Aug 13, 2009

"तीजको रहर"

Facebook


उपमा अर्याल
छाउनी, काठमाडौं
हाल- मिनेसोटा, अमेरिका


शुभकामना है दिदिबहिनीहरुलाई यस चाड तीजको
लाउँ है रातै सौभाग्य जम्मै स्वमिज्युले दिएको ।

जताततै रौनक छायो रहर बाबै तीजको
स्वमिज्युले दिएको लाएँ सिन्दुर कती सुहाको।

यसै दिन आन्नदले बिसौं भारी बाबै मनको
स्वमिज्युले दिएको लाएँ चुरा कती सुहाको।

जान्छु माइती खान्छु दर आमाले बाबै पकाको
स्वमिज्युले दिएको लाएँ टिका कती सुहाको।

सल्लबल्ल नै मिठो जे जे छ माइतिमा बाबै भएको
स्वमिज्युले दिएको लाएँ साडी कती सुहाको।

दङ्ग छन् दिदिबहिनी साथीसङ्गी बाबै भेटेको
स्वमिज्युले दिएको लाएँ तिलहरी कती सुहाको।

छमछम्ती नाचु भाछ मन सुन्दा गित बाबै तीजको
स्वमिज्युले दिएको लाएँ पाउजु कती सुहाको।

बसौ ब्रत रमाइलोको हुन्न फाईदा बाबै कठिनको
नाचौं, गाऔं सबैजना ख्याल राखी आफ्नो शरीरको।

~ * अस्तु * ~

[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

12 comments :

हावा De Wind said...

गीत राम्रो छ तर हैन उपमा जी, अमेरिका मा बसेर पनि आईमाई लाई दास र फोहोरी जाती बनाउने एस्तो चाड पनि मनाउने भन्या ?

उपमा said...

हावा जी,
तपाईं को comment भन्न र सुन्न दुवै नमीठो र अशोभनीय लागे पनि धन्यवाद।
मान्छे जो जो जता जता बसे पनि आफ्नो कला र सस्क्रितीको सम्मान गर्न सक्नपर्छ। मलाई मात्र होइन जो कोहिलाई पनि आफु जन्मेको अनी हुर्केको समाज र सस्क्रिती नै प्यारो हुन्छ। स्याल भएर बाघको छाला ओढे पनी त्यो स्याल स्याल नै हुन्छ, बाघ कहिले पनि हुन्न सक्दैन।आफ्नो कला र सस्क्रितीलाई लुकाएर या भनौ बिर्सेर आफुलाई बाघमा परिवर्तन गर्ने खोज्ने लाई होला तीज फोहरी र दास
चाड। मलाई लाग्छ तपाईं ढुङ्रोबाट संसार नियनियाल्दै हुनुहुन्छ। संसार २१ औं शताब्दिमा छ अहिले। समयको माग अनुसार परिवर्तन हुँदै हामी नेपाली दिदिबहिनीहरुले आफ्नो कला र सस्क्रितीको सम्रक्षण त गरेका छौ नि। एक चोटि पछाडि फर्केर हेर्नुहोस् के तपाईंले गर्नु भएको छ?
~उपमा

Anonymous said...

तपाईको गीत राम्रै लागे पनि अमेरिका मा बसेर धेरै खोक्न पाईयन उपमाजी ! लेख्न चाहि नछुटाउनु होला ! आफ्नो देशको को माटो भुल्नेले सस्कृतीको कुरा गरेर समय खेर फाल्नु कत्तिको उपर्युक्त हो त ? के तपाईलाई थाह छ नेपाल को सस्कृती मन्त्री को नाम ? बाजी राख्छु तपाईलाई थाह छैन । यो सन्देश तपाईलाई मात्र होईन समस्त नेपाली हरु जो बिदेशमा बसेर नेपाल को बारेमा फलानो र डिस्कानो भनेर कुरा काट्छन् सबैलाई हो !
~तपाईको शुभचिन्तक ।

Anonymous said...

जो कोही नेपालीहरु पर्देशीयका छन त्यनिहरु आफ्नो रहरले पर्देशी भएका छन जस्तो लागदैन्न मलाई। पर्देशी हुनुमा प्राय नेपालीहरुको बाध्यता लुकेका छन। त्यही बाध्यताको फाईदाले नै अहिले हाम्रो देशको अर्थत्रन्त चलेको छ नि। र ति मन्त्रीहरु नै त्यसैमा पौडी खेलिरहेका छन, के सोध्नु हुन्छ तपाईं मसँग त्यस्ता मन्त्रीहरुको नाम!
~उपमा

sapanasansar said...

लौ न यहा त भैईङ्कर नै भसकेछ , आफु त कान्ला मुनि मगन्ते भने जस्तो खै के खै के तर मलाई तीजको बेला नेपाली नारी को पहिरन त सार्है मन पर्छ । तीजमा साहेद कोही पनि जवरजस्ती बर्त बस्दैनहोला, आफ्नो खुसीले बस्दा अनि अरु कसैलाई हानि पनि नुहने हुनाले मलाई त रमाईलो नै लाग्छ है ।

Anonymous said...

यहाँ त एथ्नोसेन्ट्रिक कुरो पो भैरको रेछ।

मेलाई लाग्छ हामी जे कुरामा पनि ठीक या बेठीक खोज्छौँ। शायद कुनै कुरा मा ठाडै ठीक या बेठीक थाहा होला तर धेरै जसो कुराहरु त केहि ठीक र केहि बेठीक मिसिएको हुन्छ हैन र? हाम्रो संस्क्रितीको पनि अभ्याषहरुका केहि ठिक पक्षहरु होलान् र केहि बेठीक। संस्क्रिती भनेर सबै बचाउन या पुरानो भनेर सबै नमान्नु पनि त्यत्ति राम्रो नहोला जस्तो लाग्छ।

तीजको कुरा मा चाहिँ - मेरो बिचारमा तीजको अर्थ आजको परिप्रेक्षमा खोज्नु बेठिक हैन होला। तर कसैले खोज्दैन र पुरानै चलन अनुसार मनाउँछ भने पनि के भयो र? अरुलाई हानी भयो भने अर्कै कुरो, नत्र आफ्नो ईच्छा अनुसार चाड मनाउने हो - धक नमानी। र कसैले त्यसरी अरु कुनैले मनाउँदैन भने त्यसको सम्मान गरौँ र उसले पनि आफ्नो सोचाईको सम्मान गरोस्।

पोस्तक श्रेष्ठ said...

बिदेशमा बसेर नेपाली संस्कृतीको बारे कुरा गर्न मिल्दैन भन्ने आशयको केही प्रतिकृया पढ्दा ताज्जुब लाग्यो।प्रतिकृया लेख्ने साथीहरुलाई बिदेश जाने मौका मिल्यो कि मिलेन थाहा भएन। मिलेमा के गर्नु हुन्थ्यो होला? अवसर पाउँदा लत्याएर देशकै लागि केही गर्छु भनेर बस्नु भएको हो भने मेरो सलाम छ होईन भने नेपालमा थन्किएकै कारणले तपाँईहरु महान र देश छोड्ने जति सबै गद्दार भन्ने भ्रम नपाल्नु होला। फेरि संस्कृती जान्न संस्कृती मन्त्रीको नाम जान्नु पर्ने हो र? तंपाईहरु मन्त्री फेरेको फेर्यै गर्नुहुन्छ, कसरी सम्झिराख्ने? बरु नेपालमा अहिले नेपाली चाड पर्वहरुप्रति उदासिनता बढ्दै गएकोछ र कृसमस, र अँग्रजी नया वर्ष धुमधाम मनाउन थालिएकोछ, हिपहप फेशन फैलिएकोछ, नेपाली लोकसंगीतहरु भन्दा पाश्चात्य संगीत मन पराइन थालेकोछ। यसलाई के भन्नुहुन्छ नि?
तीजको राम्रा पक्ष र नराम्रा पक्षको बिषयमा छलफल गरौं न। अमेरीका बस्ने भनेर ब्यंग हान्नु भन्दा पनि अमेरीका बसेर ज्ञान हासिल गरेका, जानेकाहरुको शीप नेपालमा कसरी भित्र्याउन भनेर सोचौं न।

Anonymous said...

पोस्तक जीको commentसँग म पूर्ण सहमत छु।
मैले पहिला नै भनी सक्ये कि समयको माग अनुसार परिवर्तन हुँदै, हामी सबै नेपालीहरुले आफ्नो कला र सस्क्रितीको सम्रक्षण गर्दै हाम्रा भाबी पुस्ताहरुलाई सिकाउदै लानु पर्छ।
commentको लागि सबैलाई धन्यवाद छ।
~उपमा

Deepak said...

I did not like Mr. Hawa and Postak’s comment somehow!!!
Wow How easy to weigh people’s intellectuality.
Dear Hawa Jee; I request you to respect peoples thought about their religious believe. Try to be apart from home and feel, How you miss your Home.
Mr. Postak Jee; Please don’t insult people who live in Nepal and have not got chances to go out of country. What will you get from developed country? Only Money, Food, Relax. Is this enough for human life? What did you learn?…

पोस्तक श्रेष्ठ said...

अरे दिपकजी, नेपाल छोडेर बाहिर जाने अवसर नपाएकाहरुको कहाँ मैले अपमान गरेकोछु र। मेरो माथिको प्रतिकृया उनीहरुको लागि हो, जो आफैं बाहिर जान खुट्टा उचालिरहेका हुन्छन् तर हामी नेपाल बाहिर बस्नेहरुले नेपालकोबारे टिप्पणी गर्यो भने हुर्मत लिन खोज्छन्। नेपालमा नै बसेर नेपालको सेवा गर्ने सम्पूर्ण नेपालीहरुप्रति म नतमस्तक छु। तर नेपाल बाहिर बस्ने नेपालीलाई जातबाट अलग गर्न त मनासिव होईन नि सर। नेपाल छोड्ने बित्तिकै के हामीले नेपालको बारेमा बोल्ने अधिकार गुमायौं त? रह्यो बाहिर जाने अवसरको कुरा, यो त्यति महत्वपूर्ण होइन, कसैले पाँउछन्, कसैले पाँउदैनन्। कसैले कोशिष नै गर्दैनन्। आखिर जो जहाँ बसे पनि, नेपाली नेपाली नै हुन्छ। अहिलेको बिश्व्ब्यापीकरणको कारणले मानिसहरु एउटै ठाँउमा बस्दैनन्। पहाड छोडेर मधेश गइयो। त्यँहा पनि पुगेन, काठमाण्डौतिर पुगियो र त्यंहाबाट पनि बिदेशतिर हानियो। हुन सक्छ, भोली फेरि नेपाल नै फर्किइन्छ, के भन्न सकिन्छ र। यो एउटा प्रकृया हो, जुन मानवजातिको उत्पति दखिनै शुरु भएकोछ र चलिरहनेछ। रह्यो, विकसित देशबाट के पाईन्छ त भन्ने कुरो। पैसा, खाना, आराम? वास्तवमा नेपाल छोड्नेहरु यिनै कारणले छोडेका न हुन्। तर मानिसको जीवनमा चाहिने कुरो यत्ति नै हो त? अव तपाँइको यो प्रश्न चाँहि गहन छ। दार्शनिकरुपमा सोच्ने हो भने त होलान् अरु कुरा पनि। तर आफु परियो साधारण मानव, धेरै गहिरिएर सोचेर बुध्द बन्ने ईच्छा चाँहि छैन है :-)
जे होस कुरोको चुरो यति हो, नेपालबाहिर बसे पनि हामीले नेपालको बारे बोल्न पाउनु पर्यो। बन्देज गर्न पाइएन। संस्कृतिको कुरा गर्दा संस्कृतिमन्त्रीको नाम सोधेर होच्याउन भएन। अव तँपाईको पालो।

Deepak said...

धन्यबाद पोस्तक जी, तपाईंको प्रतिउत्तरको लागि ! म पनि पर्देशी परेँ ! काम कै शिलसिलामा बेला बेलामा नेपाल तिर ओहोर दोहोर गर्दा यस्तै तिता अनुभव बटुलेको छु । पहिले पहिले पञ्च र बहुदल, अनी काँग्रेश र कम्युनिस्ट भने जस्तै अब प्रदेशमा बस्ने नेपाली र नेपालमा बस्ने नेपाली बिचको फुट हुने स्थिती देखा परेको छ । जुन कुरा यो साधारण तीज को लेखमा लेखक लगायत हामी पाठक बर्गका प्रतिकृयामा पनि प्रस्ट बुझिन्छ र यो हामी अभागी नेपालीहरुको लागि नमज्जाको कुरो हो हैन र ? प्रदेशमा बसेकाले नेपालीले संस्कृतिको कुरा गर्न नमिल्ने र संस्कृतिमन्त्रीको नाम सोधने मित्रलाई त् हामी के भन्न सकिन्छ । हाम्रो प्रतिकृयाले झन आक्रोस थपिन सक्छ ।
हाल हामी बिकसित मुलुकमा स सम्मान बसे पनि नेपाल चाहिन सक्छ नचाहिये पनि हाम्रो जन्म थलो अनी सस्क्रितीको इज्जत त गरौ न ! खल्ती डलरले, पेट मिस्टाङगले र झोला डिग्रीका कागजले सजिलै भर्न सकिएला पोस्तक जी, शायद हामी सबै यस्तै कुराको पछी लागेर माया मामाता, आपसी सहयोग को ठाउँ खाली छाडेका छौ । र सधैं आफुलाई भोको अनुभब गर्छौ हैन र। अरुलाई सहयोग गर्न, खुशी बनाउन, माया गर्न, मेलमिलाप गर्न बुध्द हुनु पर्दैन जस्तो लाग्छ। होच्याउने मित्रहरु होच्याएरै खुशी हुने भये । हामीले सन्तोष गरिदिउँ न हुँदैन?

पोस्तक श्रेष्ठ said...

ल ल दिपकजी, आजै देखि मैले पत्थरले हान्नेलाई फूलले हान्ने भएँ।:-)

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP