Jun 13, 2009

आमाको रहर !

Facebook


राजु लामिछाने
माझ्ठाना–६ काश्की
हालः हप्किन्स, मिन्नेसोटा


खण्डः एक

“अचम्मैको घर बन्यो, बिदेशीलाई बनेको कुनै तारे होटेल हो क्या हो?”
“होटेल सोटेल हैन, क्याप्टेन रणबहादुर गुरुङ्गको घर हो।"
“को रैच रणबहादुर भन्ने?"
“गाउँ चैं माथी ज्यामिरे हो अरे ब्रिटिस लाउरे रैच, दुइ/दुईवटा पेन्सन पकाएको छ अरे। अनि तीनभाई छोरा अमेरिकामा डाक्टर, इन्जिनियर, बुढा बुढी पनि ६/६ महिनामा अमेरिका जाँदा रैचन।"
“टोलमा यस्ता लाउरे आए भने त जाति भो नी, हाम्रो जग्गाको पनि भाउ बढ्नेभो।”

पोखराको यो सुन्दर टोलका छिमेकीहरुले गरेका यस्ता कुराहरु प्राय सत्य हुन। क्याप्टेन रणबहादुर र उनकी श्रीमती रूपा अमेरिकामा बस्ने आफ्ना छोराहरुलाई भेटेर अघिल्लो महिनामात्र घर फर्केका थिए।

aama1साउनको महिना साह्रै गर्मी छ। क्याप्टेन र रूपा बाहिर दुबोको चौरमा ठूलो छाता मुनि बसेर कुरा गर्दै थिए। क्याप्टेन घर तिर हेर्दै भन्छन "यत्रो घर बनायौं छोराहरु त आउलान नि आउन त? हेरन त्यो माईला त बाबा आमा नै सधैका लागि अमेरिका आईदिए हुन्थ्यो भन्छ .. मैले त झ्याम्म चड्काई दिन लाथेँ पाजीलाई ... जेठाले समातेर मात्र हो, सारा पल्टन थर्काउने रणबहादुरको रिस आफ्नै छोराहरुलाई थाहा छैन।" रूपा हास्दै “धत् तिम्रो बानी, अमेरिका गएर पनि छोराहरुलाई पल्टने रिस देखाउँछौ। बिचरा माईला त निलो भाथ्यो। मायाले कुरा गर्न त तिमीले जाने कै छैनौ।” क्याप्टेन आँखा घुमाएर हाँस्दै रूपालाई हेर्छन। रूपा थप्छिन “हेर बुढा म त आमा हुँ। छोराहरु जतिसुकै ठूला भए पनि मेरा लागि काखमा बस्ने बच्चा जस्तै लाग्छन। के गर्ने मेरो रहर त तीनै भाई पढाई सकेर नेपाल आउन, यहीँ काम गरुन भन्ने थियो। तिमीसँगै सारा संसार घुम्न पाएँ बुढा, हाम्रो देश अनि हाम्रो गाउँ जस्तो राम्रो कहिँ छैन। मलाई त यो घरको भन्दा पनि गाउँको घरको माया लाग्छ। म त मरे पनि गाउँ कै च्यानडाँडामा बस्न मन थियो, हाम्रो त सारा बाजेबराजु उतै छन।" क्याप्टेनले हललल हास्दै भने “आए पनि तिमीले भने झैं गाउँमा गएर बसिदेलान त? उतै खैरीनी या काली पो ल्याएर बस्ने हुन की।” रूपा जगिंदै “हेर है बुढा, मलाई रिस उठ्छ। तिमी पल्टन थर्काउने हौ भने म तिमीलाई पनि थर्काउन सक्छु। छोराहरुले आउदिन मात्र भनुन त म तिनीहरुको मुख पनि हेर्दिन, यो घर सर सबै कुनै गरीवलाई दान दिन्छु बुझ्यौ।" कमलो मनकी रुपा रुँदै भन्छिन “मलाई बिना सन्तानको यो बंगालाको कुनै माया छैन। अब चाडबाड आउँछन सबैको घरमा रमाईलो हुन्छ हामीले भने आफ्नै सन्तानलाई फोटोमा हेरेर र फोनमा कुरा गरेर चित्त बुझाउनु पर्छ। चाहिँदैन मलाई यस्तो सम्पत्ती।” यत्तिकैमा रूपा तल्लोपेट छाम्दै टेबुलमा घोप्टो पर्छिन। क्याप्टेन दौड्दै भित्रबाट औषधि ल्याएर रूपालाई खुवाउँछन।

भोली पल्ट दिउसो अस्पतालमा डाक्टरले एकान्तमा बोलाएर भनेका कुराले क्याप्टेन गोली लागे जस्ता भए। अकस्मात अनुहार बदलियो, पसिनै पसिना भए। फेरी पिँडालाई लुकाई रूपालाई ट्याक्सीका राखेर घर फर्किए। बाटोका "डाक्टर त ठ्याक्कै हाम्रो जेठा जस्तै रैच है बुढा।” भनेर रूपाले भन्दा क्याप्टेनले केबल “हुँ” गर्छन।

एकै छिनमा क्याप्टेन छोराहरुको फोन नम्बर खल्तीमा हालेर रूपालाई दवाई लिन भनि बजार तिर हिँडे। नजिकैको क्याविन फोन सेवाबाट पालैपालो तीनवटै छोराहरुसँग रूपालाई पाठेघरको क्यान्सर भएको। उनको क्यान्सर जटिल भएर अब केही हप्तामात्र बचाउन सकिने डाक्टरको भनाई सुनाए र सबैलाई पल्टन कै शेलीमा “लु म अरु केही जान्दिन उपाय पनि केही छैन तीनै भाई जति सक्यो छिटो आमाको मुख हेर्न आउनु , खाँदै भए पनि खाना छाडेर चुठ्न घर आउनु।" भनेर फोन राखिदिए।

रूपा अस्पतालको शैयामा छन। भेट्ने मान्छेको घुईचो लागेको छ। जव होस आउँछ “छोराहरु खै? अहिले सम्म आएनन। जाउँ जाउँ बुढा बाहिर गेट सम्म ...कतै अस्पताल मै अल्मलिएकी ... ” भन्छिन। उनका आँखा प्राय अस्पतालको कोठाको ढोका तिरै हुन्छन। क्याप्टेनले फेरी पनि धेरै पटक फोन गर्ने प्रयास गरे तर लाग्दै लाग्दैन, लागिहाले पनि कम्प्यूटरमात्र बोल्छ। सायद उताबाट हिँडि सके होलान भनि चित्त बुझाए। बाटो हेर्दा हेर्दा खबर गरेको पनि आज २१ दिन भएछ। रुपाको स्वास्थ्य दिन दिनै बिग्रँदै गयो। क्याप्टेन वायाँ हातले रूपाका हातका औला खेलाउँदै थिए भने दायाँ हातले भिजेको रुमाल समाती बेहोस रुपाको अनुहार सफा गर्दै थिए यत्तिकैमा एक युवक निराश भएर क्याप्टेनलाई छोराहरुसँग भर्खरै फोनमा कुरा भएको, उनीहरु आउन नपाएको र नपाउनाका बिभिन्न कारणहरु भन्दै थिए। क्याप्टेनले बिचैमा “बस् बन्द गर ” भने । युवक डराउँदै बाहिर निस्किए।

बिधिको बिधान कस्ले पो जानेको छ। आखिर रूपा रहिनन। क्याप्टेनले यति छिटै यस्तो असहज दिन आउला भन्ने सोचेका पनि थिएनन। अस्पताल परिसर भरी रूपालाई श्रर्दाञ्जली तथा क्याप्टेनलाई सान्तोना दिन गाउँले र इष्टमित्रहरुको घुइचो थियो तैपनि क्याप्टेन एक्लो भएका थिए। रूपा त सधैका लागि छाडेर गईन गईन छोराहरुको आशा पनि उनको मनबाट हराएको थियो। क्याप्टेनले दाजुभाईहरुलाई रूपाको शव अन्त्यष्टीको लागि गाउँबाटै लामाहरु बोलाएर ज्यामिरे लग्न सल्लाह दिन्छन। रूपाको यहि रहर थियो।

रूपाको शव यात्रा आफ्नै धार्मिक चलन अनुसार सयौं जनाको सहभागितामा ३–४ घण्टाको बाटो ज्यामिरे गाउँ तिर उकालो लाग्यो। बाटामा रुपाका संगिनीहरु र उनलाई चिन्नेहरु भन्दै थिएः
बिचरी रूपा आँखामा हाले पनि नबिझाउने थिई।
होस भइञ्जेल छोरा छोरा भन्दै थिई रे।
त्यस्ता त्यस्ता तीन भाईकी आमा भएर पनि मर्ने बेलामा एउटा पनि भएन बिचरीलाई।
त्यस्ता छोराले पढेर के काम। खुम्रै भए नि हाम्रै छोरा बेश रहेछन हगी।
छोरा छोरी भएनन भनेर पिर गर्नु नी बेकार रहेछ।
त्यस्ता छोरा भएर के काम बरु कोख बाँझै भएको जाति।
बाबु आमाको मन छोरा छोरी माथि छोरा छोरीको मन ढुङ्गा मुढामाथि।
गाउँमा अरु केही दिन यस्तै यस्तै कुराहरु भईरहे। क्याप्टेन पनि बेसुरे पाराले भौतारिन थाले।

खण्डः दुई
aama2
क्याप्टेनका जेठा छोरा डा. मन बहादुर थकित पाराले सोफामा पल्टी रहेका थिए। झुन्डाएको नेपाली भित्तेपात्रोमा आँखा पुग्छन। आमा स्वर्गे भएको पनि आज छ महिना भएछ। आफ्नो बाल्यकालमा आमासँग बिताएका रमाईला दिनहरुको याद आयो। पानीको पाईप काटेर साइकल बनाई खेलेको, बाँसका सुप्लाको फिरफिरे बनाई साना भाईहरु र गाउँ कै अरु साथीभाइहरु सँग खेलेका दिनहरु, अनि आमासँग मेलापाता, गाउँ बजार घुमेको यादहरुमा हराई रहेका थिए। फोनको घण्टी बज्यो। फोन बाबा (क्याप्टेन)को थियो। क्याप्टेन भन्छन “म यहिँ सिकागो एयरपोर्टमा छु, तँ लिन आउछस की ट्याक्सीमा आउँ?” मन बहादुरको बसोबास एयरपोर्ट बाट जम्मा ५ माईल टाढा छ। बाबालाई लिएर आए। छोराले बाबा अकस्मात आउनाको कारण पनि सोध्न सकेनन भने बाबाले पनि छोरालाई किन नेपाल नआएको भनि सोध्न जरुरी ठानेनन। दुबै मौन रहे। कोठामा छोराले आमाको फोटो ठूलो फ्रेममा फूलको माला अनि खाकाले सजाएको देखि क्याप्टेनले सहनै सकेनन र आफू केहि दिन बसुञ्जेल कतै लुकाएर राख्न अनुरोध गरे। बाबाको आग्रहमा मन बहादुरले आउँदो शुक्रबार बेलुका सिकागो मै भेला हुन न्यूयोर्कमा रहेका माइलो भाई र क्यालिफोर्नियामा रहेका कान्छो भाईलाई खबर गरे।

शुक्रबारको साँझ तीन भाईका माझमा क्याप्टेनले आफूले जान्न चाहेको उत्तर मागे। प्रश्न त्यही थियो। “आमाको मुख हेर्न किन आएनौ?” तीन भाई एक अर्काको मुखमा हेर्छन। सबैलाई थाहा थियो बाबाको झडँङ्ग रिसाउने बानी। जेठा छोरा मन बहादुरले नै पहिला मुख खोले “हो बाबा हामी साह्रै अभागी रहेछौं । प्रयास गरेर पनि नेपाल जान सकेनौं जुन हाम्रो जीवन भरीको लागि पछुतो भएको छ। कामबाट बिदा मिलाउनै सकिएन।” क्याप्टेनले औलाले इशारा गर्दै माईलाको पालो आएको जनाए। माईला छोराले पनि आँसु खसाल्दै। त्यतीबेलै आफ्नो पढाईबाट भिषाको समयाबधी सकिन लागेको र कामबाट म्याद थप हुने क्रममा भएको सुनाए अनि कान्छाले पनि त्यही बेला उनको परीक्षा परेकोले छोडेर जान नमिलेको बताए।

क्याप्टेन उनकी आफ्नी आमा मर्ने बेला पल्टनमा लडाईको तयारीमा भए पनि जागिरको ख्याल नगरी राइफल फालेर आमाको अन्तिम श्वास भेट्न नेपाल गएको गएका थिए। पछि पल्टनले उनको निर्णयको प्रशंसा गरेको थियो। क्याप्टेनको काखमा बोल्दा बोल्दै आमाको प्राण गएको अनि सारागाउँले र इष्टमित्रहरुले स्यावासी दिएका थिए। क्याप्तेनले आफ्नो कहानी सुनाउँदै रुपाले होस छउञ्जेल छोराहरु कै बाटो हेरेको र अन्तिम बाक्य नै छोराहरुलाई बोलाई देउ भएको सुनेर तीनै भाईको मनको बह आँसुमा बदलियो, सुक्क सुक्क गरि आँसु पुछ्न लागे।

केही बेर पछि सबैलाई सान्तोना हुने विचारले “जे हुनु भै हाल्यो हामी गएर पनि आमालाई बचाउन सकिने थिएन। फेरी हाम्रो भविश्य पनि हेर्नु पर्‍यो।” कान्छाले थप्दै थिए। क्याप्टेनले बिचैमा सोधे “के नेपालमा तिमीहरुको भविश्य छैन?” कान्छाले जवाफ दिन्छन “खै, नेपाल कै हालत त्यस्तो छ सबैजना विदेश जान खोज्छन, हामी अमेरिकाबाट सधैका लागि नेपाल जान त लाजै होला नी। नेपालमा न गतिलो नेता छ नत गतिलो मान्छे नै। सधै आन्दोलन, बन्द, चक्काजाम, लोडसेडिङ्ग कसरी सम्भव छ जीवन? आमालाई त गुमायौ गुमायौ, बाबा तपाई आउनु भो अब हामीसँगै यतै बस्नु पर्छ।” दुई भाईले पनि कान्छाको कुरामा सहमतीको मुन्टो हल्लाउँदै थिए। रण बहादुर जुरुक्क उठेर सिंह झैं गर्जिन लागे “हेइ.... मुर्ख हो थुक्क ..... धिक्कार छ तिमीहरुलाई। कसैले मलाई यहाँ लाखौं डलर दिएर पूजा गरेर राख्छु भन्छ भने पनि म त्यसलाई थुकेर आफ्नो जन्म देश रोज्छु बुझ्यौ। फेरी आफ्नी आमाको रहर बुझ्न नसक्ने कुपुत्रहरु सिङ्गो नेपालको निन्दा गर्छाै। हरेकले आफ्नी आमालाई खुशी राख्न सके बल्ल नेपाल आमा खुशी होलीन। तिमीहरु जस्ता पढे लेखेको नयाँ पिंढीको सोचाई त यस्तो छ फेरी बिचरा नेपालीहरुलाई दोष लगाउछौ। आज नेपालआमा गतिलो छोराको पर्खाईमा छन। तिमीहरुमा त्यस्तो खुबी भए जाओ नेपाल र सबैलाई सचेत गराओ, सबैले तिमीहरुको जय जय भन्ने छन। किन अर्कोको देशमा दोस्रो दर्जाको नागरिक भएर बस्न लालाहित हुन्छौ मुर्खहरु? हामीले खाई नखाई तिमीहरुलाई विदेश पठाएको राम्रो शिक्षा लिन हो कि विदेशी बनाउन? तैपनि कुनै दिन तिमीहरुको आँखा खुलेर जन्मभूमी र बाबुआमाको महत्व बुझायौ भने शहरको घर हैन गाउँको घरमा आउनु। शहरको घर मैले रूपाको उपचार गर्न प्रयास गर्ने अस्पताललाई दान दिई सकेको छु।"

छोराहरुले थप बोल्ने साहसै गर्दैनन। क्याप्टेनले भोली बिहानै ६:२० बजेको फिर्ती टिकट र पासपोर्ट खोजेर टेबुलमा राख्छन। मन बहादुर पनि घडीमा बिहान ५:०० बजेको घण्टी मिलाएर सबैलाई शुभ रात्री भन्छन।

खण्डः तीन

aama3विदेशी बिमानस्थलहरुमा आजकल थुप्रै नेपाली भटिने हुँदा हवाई प्रतिक्षा गर्न सजिलो अनि रमाईलो हुन्छ। क्याप्टेन फर्कदै गरेको बिमानमा पनि १०–१२ जना नेपालीहरु रहेछन। हङ्गकङ्गको बिमानस्थलको लामो हवाई प्रतिक्षामा नेपालीहरुको एउटा समूह आपसमा परिचय गर्दै भ्रमण सम्बन्धि आ–आफ्ना अनुभव बाँड्दै थिए। भने कोही कोही काखमा कम्प्यूटर, अनि काने फोन लगाएर आफ्नै सुरमा व्यस्त थिए। कसै कसैको त चालै अर्को हुने, प्रष्ट टिठलाग्दो नेपाली अनुहार देखेर नेपालीमा केही प्रश्न गर्‍यो अंग्रेजीमा जवाफ दिन्छन तैपनि उनीहरुको बोलीमा नेपालीपन राम्ररी बुझन्छ। क्याप्टेन पनि त्यही समूहको एक छेउमा आड लगाएर रूपासँगैका अधिल्ला भ्रमणहरुको सम्झनामा हराई रहेएका थिए। समूहमा निकै रमाईलो तरीकाले कुरा चल्न थाल्यो जस्तैः
मेरो त तेस्रो भ्रमण हो।
मेरो त १० वर्षे भिषा हो।
छ्या हाम्रो देश त गनाउने, अमेरिका त स्वर्ग हो स्वर्ग।
ग्रिनकार्ड छ।
नेपालका नेता खराब भएर हो।
नेपाल बिग्रेको अल्छी भएर।
पढ्न आको यतै काम भो कम्पनीले नै ग्रिनकार्ड दियो।
डी भी परेको हो।
हाम्रा नातीनातिना त नेपाली नै बोल्दैनन।
डाक्टर छन।
हाम्रा त सिटिजन भै सकेका छन।
हाम्रो त पानी पँधेरो जस्तो छ अमेरिका।
छोराले राती काम गर्छ, बुहारी दिउसो।
छोरो सानै देखी तेजिलो थियो, स्कोलरशिप पायो।
हाम्रा २ बटै छोरी अमेरिका छन म आएको नि ६ महिना भो।
कहिले कहिँ त ९० घण्टा पुग्छ।
हाम्रा त १२ वर्ष देखी यतै छन। घरै किनेका छन।
म भन्सारमा, म परियोजनामा, म मालपोतमा, म आर्मीमा आदी आदि।
परदेशमा बस्ने नेपालीहरु र बिद्यार्थीहरुको कतिपय ठाउँमा दयनिय अवस्थाहरु पनि देखिसकेका क्याप्टेनलाई यस्ता कुरा प्रति दया लाग्छ। घरिघरी त हास्न पनि मन लाग्छ। विदेशमा बस्ने सबैको एउटै नाम परदेशी हो। बस्ने र काम गर्ने अधिकार भए पनि दोस्रो दर्जामा गनिनु पर्छ। शिक्षाको कमीले गर्दा उमेर र शरीरमा तागत भईञ्जेल विदेशीकोलागि लड्नु परेकोमा पछुताउने क्यापटेनका मन भित्र भित्र धेरै प्रश्नहरु उठ्छन।
नेपालमा ढलेको गिलास नउठाउने र खेतबारी बाँझो राखेर सुखकोमानो खान शहर बस्न रुचाउने हामी नेपालीहरुको परदेशमा रातदिन मरेर काम गर्ने जाँगर कहाँबाट आउँछ?
परदेशमा गर्ने यतिका मिहेनत नेपाल मै गर्न किन सकिँदैन?
किन नेपालीहरु विदेशीहरुको राम्रो पक्षहरुमात्र र नेपालको नराम्रो पक्षहरुको मात्र बढाइँ गर्न रुचाउछन?
छोराछोरीलाई समुन्द्रपारीको उच्च शिक्षा दिलाउन सक्षम थुप्रै बाबुआमा कतै म जस्तै निराश हुनु त पर्दैन?
के नेपाल बस्नको लागि लायकै छैन त?
भावी नेपालको बारेमा कसले सोच्ने त?
“हो आज सबै नेपालीमा जागेको यो बितृष्णाको मूलजड नेपालकै राजनैतिक अन्यौलता हो। तिनै थोरै नेतृत्व बर्ग, जसले जनतालाई कुकुर र बिरालोको मुकुण्डो लगाई दिएर आपसमा भिडाउँछन र आँफुहरु बाजी लगाउँछन। एउटा पक्षले जित्छ, हार्नेले फेरी अर्को खेल घोषणा गर्छ खेलाउनेहरुले पालै पालो जितिरहेका छन भने उनै सोझा जनता डर डरमा मुकुण्डो फेरी फेरी आ–आफु मर्ने खेल खेलीरहेका छन। अलि बुझ्ने र सक्नेहरु बिदेश पलायन भै रहेछन। खै को र कहिले जन्मिएला एक बहादुर नेपाली छोरा जसले यो खेल बन्द गराउन सक्छ?”

क्याप्टेनका यस्तै सोचाइहरुले समय बितेको थाहै हुदैन। काठमा48डौ उडानको समय हुन्छ। सबै पंक्तिमा उभिन्छन।


खण्डः चार

क्याप्टेन गाउँ आएको पनि करिब एक वर्ष भएछ। धेरैजसो समय समाजिक काम, कहिले शहर तिरको काम र कहिले घरकै बगैंचा र करेशा बारीमा बित्ने गर्छन। उनका साथमा रुपाले ६ वर्ष पहिला लेकबाट ल्याएको कल्लु नामको कुकुर छ।

lauhareक्याप्टेन पिँडीमा रेडियो सुन्दै बिहानको चिया पिउँदै थिए। पूर्णे दौड्दै आयो। उ राम्रो बोल्न सक्दैन त्यसैले उसलाई गाउँलेहरु लाटा पनि भन्छन। उ प्राय गाउँको चिया पसल वरिपरी हुन्छ। गाउँले सबै मिलेर चिया पसलमा एक सार्वजनिक फोन राखेका छन। पूर्णेको काम फोन आउँदा गाउँलेलाई खबर गरिदिनु पनि हो। पूर्णेले इशारा नगर्दै क्याप्टेनले फोन आएको कुरा बुझेर दौडँदै चिया पसलमा पुगे। क्याप्टेनले फोन लिएर ”हेल्लो” भन्ने बित्तिकै लामो श्वास फेरेर नाकले फ्याल्दै “हुँ ...” गरे। आफूले केही नबोली जवाफका रुपमा फेरी “हुँ ...” गर्दै फोन राखिदिए। “धन्यवाद तिमीहरुलाई ल बक्सिस” भन्दै क्याप्टेनले खल्तीबाट ५ सयका दुई नोट झकेर पूर्णे र साहुनीको हातमा हाली दिए। दुवै ट्वाल्ल परे। यतिका ठूलो इनाम उनीहरुको जीवन मै पहिलो थियो। साहुनीले डर मान्दै क्याप्टेनसँग सोधिन। “हैन ए क्याप्टेन बा के को खुशियालीमा हो यो?” शिर ठाडो पारेर क्याप्टेन भन्छन। “खुशीको कुरा हो छोरी, आज मेरा तीन वटै छोराहरु बिदेशबाट सधैका लागि घर आउँदैछन। छोराहरुले यहीँ पोखरा एयरपोर्टबाट फोन गरेका हुन्। ल छोरी ४–५ जना बलिया केटाहरुलाई तल बेशी सम्म पठाई दिनु पर्‍यो।” क्याप्टेनले भन्ने बित्तिकै साहुनीले पसलको डिलबाट ठूलो श्वरमा गाउँलेहरुलाई थाहादिईन। उत्तिखेरै पूर्णे सहित ५–६ जवान बेशी तिर झरे। गाउँ भरी खुशीयाली छायो। “लौ क्याप्टेन साहेवको घरमा लाहुरे आउँदैछन।” साहुनीले गाउँको आमा समूहलाई पनि खबर दिई सकिन। लाहुरे तथा पाहुनाहरुको स्वागत आमा समूहले नाचगानका साथ गर्ने चलन छ।

हरेक बिहान क्याप्टेन आफ्नो प्यारो कल्लुका साथ आर्मी कै लवजमा दौडन्छन र पारी भञ्ज्याङ्गको गुम्बा र देउरालीको शिवालयलाई फन्को लगाएर घर फर्कन्छन। तर आज उनीहरु दौडिदै पारी च्यानडाँडा सम्म पुगे जहाँ उनकी श्रीमती रूपा लगायत प्राय सबै पुुर्खाैलीहरुको समाधीस्थल छ। क्याप्टेन आज ज्यादै भाबुक थिए। मनलाई धान्नै सकेनन र रूपाको समाधीमा अँगालो हालेर “रूपा तिमीले भनेको जस्तो भयो ..... तिम्रो रहर पुरा भयो। हो हाम्रा तीनवटै छोरा सधैंको लागि गाउँ आउँदैछन।” उनी घुक्क घुक्क रुन लागे। कल्लु पनि कुई कुई गर्दै क्याप्टेनको वरिपरी घुमि रह्यो। धेरै बेर पछि मनलाई सम्हालेर क्याप्टेन लुगा टक्टकाउँदै उठे। चारै तिर हेरेर लामो श्वास फेरी घर तिर लम्किए। २५–३० पाईला केही अगाडी बडेका थिए टाडैबाट कल्लु रूपाको समाधी तिर फकेर पुच्छर हल्लाउदै कुइँ कुइँ गर्न लाग्यो। क्याप्टेन पछाडी फर्केर हेर्दा रूपाको समाधी नजिकैको बन कर्कलाको ठूलोपात मच्चि मच्चि हल्लिरहेको थियो। क्याप्टेन एकोहोरो हेरीरहन्छन। एकै छिनका च्यानडाँडामा हावा सररर चल्छ। वरिपरीको कटुसका पातहरु पनि फटफट फटफट बज्न थाल्छन। लाग्छ कुनै खुशीयालीमा ठूलो भिडले ताली बजाई रहेको छ। यो आभास हावाको रोकावटसँगै बिस्तारै रोकियो। क्याप्टेन मन मनै धन्य हुँदै घर तिर फर्किए। टाडैबाट उनको आँगनमा ठूलो भिड देखिएको थियो। कल्लु उफ्रँदै क्याप्टेनको अघि लाग्यो।

"समाप्त”
(कथा तथा कथाका पात्रहरु काल्पनिक हुन। कसैको व्यक्तिगत जीवनमा मेल खायो भने संयोग मात्र हुनेछ। )
[यो लेख कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । माथिको प्रस्तुतीमा रहेका चित्र हरु सबै स्वयँ लेखकका आफ्नै श्रृजना हरु हुन् । -सपनासंसार ]

23 comments :

Anonymous said...

It is long but nice one, touched my heart. -Birat Joshi

Anonymous said...

Kasto Ramro Katha!!!!! Like a nice Film, I really enjoyed and felt as real...

Sandhya said...

First of all thank-you Rajuji for writing such a wonderful story and thank-you Bishow for posting it...Its such a inspirational story for all of us who want to return back home one day but haven't had the guts to do it...It touched my heart and almost got me in tears...नेपालमा ढलेको गिलास नउठाउने र खेतबारी बाँझो राखेर सुखकोमानो खान शहर बस्न रुचाउने हामी नेपालीहरुको परदेशमा रातदिन मरेर काम गर्ने जाँगर कहाँबाट आउँछ? परदेशमा गर्ने यतिका मिहेनत नेपाल मै गर्न किन सकिँदैन?
किन नेपालीहरु विदेशीहरुको राम्रो पक्षहरुमात्र र नेपालको नराम्रो पक्षहरुको मात्र बढाइँ गर्न रुचाउछन? I think these lines are so so true...We do really work hard here...Sometimes we do point out a lot of good things because we need to justify our stay here...Personally i feel its about your priorities and what you really want from your life...We can take a very good example of Mr. Mahabir Pun here...He went back and did a lot for his community and still doing it...As said in the story most of us do blame the political situation for not returning to our homeland...I myself don't know much about politics but I have a feeling that Nepal is run by politicians who are following the same old structure of the politics...I think a lot has changed in the last ten years and we really need to find people in the government who are willing to take risks and follow a new direction...I know it's easier said than done but still...It took me a lot of time to accept maiosts in the main stream politics or government...But again I thought Mr. Pushpa Kamal Dahal supposedly very educated will have something new to offer but i guess not...I was following the Indian Lok Shaba elections very closely this year and noticed that the winning of the congress by majority has a lot to do with Mr. Rahul Gandhi...He worked for the party and has a number of new ideas which is necessary and has inspired a lot of young people to join politics ...I think Nepal is in need of younger group of politicians who can come up with new ideas needed for this generation backed by the guidance of the experienced old politicians...I hope I am not offending anyone by saying this...So guys when r u joining politics??? hehhehehehe...
Wheather it's a fictional story or real I want it to have a happy ending..It just makes u feel good...Very glad that the story had a happy ending...YIPPY...

Anonymous said...

Very nice story, Prefect issue on perfect place, Thanks writer for your thought and Keep it up Sapanasansar. I love such educational articles here. I called Nepal yesterday, My mom said अब चाडबाड आउँछन सबैको घरमा रमाईलो हुन्छ हामीले भने आफ्नै सन्तानलाई फोटोमा हेरेर र फोनमा कुरा गरेर चित्त बुझाउनु पर्छ। same words. thank you…

सपनासंसार said...

तपाईको लेखन क्षमता निकै नै राम्रो लाग्यो । सपनासंसारले तपाईको नियमित लेख बाट निक्कै नै धनी भएको अनुभुति गरेको छ। अव प्रस्तुती तिर लाग्नु पर्दा, आजभोलि तपाई हामी जस्ता युवायुवती हरु ले आधुनिकता को रंग मा मैलिएर आफ्नै रंग भुलेका छौं । सायद बाबु आमाले हाम्रा लागी गरेका दु:खहरु हामीले सजिलै भुलिसकेका पनि हुन सक्छौं । हामी साथीसंगी हरुका अगाडि आफुलाई ठुलो देखाउने होडबाजी तल्लिन छौ, क्षणीक सु:ख को लागि हप्तामा ८० ‍- ९० घण्टा श्रम सक्ति फालेका छौ , त्यो पनि पराई मुलुक को बिकास को लागी । नेपालमा ३-४ जना कामदार राखेर सौखिन जीवन बिताउने अनि तरकारि पसल संम्म तरकारि किन्न जादा आफ्नो ईज्जत जाने थान्ने केहि बर्गिय नेपाली मानस पटल हरु यहा बिदेशमा आएर अर्का को जुठा भाडा माझेर बसेको यथार्थता हो । आखिर किन ? किन हामी त्यहि श्रम नेपाल मा बगाउन सक्दैनौ ? किन दोष दिन्छौ नेता हरुलाई मात्र । तपाई पनि नगर्ने , म पनि नगर्ने अनि नेपाल मा रहेका नेता कर्मचारी लाई दोष लगाउने ? यो हाम्रो कमजोर मानसिकताको उपज हो जस्तो लाग्छ मलाई। मैले नियमित रुपमा जस्तो एउटा नेपाली टेलिभिजनमा बिजय कुमार द्वारा संचालित कार्यक्रम "मेरो जिन्दगी मेरो बिश्वाश" हेर्छु , त्यो कार्यक्रम हेरपछि काम गर्ने मान्छेलाई देश, नेता , कर्मचारी ले कहि पनि नरोक्दो रहेछ जस्तो लागेको छ मलाई । म अहिले बिदेशमा छु, किन कि म संग कमजोर मानसिकता छ, जस्तै नेपाल ठिक छैन, नेता ठिक छैनन्, कर्मचारी ठिक छैनन् । मलाई थाह छ, यो मेरो कमजोर मानसिकता को उपज हो ! समग्रमा नेपाल कमजोर होईन , म कमजोर हुँ , म डराउछु , त्यहा गएर काम गर्न वा म संग क्षमता नै छैन !

तपाईको यो कथा ले अवश्य पनि केहि शिक्षा दिएको हुनुपर्छ बिदेशिएका नेपाली हरुलाई ! अहिले म केवल एउटा मात्र कामन गर्न सक्छु , रुपाको जस्तो मरण कसैले पनि देख्न नपरोस !
ऽ सपनासंसार

Anonymous said...

Very very heart touching story !!

Golsimal said...

samayobhable garda lekhan padhne kaam lai pachi sareko chu. Tapaiko chitran le bhane mutu nai choyo. Baans ko supla ma madhese kanda halera banayeko firfire yaad dilaidinu bhayo ani dhara ka lagi lyayeko kaalo pvc pipe ko guggude ra purano chatako falame sinko bata banayeko taar ko samjhana taja garayo.
Muri muri Dhanyabad.

Golsimal

Universal said...

Wonderful story. Well written. The writer has done a brilliant job in depicting this story from a parents’ view point. Yes, everyone in a foreign land should read this story as already said by someone. Maybe that way some perspective will change.
We have always had the habit of blaming others, be it blaming the politician or just simply blaming the country, but I think it is more important for us to look within ourselves and see if we ourselves can come out of this blame. It is about time that we start from ourselves; see what we have done before we comment on others.
If you have done nothing for your country you have no right to blame those who have done nothing either. I guess that is how we can start. As the famous quote says “ Don’t ask what your country has done for you but ask what you have done for your country..”
Talking about joining the politics, I guess most of us are not interested in “politics” although we are interested in changing different policies in Nepal. It does take a lot of courage to become a leader, but only courage in not enough you need to have skills as well as strategies; Nepal is still waiting for such a person.
But I believe if we are committed enough sooner or later all of us are capable of bringing some positive change in the country, be it a small change or a huge one. Just look around yourself, or just look in this website, the fact that so many of us showed interest in this article highlights the fact that we all care about our country and we do want it to go into a positive direction. If we keep this “aastha” within us, I am sure if not today, tomorrow for sure we will “do something”. Just keep the hope within you, keep the faith and the willingness and the desire to do something for the country. There will be a day when all of us will get our chance to play our role for our country. I strongly believe in that and I hope you too have that faith.

Anonymous said...

What a Wonderful story. It pointed up the real thought of our parents real situation of people who are in foreign country, nepali political situation etc. I hope this story would help to think us about this serious subject. Good job Writer and sapanasansar.com. Wow...I loved all art works. Is writer also an Artist? - Jayanti D

Anonymous said...

यो कथा पढे पछी दुई लाइन नलेख्न मनै मानेन, सुरुमा लामो देखेर अल्छि लगेको थियो । पहिलो र दोस्रो प्याराग्राफ पढ्दै जादा कथा सकिएको थाहै पाइएन । धेरै धेरै धन्यवाद राजुजी अनी सपनासन्सार लाई । हो आज हामी नेपालीहरुको हालत कथामा भएको जस्तै छ । थुप्रै आमाहरु रुपा जस्तै मर्नु परेको छ । हामी छोरा छोरीहरु आफ्नो घरमा लगेको आगो बुझाउन तिर नलगी पराइदेशमा आफ्नो स्वाभिमानलाई कुल्चेर बिदेशिकोलगि रातदिन मरेर काम गरिरहेका छौ । हामी कुरा गर्छौ तर गरेर देखाउन सक्दैनौ किन? अब जागौ साथीहो हामीले बिदेशमा लिएको शिक्षा, ज्ञान अनी धन लिएर फर्कौ हाम्रै जन्म थालो देश नेपाल । सिर्जना गरौ नयाँ नेपाल । देशलाई हाम्रो खाचो छ । कथाकी आमा रुपा मरे पनि सबैकी साझा आमा नेपाल तिमीहरुको बाटो कुरिरहेकिछन ।
बिरामी आमा कुरेर बसेको भाई
नेपाली कान्छो, काठमाडौं , नेपाल

Anonymous said...

It is a beautiful story..Really touched my heart....


NepaliThita

Anonymous said...

I really like nepali kanchho's comment ! Nepali kanchho i am coming back to take care of my mother land. Thank you for taking care of my mother land.

Anonymous said...

Nice try. I loved it.
We need to know:
Janani Janma bhoomischa .... saying has been taken from The Valmiki Ramayana says, after the defeat of Ravana, Rama is all set to leave for Ayodhya, leaving the Lanka to Vibhishana. The Lanka was a beautiful Island city with lots of Gold, Diamonds, Jewels and Pearls in it. Vibhishana asks Rama to stay back for a few days in Lanka, take some rest before he leaves to home. At this context, Rama tells Lakshmana,
Swaranmayi lanka api na me Rochate Laxmana
Janani Janma Bhumischa swargadapi gariyasi
O Laxmana! even the gold plated Lanka doesn't attract me as my mother and motherland are more blissful than heaven to me.
One more thing,
The data showed that among all notions, the Motherland took first place, justice occupied second, and personal freedom took third.
Elder people say; “SASURAL RA PARDESH BASNE MANCHHELE KAHILEI SWOTANTRA RA KHUSI PAUDAINA”

Uma Kanta
TU Kritipur

sappanasansar said...

We are  upgrading our comment system. So you might face problem while submitting your comments on our system. Please scorll down to view your comments.

Thank you,

sumansudha said...

its nice one. keep it up .

राजु लामिछाने said...

तपांईहरुको अमुल्य सुझाबहरु र गहकिला बिचारहरुले कथामा मैले समेट्न नसकेका महत्तोपूर्ण पक्षहरुको प्रतीनिधीत्तो गरेका छन । अमुल्य सुझाबहरु र गहकिला बिचारहरु ब्यक्त गर्नु हुने सबैलाई धेरै धेरै धन्यवाद ।
राजु लामिछाने
माझाथान -६, कास्की
हाल: हप्किन्स, मिनेसोटा

ash said...

a very heart toucin story,i really enjoyed it.May this story helps every nepali to know their spirit towards their own nepal and importance of thier own family.

Anonymous said...

I loved these words “हो आज सबै नेपालीमा जागेको यो बितृष्णाको मूलजड नेपालकै राजनैतिक अन्यौलता हो। तिनै थोरै नेतृत्व बर्ग, जसले जनतालाई कुकुर र बिरालोको मुकुण्डो लगाई दिएर आपसमा भिडाउँछन र आँफुहरु बाजी लगाउँछन। एउटा पक्षले जित्छ, हार्नेले फेरी अर्को खेल घोषणा गर्छ खेलाउनेहरुले पालै पालो जितिरहेका छन भने उनै सोझा जनता डर डरमा मुकुण्डो फेरी फेरी आ–आफु मर्ने खेल खेलीरहेका छन। अलि बुझ्ने र सक्नेहरु बिदेश पलायन भै रहेछन। खै को र कहिले जन्मिएला एक बहादुर नेपाली छोरा जसले यो खेल बन्द गराउन सक्छ?”

Guest said...

malai yo katha asadhy mn paro .
ho aaphno deshama dhaleko lota nauthaune haru  bidesha gayar din rat navani kam garchan
ra aaphno desha nepal vanera farkana birshan chan.
tehiko bata baranama ghulna khojchana kina hola?

Guest said...

rupa dahal(thapa)
malai yo katha asadhya man paryo
ho yahi katha anusar nai vai rahecha nepalko halata kina hola
bideshama gayara padhera wa kamayar basepani aaphno nepal nabirshu
hami sabai bidesha gayaka nepalile mero yahi cha
apil
thanks

Anonymous said...

Well done!!

Rebati(Didi) said...

Raju, I read your artical. It is very excellent. I felt that there is one another story writer in our family. I hope you will make a full garland of a story collecting all of your those beautiful stories.

Anonymous said...

I enjoyed the story...
best line..."नेपालमा ढलेको गिलास नउठाउने र खेतबारी बाँझो राखेर सुखकोमानो खान शहर बस्न रुचाउने हामी नेपालीहरुको परदेशमा रातदिन मरेर काम गर्ने जाँगर कहाँबाट आउँछ? "

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP