Skip to main content

जनताको प्रश्न !

बसन्त मोहन अधिकारी
चितवन/ हाल यूएई

भौतिकवादका अनुयाईहरु भौतीक सुखको खोजीमा प्राकृतिक स्वरुपको लथालिङ्ग हेर्न चाहनु कुनै नौलो कुरा होइन । यो भौतिक उपलब्धिको घमण्ड किन ? स्वयम यो मानव स्वरुप अमर छैन भने तिमीद्वारा निर्मीत बस्तु के सधैं रहिरहला ? पुर्खाका उपलब्धी बाईसे र चौबिसे राज्यबाट एकीकरण भएको यो स्वाभिमान र स्वाधिनताको नेपाल आज जातित्वको आधारमा संघीयता भित्र्याएर फेरि हामीहरु उही युगमा फर्काउन खोज्दैछौं । हिजो पनि त संघीयता थियो । जिल्ला, अञ्चलको नाममा । त्यतिले नपुगे भौगोलिक धरातलको हिसावमा संघीयता प्रदान गर्न सकिन्छ तर एकअर्काको जातभातको नाममा संघीयता दिएर उही जातिवादलाई प्रश्रय दिने हो भने युद्धको अन्त्य कहिल्यै हुनेछैन । बिनास र बिध्वंस, हत्या र हिंसा सधैं रहिरहने छ । आजको यस सोच र बिचारलाई जनताले खै कुन हातले सलाम गरुन । आजको यो यथास्थितीपनको जड नै जातभात र छुवाछुतको प्रकोप हो भन्ने ठहर गरेर संघर्ष र अनेक क्रान्ति गर्दै हज्जारौंलाई बली चढाएर यस अमानवीय र अराजक तत्वको अन्त्य गर्न जन्मिएका हामीहरु खै कुन बाटो रोजीरहेका छौं । जनताले बुझ्न सकिराखेका छैनन् ।

समय भन्दा बलवान सायद तिमी हामी छैनौं । समयलाई रोक्न खोज्नु आफ्नो अन्त्य गर्नु नै हो जसको उदाहरण राणा शासन, राजतन्त्र र प्रजातान्त्रिक ब्यबस्था भन्दै आएका विगतका सरकारहरुले भोगेको जनताले देखेका छन् । तिमी हामीले जति भौतिकवादको प्रचार प्रसार गरे पनि प्रकृतिको नियम तोडेर एक पाईला पनि सार्न सक्दैनौं । यसको उदाहरण हाम्रो जन्म र मृत्यू हो । तिम्रो हाम्रो आगमन र अन्त्य निर्धारीत छ । यस निर्धारित समयमा यहां कयौं भौतिक सुख खोज्दै हिंडेका छन् । जनता प्रकृति प्रेमी हुन् । यस बेमेल संरचना नै आजको यस दुखान्त क्षण हो ।

राणा आए, राजा आए, त्यस पछि अनेकौं सरकार आए तर गए । यी भौतिक बस्तुहरु आउंछन् र जान्छन् । यहि परिर्वतन हो । यहि सत्यता हो । आजका अगुवाहरु कसका लागि र केका लागि आए जनताले बुझ्न सकेका छैनन् । खारा, बारा, कपिलबस्तु हुंदै आज राजपुर बासी उहि र उस्तै मारमा रोइरहेका छन् । हिजो खाली खुट्टा काठमाण्डौ छिर्ने नेताहरु आज विदेशमा व्यापार व्यबसाय चालएर, पजेरोमा चढ्दै महलमा आसिन छन् । गरिव निमुखा अनपढ जनता सधैं चोट, पीडा, दुःख, दर्द र आंशु आंशुमा डुबिरहेकाछन् । कांग्रेसले क्रान्ति गर, एमाले गर, या माओवादी र फोरमले गर जसले जे जे गरे पनि मर्ने र भोग्ने गरिव नेपाली जनताले नै हो । अगुवाहरु त भारतमा बस्दै, बैंकक घुम्दै, लण्डनमा स्वास्थ्य शिविर खडा गर्छन् । यी भौतिक बस्तुहरुले पनि त हामी जनताका अगाडि प्रमाण स्वरुप साक्षि बकिरहेका छन् नि ।

आजका अगुवाहरु कोही अध्यात्मिक नाममा जनतालाई मूर्ति र ढुङ्गा पुज्न लगाएर, पूजापाठ धर्मकर्मको नाममा पैसा र धन चढाउंन लगाउंदै अदृष्य रुपमा त्यहि जनताको पसिना र रगत चुसेर जनता माथि राज गरिरहेका छन् । अर्का थरिहरु भौतिकवादको वकालत गदै भौतिक सुखको खोजीमा भौतारिरहेकाछन् । जसको प्राप्तीको लागि जुन सुकै मूल्यका प्राकृतिक धरोहरहरु अरुलाई प्रदान गर्न तत्पर छन् । यी दुवै थरि आज नेपाल आमा र नेपालीको लागि अभिषाप बनेर उभिएका छन् र यसैले यहां आजसम्म शान्ति र अमन चयन छाउन सकेन । कठ्ठै ती हज्जारौं शहीदका लाखौं टुहुरा छोराछोरी, ती बिधवा नारी र सहारा बिहीन बाबु आमा आज ती गाउंघरमा भोकै र नाङ्गै रोग र शोकमा रोइरहेका छन् । अकाल मृत्यु पर्खिरहेका छन् ।

हिजोको युगमा अनपढ र अशिक्षित नेपाली भए पनि जवान लोग्ने मान्छेको के कुरा, बच्चा, आईमाईमान्छे र सत्तरी बर्षका अमर सिंह थापा स्वयम साम्राज्यवादीहरुसंग लडेर आफ्नो देशको सीमा र ईज्यतको रक्षार्थ आफ्नो प्राणको आहूति दिएका थिए तर आज हरेक दिन हरेक ठाउंमा सीमा मिचिएको छ । तिनै शत्रुहरुले हाम्रै जन्मदाता आमा, दिदीबैनीहरुलाई दिउंसै नङ्गागाएर देह लुटिरहेका छन् । घरमा बाबु, दाजुभाइ, छोरा र लोग्ने भनाउंदाहरु हुंदा पनि बलात्कृत हुनु परिहरहेको छ । हामी नामर्दहरुले यस्ता दृष्य एक पटक होइन धेरै पटक आफ्नै आंखाले हेरिरहेका छौं । अनेक भाषण र नारा टिभी र रेडीयोमा घन्काएर पत्रिकामा बक्तव्य निकालेर यस्ता घटनालाई छोप्ने गर्छौ । लाज र घिन पचे पछि यहां जे गरे पनि हुंदो रैछ । आमा, दिदीबैनी, भाउजू बुहारी र आफ्नै श्रीमतीहरुलाई अर्काले नङ्गाएर बलत्कार गर्दै आफ्नै घरबाट निकाल्दा र धपाउंदासम्म पनि हामी मौन बसिरहेका छौं । हेरीरहेका छौं । यसको अर्थ आज नेपालमा नेपाली आमाका सन्तान रहेन छन् । कुनै सुपुत्र रहेनछन् । यदि रहेछन् भने ती नामर्द, हिंजडा र नपुंसकहरुमात्र रहेछन् । यसैले त सधै कुर्शिको लागि सत्ता र भत्ताको लागि लडिरहेछन् । यो प्रकृति स्वरुप आत्मा मार्दै भौतिक सुखको खोजीमा आमा दिदीबैनीहरुलाई बेचिरहेका छन् । कहिले बारा पर्शामा, कहिले कपिलबस्तुमा, कहिले सुस्तामा त आज आएर राजपुरमा । राजपुर वासी नेपालीहरुको यस्तो दयनीय र दर्दनाक अवस्थामा साथ दिन छाडेर हातेमालो नगरेर नेपाली युवा भनाउंदा युथफोर्स, वाईसिएल र तरुण दलका नाममा रहेका युवा जत्था आज कहां के गरिरहेका छन् ? क्यासिनोमा भएको भए एकअर्कासंग लड्ने र भिड्ने थिए ।

धन्य छ तिमी भौतिकवादी र आध्यात्मिकवादी भनेर जनतालाई झुक्याउनेहरु, प्रकृति स्वरुपको यो दया माया, प्रेम र विश्वास लिन र दिन सक्ने यो अन्तरआत्मामा चिहाएर हेर आज अनपढ र निमुखा नेपाली जनताले सबै पार्टीहरुलाई, नेपाली बुद्धिजिवीहरुलाई, सम्पूर्ण देशविदेशका नेपाली र स्वयम मलाई पनि सोधिरहेछन्, के तिमी नेपाल आमाकै सन्तान हौ ?

Comments

  1. Thanks for your great view,i will want to see more than more like it. your kamala UK

    ReplyDelete
  2. Great Analysis !

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

Popular posts from this blog

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाके

म आफ्नो घर छोडेर टाढा कसरी जान सक्छु र ?

Reposted after readers request ! "म गरिब परिवार अनि बिमारी पृ्ष्ठभुमी बाट आएको मान्छे हुँ। म यहि जन्मे , म यहि हुर्के अनि धेरै जसो यहि पढेँ अनि फर्केर यहि आएर 'टिम' मै काम गर्दैछु , आफ्नो घर मेरो लागी 'टिम' हो ।घरमा आएर घर संहाल्दा बढो आनन्द आउदो रहेछ । म आफ्नो घर छोडेर कसरी टाढा जान सक्छु र ? " - डा अरुण बुढा करिब ४० बर्ष अधि रघुबिर बुढा कुष्ठ रोगको उपचार गर्न कालीकोट बाट डढेलढुरा आउछन् । बिदेशीद्वारा चलाईएको सामुदायीक टिम, अस्पतालमा उपचारको क्रम मा उनले पार्वती रोकाया लाई भेट्छन् । उपचारको क्रममा एकअर्काबिच चिनाजानी पछि उनिहरु बिहे गर्छन । रघुबिर बुढाले, पछि त्यहि अस्पतलामा भात पकाउने भान्छे, फुलबारी गोढ्ने तथा हुलाकीको काम पनि गर्ने थाल्छन् । पार्वती भने त्यहि अस्पतालमै निम्न स्तरीय काम गर्न थाल्छिन् । बिस्तारै त्यहि काम गर्दै जादा,रघुबिर अलि अलि लेखपढ पनि गर्न थाल्छन् । २ बच्चाहरु अरुण बुढा र कालेब बुढाको बाबु बन्छन् अनि आफ्ना यी दुई बच्चा लाई डाक्टर बनाउने सपना सझाउछन् । रघुबिर बुढाका दुई छोरा हरु , डा अरुण बुढा तथा डा कालेब बुढा सन १९९९ डिसेम

शुभ-कामना नव दाम्पत्य जीवनको

यहि मिती २१ फेब्रवरी २००९ का दिन, अमेरीकाको नेब्रास्का राज्य को ओमाहा सहरमा , साथी रचना भट्टराई तथा साथी प्रवेश घिमीरे बिच भएको शुभ बिबाहको उपलक्षमा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुँभभकामना टक्र्याउदछु । तपाई हरुको नया जीवन अनि नौंलो यात्रा सफल रहोस् । खुशीँ नै खुशीको पाईला हरु लम्किउन् । तपाईहरुको यो एैतिहासिक क्षणमा, आँफु पनि पात्र बन्न पाउदा निकै नै खुशीँ लागेको छ । तपाईहरुको दाम्पत्य जीवनले सफलता को शीखर चुम्न सफल होस् । तपाईहरुको अनुमति बिनानै केहि घत लाग्दा भिडियो दृष्य हरु तल पस्केको छु । परदेश को वसाँई होस या स्वदेशको , एउटी नेपाली नारीलाई सिन्दुरको महत्व त्यती नै हुन्छ । एउटी हिन्दु नारीले आफ्नो पतीको दिर्घायु जीवन को लागी लगाउछन्। सिन्दुरले माया प्रेम र सक्ति लाई जनाउछ् । हिन्दु शास्त्र अनुसार , लोग्नेले निधारमा सिन्दुर हालेर आफ्नो पत्नीलाई सुरक्षा को बन्धनमा राखेपछि यदि कोही पराईले पत्नी को हानि गर्न खोजेमा उक्त पराईको रगत उम्लेर उ आफै मर्छ रे । Rachan wedding..... from sapana sansar on Vimeo . आमा को लागी छोरा छोरी भनेको त मुटु को टुक्रा नै त हो नि । आमा भन