्नुहोस् यो तितो यथार्थसग अनी अर्को भेट्ने प्रयासमा अगाडि बढ्नुस किनकी जीवनलाई गती दिन सक्नु पर्छ कतै त्यही बाटहरुमा अर्की नबिना तपाईंको स्वागतमा प्रतिक्षारत छिन कि ?

जे होस तपाइको यो कथा भित्र मेरो आफ्नो बिगतको कथा पाए, कता कतै अली अशुद्धी छ सुधारने प्रयास गर्नु होला। नबिनाका बाटहरु तपाइको जिन्दगीमा बन्द भएपनी तपाईंको लेखन कार्य भने त्यसरी नै बन्द नहोस् निरन्तरताको कामना।

8/12/09 6:19 AM

सपनासंसार said...

सच्चा प्रेम को एउटा जीवन्त उदाहरण पेश गर्नु भएछ मित्र राम्रो लाग्यो । प्रबिण थापाको उक्ति हरु पनि कम्तिका त छैनन् । जीवनको एउटै मात्र अडिक गन्तब्य मृत्यु हो । मृत्यु अगाडि पार गर्नु पर्ने धेरै पथ हरु छन,हावा, झरी , घाम पानी त सामान्यनै हुन जस्तो लाग्छ ! नविना तपाईको जीवन पथ को एउटा झरी हो ! तपाईलाई रुझाए पनि यो झरी ले बिनोद को करेसावारी मलिलो पार्नै छ ! जसरी कुमाले लाई चर्को घाम ले फाईदा गर्छ अनि किसानलाई घाटा , त्यस्तै नविना एउटा घाम नै सहि तपाईको जीवनमा । घामा लाई के उस्को चर्को किरणले किसानलाई दुख्छ भनेर ।

ळेख्दै गर्नुहोस् तपाईको लेखाई राम्रो छ !
सपनासंसार

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP