Skip to main content

गजल

~ आचार्य प्रभा

तिम्रो बाचा यस्तो रैछ खहरेको भेल जस्तो
लाग्न थाल्यो यस्तो पनि तासको खेल जस्तो ।

तिम्रो बन्धन,तिम्रो माया शंकाको घर बन्यो
बाहुपासमा के आएथेँ यस्तो मानेँ ,जेल जस्तो ।

नानाथरी बुट्टा हाल्दै,मायाको साईनो गाँस्यौ
यथार्थमा आइपुग्दा ,लाग्न थाल्यो झेल जस्तो ।

बांधीदियौ बन्धनमा, फुकाउन गार्हो भयो
समाजको रीती नै मान्न थालेँ नेल जस्तो ।


यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:


Comments

  1. maanab jeewanmaa katipaya maanislai parne byabaharik kuraaharu paskanu bhayeko chha/ tyo marmasparshi chha / dhanyawad

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।