Skip to main content

मेरो अपरिभाषित प्रेम ! ( Undefined Love)

दिनेश गुरुङ
पोखरा , कास्की
(हाल, मेरिल्याण्ड, अमेरिका )

"के दियौँ अन्जानमा तिमीले
मलाई मेरो जिन्दगी सुम्पिदियौ ,
हास्न भुलेको थिए मैले
खुसी बनाई मेरो आँखा बाट आशु झारिदियौ !
"
सुरुबाट कताबाट गरौँ खोई, बिछोड को कुरा गरि मिलनको कुरा गरौँ या फेरी मिलनको कुरा पहिले गरि बिछोड को कुरा गरौँ । आखिर मेरो जिन्दगी को मिलन बिछोड का खेल हरु यहाँ पोख्दै छु ।
भेट भएको पनि आज ८ वर्ष भइसकेछ तर बोलचाल भने केवल सात वर्ष मात्र भयो। मलाई आज सम्म याद छ त्यो पहिलो बोलाई थियो हाम्रो, फोनमा , Friendship Day दिनमा । थर् थर् कामिएका शब्द मा एक अर्का लाई शुभकामना दिँदै आगामि दिनहरुको भेटमा बोलचाल गर्ने बाचाको साथमा बिदाई हुँदा मलाई थाह छ त्यो दिनमा मैले संसार मा बिजयी पाएको आभास गरेको थिए ।
के थियो तिमीमा आखिर
संसार जित्न पुगे मैले
त्यस्तै रहेछ मायाको खेल
मुटु नै नभएको पाए मैले !
त्यस पछि सधैं जसो कलेजको भेटघाट , बोलचाल अनि संघै खाजा खाँदा ,संघै खेल्दा माया झन् गहिरो हुँदो रहेछ । मानौँ कि हरेक पल हामी एक अर्काको माया को परिधि भित्र थियौ । म आफैमा उ संग हराउन थालेको थिए ।
जब एक दिन, आफ्नो माया को जाहेरी गरौँ भनेर मैले उनलाई प्रेमको प्रस्ताव अगाडि सारे , उनि भन्छिन् " म अरु कसैलाई मन पराउछु, तिमी त मेरो साथि मात्र हो , त्यो भन्दा बढि सोच्न सक्दिन म तिमीलाई " । म छांगा बाट खसे जस्तो हुन्छु , आखिर मेरा सोच र भोग हरु सबै गलत हुन पुग्यो त्यो दिन । उस्का ती शब्दले म झसङ्ग भए । उनी बोल्दै थिईन् "अव देखि तिमी र म बिचमा दुरी (ग्याप) राख्नु पर्छ, सकभर हामी एक अर्का संग बोल चाल नगरौ, जति बोल्यो त्यतिनै तिमी प्रेममा फस्दै जान्छौ, पछि गार्हो हुन्छ, त्यसैले यो संम्वन्ध यहि तोड्न उचित हुन्छ । " म आतिन्छु, "के तिमी म संग नबोली बस्न सक्छौ त ? मलाई तिम्रो थाह छैन, तर म अपुरो हुनैछु।" उनी जवाफ फर्काउछिन् "गार्हो हुन्छ तर कोशीस गर्नै पर्छ ।"

"सधै बोलचालमा माया पाएछु
माया होईन भ्रममा फसेछु ,
माया गर्छु भनि प्रस्ताव राख्दा
असल साथि गुमाउन पुगेछु ।। "
आखिर पुरा एक हप्ता भयो, सधैं देखा देख अनि संगै खाजा खादा संगै खेल्दा पनि हाम्रो बोलि फुट्न सकेन । निशब्द भई एक हप्ता गुजारा गरे मैले । देख्ने हरु त हामी माथि हास्दै थिए । आखिर यो एक हप्ता मलाई एक हप्ता नभई सयौँ बर्ष जस्तो लागेको थियो। साहेद उन्लाई एस्तै लाग्यो या अरुनै बाहना मा अचानक उनैले फेरि नबोल्दा सहनिय भयो , भो अव बोलौँ भन्दै प्रस्ताव राखिन् । म अस्विकार गर्ने पक्षमा थिइन र प्रफुल्ल मुद्रा मा स्विकृति जनाए । अनि कहिल्यै काहीँ फोन मा कुराकानी मात्र हुन्थ्यो हाम्रो । उनी सधै भन्थिन् , मेरो लाहुरे संग मग्नी भयो भनेर तर म निहास्रो हाँसो संगै बधाई शुभकामना सन्देस पस्कन्थे । आखिर यसरी दिन हरु बित्दै जाँदा मेरो अमेरिकाको भिषा लाग्यो । भेट्ने रहर हुँदा हुँदै रहर सबै मारेर त्यसै बिदाबारी नभई उनि बाट टाढा हिडे । पोखरा बाट काठमाण्डौं मा आएपछि मैले उनलाई फोन गरे, त्यति खेर उनि रिसाएर माया रुपी शब्दहरू प्रयोग गर्दा लाग्थ्यो मैले भेट नगरेर धेरै ठूलो भुल गरेछु, ऊ एकोहोरो बोल्दै थिई , म त्यसै त्यसै दुखि हुदै थिए, अनि अनायासै आँखा बाट आशु बगाएको थिए ।

बिछोड देख्न नसकी प्रिय म
बिदाईको हात हल्लाउन आइन
फर्कने निधो नगरी हिडे प्रिय म
दु:ख लाग्दै छ भेट्न तिमीलाई पाइन ।

यसरी अमेरिका आए पछि, मेरो जिन्दगी को पलपल मा उसैलाई सम्झेर दिन बिताउँदै थिए । अनि सधैं जसो फोन गर्थे, उस्लाई । उस्को बारेमा धेरै कुरा सुने तर पनि यो मन मायाले भरिएको थियो, उसैको लागि। त्यसैले पनि कहिल्यै पनि उ प्रति मलाई घृणा आएन । पछि थाह पाए, उस्को मग्नी भएर पनि बिछोड भएछ । त्यो दिन मलाई एकदमै नरमाईलो लागेको थियो, उस्लाई कति दुख्यो होला, समग्र मा उस्ले धोका पाएकी थिई । आँफुले मन पराउने मान्छेलाई दुखेको थाह पाउँदा आफूलाई पनि दुख्दो रहेछ । त्यो दिन म एक्लै रोए उसको दु:खमा , साहेद म त्यसरी मेरो प्रेम प्रस्ताव अस्विकार हुँदा पनि रोएको थिइन । र ममा उ प्रतिको माया झन् बडेर आएको थियो ।

"के थियो तिमीमा आखिर
चाहेर पनि घृणा गर्न सकिन
सात समुन्द्र रङ्गिन संसार मा आएर पनि
किन तिमी प्रति माया मार्न सकिन "

बिस्तारै बिस्तारै मैले फेरि उस्लाई फोन गर्न थाले । बास्तबमा मैले उस्लाई अझै पनि माया गर्थे र आफ्नो बनाउन चाहन्थे । यो मेरो माया थियो या आकर्षण तर म उनलाई मुटु देखिनै मन पराउँथे । उनि संग पुन सुरु भएको कुराकानी ले म खुशी
भएको थिए र बिस्तारै उ पनि हास्न थालेकी थिई ।

"के दियौँ अन्जानमा तिमीले
मलाई मेरो जिन्दगी सुम्पिदियौ ,
हास्न भुलेको थिए मैले
खुसी बनाई मेरो आँखा बाट आशु झारिदियौ !
"

उ र म निक्कै नजिकिन थालेका थियौ, घण्टौ सम्म दु:ख सु:खका कुराहरु गर्थ्यौ । मलाई लाग्थ्यो उस्ले पनि मलाई मन पराउँछे । तर मैले चाहेर पनि अब प्रेम प्रस्ताव राख्ने बारेमा मैले आट गर्न सकेको थिईन् , म फेरि मेरो फर्किएको साथीलाई गुमाउन चाहन्नथे ।
समय आफ्नै गतिमा थियो , आखिर समय नै हो कस्ले पो रोक्न सक्छ र ? अनि उस्को कलेज सकियो अनि फेरि मिलन को क्षण एउटा कथा बन्न थाल्यो । अनि मेरो कामको व्यस्तता र उस्को विदेश जाने तयारी ले हामी बिस्तारै बिस्तारै फेरि टाडिन थाल्यौ ।

जति भेट भयो आखिर
त्यति माया बड्दो रहेछ
बिछोड भए पछि आखिर
यो मुटु पनि दुंङ्गा बन्दोरहेछ "

अनि कहिले काहीँ को फोन मा मात्र बोलचाल सीमित थियो ।आखिर कसले पो समय संग लड्न सक्यो र , माया त छ मन भरि, दर्साउन कहिल्यै पाइन , सायद त्यसैले होला टाढा भए पनि यो माया कहिल्यै मरेन ।

समय बित्दै गयो, उस्ले आखिरमा मेरो माया लाई स्विकार गरि ,तर मलाई लाग्छ ह्रदय बाट होईन् केवल मुखबाट मात्र। भेट्ने आश हरु यो मनमा सधै मरिरहेको छ। तर समयको बाध्यताले पर्खला नाघ्न नसकि बसेको छु। अव एउटै उपाए छ । यि ८ बर्ष पछि को बोलचाल, देखवाट, माया र घृणा, प्रेम र पिडाले गाठो बनेको यो मायाको अन्तिम लक्ष्य ऊ यहाँ आए पछि मात्र पुरा हुनेछ, तर पनि यहि एउटा डर छ मन मा ऊ यहा होईन, लण्डन जान्छे ।
र जादा जादै आज,

यत्रो समयको पर्खाई पछि
लाग्यो मिलनको दिन आईपु्ग्यो भनेर
माया रुपी अंकमाल सोचेको थिए
मिलनको दिन एकदिन आउछ भनेर
आखिर सपना नै भए ती सबै
बिछोड -बिछोड नै भईदियो,
माया गर्छु भनि मुखले तिमिले
आखिर युएसए छोडि लण्डन गईदियौ !

अस्तु !
दिनेश

[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Comments

  1. DHERAI RAMRO KATHA.
    THANKS,

    ReplyDelete
  2. Girls are like that Dinesh ji.
    They go wehrever they see advantages...
    Good article...

    ReplyDelete
  3. Is she in uk now ? How is everything going on with you guys !

    ReplyDelete
  4. रोचक र मर्मस्पर्शी कथा!

    ReplyDelete
  5. my life also shout it's thank your very much

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

Popular posts from this blog

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाकेट त्

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा

शुभ-कामना नव दाम्पत्य जीवनको

यहि मिती २१ फेब्रवरी २००९ का दिन, अमेरीकाको नेब्रास्का राज्य को ओमाहा सहरमा , साथी रचना भट्टराई तथा साथी प्रवेश घिमीरे बिच भएको शुभ बिबाहको उपलक्षमा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुँभभकामना टक्र्याउदछु । तपाई हरुको नया जीवन अनि नौंलो यात्रा सफल रहोस् । खुशीँ नै खुशीको पाईला हरु लम्किउन् । तपाईहरुको यो एैतिहासिक क्षणमा, आँफु पनि पात्र बन्न पाउदा निकै नै खुशीँ लागेको छ । तपाईहरुको दाम्पत्य जीवनले सफलता को शीखर चुम्न सफल होस् । तपाईहरुको अनुमति बिनानै केहि घत लाग्दा भिडियो दृष्य हरु तल पस्केको छु । परदेश को वसाँई होस या स्वदेशको , एउटी नेपाली नारीलाई सिन्दुरको महत्व त्यती नै हुन्छ । एउटी हिन्दु नारीले आफ्नो पतीको दिर्घायु जीवन को लागी लगाउछन्। सिन्दुरले माया प्रेम र सक्ति लाई जनाउछ् । हिन्दु शास्त्र अनुसार , लोग्नेले निधारमा सिन्दुर हालेर आफ्नो पत्नीलाई सुरक्षा को बन्धनमा राखेपछि यदि कोही पराईले पत्नी को हानि गर्न खोजेमा उक्त पराईको रगत उम्लेर उ आफै मर्छ रे । Rachan wedding..... from sapana sansar on Vimeo . आमा को लागी छोरा छोरी भनेको त मुटु को टुक्रा नै त हो नि । आमा भनेको के हो