Skip to main content

नतड्पी दिनु

सुरेश नेपाली
विराटनगर १७


हावाले जब कानमा मेरो गीत गुनगुनाउनेछ
आगोको तातो रापले मेरो शरीरलाई जब स्पर्श गर्नेछ
मुटु कमाउने ठण्डी कुहिरोले जब मलाई छोप्नेछ
म चिर निन्द्रामा सुतेको पाउने छौं
कहिल्यैं न विउझने गरी
मुटुको ढुकढुकी बन्द भई
रगतका नलीहरुमा रगत दौडिन बन्द हुदा
अनायसै नतडपिदिनु
नियतीको खेल सम्झी यसलाई विर्सिदिनु

सम्हालेर तिमी आफूलाई
जीवनका रंगहरुले फेरी रंग्याउनु
बन्द भएका ढोकाहरु तिमी आफैं उघार्नु
मानवीय लक्ष्मण रेखाहरुलाई
आफैं अग्रसर भई मेटीदिनु
मेरा शब्दवाणले तिमीलाई आघात पुर्‍याए
अतित भूलेर, नयाँ जीवन अंगाल्नु
पाप लाग्ला है यो कहिल्यै नसम्भि्कनु
अंजुली भरीको माया अनि फूलहरुले
हासि हासि मलाई विदा दिनु

[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Comments

  1. पोस्तक श्रेष्ठ8/21/09, 11:50 PM

    शुरेस ब्रदर, प्रेमिकालाई किन यति धेरै तर्साउनु भएको हो ?

    ReplyDelete
  2. ke ho suresh ji, kabita ta nikai ramro rahechha.

    ReplyDelete
  3. Suresh dai kabita ramro lagyo. Keep on writing. Milan

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।