Skip to main content

सपनासंसार श्रष्टा परिचय !

सपनासंसार मा आफ्नो समय खर्चने, नेपाली भाषा र साहित्यको अनुरागि पाठक तथा श्रष्टा हरु सबैमा, यो सपनासंसार को तर्फ बाट सलाम । सपनासंसार मा आफ्ना अमुल्य श्रृजना हरु पस्कनुहुने सबै श्रष्टा हरुलाई म ह्रदय देखि धन्यबाद दिदै उहाँहरु सबैको छोटो परिचय तल पस्केको छु ।



१. आचार्य, प्रभा
आचार्य, प्रभा
बि सं २०१९ साल जेष्ट, दार्जिलिङमा जन्मनु भएकी प्रभा आचार्य , साहित्य र गीत लेखन मा रुचि राख्नु हुन्छ ।एम ए सम्म को शिक्षा हासिल गर्नुभएकी, आचार्य ले आफ्नो लेखन यात्र २०३४ बाट सुरु गर्नु भएको हो ।

कबिता ,कथा ,मुक्तक ,लघुकथा ,नाटक ,गीतिनाटक ,गजल ,भजन इत्यादी लेखन बिधा मा हात हाल्नुभएकी आचार्य ले, क्रीती -''तिम्रो पर्खाइमा '',''ड्रीम्स''(गीती एल्बम २०५१ ),''इश्वोर बन्दना '' भजन (अडिओ २०५५ ),'' परदेशबाट '' (कबिता सङ्रह २०६२ ) जस्ता श्रृजना हरु आफ्ना पाठक तथा श्रोता हरुलाई पस्किसक्नु भएको छ ।
२०५१ साल मा कोठेसाहित्यिक्यात्रा को अधक्ष र २०५२ मा प्रतिभा निकेतन,साहित्यकलासङमको सदस्य पदभार संम्हाल्नुभएको आचर्यले, रेडियो नेपाल को लागि रेडियो नाटक तथा गीतिकथाहरु पनि लेख्नु भएको छ। नेपाली सैनिक रेडियो नेपाल कार्यक्रम को स्थाइ लेखिका तथा हाम्रो पहल साप्ताहिक पत्रिका साथसाथै अन्य धेरै पत्रिकहरुमा स्तम्भकार भएर कार्य गर्नु भएको साथसाथै २०५१ सालमा नवकबिता ,रङ्मन्च (काठ्मान्डु ) को प्रतिनिधि भएर जिम्बेवारी निभाउनु भएको थियो ।
सन २००४ सालमा, अमेरिका प्रवेश गर्नु भएकी प्रभा आचार्य, पेसा ले ब्यवसायिक गीत लेखन गर्नु हुन्छ । समाज सेवा रुचि राख्ने आचार्य आफुँलाई सफल ग्रीहिणी रुपमा पनि प्रस्तुत गर्नु हुन्छ ।




२ . ज्ञवाली , कुसुम

बि सं २०३० साल मंसीर, पतेल्का, रिमुवा-४, गुल्मीमा जन्मनु भएको फणिन्द्र ज्ञवालीलाई कुसुम ज्ञवाली बाट पनि चिन्न सकिन्छ। लघुकथा, कबिता, कथा र उपन्यास तथा गीत लेखन मा रुचि राख्ने ज्ञवालीले यन्त्रशाश्त्र इञ्जिनिएरिङ् मा स्नातक र नवीकरणीय उर्जा इञ्जिनिएरिङ् मा विशिष्ठ श्रेणीमा स्नातकोत्तर गर्नु भएको छ । २०४२ सालमा आफ्नो पहिलो छन्द कविता संग्रह "आँखा" लिएर पाठक सामु उपस्थित हुनभएका ज्ञवालीले सहिदले बिर्सेको गाऊँ, (लघूकथा सङ्ग्रह) २०६०, विवेक सृजनशील प्रकासन र बेसिक कन्सेप्ट अफ इञ्जिनिएरिङ ड्रइङ् (स्नातकतह पाठ्यपुस्तक), २०५९, नेइ प्रकाशन, पनि प्रकासन गरि सक्नु भएको छ ।

लघुकथा डट कम(अनलाइन साहित्यिक दैनिक प्रकासन),शब्द संयोजन(साहित्यिक मासिक प्रकासन),विद्यूत सन्देश(अर्धबार्षिक म्यागाजीन),ज्योति(साहित्यिक द्वैमासिक प्रकासन) मा सप्पादन को भुमीका निभाउदै आउनु भएका ज्ञवाली,पारिजात काब्ययात्रा तथा साहित्यसूधा (आइतबार र शुक्रबार राति ९.१५ बजे), नेपाल यफ.यम, र सृजनाका स्वरहरु, रेडियो नमोबूद्ध यफ यम १०६.७ मेगाहर्ज को कार्यक्रम संयोजक पनि हुनुहुन्छ ।

बिभिन्न कथा, लघूकथा प्रतियोगीता तथा बिभिन्न वतृत्वकला प्रतियोगीता मा पुरस्कृत हुनुभएका ज्ञवाली यूवा प्राविधिक स्रष्टा सम्मान २०६१ र सुप्रभात काब्य सम्मान २०६५ बाट सम्मानित हुनुहुन्छ । बिभिन्न साहित्यिक संगठनमा आबद्द, ज्ञवाली, पेसा ले नेपाल विद्युत प्राधिकरण को स्थाई इञ्जिनिएर हुनुहुन्छ साथ साथै प्राध्यापन तथा इञ्जिनिएरिङ् परामर्षदाता भएर पनि काम गर्नु हुन्छ ।




बगाले, मिलन
बगाले, मिलन
वि.सं. २०४१ साल माघ महिनामा तनहु जिल्लाको क्यामिन गा वि स –६, बर्लाचीमा पिता बाबुराम बगाले र माता मिनाक्षी बगालेको कान्छो सुपुत्रको रुपमा जन्मनु भएका मिलन बगाले मूलतः नेपाली साहित्यको कबिता र लघुकथा बिधामा सृजनारत हुनुहुन्छ। एस. एल. सी. सम्मको अध्ययन मंगला उच्च मा वि लम्जुङबाट पुरा गर्नुभएका उहाले आइ एस्सी को अध्ययन माउन्ट अन्नपूर्ण क्याम्पस पोखराबाट पुरा गर्नुभएको थियो। हाल ख्वप इन्जिनियरिङ कलेज भत्कपुरमा बी. ई (आर्किटेक्चर) पाचौ बर्षमा अध्ययनरत उहाका कयौ कबिता र अन्य सृजनाहरु राष्ट्रिय पत्रपत्रिकाहरुमा प्रकाशित भइसकेका छन।

राष्ट्रबादी सृजनाको धार समात्न मन पराउने उहाले नरेन्द्र अन्जान पौडेलद्वारा लिखित 'नयन' संग्रहको सम्पादन गनुभएको छ। विधुतिय पत्रिका 'बिगुल अनलाइन डट कम' का सम्पादक मण्डलका सदस्य समेत रहनुभएका उहाले स्थानिय तथा राष्ट्रिय स्तरका कबिता प्रतियोगितामा भाग लिएर पुरस्कृत भइसक्नुभएको छ। ग्रामिण तथा पहाडी क्षेत्रका बास्तुकला र बास्तुशैलीका बिषयमा विभिन्न अध्ययन तथा अनुसन्धान कार्य गर्नुभएका मिलन बगाले खोज अनुसन्धान र साहित्यका अलाबा फोटोगा्रफिमा पनि रुचि राख्नुहुन्छ।




राज कुमार फुँयाल

सन १९८२ , गोलढुङ्गा गा बि स मा जन्मनु भएका राज समाज सेवा मा रुचि राख्नुहुन्छ । प्राईम ईन्टर्नेस्नला हाएर स्कुल बाट ग्र्याजुएट गरे पछि, फुँयाल हाल एसिएन जीवन बिमा कम्पनीमा काम गर्नु हुन्छ । लामो ड्राईभिङ रमाईलो मान्ने, फुँयाल , भविष्यमा एउटा टुहुरा बाल-बालिका को लागि, एउटा पारिबारीक पाठसाला खोलेर आफ्नो समाज प्रतिको दाहित्व पुरा गर्ने ढृडता जाहेरी गर्नु भएको छ।

सपनासंसार, उहाको सकारत्मक कदम प्रति गौंरवान्दित छ ।




पोस्तक श्रेष्ठ

प्रकृतीको रमणीय स्वप्न नगरी चितवन मा जन्मनु भएका , पोस्तक श्रेष्ठ , आफ्नो बाल्यकाल तथा किशोर अवस्था पर्यटन नगरी सौराहामा नै बिताउनु भयो । त्रिचन्द्र कलेजबाट विज्ञानमा स्नातक गर्नु भएका श्रेष्ट ले पथप्रदर्शक पेशामा लागेर,गोरा छाला र हरिया डलरको मोह बढाउदै गएपछि गणितको स्नाकोत्तर पढाईलाई बिचैमा बिसर्जन गर्नु परेको , अविस्मरणीय क्षण पाठक सांमु पोख्न चाहनुहुन्छ । करिब सात बर्ष काठमांडौमा पर्यटन व्यबसाय संचालन, अनि देशको आन्तरीक समस्याले धरमर धरमर भैराखेको पर्यटन ब्यवसाय लाई त्यहि नै छोढेर, पोस्तक, सपरिवार सहित सन २००४ मा अमेरिका पलायन हुनभयो । श्रीमती जेनश, र दुई छोरीहरु सोफिया र स्वप्नील सहित् हाल वहा मिनेसोटा राज्यको, मिनियापोलिस शहरमा आफ्नो बसाईलाई स्थाईत्व दिनुभएको छ ।

नेपाली साहित्यमा आफूलाई स्वनामधारी भन्न रुचाउने श्रेष्ठ हाल अमेरिकन एक्स्प्रेस वित्तीय निगमा कार्यरत हुनुहुन्छ । बिद्यार्थी कालमा कथा, कविता, निबन्धहरु लेखेर थप्रै स्कूल कालेजस्तरीय प्रतियोगिताहरुमा पुरस्कृत हुनुभएका पोष्तकका श्रृजना हरु केहि पत्र पत्रिका हरुमा पनि प्रकासित भैसकेका छन ।
श्रेष्ट संग, आफ्नो पुरानो पर्यटन ब्यवसाय , Highland Asia Travel को प्रबर्धनको क्रममा भारत, चीन, जापान, र केही यूरोपेली मुलुकहरुको भ्रमणको अनुभव पनि छ।

Comments

Popular posts from this blog

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाकेट त्

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा

शुभ-कामना नव दाम्पत्य जीवनको

यहि मिती २१ फेब्रवरी २००९ का दिन, अमेरीकाको नेब्रास्का राज्य को ओमाहा सहरमा , साथी रचना भट्टराई तथा साथी प्रवेश घिमीरे बिच भएको शुभ बिबाहको उपलक्षमा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुँभभकामना टक्र्याउदछु । तपाई हरुको नया जीवन अनि नौंलो यात्रा सफल रहोस् । खुशीँ नै खुशीको पाईला हरु लम्किउन् । तपाईहरुको यो एैतिहासिक क्षणमा, आँफु पनि पात्र बन्न पाउदा निकै नै खुशीँ लागेको छ । तपाईहरुको दाम्पत्य जीवनले सफलता को शीखर चुम्न सफल होस् । तपाईहरुको अनुमति बिनानै केहि घत लाग्दा भिडियो दृष्य हरु तल पस्केको छु । परदेश को वसाँई होस या स्वदेशको , एउटी नेपाली नारीलाई सिन्दुरको महत्व त्यती नै हुन्छ । एउटी हिन्दु नारीले आफ्नो पतीको दिर्घायु जीवन को लागी लगाउछन्। सिन्दुरले माया प्रेम र सक्ति लाई जनाउछ् । हिन्दु शास्त्र अनुसार , लोग्नेले निधारमा सिन्दुर हालेर आफ्नो पत्नीलाई सुरक्षा को बन्धनमा राखेपछि यदि कोही पराईले पत्नी को हानि गर्न खोजेमा उक्त पराईको रगत उम्लेर उ आफै मर्छ रे । Rachan wedding..... from sapana sansar on Vimeo . आमा को लागी छोरा छोरी भनेको त मुटु को टुक्रा नै त हो नि । आमा भनेको के हो