Feb 16, 2009

जीवनभित्र र बाहिर

Facebook

poet novel writer movie script writer अधिकारी, बसन्त मोहन

यि आँखाहरु
यो संसार
देख्छु भन्छन्
हेर्छन्
लोभ, मोह, डाहमा
हाँसो खोजेर
आँशु दिन।

कानहरु
बाह्य ध्वनीलाई
विश्वास गर्दै...
प्रतिफल यो आगत
आँशु, रोदन, चित्कार।

यो मुख,
आँखा र कानको प्राप्तीमा
घमण्डी भै
क्रान्ति र जेहादसंग
प्रजातन्त्र, गणतन्त्र र धर्म देखाउँदै
युद्ध, हत्या र हिंसा गर्न
चर्का आवाज निकाली रहेछ।


यो बुद्धि
यिनै, देख्ने, सुन्ने र बोल्नेसंग
समागन भै
प्रतिष्प्रधामा
उच्च र निच देखाउदै
संसारमा हैकम राख्न
स्वयम आफ्नो र संसार विनासको लागी
बम, बन्दुक र मिसाएल बनाईरहेछ।
आगतमा यो प्राप्ती,
जीवनको अन्त्य र
संसारकै विनास।


बिचरा सोझा, सिधा र निरीह
जिब्रो, छाला र नाक
मिठो खाने
न्यानो पाउँने
र सुगन्धको आशमा
देख्ने, सुन्ने र बोल्नहरुसंग
हातेमालो गरिरहेछन्।

बिगत देखी आगत सम्मको
यो यात्रामा,
आशा राख्नेहरु
उहि र उस्तै
हिजो अस्ति झैँ
भोकै,
हैजा र दुर्गन्ध बिच
चिसो सीरेठोमा
अकाल अगालिरहेछन्।

यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:



1 comments :

Anonymous said...

I like your your writings. Keep writing.

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP