Skip to main content

पहिरोको सर्बोच्चता

बगाले, मिलन मिलन वगाले
क्यामिन – ६, वर्लाची तनहुँ



सगरमाथा होचिएर
अनायसै अग्लिएको सर्बोच्चता
यतिबेला
चुक घोप्टिएको बिबेक बोकेर
यात्रारत छ सडकमा
लाठीसगै।
उता
भित्तो नराम्ररी तासिएर
कान्लो दिनदिनै भासिदैछ

धार्नी पुर्याउन भनेर
कान्लोमुनि भेला भएका
भ्यागुताहरु बेखबर छन पहिरोबाट।
ए कोही छ?

कान्लो भास्सिएर
माटो मास्सिदैछ
घोचाले रोकेर
थाम्न सकिन्न पहिरो
लाठी नाच नाच्दै गरौला
आउ
सबैका हातले ठेलेर
पहिरोको सर्बोच्चता भत्काउ
बाकी भागशान्ति गर्दै गरौला।


ईमेल:milanbagale@yahoo.com
फोन: ९७७-९७४११७५५५५
[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Comments

  1. तपाईको हरेक प्रस्तुती जस्तै यो प्रस्तुती पनि सार्है राम्रो लाग्यो । बिशेष गरि तलका लाईन हरुले हालको राजनैतिक परिवेषको यथार्थ चित्रण गरेको अनुभुति गरेको छु

    "धार्नी पुर्याउन भनेर
    कान्लोमुनि भेला भएका
    भ्यागुताहरु बेखबर छन पहिरोबाट। "


    अनि उचालिएको लाठी मा सर्बोच्ता देख्ने देश का चालक हरु ले भास्सिएको कान्लो ठड्याउनु त परै जावस बरु झन भएको कान्लो पनि त्यहि लाठीले भस्याईदिएको कुराले हामी हरु लाई सार्है नरमाईलो लाग्नु स्वभाविक नै हो !
    धन्यबाद यो सुन्दर प्रस्तुती को लागी
    ~सपनासंसार

    ReplyDelete
  2. Excellent post ! Hope our leaders learn something from this poem !

    ReplyDelete
  3. sarai satire hanera lekhnu bhayako rayachha... ramro lagyo !

    ReplyDelete
  4. Good article !

    ReplyDelete
  5. very nice poem !
    keep it up .

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

Popular posts from this blog

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा...

अविवेकी सन्तान

–सीता अर्याल, गोरखा बजार, हाल–विस्कन्सन, अमेरिका न्युयोर्क सहर, अत्यन्त व्यस्त जनजीवन । म बसेको ठाउँबाट देखिने टावरको सानो टुप्पोलाई नियालिरहेको हुन्छु तापनि मलाई अत्यन्त नरमाइलोपनले सताइरहेछ । आफूलाई भाग्यशाली ठान्ने म आज अति दुःखी र अभागी ठानिरहेको छु । मलाई समयले नराम्ररी दुःख दिन तम्सिरहेछ । आफ्नो एक्लो सन्तान बाईस बर्षे छोरोलाई उडाएर ढुङ्गो जस्तै गरुङ्गो मन लिई घर फर्केको थिएँ । उसकी आमालाई सम्झाउन त झन् मलाई हम्मे हम्मे नै परेको थियो । घरमा जम्मा दुई प्राणी मात्र, सन्नाटा छ । छोराको विवाह गरेर बुहारी भित्र्याउने इच्छा हुँदाहुँदै ईन्जिनियरीङमा स्नातकोत्तर गर्न छोरो अमेरिकातर्फ लाग्यो । तुहिएको हाँगो भएकोले चाँडै नै छोराको विवाह गरी जायजन्म हेर्न चाहन्थें। आमाचाहिंको चाहना पनि यही थियो, आफू बलियो हुँदैमा नाती नातिना हुर्काउने । केही समयसम्म दिन दिनै जस्तो फोन हुन्थ्यो । इमेल हुन्थ्यो । कुनै पनि खवर नआएको दिनमा अत्यन्त खल्लो लाग्दथ्यो । नेपालबाटै गर्दा कहिले काँही फोनमा भेटिंदैनथ्यो । काममा या पढाइमा व्यस्त होला जस्तो लाग्दथ्यो । दिन, महिना, वर्षहरू वित्दै गए, समाचार आ...

गीति कथा : एउटा कथा जिन्दगीकोमा यादव खरेल

~यादव खरेल २०७१ साल बैशाख १ गतेबाट बीबीसी नेपाली सेवाले नयाँ कार्यक्रम श्रृङखला “एउटा कथा जिन्दगीको” शुरु गरेको छ। सुमन खरेलको परिकल्पना र संयोजनमा यो कार्यक्रम बीबीसी नेपाली सेवा कार्यक्रममा प्रशारण हुने गरेको छ। यादव खरेल द्वारा बाचित गरियको पहिलो कार्यक्रम तल साभार गरिएको छ ! [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]