Skip to main content

अभिषाप

poet novel writer movie script writer अधिकारी, बसन्त मोहन

लोभी,
पापी,
निर्दही,
निर्मोही
रुप, रङ्ग उडाएर
चुस्न सम्म चुस्यौ ।
बदनाम गराएर
उपभोग गर्यौ ।

त्यतिले नपुगेर
हेर, मन्दिरमा
रीति, रिवाजमा
मलाई चुडेर
जीवनको अन्त्य
यो धर्म कर्ममा ।

हे, शुन्दरी,
सुकुमारी,
रङ्गीन स्वरुपका फूलहरु Û
मनमोहक आकृतिमा
तिमीले लठ्याएर
यो मन चोर्यौ
आज सम्म नभरीएको लोभ
तिमीले नै भर्यौ
म लोभी होइन
तिमीले लोभ्याई दियौ ।

मलाई के थाह ?
तिम्रो स्वाद
आफ्नो रुपले लोभ्याएर
मलाई डाँकी
रसपान गराई दियौ
स्वर्ग देखाई दियौ
बानी लगाई दियौ
त्यसकै प्रतिफल
मेरो निरन्तरता
तिमीहरुको बिभीन्नतामा
म पापी होइन ।

सोध प्रतेक भमराहरुलाई
उँ संग मन, मुटु छ
माया, ममता, प्रेम छ
विश्वासमा
हरेक फूलहरु संग बस्छ ।

तिम्रो नाई नास्ती भए
म के गर्न सक्छु र ?
एकबाट अर्को
अर्कोबाट अर्को
यो मन र तनलाई
डाँक्ने र लाने
दिने र खुवाउाने
तिमी फूलहरु ,
एकले अर्कोको
खोस्दै छौ
छिन्दै छौ
स्वयमलाई रुवाउादै छौ
म निष्ठुरी होइन ।

हे फूलहरु Û
मेरो दोष देखाई
मलाई गाली नगर
यो तिम्रो रुप, रङ्गं र
बानी ब्यहोरा नै
स्वयमको अभिषाप हो ।

यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:


Comments

Popular posts from this blog

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा...

अविवेकी सन्तान

–सीता अर्याल, गोरखा बजार, हाल–विस्कन्सन, अमेरिका न्युयोर्क सहर, अत्यन्त व्यस्त जनजीवन । म बसेको ठाउँबाट देखिने टावरको सानो टुप्पोलाई नियालिरहेको हुन्छु तापनि मलाई अत्यन्त नरमाइलोपनले सताइरहेछ । आफूलाई भाग्यशाली ठान्ने म आज अति दुःखी र अभागी ठानिरहेको छु । मलाई समयले नराम्ररी दुःख दिन तम्सिरहेछ । आफ्नो एक्लो सन्तान बाईस बर्षे छोरोलाई उडाएर ढुङ्गो जस्तै गरुङ्गो मन लिई घर फर्केको थिएँ । उसकी आमालाई सम्झाउन त झन् मलाई हम्मे हम्मे नै परेको थियो । घरमा जम्मा दुई प्राणी मात्र, सन्नाटा छ । छोराको विवाह गरेर बुहारी भित्र्याउने इच्छा हुँदाहुँदै ईन्जिनियरीङमा स्नातकोत्तर गर्न छोरो अमेरिकातर्फ लाग्यो । तुहिएको हाँगो भएकोले चाँडै नै छोराको विवाह गरी जायजन्म हेर्न चाहन्थें। आमाचाहिंको चाहना पनि यही थियो, आफू बलियो हुँदैमा नाती नातिना हुर्काउने । केही समयसम्म दिन दिनै जस्तो फोन हुन्थ्यो । इमेल हुन्थ्यो । कुनै पनि खवर नआएको दिनमा अत्यन्त खल्लो लाग्दथ्यो । नेपालबाटै गर्दा कहिले काँही फोनमा भेटिंदैनथ्यो । काममा या पढाइमा व्यस्त होला जस्तो लाग्दथ्यो । दिन, महिना, वर्षहरू वित्दै गए, समाचार आ...

गीति कथा : एउटा कथा जिन्दगीकोमा यादव खरेल

~यादव खरेल २०७१ साल बैशाख १ गतेबाट बीबीसी नेपाली सेवाले नयाँ कार्यक्रम श्रृङखला “एउटा कथा जिन्दगीको” शुरु गरेको छ। सुमन खरेलको परिकल्पना र संयोजनमा यो कार्यक्रम बीबीसी नेपाली सेवा कार्यक्रममा प्रशारण हुने गरेको छ। यादव खरेल द्वारा बाचित गरियको पहिलो कार्यक्रम तल साभार गरिएको छ ! [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]