Skip to main content

असार १७ गते नबिनाको विहे

सुमन बगाले।
आँबु खैरेनी तनहुँ।


परदेशमै भएपनि मैले आफनो गाउघर, आफनो मातृभुमी र परिवारलाइ चट्क्कै माया मार्न भने सकेको छैन। आफनै देशमा दश नङग्रा ख्याएर स्वभिमानी नेपाली बन्छु भन्दापनि अल्लाघरे पल्लाघरे साइला माइलाले डलर दिराम साउदी रियलको धनले टिनको छानो हालेर घरमा सोलार जोडदा मेरा परिवारलाइपनि डाहा लागेछ कि कसो हो धनविरे दलाललाइ भनेर खाडी मुलुक धपाइदिए। मन नमान्दा नमान्दैपनि साथीसँगी पानी पधेरो सदाबाहार हरियाली शितल हावा बहलाउने वन जँगल र गँगासरी बग्ने मर्स्याङदीलाइ चटक्क माया मारेर म लागे परदेशतिर।

हिजोआज म खाडीको मरुभुमीमा लम्पसारिएको छु। पचास साठी डिग्री घामको रापले डढेर कालो फुस्रो भएको छु। अनुहारहरु सबै फुटेका छन्। पलास्टिक बोतलको पानीले तिर्खा मेटाएपनि आत भरिएको छैन। तातो बालुवामा रवरको बुटसँगै चाल चाल्दा पैतला छिया छिया भएको छ। सिमेन्टीका बोराले हात थिचेर अहिले राम्रोसँग चलाउनपनि भएको छैन सोझो हिसावले भन्नुपर्दा म अपाङग भएको छु। आजभोली औला अली राम्रोसग्ाँ चल्न थालेका छन्। हातका ठेलाहरु हल्लाभएपनि मरिसकेकाछन्। पहिले पहिले त हातमा मुठी मार्नपनि औलाहरु ब्ाउडिन्थेँ। दिन गन्नपनि दुइहातको साहारा लिनु पर्थ्यो। महिना मर्यो कस्ले छिटो र धेरै दाम पठाउने होडबाजीले गर्दा मन लागेको खान र लाउनपनि मन मरिसकेछ। कुनै महिना अतिरिक्त समय काम गर्न नपाएको बेलामा अवश्य नै घरमा थोरै पैसा जान्छ। थोरै पैसा घरमा पुग्यो भने दाजु भाउजु र आमाको घरमा कलह मचिन्छ नानाधरी कुरा सुनेका मेरा परिवार रण्डीबाजी गरेर पैसा सकाइस भन्ने आरोप मलाइ नै लगाउछन्। दाजु बाउ नभएपनि बाउको कुनै कमी हुन दिइन अहिले कमाउने भएपछि पैसा लुकाउन थाल्यो भन्छन् भने भाउजु कि छुटिएर बस्नलाइ हो भनि मलाइ नै प्रश्न सोध्न थाल्छीन्


मलाइ नपुग्दो केहि थिएन। दाइ भाउजु छुटिएपनि हजुरबाबाले जोडनु भएको थोरै भएपनि मोतीसरी धानका बाला झुलाइ मानामुरी फलाउने गैह्ी खेत मेरै हो, कुडुलेमा तोरी बहलाउने लामा गरा मेरै थियो। आफनो पाखुरा बजारेर दुइ छाक टार्न पुग्ने नै थियो। किन चाहियो टिनको छानो रानीबनको खरवारी मेरै थियो। किन चाहियो सोलार मेरै तारी भैसी र फुर्के काले हल गोरुका गोवरबाट मेरै घर उज्यालो थियो। सलसल सुसाउदै बग्ने दरौदी र मर्स्याङदी मेरै हिम श्रृखलाका थिए। आपत विपत दुःख अडचन्पर्दा देवी मनकामना कालीका माइ छिक्केश्वरीलाइ सुनाउथेँ उनीकै श्रद्धाभक्ति यो जिवन अर्पेको थिएँ। वन पखेरामा मेरै गाइ भैसी चर्थे, वन्यजन्तु, डाफे मुनाल कोइली चरी नाच्दै,डुल्दै रमाउथे। सँक्रन्ती र एकादशीमा लाग्ने मेलामा खैचडी र मादलुको तालमा मेरै स्वर शोरठी र मारुनी भाकामा धन्कीन्थे। इष्टमित्र नातागोता सबै मेरै थिए। हेर त असारपनि सकिन लागेको छ पोहोर साल मुखीया बा भन्दै हुनुहुन्थ्यो बलरामले मेलो सजिलो बनाइदिएर रोपारहरुले छिटै मेलो सकाए, अब आउने असारमापनि मेरो मेलो जसरी भएपनि आउनु पर्छ है। विचैमा कुरा काटथ्यो मोतीले , नबिना मेलामा आएपछि त यसको भाउ नै बेग्लै हुन्छ सबै गलल्ल हास्थेँ। मेरो अनुहार रातोपिरो देखिन्थ्यो। पहेलो पटुकी कम्मरमा बाधि दुइ चुल्ठी बाडेकी पुतली हातका चुरी छिनछिन बजाउदै विउ रोपेर कोइलीको भाकामा असारे गित गाइदिदा सबै हलीहरु गोरु छोडेर हिलो छेप्ने निहुँपारी उतै तिर आर्कषित हुन्थो मलाइ भने डाह चल्थ्यो। ३० डिग्रीको घाम यो ज्यानमाथि पर्दापनि घाम भयो बलाराम भन्दै छाहारीमा बस्न बोलाउथी। म नजिकै गएर उनीले छानेका गहुँको जाडले प्यान्टेभुडी टुनुक्क पार्थेँ। पड्केमुलको पानीले धित मरुन्जेल तिर्खा मेट्थ्यँ। पछाडीबाट कुलोको पानीले झसङगै हुने गरी छ्याप्दा मुर्छा परेर हास्दथी मेरी काली नविना। म अझै घुर्की लगाउदै हुन्थाँ। रिसाएको भनि उल्टै मलाइ नै फकाउथी। कस्तो निश्चल माया थियो।

डलरको दर भाउ हेरेर अस्ती पैसा पठाइ हिजो घरमा फोन गरेँ। असारपनि सकिन लागीसकेको छ। यसपाली पानी समयमा नर्पनाले आजभोली काम गर्ने मान्छेको भाउ बढेर छोइ नसक्नु छ। मेलोको चटारो छ। किन ढिलो पैसा पठाएको भन्दै प्रश्न गर्न थाल्छन्। नम्बर सम्बर दिएर फोन राख्ने तरखरमा थिएँ। एक छिन पख खुशीको खबर छ सुन्न चाहान्छस् भने। यो दुखेको शशीर उस्तै उसैमाथी मानसिक पिडाले भरिएको मेरो मनलाइ खुशीको खबर सुन्छस् भनेपनि कहा पछि हटथ्याँ र। उत्कुष्टताका साथ कान ठाडो बनाएँ। त्यो खानीखोलाको गोरे कङगालको छोरी नविना तसँग मायाप्रिती छ भन्थे नि गाउले ले। त्यसको यहि १७ गते विवाह हुदैछ। पल्ला गाउको मस्टरको छोरा विनोदसँग। खुव तैले मलाइ माया गर्छे नविनाले, मसँग बिबाह भएन भनि अन्तै कतै विबाह गर्दिन भनेकी छे भन्थिस् नि लोप्पा ख्वाइदिइ तलाई। ठिक्क भयो हामीलाइ घँाडो भएको थियो। पिर नगर आजभोली खै किन हो धेरै दुव्ली नराम्री भएकी छे तलाइ नविना सुहाउदैनथिइ पनि। अब त पैसा कमाएको छस् नि अलि धनीबाउकी एक्ली छोरीसँग विहे गर्नुपर्छ। बरु एक दुइ फोटा पठाए यता त आउदा सम्म केटिको बन्दोबस्त गर्नुपर्छ त्यस्तो कँङगालको छोरीसँग विहे गर्नु हुदैन भनि फोन राखिदिएँ।

मन गरुङगो भयो। खासै कुनै त्यस्तो प्रतिक्रिया जनाउन मन लागेन। किन कि यो हुनु नै थियो। रोक्नपनि सकिन। म आफु नर्गिय जिवन विताइरहेको बेलामा नविनालाइपनि मैले आफनो दुखमा मिलाएर उसको जिवनपनि कष्टकर बनाउन चाहिन। गएको महिनामा नै माग्न आएको थियो विनोद नविनाले गत महिनाको चिठीमा लेखेकी थिइन्। विनोदको उच्च खानदान राम्रा पारिवारिक वातवरण देखेर नै मैले नविनालाइ हात बढाए हुन्छ भनि चिठी पठाइसकेको थिएँ। विनोदको घर एक स्वर्ग हो भने मेरो घर नर्ग भन्दा कम छैन। हुन त म लाक्षी नमर्दा, पुरुषको नाममा कलङकको पात्र बनेको छु अहिले आएर। किनकी मलाइ मेरै परिवारले घोडा बनाएको छ र समाजले मलाइ अपाङग बनाएको छ। यति कुरा थाहा हुदा हुदैपनि म हारिरहेको छु। यदि मेरो बाबा भइदिएको भए मैले यो सहन पर्ने थिएन कि? यो मेरो मन बुझाउने बाटो बनेको छ। लाग्छ बाबालाइ मेरो यो गति हेर्न नपरोस भनेर नै यमदुतले चाडै नै बोलाएका होलान्।

म त नविनाको विहे प्रति एकदम खुशी छु। नविनालाइ विश्वास लाग्दैन होला, विश्वासपनि कसरी लागेास मुटुको टुक्रा चुडिदा तैपनि के नविनाको खुशी मेरो खुशी होइन र? विनोद नविनाको उज्वल भविश्य हो म त उनीलाइ माया गर्ने एक दुखी मात्र हुँ जो मरेरपनि बाचेको छ र बाचेरपनि मरे सरह छ। अब उनका हातले दाउरा घास गर्नु पर्दैन। कुनै मेलापात गएर जिविकोटार्नु पर्दैन। न त पिढुँमा भारी न थाप्लोमा नै लाम्लो पर्नेछ। विदेशमा श्रीमान् छ कसो होला के होला भन्ने पिर हुनेछैन। मर्स्टनीको बुहारी विनोद जस्तो महामानवको श्रीमति भएर महलमा जिन्दगी विताउनेछिन्। मसँग आएर के पाउथिन् र। मात्र मेरा पलासको फुल जस्तो माया। जसको नाम मात्र फुलको छ न कुनै रुप र सुग्ान्ध नै छ। मेरो माया नविनालाइ त्यस्तै हो। सबै थोक माया मात्र होइन। जसरी हागाँ विगँा विना रुखको शोभा हुदैन त्यसरी नै आधारभुत परिपुर्तिविना मायाको पनि शोभा अनि अश्त्तित्व हुदैन। चुलिदै गएको उनीको वैशलाइ कुठराघात गरि रोक्न सकिन र पिडादायी खुशी दिन चाहिन। नविना प्रति कुनै गुनासो हुने छैन र नविनाले मेरो चिन्ता गर्नुपर्दैन यसमा नविनाको कुनै गल्ती छैन। गल्ती न नविनाको थियो न त मेरैपनि सारा गल्ती त मेरो भाग्यले र मेरो सोझोपनले गरिरहेको छ ।अरुलाइ दोश दिएर म चोखो बन्नपनि सक्दिन। गर्मीले अस्ती भर्खरै पाल्पाको साथी ह्दयघात भएर सुतेको ठाउबाट उठदै नउठि यमलोक पुग्यो। आफन्त र साथी भाइको सहयोगमा उसको मृत शरिर पाच महिनामा बल्लतल्ल मातृभुमीमा पुग्यो। खै अब मपनि धेरै बाच्दिन होला। छाति पोलीरहन्छ खोक्दापनि रगत आउछ। खाना मिठो हुदैन। शशिर सुकेर विसैली भइसकेको छ। मात्र नविनाको पिर थियो उनीकोपनि राम्रो घरबार हुने भएपछि मलाइ सब थोक बाट सन्तुष्टि मिलेको छ। मलाइ अब जिन्दगीको कुनै मोह छैन। माया मारेर या माया घटाउन यो भनेको जस्तो लाग्छ होला नविनालाइ तर यो यर्थात हो जुन मैले यहा भोगीरहेको छु। म अब नविनालाइ कुरा लुकाउन सक्दिन। यो जुनीलाइ यस्तै भयो अर्को जुनी जन्मजात नविनाको सौभाग्य हुन पाउँ , अहिलेका सारा अधुरा व्याथा कथाहरु अर्को जुनीलाइ साक्षी राख्दै दुइ पन्छी बनेर जस्तो सुकै बाधा अडचन आएपनि सँगै जिउन पाउँ। अलविदा नबिना तिम्रो सुखद दम्पत्यको मँगलमय शुभकामना। सदा खुशी रहनु। तिम्रो सिउदो सजाएको सुन्न पाउँ। म अब जिउदो फर्कनछु कि फर्कन त्यो चिन्ताको विषय भएन्। यदि कतै यतैबाट यमलोक पुगेँ भने म क्षितिजबाट तिमीलाइ चिहाइरहनेछु । लाजले घुम्टो नछोपे ल।

समाप्त

[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Comments

  1. Enjoyed reading you wonderful article. Good job.

    ReplyDelete
  2. राजु लामिछाने8/8/09, 3:38 PM

    बधाई छ सुमन जी, रमाइलो लाग्यो तपाईंको कथा, बिषयवस्तु अनी लेखन शैली ! लेखदै गर्नुस्, तपाईंलाई शुभकामना ।

    ReplyDelete
  3. पोस्तक श्रेष्ठ8/8/09, 3:55 PM

    राम्रो लाग्यो।

    ReplyDelete
  4. आफ्नै परिवारले घोडा बनाउने अनि समाजले अपाङ्ग बनाउने जीवन कसैले पनि जिउन नपरोस् । नविना को उज्जल भविष्य देख्नु तपाईको सच्चा प्रेम हो ! सच्चा प्रेममा चाह हुनु भनेको त स्वार्थ भैहाल्यो नि हैन र ? स्वार्थी माया कस्लाई पो चाहिन्छ र ? तपाई लाई माया गर्ने अरु धेरै नविना हरु छन् मित्र ! पाईला लम्काउदै गर्नुहोस, भलै ठेला नै किन नउठोस ! समग्रमा तपाईको कथा राम्रो लाग्यो!
    सपनासंसार

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

Popular posts from this blog

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाके

शुभ-कामना नव दाम्पत्य जीवनको

यहि मिती २१ फेब्रवरी २००९ का दिन, अमेरीकाको नेब्रास्का राज्य को ओमाहा सहरमा , साथी रचना भट्टराई तथा साथी प्रवेश घिमीरे बिच भएको शुभ बिबाहको उपलक्षमा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुँभभकामना टक्र्याउदछु । तपाई हरुको नया जीवन अनि नौंलो यात्रा सफल रहोस् । खुशीँ नै खुशीको पाईला हरु लम्किउन् । तपाईहरुको यो एैतिहासिक क्षणमा, आँफु पनि पात्र बन्न पाउदा निकै नै खुशीँ लागेको छ । तपाईहरुको दाम्पत्य जीवनले सफलता को शीखर चुम्न सफल होस् । तपाईहरुको अनुमति बिनानै केहि घत लाग्दा भिडियो दृष्य हरु तल पस्केको छु । परदेश को वसाँई होस या स्वदेशको , एउटी नेपाली नारीलाई सिन्दुरको महत्व त्यती नै हुन्छ । एउटी हिन्दु नारीले आफ्नो पतीको दिर्घायु जीवन को लागी लगाउछन्। सिन्दुरले माया प्रेम र सक्ति लाई जनाउछ् । हिन्दु शास्त्र अनुसार , लोग्नेले निधारमा सिन्दुर हालेर आफ्नो पत्नीलाई सुरक्षा को बन्धनमा राखेपछि यदि कोही पराईले पत्नी को हानि गर्न खोजेमा उक्त पराईको रगत उम्लेर उ आफै मर्छ रे । Rachan wedding..... from sapana sansar on Vimeo . आमा को लागी छोरा छोरी भनेको त मुटु को टुक्रा नै त हो नि । आमा भन

म आफ्नो घर छोडेर टाढा कसरी जान सक्छु र ?

Reposted after readers request ! "म गरिब परिवार अनि बिमारी पृ्ष्ठभुमी बाट आएको मान्छे हुँ। म यहि जन्मे , म यहि हुर्के अनि धेरै जसो यहि पढेँ अनि फर्केर यहि आएर 'टिम' मै काम गर्दैछु , आफ्नो घर मेरो लागी 'टिम' हो ।घरमा आएर घर संहाल्दा बढो आनन्द आउदो रहेछ । म आफ्नो घर छोडेर कसरी टाढा जान सक्छु र ? " - डा अरुण बुढा करिब ४० बर्ष अधि रघुबिर बुढा कुष्ठ रोगको उपचार गर्न कालीकोट बाट डढेलढुरा आउछन् । बिदेशीद्वारा चलाईएको सामुदायीक टिम, अस्पतालमा उपचारको क्रम मा उनले पार्वती रोकाया लाई भेट्छन् । उपचारको क्रममा एकअर्काबिच चिनाजानी पछि उनिहरु बिहे गर्छन । रघुबिर बुढाले, पछि त्यहि अस्पतलामा भात पकाउने भान्छे, फुलबारी गोढ्ने तथा हुलाकीको काम पनि गर्ने थाल्छन् । पार्वती भने त्यहि अस्पतालमै निम्न स्तरीय काम गर्न थाल्छिन् । बिस्तारै त्यहि काम गर्दै जादा,रघुबिर अलि अलि लेखपढ पनि गर्न थाल्छन् । २ बच्चाहरु अरुण बुढा र कालेब बुढाको बाबु बन्छन् अनि आफ्ना यी दुई बच्चा लाई डाक्टर बनाउने सपना सझाउछन् । रघुबिर बुढाका दुई छोरा हरु , डा अरुण बुढा तथा डा कालेब बुढा सन १९९९ डिसेम