Jun 15, 2009

पहिरोको सर्बोच्चता

Facebook

बगाले, मिलन मिलन वगाले
क्यामिन – ६, वर्लाची तनहुँ



सगरमाथा होचिएर
अनायसै अग्लिएको सर्बोच्चता
यतिबेला
चुक घोप्टिएको बिबेक बोकेर
यात्रारत छ सडकमा
लाठीसगै।
उता
भित्तो नराम्ररी तासिएर
कान्लो दिनदिनै भासिदैछ

धार्नी पुर्याउन भनेर
कान्लोमुनि भेला भएका
भ्यागुताहरु बेखबर छन पहिरोबाट।
ए कोही छ?

कान्लो भास्सिएर
माटो मास्सिदैछ
घोचाले रोकेर
थाम्न सकिन्न पहिरो
लाठी नाच नाच्दै गरौला
आउ
सबैका हातले ठेलेर
पहिरोको सर्बोच्चता भत्काउ
बाकी भागशान्ति गर्दै गरौला।


ईमेल:milanbagale@yahoo.com
फोन: ९७७-९७४११७५५५५
[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

5 comments :

सपनासंसार said...

तपाईको हरेक प्रस्तुती जस्तै यो प्रस्तुती पनि सार्है राम्रो लाग्यो । बिशेष गरि तलका लाईन हरुले हालको राजनैतिक परिवेषको यथार्थ चित्रण गरेको अनुभुति गरेको छु

"धार्नी पुर्याउन भनेर
कान्लोमुनि भेला भएका
भ्यागुताहरु बेखबर छन पहिरोबाट। "


अनि उचालिएको लाठी मा सर्बोच्ता देख्ने देश का चालक हरु ले भास्सिएको कान्लो ठड्याउनु त परै जावस बरु झन भएको कान्लो पनि त्यहि लाठीले भस्याईदिएको कुराले हामी हरु लाई सार्है नरमाईलो लाग्नु स्वभाविक नै हो !
धन्यबाद यो सुन्दर प्रस्तुती को लागी
~सपनासंसार

Anonymous said...

Excellent post ! Hope our leaders learn something from this poem !

Anonymous said...

sarai satire hanera lekhnu bhayako rayachha... ramro lagyo !

Anonymous said...

Good article !

Luna said...

very nice poem !
keep it up .

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP