Skip to main content

महाशय ! सुनुवाईहोस्

poet novel writer movie script writer अधिकारी, बसन्त मोहन

हेदैर्छु
दृष्यहरु !
भोग्दैछु
जीवन अरु
फूल जस्तै
धर्म, कर्म र संस्कारमा
मन्दिरमा चढाइदिन्छन् ।
जिउँन नदिई गलाइदिन्छन् ।
रुप रङ्ग बिगारेर
भोलिपल्ट मिल्काइ दिन्छन् ।

हेर आज,
म फोहोरको थुप्रोमा
कैयौं पटक
बंगैचामा फूल्न नपाई
कोपिलामै चुँडिएर
रङ्गीन संसारको सृष्टि
पत्झर शिशिर अँगालेछु ।
भमराहरुको आगमनमा
लथालिङ्ग र भताभुङ्ग भै
म उहि थुप्रोमा खसेछु ।

अमन चयन शान्ति दिने
रंङ्गीन संसार बनाउने
प्रकृतिको धुन म
प्रेम र विश्वासमा
रंङ्गहरु छर्दैछु ।
तर बिडम्वना,
भमराहरुको जमातमा
अभिशाप भएछ मेरै लागि
मेरो लक्ष्य र चाहना
यो सुन्दर र सालिन स्वरुप ।

हिजैदेखी
बंगैचाको सुन्दरता बिच
रङ्गीविरङ्गी फूलहरुमा
यी भमराहरु १
भु भु गरीरेर
डुल्थे
यहाँ आज उज्यालोमा
आफैलाई नियाल्दा
अनायासै मबाट
मेरो रंङ्ग उडिसकेछ ।
यो जीवन
रसपान,
भोगविलास,
कामवासना र रागको
उपहार बनेछ ।
यो रंङ्गहीन स्वरुप १
नामको नरहेर बदनामको
यसैको डरले
अन्ततः लुक्न
म यहि थुप्रोमा पसिरहेछु ।

यस वातावरणको दास
दुइ दिनको जीवन
पीडैं पींडा
मेरो जातिमा
यो क्रमीकता
कहिले सम्म हो -
मनमोहक र शालिन
प्रकृति प्रदान स्वरुप
म फूल १
यो फोहोरबाट फैलीएको
दुर्गन्ध सहदै
अदृष्यमा आँशुहरु बगाई
चुपचाप पींडाहरु सहिरहेछु ।
निर्दोष मेरो पवित्र जीवन
आज बजारको खेलौना भयो ।
यो उपहार १
कहिले उसले किन्छ ।
कहिले अर्कोले किन्छ ।
पालैपालो
मलाई खेलाउनु सम्म खेलायो ।
अन्ततः थकित भएर छाडी दिन्छ ।
हेर यहाँ म, चुपचाप
हर पिडा सहिरहेछु ।
किनकी, मर्न नसकिदो रहेछ ।

नपत्याए हेर,
आज उसले मलाई
यो रेष्टुरेण्ट,
डिस्को,
डान्स,
क्याविन,
मसाज,
होटल र
घरका कोठाहरुमा
नयाँ ताजा रहे सम्म सजाएको छ
मन पर्न छाडे पछि
फोहोरमा फालीरहेछ ।


जब मेरो सुन्दरताबाट
आफ्नो प्यास मेट्छ
मलाई छाडेर
फोहोरमा फालेर
यै भमरा १
बाहिरी धरातलमा उभिदै
सभ्य र भलाद्मी देखिन
यो समाज
शहर
सभा र
वैठकहरुमा
विभिन्न संञ्चार माध्यमहरुबाट
विभिन्न उपनाम दिइरहेछ ।
मेरो बदनमा गरिरहेछ ।
जिउँदै चितामा जलाउन खोजिरहेछ ।


म त निर्दोष फूल हुँ ।
सृष्टिको रचना र
जीवनको सुख शान्ति हुँ ।
मेरो भरमा जीवनका
अझै, आशा गर्नेहरु छन् ।
महाशय १
मेरो आपत्ति छ ।
मेरो पिडा,
दुःख, दर्द
र यो वेदनाको
सुनुवाई होस् ।



यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:


Comments

  1. Thanks to u, you are success to say about of womens problem, manu

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

Popular posts from this blog

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा...

अविवेकी सन्तान

–सीता अर्याल, गोरखा बजार, हाल–विस्कन्सन, अमेरिका न्युयोर्क सहर, अत्यन्त व्यस्त जनजीवन । म बसेको ठाउँबाट देखिने टावरको सानो टुप्पोलाई नियालिरहेको हुन्छु तापनि मलाई अत्यन्त नरमाइलोपनले सताइरहेछ । आफूलाई भाग्यशाली ठान्ने म आज अति दुःखी र अभागी ठानिरहेको छु । मलाई समयले नराम्ररी दुःख दिन तम्सिरहेछ । आफ्नो एक्लो सन्तान बाईस बर्षे छोरोलाई उडाएर ढुङ्गो जस्तै गरुङ्गो मन लिई घर फर्केको थिएँ । उसकी आमालाई सम्झाउन त झन् मलाई हम्मे हम्मे नै परेको थियो । घरमा जम्मा दुई प्राणी मात्र, सन्नाटा छ । छोराको विवाह गरेर बुहारी भित्र्याउने इच्छा हुँदाहुँदै ईन्जिनियरीङमा स्नातकोत्तर गर्न छोरो अमेरिकातर्फ लाग्यो । तुहिएको हाँगो भएकोले चाँडै नै छोराको विवाह गरी जायजन्म हेर्न चाहन्थें। आमाचाहिंको चाहना पनि यही थियो, आफू बलियो हुँदैमा नाती नातिना हुर्काउने । केही समयसम्म दिन दिनै जस्तो फोन हुन्थ्यो । इमेल हुन्थ्यो । कुनै पनि खवर नआएको दिनमा अत्यन्त खल्लो लाग्दथ्यो । नेपालबाटै गर्दा कहिले काँही फोनमा भेटिंदैनथ्यो । काममा या पढाइमा व्यस्त होला जस्तो लाग्दथ्यो । दिन, महिना, वर्षहरू वित्दै गए, समाचार आ...

गीति कथा : एउटा कथा जिन्दगीकोमा यादव खरेल

~यादव खरेल २०७१ साल बैशाख १ गतेबाट बीबीसी नेपाली सेवाले नयाँ कार्यक्रम श्रृङखला “एउटा कथा जिन्दगीको” शुरु गरेको छ। सुमन खरेलको परिकल्पना र संयोजनमा यो कार्यक्रम बीबीसी नेपाली सेवा कार्यक्रममा प्रशारण हुने गरेको छ। यादव खरेल द्वारा बाचित गरियको पहिलो कार्यक्रम तल साभार गरिएको छ ! [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]