Skip to main content

तिमीले चाहेका चार शब्दहरु !

Raju Lamichhane
राज लामिछाने
हप्किन्स, मिन्नेसोटा


स्मृती, धेरै धेरै धन्यवाद। हाम्रो हरेक जन्म दिन र बिवाह दिवसमा अपरिचित तरीकाले तिमीले पठाउने गरेको शुभकामना अनि हामी दुबैका लागि उपहार यस पाली पनि पायौं। हे भगवान, फेरी पनि मैले पूनमसँग झुट बोलेँ। के गर्ने यस्तो गर्दा तिमी खुशी हुन्छ्यौ। तिम्रो धेरै खर्च गर्ने बानी अझ पनि उस्तै छ। धन्न उमेशजीले पूर्‍याउनु भएको छ। फोटोहरु हेर्‍यौ? मेरो व्यक्तिगत ब्लग साइटमा? तिमीले पठाई दिएको उपहार लगाएर पूनम कस्ती राम्री देखिएकी हगी? मलाई पनि ठ्याक्कै मिलेको छ।

ल सुन, मेरो कोलेस्टेरोललाई यतिखेर बसमा राखेको छु मैले। अनि मेरो प्रोफाईल फोटोमा कपाल फूलेको देखेर तिमीलाई किन पिर? अव बुढो भईयो रंग लगाएर सधैं कहाँ ढाक्न सकिन्छ र। फेरी पूनमले तिमीले सोचेको भन्दा धेरै सेवा गर्छिन मेरो। म त भाग्यमानी हुँ पूनम जस्ती श्रीमती पाउने। हाम्रो पो के छ र यो बिरानो परदेशमा। उनले मेरो र मैले उनको ख्याल त राख्नै पर्‍यो नी।

हो, जेष्ठ ९ गते हामीले हाम्रो बिवाह दिवस आफ्नै तरिकाले रमाईलोसँग मनायौं।
हेरन समय बितेको पत्तै भएन। यो हाम्रो १२ औं बिवाह दिवस थियो। अस्ती जस्तो लाग्छ हाम्रो रमाईलो कलेजको जीवन। याद छ? तिम्रो जिद्धी गर्ने बानी, तिमीलाई जता जान मन लाग्छ म पनि तिमीसँगै हिँडिदिनु पर्दथ्यो। मलाई अति दुख दिन्थ्यौ। तिमीले पनि ख्याल गरेकी होउली, करीब २० वर्ष पहिला स्वयम्भू सरास्वती स्थानको पछाडी मैले तिमीलाई काँधमा राखेर तिमीले पर्खालको माथी फलामको किलाले कोरेर लेखेको चक R + S अझै प्रस्ट बुझँदो रहेछ। जुन गतवर्ष म नेपाल जाँदा फोटो खिचेर ल्याएको छु।


आजै जस्तो लाग्छ, १८ वर्ष अघिको कुरा हो। जव हामी दुबैले आ–आफ्नो घरमा हाम्रो बिवहाको प्रस्ताव राख्दा दुबैको घरबाट खरिएको तेलमा पानीको छिटा परेझैं जवाफ आएको। दोष न तिम्रो, न मेरो, नत हाम्रा अभिभावकहरुको नै थियो। तिमी कथित तल्लो जातकी सम्पन्न शहरीया केटी म उपल्लो जात भनाउँदो गरीब गाउँले केटो। यो सामाजिक दोष तिनताका त झन प्रकृती जस्तै अटल थियो जुन हाम्रो तागतले तोड्न सकिएन। फेरी केवल हामी २ को लागि हाम्रा सारा मान्य परिवारजन, छरछिमेक र इष्टमित्रहरुलाई दुःखी बनाउन हामीले पनि चाहेनौं। आखिर तिम्रो बिवाह उपत्यका कै चर्चित व्यापारीक परिवारका उमेशसंग तय भयो। तिम्रो हालत कस्तो थियो मलाई थाहा भएन म भने खुशी नैं थिएँ। किन कि तिम्रा बुवा मुमाको रोजाई जायज थियो। आज हामी बाबु आमा बनेका छौं हामी हाम्रा छोरा छोरीबाट तेही अपेक्क्ष्या गछौं जुन हामी चाहन्छौं। हैन र?

तिमीसंग प्रतक्ष भेट नभएको करिब १८ वर्ष भयो। तैपनि तिम्रो तस्वीर मेरो मानस पटलमा जस्ताको तस्तै छ। तिमीले जस्तै म पनि इन्टरनेटको सामाजिक सञ्जालहरुमा छिर्दै र कहिले गुगलका पानामा तिम्रो नाम लेखेर तिमी र तिम्रा परिवारका तस्विरहरु हेर्ने गर्छु। जव तिमीलाई उमेशजी र छोरा छोरीको साथ हँशिली पाउँछु मलाई आनन्द लाग्छ। कुनैकुनै तस्विरमा अगाडीको कपालले तिम्रो उज्यालो निदार छोपिएको, कुनैमा तिम्रो साडी भूईमा लत्रेको त कुनैमा कुर्ताको सलले भूई छोएको देखें भने अनायासै मेरा हातहरु कम्प्यूटरको पर्दामा ठोकिन पुग्छन। म झल्याँस्स हुन्छु।

तिमीलाई जस्तै मलाई पनि अचम्मको भ्रम हुने गर्छ। जव कहिले कहीं पूनम रिसाउछिन, म उनको चेहरामा तिम्रो प्रतिविम्ब देखी एकोहोरो हेरी टोलाउँदो रहेछु। फेरी पूनम भन्छिन – “छया् ......बुढो भएर पनि.....।” म फेरी झल्याँस्स हुन्छु। उनको रिस मरिसकेको हुन्छ।
तिमीसंग बाचा गरे जस्तै पूनमलाई सधै खुशी राख्ने छु। उनको सोचाई पनि तिम्रो जस्तै छ। सधै मेरो सेवा अनि केटा केटीको स्याहार गर्न मै खुशी छन। जसले ममा मिहेनत गर्ने जाँगर बढेको छ भने छोरा छोरीमा पढाई अनि अनुशासन। तिमीले नै भन्ने गर्थ्यौ नी लोग्नेका लागि श्रीमती भाग्य हो।

प्रेम गर्दैमा संगै जीउनु पर्छ भन्ने छैन। धेरैले यसलाई असफल प्रेम कहानी भन्लान। हामीले यसलाई सफल सम्झेका छौं। समाज अनि अभिभावकलाई कुल्चिएर हामीले सगै जीवन बिताउन त सकिन्थ्यो। आखिर समाज त त्यही थियो हरेक पल तिमी मेरो परिवारमा तल्लो जातकी भनेर हेपिनु पर्थ्यो भने म तिम्रो परिवारमा गाउँले पाखे र गरीव भएर हेपिनु पर्थ्यो। हामीले समाजलाई त्यो मौकै दिएनौं। यसमा पछुतो न तिमीलाई छ नत मलाई। हामीले एक अर्कोलाई चोट पुग्न सक्ने गल्ती पनि कहिल्यै गरेनौं। बरु प्रेममा त्याग गर्‍यौं। आज हाम्रो त्यही त्यागले हाम्रा अभिभावकको शिर ठाडो छ, तिमी पनि खुशी छौ र म पनि खुशी छु। यसैमा सबैको भलो भएको छ। हाम्रो प्रेम अझै जीवित छ र भैरहने छ।

कुनै त्रुटि भएमा ब्रुस समाउने हातको कलम समाउने रहर सम्झेर मलाई माफ गरि दिनु।

अन्त्यमा तिम्रो सुन्दर परिवारको शुख, शान्ति र उन्नतीको कामना गर्दै।
म बाट तिमीले चाहेका चार शब्दहरुः “म ज्यादै खुशी छु। ”
तिमीलाई मेरो यही उपहार।
धन्यवाद।
उही तिम्रो भलो चाहने
राजु

भूल सुधार
. . . . . काँधमा राखैर तिमीले पर्खालको माथी फलामको किलाले कोरेर लेखेको चक अझै प्रस्ट बुझिँदो रहेछ भन्ने ठाउँमा R+S अझै प्रस्ट बुझिदो रहेछ भनि पढिदिनु भएमा अर्थ लाग्ने थियो । अंग्रेजी लिपी र नेपाली लिपी हुँदा भएको अन्यौल प्रति क्षमा प्राथी छु !
~ राजु लामिछाने


[तपाईको भूलसुधार को जानकारी पाउनासाथ प्रस्तुत अंश सच्याईएको छ । धन्यबाद ! -सपनासंसार ]

Comments

  1. Its a good article.. Touched my heart!!!

    ReplyDelete
  2. धेरै पछी एउटा उत्कृष्ठ प्रस्तुती पढ्ने मौका दिनु भएको छ । आखिर त्याग पनि त प्रेम नै रहेछ । अरु को खुशीँलाई आफ्नो खुशीँ मान्नु प्रेम को अर्को परिभाषा रहेछ । तपाईको तलको पंक्ति मलाई सार्है मन पर्यो !

    "प्रेम गर्दैमा संगै जीउनु पर्छ भन्ने छैन। धेरैले यसलाई असफल प्रेम कहानी भन्लान। हामीले यसलाई सफल सम्झेका छौं। समाज अनि अभिभावकलाई कुल्चिएर हामीले सगै जीवन बिताउन त सकिन्थ्यो। आखिर समाज त त्यही थियो हरेक पल तिमी मेरो परिवारमा तल्लो जातकी भनेर हेपिनु पर्थ्यो भने म तिम्रो परिवारमा गाउँले पाखे र गरीव भएर हेपिनु पर्थ्यो। हामीले समाजलाई त्यो मौकै दिएनौं। यसमा पछुतो न तिमीलाई छ नत मलाई। हामीले एक अर्कोलाई चोट पुग्न सक्ने गल्ती पनि कहिल्यै गरेनौं। बरु प्रेममा त्याग गर्‍यौं। आज हाम्रो त्यही त्यागले हाम्रा अभिभावकको शिर ठाडो छ, तिमी पनि खुशी छौ र म पनि खुशी छु। यसैमा सबैको भलो भएको छ। हाम्रो प्रेम अझै जीवित छ र भैरहने छ। "

    स्मृतीले चाहेका ती चार शब्द हरु वा भनौँ स्मृतीलाई दिईएको त्यो उपहार ले प्रेमरसको पुर्ण स्वादनुभाद गरेको छ । धेरै धेरै धन्यबाद तपाईको यो प्रस्तुती को लागि !
    ~ सपनासंसार

    ReplyDelete
  3. Wonderful love story !!!! Great composition !!!!

    ReplyDelete
  4. Mero Aakha Rasaye.....!!!! Great Love Story.
    Krishna, NY

    ReplyDelete
  5. Great presentation!!!

    ReplyDelete
  6. Sarai man paryo… Tapaiko bhawana prasamsania cha. Bichodma rune harule Siknu parchha yo lekh bat. SP

    ReplyDelete
  7. partham prayas jasto lagyo, aajai dherai bhav haru khulaunu bhayeko bhaye sun ma suganda hune thio...

    ReplyDelete
  8. Great!!! Touch my heart.

    ReplyDelete
  9. RAmro cha , i like it
    HAppens to too many people, like a real storey

    ReplyDelete
  10. पोस्तक श्रेष्ठ6/3/09, 10:11 PM

    प्रस्तुती राम्रो छ। जातीय, सामाजिक-आर्थिक बेमेल र पारिवारिक स्वार्थसंग जुध्न नसकेर हार मान्नु भएको छ तर "त्याग"को लेबल लगाएर छोप्नु भएकोछ। पहिलो प्रेमको याद आउन स्वभाविक भएपनि अझै एक अर्कालाई नेटमा खोजिरहनु, उपहार साटासाट गरिरहनु पुनम र उमेशहरू प्रति अन्याय हो। स्मृतिले पूर्व प्रेमीलाई अझै उपहार पठाइरहने कुरो उमेशलाई पच्ला? पुनमले पनि त्यसरी पूर्व प्रेमीलाई उपहार पठाउन थालिन् भने लेखकले सहजै लिन सक्नुहुन्छ?

    ReplyDelete
  11. mero bhanda mathi lekhiyeko comment prati mero chitta nabujhai chha..sir le yeslai kitab ko katha jasari analyze garna nahune..amar prem kahani lai..
    jindagi ko katha ko patra lai yesari kada sabda haru prayog nagarera sabda ko janjal ko kathghara ma na ubhyayi dinu bhaye sabai lai khusi lagchha ki..

    brush chalaune dai lai tha chha brush kati napera agadi badhaunu parchha ra kati daya ra kati baya modnu parchha..natra aakash banauda patal ko jasto dekhinchha..

    malai Raju Lamichhane ko jindagi lai herne tarika ekdam man paryo sapanasar.com sanga ma pani sahamat chhu..

    lekh ko cover page ma pani aafno prem kahani jhalkine paint bhaye sun ma sugandha hunthyo ki..

    katai galti bhaneko bhaye maaf pau

    ReplyDelete
  12. Naramailo Lagyo, Katai hamro pani.... UUPPPPP

    ReplyDelete
  13. विश्वजी यो सुन्दर टासोको विषयमा केहि नलेखी रहन मनै मानेन ।
    साह्रै मन छुने प्रेम कथा ...
    म पनि निस्वार्थ मायामा भौतिक शरीरको उपस्थिति अनिवार्य हुनु पर्छ भन्ने मान्यता राख्दिन कथाले प्रेमलाइ वैयक्तिक स्वार्थबाट माथि राखेको छ । संसारमा देखिने वस्तु, पदार्थ वा सम्बन्धको अपेक्षा पनि यसमा छैन,
    प्रेमको यो उच्चतम र अत्यन्तै पवित्र अनुभूति हो, जसलाई अहिलेका भौतिकीहरुले निश्चय नै हार सम्झन सक्छन तर वास्तविक प्रेम को जीत यहि हो। जहा त्यागमा पनि दुइ प्रेमीहरु एक अर्काको मन भित्र बाचिरहेका छन र प्रेमको उज्यालोमा प्रकाशित भै रहेछन ।

    लेखकलाइ धेरै धन्यवाद !

    ReplyDelete
  14. The story is written beautifully...They r really lucky to have found happiness in their marriage after going away from each other...To each its own but it doesn't happen that way always...I believe love is a deep profound connection you share with your someone special and that doesn't keep happening again n again...I am neither very open minded nor very traditional but to give up your love for your parents sake or coz of the society is not a thing for me...I might have thought otherwise before but not anymore...I believe ur choice of partner is entirely urs...I think parents emphasize on their choice because they think their choice will be good to them...But I have seen that doesn't work out too...I believe if you love ur partner u will always be nice and love the people he or she is close to...In the story it worked out for them but i think that happens rarely...What if after the sacrifice he or she is not able to love the person they got married?? What if?? I think Love is something worth fighting for and risking ur everything for...jada jadai arko kura Love without marriage is Moral but marriage without Love is Immoral...some might agree some might not...but that's my take on the story...

    ReplyDelete
  15. Beautiful story! For me what is much more interesting is the comment that is left behind below the stories. It fascinates me to get to know so many views from so many different wonderful people. I believe we hold a particular ideology within us and it gets reflected in sensitive topics like these.

    Talking about my idea, I love the story; I think this is a perfect love story which has flawlessly depicted something very sensitive, something that still prevails in our society. A topic that is always at a center stage of a debate. “Love sacrificed in the name of family” , is it a sacrifice? Or it is bravery? Or is it a sign of weakness?
    I have never been able to answer it fully. For me it is a mix of everything.
    In the story, the relationship between Smreety and Raju is almost perfect, a flawless relationship. But when I come to think of it, I can not be too sure if such a relationship can exist in the real world. In the story I don’t want to be Raju’s wife or Smreety’s husband, in either case I would have been really sad knowing all that is still taking place between them. I don’t think it is really fair to both their spouse like already said by someone.
    But again if I am Raju or Smreety myself, I would love to have such a relationship with my “first love”, although I might be doubtful that can really take place. I feel like in the “real world” both people either turn their back on each other or at least one of them does that and the other gives up hope after trying a thousand time.

    For me the story is a “fairytale”, it has given me a chance to see through a glass and see the other side of a sphere. It has given me some hope and a chance to see a flawless life.
    Cheers for the writer and do bless us with your creativity!

    ReplyDelete
  16. Interesting situation of love and good topic to chat about in group. Writer describes this as a successful love story. Then, Why you asking pardon with god to hide truth? I say you 4 are not happy at all in this situation. And in the end 4 words ( Ma jyadai khusi chu) are expressing by force not from inner heart. I read your article 3 times. You should be an interesting artist too. Thank you very much. Keep it up! - Gyanu K C

    ReplyDelete
  17. I liked it very much. Great writing skill.

    ReplyDelete
  18. राजु लामिछाने6/6/09, 6:53 PM

    "तिमीले चाहेका चार शब्दहरु” पढी दिनु भएका सम्पूर्ण महानुभावहरुलाई मुरी मुरी धन्यबाद। तपाईहरुका अमुूल्य सुझावहरु मेरो कलम समाउने रहर रुपी विरुवाको लागि अवश्य मल जल हुनेछन। मेरा थुप्रै कमि कमजोरीहरुलाई सुधार्दै भविश्यमा गहकिला, रोचक एवं समसामायिक विषयका रचना साथ भेट्ने जमर्को गर्नेछु। धन्यबाद।
    –राजु लामिछाने

    ReplyDelete
  19. Good! Presentation and worlds of emotional expression are great…
    Love to read some more! Jayanti D.

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

Popular posts from this blog

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाकेट त्

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा

अविवेकी सन्तान

–सीता अर्याल, गोरखा बजार, हाल–विस्कन्सन, अमेरिका न्युयोर्क सहर, अत्यन्त व्यस्त जनजीवन । म बसेको ठाउँबाट देखिने टावरको सानो टुप्पोलाई नियालिरहेको हुन्छु तापनि मलाई अत्यन्त नरमाइलोपनले सताइरहेछ । आफूलाई भाग्यशाली ठान्ने म आज अति दुःखी र अभागी ठानिरहेको छु । मलाई समयले नराम्ररी दुःख दिन तम्सिरहेछ । आफ्नो एक्लो सन्तान बाईस बर्षे छोरोलाई उडाएर ढुङ्गो जस्तै गरुङ्गो मन लिई घर फर्केको थिएँ । उसकी आमालाई सम्झाउन त झन् मलाई हम्मे हम्मे नै परेको थियो । घरमा जम्मा दुई प्राणी मात्र, सन्नाटा छ । छोराको विवाह गरेर बुहारी भित्र्याउने इच्छा हुँदाहुँदै ईन्जिनियरीङमा स्नातकोत्तर गर्न छोरो अमेरिकातर्फ लाग्यो । तुहिएको हाँगो भएकोले चाँडै नै छोराको विवाह गरी जायजन्म हेर्न चाहन्थें। आमाचाहिंको चाहना पनि यही थियो, आफू बलियो हुँदैमा नाती नातिना हुर्काउने । केही समयसम्म दिन दिनै जस्तो फोन हुन्थ्यो । इमेल हुन्थ्यो । कुनै पनि खवर नआएको दिनमा अत्यन्त खल्लो लाग्दथ्यो । नेपालबाटै गर्दा कहिले काँही फोनमा भेटिंदैनथ्यो । काममा या पढाइमा व्यस्त होला जस्तो लाग्दथ्यो । दिन, महिना, वर्षहरू वित्दै गए, समाचार आ