Jul 9, 2009

जीवनको दौड

Facebook

राजु लामिछाने
माझठाना–६ काश्की
हालः हप्किन्स, मिन्नेसोटा


केहि गर्छु र गरुँला भन्ने होडमा सामाजिक जीवनको अनुभव नै भएन। मोज मस्ती र रमाईलो गर्नु पर्ने दिनहरु पनि पत्तै नपाई सकिएछन। जसरी घडीको सुइले फन्को लगाउँछ त्यसरी नै उमेरले पनि फन्को लगाउँदो रहेछ। आँफूलाई बुढो भएको थाहै भएन। उमेरसँगै कोलेस्टेरोल, सुगर अनि बल्डप्रेसर पनि बढेछ। सानै देखि बिभिन्न बाहनामा दौडँदा दौडँदा अब त बाँच्नको लागि पनि दिनहुँ दौडिरहनु परेको छ।

ग्रिष्मकालिन बिहान, मौसम पनि राम्रै थियोे सधैं झैं दौडन निस्केको थिएँ। आधा बाटो मै मेरा छिमेकी मित्र भेट भए। हामी दौडँदै जाँदा व्यस्त राजमार्ग नजिक पुग्यौं। मलाई थकाई लागेछ एकछिन रोकिएँ। गाडीहरु बन्दुकको नालबाट गोली छुटे जस्तै चुँईइ..... चुँईइ...गर्दै दौडिरहेका थिए। मित्रले सोधे “हेर्नुस न मित्र, यतीका मान्छेहरु यती हतारमा कहाँ जान लागेका होलान हगी?” मित्रलाई जवाफ नदिँदै मलाई जोगी र पदयात्रीको कथा याद आयो। बाटोमा दौडँदै मित्रलाई त्यही कथा सुनाएँ।


काठमाडौंको गौशालामा बाटोको छेउमा बसिरहेको जोगीलाई एकजना भद्र पदयात्रीले तल घाट सम्म पुग्ने बाटो सोधेछन। जोगीले पनि झर्केर उत्तर दिएछन “हे मुर्ख, यो पनि सोध्ने प्रश्न हो? जता गए पनि घाट मै पुगिन्छ । ” पदयात्री अलमल्ल परेछन। पदयात्रीको अबोधपना देखेर जोगीले गौशालाको चौबाटोमा देखिने गाडीहरु र मान्छेको ठूलो भिडलाई देखाउदै भनेछन “हेर बालक, यीे सबै मान्छेहरु घाटमै जानको लागि दौडिरहेछन। सबैको दौड घाटमा पुगे पछि मात्र समाप्त हुन्छ। कोही मान्छे छिटो पुग्छन त कोही ढिलो ।”

मेरा मित्रले हाँस्दै भने “दौडिरहने बानी भएकोले होला, दौड पुरा गर्न त डर पो लाग्छ।” मैले जवाफ दिएँ “त्यही पुग्नु पर्ने ठाउँमा ढिलो पुग्नको लागि त यो लक्ष हिन अधुरो दौड दौडिरहेका छौं ।” आखिर कतिञ्जेल? हामी दुबै बुढाहरु सोचमा पर्‍यौं।


2 comments :

Anonymous said...

Dami Lagyo!!! This is a Truth of life, We need to run but we never can cross the wall - Pravin

Anonymous said...

Very good katha....
We all are walking for our destiny and that is death....

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP