Skip to main content

"मेरो दोश्रो विवाह"


उपमा अर्याल
छाउनी, काठमाडौं
हाल- मिनेसोटा, अमेरिका


(कथा तथा कथाका पात्रहरु काल्पनिक हुन कसैको व्यक्तिगत जीवन र आचरणमा मेल खाएमा संयोग मात्र हुनेछ।)


आज मेरो विवाहको दिन। सबै जान मलाई श्रिगांरी रहेका छन। जसरी हुन्छ, जे गरेर हुन्छ, मैलाई राम्रो देखाउन खोज्दै छन मेरा आफन्तहरु, साथीसङिहरु। बाहिरी रुप जती सुकै सजिसाजवोट गरेर सुन्दर देखाये पनी के गर्नु, मेरो भित्री मन आज छटपट्टी रहेको छ, आगोको राप झै रपिरहेको छ। उकुसमुकुस्सिएको छ मेरो शरीर।

"पर कुनामा बसेर ५ बर्षाको मेरो छोरा टुलुटुलु मलाई हेर्दै छ। के थाहा त्यो बाल सुलव मनलाई आज उस्को आमाको विवाह हो भनेर।"

म यौटी द्रोन्द्र पीडित एकल महिला। ४ बर्ष अगाडि मेरो श्रीमानलाई मवोबादिले सुराकी गरेको अभियोगमा, २ दिन सम्मा यातन दिएर हत्या गरेका थिए। मेरो सिउँदो पुछिएको थियो त्यो दिन, चुराहरु फुटेका थिए। लाउँलाउँ खाउँखाउँ भन्ने उमेरमा सिन्दुर, पोते र चुरा त्यागी, आफ्ना रहर अनी अनगिन्ती चाहनाहरुलाई सेतो फरियामा पोको बनाइ, जीवन कट्न वाध्य बनाइएको थियो मलाई यो समाजले। के अपराध गरेकी थिए मैले भगवान? दोष भगवानलाई थुपार्न त सजिलै हुन्छ। तर यो कुसस्कर, कुसस्क्रिती अनी असामाजिक कुराको परिवर्तन गर्न न त कोही नै अगाडि सर्छ्न न त सामाजिक पृष्ठ् भुमि बादलन नै सक्छन। यी कुराको जलन त जलेको मान्छेलाई पो थाहा हुन्छ, त्यो रपिएको रापको जलनको पिडा कस्तो हुन्छ भनेर !

ओहो! जन्ती आयो भन्दै कराउदै, जन्तीले लिएर आएको पञ्चे बाजाको आवाज सुन्ने बित्तिकै सबै साथीसङी जन्ती हेर्न तिर लगे।


घरको आर्थिक व्यबस्ता गर्ने मान्छे कै हत्या भयो भने त्यो घर कस्तो होला? अझ मेरो त प्रेम विवाह भएको थियो। माइतले अहिले सम्मा स्विकारेको नै छैन। एक्लो छोराको जिद्दिले गर्दा घरमा भित्रिन सम्मा पाएकी थिए।यो घरको सदस्य हुँ भन्ने महसुस हुन थालेको थियो मलाई। कुन पापिको आँखा लाग्यो, मेरो प्यारो मान्छेलाई दैबले चुडेर लाग्यो एती चाडो।आर्थिक अबस्त कम्जोर भएकाले मैले मेरो छोरो स्कुल भर्ना पनि गर्न पाएको छैन।घर परिवर पनि पैसा छैन, तेरो आफ्नो छोरा हो तँ आफु नै गर भन्छन।अरुलाई जलाएर आफु रमाउन खोज्ने खालका परिवार रहेछ यो। बिस्तारै सबै बुज्दै थिए।

केही समय पनि पहिला द्रोन्द्र पीडित एकल महिलालाई भनी राहात स्वरुप अली अली पैसा आएको थियो रे। एक नजर पनि लगाउन पाइन। सासुले नै राखिन सबै।

समयको बेग चलिरहेको थियो। अर्थिक रुपमा त म पीडित छु नै, मानसिक रुपमा झनै पीडित हुन थालेको थिएं। काम गर्न कोसिस नगरेको पनि होइन, काम थालेपछी छोराको बिजोग भयो। दु:ख, कस्ट लुकाइ, जीवन जिउन भर्पुर प्रयास गर्दा गर्दै पनि त्यही दु:खमा लत्पतिएको मेरो मुस्कानको पनि इर्स्या गर्ने धरै भेट भए अहिले सम्मको मेरो जीवन अन्तरालमा। हाम्रो समाजले एकल महिलालाई हेर्ने नजर पनि साह्रै तुच्छ रहेछ। जता गए पनी आँधी हुरी झेल्न पर्ने रहेछ। २४ बर्षकी म, जीवनमा केही गर्नु पर्छ भन्ने सोच थियो। श्रीमान हुँदा हरेक काम कुरामा हौसाला पाउथिए, प्रत्सोहान पाउथिए। सगरमाथाको जस्तो उच्च थियो उहाँको म प्रतिको व्यबहार अनी नौनी घिउको कोमलता जस्तो पवित्र थियो उहाँको मन। छोरा जन्मिदा उहाँ साह्रै खुशै हुनुभ्एको थियो। यो हाम्रो हिरा हो, उज्यालो चमक दिन हामीले हातमा हात रखी टल्काउनु पर्छ भन्नुभएको थियो। तर त्यो हिराको चमक नै नलेराइ मलाई एक्लै छडिदिनुभयो।

१० बर्शे द्रोन्द्र कालमा म जस्ता कती नेपाली दिदिबहिनीहरु बिना केही करण आफ्नो साहरा गुमाउनु परेको छ, कती बालबच्चाहरु टुहुरा भएका छन, कती बाबुआमाहरुका बुढेस्कालका टेक्ने हाँगो भाँचिएको छ।५१% महिला भएको हाम्रो देशमा,धेरै महिलाले एस्तो परिस्तिती आफ्नो पोल्टामा राख्न बिना कसुर परेको छ। लिखित तथ्यांन्क कतै भेटिन्न कती छन म जस्ता महिला भनेर। त्यही द्रोन्द्र पीडित एकल महिलाहरुलाई प्रत्सोहान गर्न अहिले सरकारले, त्यस्ता महिला विवाह गर्ने नव-दम्पत्तिलाई नगद रु. ५०,००० दिने निती जो सरकारले बजेटमा लेराएको छ, के त्यो सही हो त? के एकल महिलाले पुरुषको साथ पाउन साथ उस्को जिन्दगी सार्थक हुन्छ त? कदापी हुन्न! ल म जस्ता द्रोन्द्र पीडित एकल महिला त विवाह गरेर नयाँ घरमा जाउँला तर ति अबोध बच्चाहरु? तिनिहरुको के दोश यसमा? उनिहरुको भविश्य माथि किन खेलबाड गर्दै छ हाम्रो सरकार?
अहिले पनि त्यही नगद पाउने लालसमा आएर मेरो घरका परिवारले मेरो विवाह गरिदिन लागेका छन, त्यो पनि हाम्रै पल्ला गाउँका काकाको लठौरो छोरोसँग। लठौरो भएकाले ३५ नागिसक्दा पनि विवाह हुन सकेको थिएन त्यस्को। मेरी सासु टाठी बाठी। हाम्री फुल जस्ती बुहारीलाई छोरी जसरी उन्माएर, तिमीहरुको घरमा भित्रैदिउँला तर आएको नगद रु. ५० हजारमा आधा हिस्सा मेरो हुनुपर्छ भनेर कबुल गरएकी थिईन पहिला नै। नत्र भन्ने त्यो लठौरोलाई मेरी बुहारी दिन्न भन्दै थिईन। के पैसा नै हो त सब थोक? खै यहाँ मनबता?

के यही हो त एउटा मान्छेको सभ्यता अनी सस्कार? किन हाम्रो समाजमा नारिले नै नारिलाई दबाउँछन। ५० हजारको लोभमा आएर मसँग एक बचन पनि नसोधी मेरो जीवन को निर्णय गर्ने त्यो को ? जब कि यस घरमा आउँदा पनि मैले मेरो आमाबुवालाई एक बचन पनि सोधेको थिईन। म पनि त सक्थिए होला यिनिहरुलाई तड्पाउन, भुसको आगो झैन भित्र भित्रै सल्काउन। तर मेरा बुवा आमा दिएको सस्कार त्यो होइन मेरो। कसैको प्रेममा अन्धो भएर, आफ्नै जन्मदिने बुवा आमाले पछउन लगाएको सस्करलाई लत्ता हानी, गरेको पापको फल हो यो सब। विश्वाशको पर्खाललाई त्यतिबेला नागेको थिए मैले,अहिले पस्चातापको आगोमा दन्दनी जलिरहेको छु।

अब मैले एउटा द्रिड संकल्प लिनुपर्छ। मेरो छोराको भबिश्य माथि यो परिवारको छाँया सम्म पर्न दिन्नु हुन्न मैले। मैले नै मेरो श्रीमानको सपना पुर गर्नुपर्छ। क्षितिज पारी रहेको सप्तरङी इन्द्रेणी रुपी उस्को भबिश्य सम्म पुग्ने बाटो मैले नै पहिलैदिनु पर्छ। सुर्ये जतीसुकै उदार भएर संसार भरी उज्यालो प्रकाश छरे पनी त्यती राम्री चन्द्रमा लाई कहिलै पनि भेट्न पाउदैन्न। म जतिसुकै उदार भएर यो घर म बसे पनि मेरो लागि केही हुने वाला छैन। मेरो परिवार भनेर अहिले सम्मा बसेको थिए, जीवन जिउने एउटा साथीत्वको आभास गरी तर अब यो बिच बाटो मलाई आफ्नो भन्नेले त छोडेर गयो भने अरु साथी किन खोज्नु मैले। मेरो छोरा नै हो अब मेरो साथी, उ नै हो मेरो जीवन जिउने आधार।

"ए दुलहिलाई जग्गेमा लेराउ!” -म झस्सँग झस्किन्छु।


म एकदम हतारेको महसुस गर्छु आफुलाई। मैले मेरो आफ्नो लागि अनी मेरो प्यारो छोराको लागि पनि यहाँबाट भाग्नुपर्छ। नत्र मेरो छोराको भबिश्य आन्धकार हुन्छ। हत्तपत्त ढोका को चुक्कुल लगाउछु। के गँरु कसो गँरु भई रहेको थियो। छोरालाई टपक्क टिपें अनी पछाडिको ढोकाकाबाट यो घरमा कहिलै नफर्किने गरी आफ्नो बाटो लगें।

~समाप्त




[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Comments

  1. Great Article ! Keep it up ! Great writing skill !

    ReplyDelete
  2. एक्दमै समय सपेक्षिक अनी सम सामायिक कथा छ यो । कथामा भनिय जस्तै यो घटना कल्पनिक मात्र हुन। यस्तै शिक्षामुलक आर्को कथाको प्रतिक्षा मा।
    ~गोर्खाली

    ReplyDelete
  3. धेरै अशुद्द रहेछ, शुद्दीकरणमा ध्यान दिनुहोला ।
    सपना

    ReplyDelete
  4. कथा निक्कै नै राम्रो लाग्यो , तपाईको यो कथाले नेपाली समाजमा घट्न सक्ने एउटा परिदृष्यको यथार्थ चित्रण गरेको छ । लेखाई अनि शुद्दा शुद्दी भन्ने बिस्तारै सुधार्नै कुरा हो। लेख्दै गर्नुहोला !तपाईका यस्ता लेखहरु आगामी दिनमा पनि पढ्न पाईयोस् ।
    धन्यबाद !
    ऽ सपनासंसार

    ReplyDelete
  5. Bishow bhai dami lagyo...yestoh link forward gardai garau////

    ReplyDelete
  6. राजु लामिछाने8/8/09, 4:01 PM

    भावनात्मक अनी समसामयिक बिषयको कथा पढ्न पाउँदा खुशी लाग्यो । तपाईंलाई शुभकामना ।

    ReplyDelete
  7. Wow.... Ekdam ramro chha story

    ReplyDelete
  8. राम्रो छ। फेरी लेख्नु होला।

    ReplyDelete
  9. मेरो यो सादा प्रयासमा प्रोत्साहनको रङ भरिदिनुभ्एको सबै जनालाई धरै धरै धन्यवाद ।
    खासमा यो मेरो पहिलो प्रयास हो। धरै त्रुटिहरुको बाबजुद पनि मेरो कथा पढेर comment गरिदिनुभ्एकोमा धन्यवाद। अरु articleहरुमा पक्कै पनि सुधार पाउनु हुनेछ।

    ~उपमा

    ReplyDelete
  10. Birlliant writing!

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

Popular posts from this blog

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाकेट त्

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा

अविवेकी सन्तान

–सीता अर्याल, गोरखा बजार, हाल–विस्कन्सन, अमेरिका न्युयोर्क सहर, अत्यन्त व्यस्त जनजीवन । म बसेको ठाउँबाट देखिने टावरको सानो टुप्पोलाई नियालिरहेको हुन्छु तापनि मलाई अत्यन्त नरमाइलोपनले सताइरहेछ । आफूलाई भाग्यशाली ठान्ने म आज अति दुःखी र अभागी ठानिरहेको छु । मलाई समयले नराम्ररी दुःख दिन तम्सिरहेछ । आफ्नो एक्लो सन्तान बाईस बर्षे छोरोलाई उडाएर ढुङ्गो जस्तै गरुङ्गो मन लिई घर फर्केको थिएँ । उसकी आमालाई सम्झाउन त झन् मलाई हम्मे हम्मे नै परेको थियो । घरमा जम्मा दुई प्राणी मात्र, सन्नाटा छ । छोराको विवाह गरेर बुहारी भित्र्याउने इच्छा हुँदाहुँदै ईन्जिनियरीङमा स्नातकोत्तर गर्न छोरो अमेरिकातर्फ लाग्यो । तुहिएको हाँगो भएकोले चाँडै नै छोराको विवाह गरी जायजन्म हेर्न चाहन्थें। आमाचाहिंको चाहना पनि यही थियो, आफू बलियो हुँदैमा नाती नातिना हुर्काउने । केही समयसम्म दिन दिनै जस्तो फोन हुन्थ्यो । इमेल हुन्थ्यो । कुनै पनि खवर नआएको दिनमा अत्यन्त खल्लो लाग्दथ्यो । नेपालबाटै गर्दा कहिले काँही फोनमा भेटिंदैनथ्यो । काममा या पढाइमा व्यस्त होला जस्तो लाग्दथ्यो । दिन, महिना, वर्षहरू वित्दै गए, समाचार आ